Saturday, November 10, 2012

भ्याट बिल माग्दा भिजिटिङ कार्ड दिन्छन व्यवसायी
मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २९ असोज
राजधानीका नाम चलेका ठुला व्यापारीहरुले समेत सामान विक्री गरेका उपभोक्तालाई बिल दिन मान्दैनन । उनीहरु विक्री भएका सामानको बिल दिनुको सट्टा ग्राहकलाई उल्टै भिजिटिङ कार्ड दिएर पठाउँछन ।
दसैंकालागि नयाँ कपडा लगायत अन्य सामान खरिद गरिरहेका अधिकाँश उपभोक्ताले अहिले राजधानीका धेरै व्यापारिले सामान किन्दा बिल नदिने गरेको गुनासो गरेका छन । धेरैपटक बिल माग्दापनि पसलेहरुले सरकारी नियमको बेवास्था गरि बिल दिन नमानेको उनीहरुको दावी छ । सोमबार इन्द्रचोकको एक कपडा पसलबाट १० हजार रुपैयाँको नयाँ कपडा र तीन हजार रुपैयाँको इलेक्ट्रोनिक्स सामान खरिद गरेका गोगँबुका अर्जुन खतिवडाले अहिले इन्द्रचोकका कपडा पसलेहरु, महावौद्ध र न्युरोड क्षेत्रका अधिकाँश व्यापारीले दसैंका सामान किन्दा बिल दिन नमानेको बताए ।
उनले धेरैपटक व्यापारिसँग अनुरोध गर्दापनि व्यवसायीले भ्याट बिल बनाउँदा तपाइँलाई नै घाटा लाग्छ त्यसैले बिल काट्नु भन्दा बरु भिजिटिङ कार्ड लिएर जानु भन्ने गरेको बताए । उनले विक्री भएको समानमा केही समस्या देखियो भनै मलाई खर्बर गर्न अथवा यो भिजिटिङ कार्ड लिएर आउनु भन्ने गरेको जानकारी दिए । 
अर्का उपभोक्ता गोलढुंगाका  श्याम कार्कीले महाबौद्ध स्थित केही पसलबाट १८ हजार रुपैयाँको एक थान टेलिभिजन र एउटा प्रेसरकुकर लगायतका अन्य सामान खरिद गर्दा सो पसलका व्यापारिले बिल नदिएको बताए ।
धेरै पटक अनुरोध गर्दापनि सो व्यापारिले भ्याट बिल नदिएको दावी गरे । उनले बल्ल टेलिभिजनको रफ बिल र पे्रसरकुकरको बिन नै नलिएर फर्किन बाध्य भएको बताए । बिल माग्दा उल्टै व्यवसायीले हप्काउने गरेको उनको भनाई छ ।       
आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्माले अटेर गरि बिलविजक जारी नगर्ने व्यापारिको सामान जफत गरि पसल बन्द गर्नेसम्मको कारबाही हुने बताए ।
उनले अहिलेसम्म विभिन्न सञ्चार माध्यामबाट धेरै पटक सार्वजनिक सूचना जारी गरेर  व्यापारी र उपभोक्तालाई सचेत गराउँदै आएपनि अझै बिलविजक जारी नगरि अटेर गर्नेहरुलाई स्थानीय प्रशासनको सहयोगमा सुरक्षाकर्मीको सहयोगमा कडा कारबाही गर्ने बताए । उनले अनुगमनको क्रममा अटेर गरि बिलविजक जारी नगरेको फेला परेमा त्यो व्यापारीको पसल र गोदाममा भएका सबै सामान जफत गरी कारोबार बन्द गर्ने सम्मको कारबाही हुने बताए । उनले बिलविजक जारी नगर्ने व्यापारीबाट राजश्व छलिएको जे जति हो सबै बस्तुहरुको मुल्याङकन गरि दण्ड जरिवना सहित कारबाही गर्ने दावी गरे ।
आन्तरिक राजस्व विभागले सामान बिक्रीको बिल नदिने व्यापारीलाई मात्रै होइन सामान किनेर बिल नमाग्ने क्रेतालाई पनि ठाउँको ठाउँ एक हजार रुपैयाँ जरिवाना तिराउने रणनीति अख्तियार गरेको छ । 
विभागले लिएको रणनीति अनुसार सामान खरिद गरेर बिल नलिने क्रेतालाई पनि ठाउँको ठाउँ भेट्ने वित्तिकै एक हजार रुपैयाँ जरिवना तिराउने छ । 
दसैंका लागि नयाँ कपडा लगायत विभिन्न बस्तुहरु खरिद गरि बिल लिनु भएको छैन भने अब तपाइँ पनि सरकारी अनुगमनकर्ताको फन्दामा पर्नुहोला ।
यदि आफुले खरिद गरेका सामानको बिलविजक नलिईकन तपाइँ बाहिरिंदै गर्नुहुन्छ भने आन्तिरक राजश्व विभागबाट बजार अनुगमनमा निस्किएका अनुगमन टोलीका प्रतिनिधीले समातेर तुरुन्तै ठाउँको ठाउँ एक हजार रुपैयाँ जरिवना तिराउँन सक्छन । होस पु¥याउनुहोला । नत्र तपाइँ पनि जरिवना सहित दण्डित हुनुपर्ने छ । 
मुल्य अभिवृद्धि कर ऐन–२०५२ बमोजिम बस्तु तथा सेवा विक्री गर्दा विक्रेताले क्रेतालाई अनिवार्य रुपमा बिल विजक दिनुपर्ने र क्रेताले पनि बिल–विजक लिनुपर्ने कानुनी प्रावधान अनुरुप सरकारी अनुगमनकर्ताले सामान विक्री गरेर बिल नदिने व्यापारीलाई कारबाही गर्ने छ ।  
विभागका महानिर्देशक शर्मा सो प्रयोजनका लागि विभागले अहिले मुलुकभर दैनिक एकसय जना  बजार निरीक्षक खटाइसकेको बताए ।
उनले हाल खाद्यान्न एवं दैनिक उपभोग्य बस्तुहरु बाहेकका अन्य मुल्य अभिवृद्धि कर (भ्याट) लाग्ने सामानको कारोबारमा मात्र सो नियम लागु हुने जानकारी दिए । चार्ड पर्वको समयमा हुने अवैध कारोवारलाई नियन्त्रण गर्ने उदेस्यकासाथ विगत दुई साता देखि नै बजार अनुगमन कार्यलाई तिब्रता दिएको बताउँदै महानिर्देशक शर्माले भने, ‘ अहिले राजधानीमा मात्र दैनिक ५० ओटा टोली बजार अनुगमनमा खट्टिएका छन’ । अनुगमनको क्रममा दोसी ठहरिएका विक्रेता र क्रेता दुवैले कानुनी प्रक्रिया अनुसार दण्ड संजाए भोग्नै पर्छ उनले भने । 
 उनले वार्षिक २० लाख भन्दा कम कारोबार हुने पसल एवं र्फमहरु भ्याटमा दर्ता नभएपनि हुने प्रावधान अनुसार ती व्यवसायीलाई सो नियम लागु नहुने बताए ।
वार्षिक २० लाख भन्दा बढी कारोबार हुने व्यवसायीले अनिवार्य भ्याट बिल जारी गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उनले बिल–विजक जारी गरे नगरेको अनुगमन गर्न आन्तरिक राजश्व विभाग तथा मातहत कार्यालयबाट बजारमा कर अधिकृत सहितको टोली खटाईएको बताए ।
शर्माका अनुसार बिक्रेताले बिल–विजक जारी नगरेको पाईएमा वा कारोबार मूल्य भन्दा घटीमा बिल विजक जारी गरेको पाईएमा मूल्य अभिवृद्धि कर ऐन बमोजिम अनुगमनका परिचालन भएका कर अधिकृतले हरेक पटक तत्काल ठाउँको ठाउँ ५ हजार रुपैयाँ जरिवना तिराउने छ । यसैगरि ति अधिकारीले अवैघ कारोबारमा समलग्न व्यापारिक कम्पनी एवं फर्मको सबै खाता जफत गरि कारोबार समेत बन्द गर्नेसम्मको कारबाही हुने प्रावधान छ ।
उनले विभागले सोही प्रावधान अनुरुप चार्ड पर्वको बेला उपभोक्ता ठगिने अवस्थालाई नियन्त्रण गर्न बजार अनुगमन कार्यलाई तिब्रता दिएको बताए । उनले अनुगमनको क्रममा भ्याट बिल जारी गर्ने कार्यमा अटेर गरि नियतबस अवैध कारोबार गर्ने व्यवसायीलाई कडा कारबाही हुने बताए । उनले अहिले काठमाडौ उपत्यकाको विभिन्न भागमा १३ ओटै राजश्व कार्यालय कर सेवा केन्द्रका ५० टोली दैनिक अनुगमन कार्यमा परिचालन भईरहेको जानकारी दिए ।

No comments:

Post a Comment