Saturday, November 10, 2012

¥याडिसन होटलको संचित नोक्सानी २८ करोडमा झ¥यो 
काठमाडौ,२२ कात्तिक–ओरियण्टल होटल लिमिटेड (¥याडिसन होटल) को संचित नोक्सानी २८ करोडमा झरेको छ । सो होटलले गत आर्थिक वर्ष २०६८÷०६९ मा ११ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरि कुल संचित नोक्सानी २८ करोड ३ लाख ३४ हजार ६७ रुपैयाँमा झारेको हो । यसअघि यस होटलको नोक्सानी ३९ करोड १८ लाख रुपैयाँ थियो ।
बुधबार राजधानीमा आयोजित १५ औं वार्षिक साधारण सभामा होटलका प्रवन्ध सञ्चालक विद्याकृष्ण(बिके) श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी गराएका हुन । उनले २८ करोड नोक्सानी पुरानो संचिती मात्र भएको बताउँदै अहिले विगत केही वर्षदेखि लगातार नाफामा रहेको जानकारी दिए ।
उनले विगतका वर्षहरुको तुलनामा आव २०६८÷०६९ मा  सरकारले घोषणा गरेको लगानी वर्ष–२०१२÷१३ को सकारात्मक प्रभावका कारण मुलुकको आर्थिक क्षेत्रमा सुधार देखिएसँगै यस होटलको व्यवसायमा पनि सकारात्मक प्रभाव परेको बताए । पर्यटक आगमन संख्या बृद्धिसँगै होटलमा पनि गत आवको तुलनामा कुल कारोबारमा १७ दशमलब ७४ प्रतिशतले बृद्धि भएको जानकारी गराउँदै उनले हाल होटलले नयाँ भवन निर्माण गरि एक सय ओटा कोठा थप गरि क्षेमता विस्तार गरेको बताए । उनले पहिले १ सय ६० डिलक्स कोठाबाट व्यवसाय सुरु गरेको होटलले नयाँ भवनमा १ सय थप गरि कुल २ सय ६० ओटा कोठाबाट पाहुनालाई गुणस्तरीय सेवा दिईरहेको जानकारी दिए ।
प्रवन्ध सञ्चालक श्रेष्ठले जानकारी गराए अनुसार गत वर्ष ११ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको होटलले आव २०६७÷०६८ मा ८ करोड १४ लाख नाफा गरेको थियो । उनले विगतका वर्षहरुमा भन्दा अहिले होटलको कोठा विक्री र अकुपेन्सीको मात्रामा पनि निकै सुधार आएको बताए ।
साधारण सभामा सहभागी सेयरधनीहरुले भने होटल व्यवस्थापनलाई समय अनुकुल सेवा सुविधा थप विस्तार गरि अघि बढ्न आग्रह गरेका थिए । उनीहरुले होटल व्यवस्थापनलाई पाहुनालाई दिने खानाको गुणस्तरीयता थप बृद्धि गर्ने कार्यमा पनि निकै सावधानीपूर्वक ध्यान दिन आग्रह गरेका थिए । 

No comments:

Post a Comment