Wednesday, March 31, 2021

 फेरि २ अर्ब ७३ करोडको राजस्व छली 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 

नक्कली भ्याटबिल प्रयोग गरि राजस्वव छलि गर्ने विभिन्न ९ वटा कम्पनी विरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीहरुबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार रुपैयाँ भन्दा बढी विगो असुल गरि सञ्चालकलाई कैद संजाय माग दावी सहित एकैदिन अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।  

विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न आरजु इन्टरनेशनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक विरेन्द्र राम चमार, एभरेष्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेस कुमार झा, गेरु गणेश इम्पोर्ट एण्ट एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआइसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्कीविरुद्ध मुद्धा दायर गरिएको हो । 

उनीहरुमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरि झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरि राजस्व छलि गरेको भन्दै विभागले दुई अर्ब १७ करोड ३५ लाख १८ हजार १०७ रुपैयाँको विगो दावीसहति मुद्धा दायर गरिएको जनाएको छ । यसैगरि, ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक विरेन्द्र राम चमार चमार सहित पाँचवटा फर्महरुलाइ ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ राजश्व छलिगरेको अभियोगमा मुद्दा दायर गरिएको छ । जसमध्ये चमारलाई मात्र २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ विगो दावी सहति मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । 

त्यसैगरि, विभागले अन्य सञ्चालकहरु हजारा विरुद्ध १० करोड १२ लाख, झा विरुद्ध १० करोड १० लाख, सुरेश विरुद्ध ७ करोड ७९ लाख र कार्की विरुद्ध ४३ लाख रुपैयाँ भन्दा बढी विगो दावी सहति मुद्धा दायर गरिएको विभागले जनाएको छ । यी सबैले नक्कली मुल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) मार्फत राजश्व छलि गरेको विभागको दावी छ । उनीहरुले राजश्व छलिको क्रममा माल वस्तु खरिद तथा आयात नै नगर्ने र झुटा विवरण देखाउने जस्ता काम गरेको विभागको आरोप छ । 


No comments:

Post a Comment