Wednesday, March 31, 2021

 साढे दुई घण्टा उडान प्रभावित

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


खराव मौसमका कारण करिब साढे दुई घण्टासम्म काठमाडौंको हवाई उडान प्रभावित बन्यो । शुक्रबार दिउँसो एक्कासी मौसमा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान साढे दुई घन्टासम्म बन्द गरिएको थियो । विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण विमानस्थलको हवाई उडान केही समय बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतावबाबु तिवारीले खराव मौसमका कारण केही समय काठमाडौंको हवाई उडान प्रभावित भएको बताए । उनले हवाई सुरक्षाका कारण केही समय विमानस्थलको उडान बन्न गरिएको जानकारी दिए । महाप्रवन्धक तिवारीले साढे ५ बजेबाट भिजिविलिटीमा केही सुधार भएसँगै विमानस्थलको उडान पुनः सुचारु गरिएको बताए । यन्त्रमा आधारित अवतरण प्रणाली जडान भएका विमानले मौसममा केही सुधार भएपछि उडान–अवतरण गर्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।   

खराब मौसमका कारण तीनबजेदेखि बन्द गरिएको विमानस्थलको हवाई उडान साँझ साढे ५ बजेदेखि संचालनमा आएको थियो । विमानस्थल कार्यालयका अनुसार विमान अवतरणका लागि आन्तरिक उडानका साना जहाजलाई न्युन्तम १६ सय मिटर भिजिबिलिटी आवस्यक पर्छ भने अन्तर्राष्ट्रिय ठूला विमानका लागि २८ सय मिटर भिजिबिलिटीको मात्रा हुनुपर्दछ । आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) मा पनि भिजिबिलिटीको न्युनतम ८ सय मिटरसम्म हुनुपर्छ । तर, काठमाडौंमा शुक्रबार दिउँसो त्यो भन्दा न्यून भिजिबिलिटी थियो ।  काठमाडौंको आकाशमा प्रदूषण सहितको बाक्लो तुवाँलो फैलिएका कारण हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार सो समय आन्तरिक उडानतर्फ सबैभन्दा धेरै भरतपुर जाने विमानको उडान डिले भएका थिए  । काठमाडौं–भरतपुर रुटमा बिहीबार समेत केही उडान डिले भएका थिए । अहिले तराई सहित मुलुकका विभिन्न स्थानको जंगलमा लागेको डंडेलो बाट निस्केको धुवाँ हावामा मिसिर यस्तो भएको हो । 

शुक्रबार विभिन्न ४ वटा अन्तर्राष्ट्रिय विमान लामो समय आकाशमै होल्ड गर्न बाध्य भएका  थिए । सो समय हङकङबाट काठमाडौ आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको विमान, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सको विमानले करिब एक घण्टा आकाशसमै फन्को मार्नुपरेको थियो । भने क्याथे प्यासिफिकको अर्को विमान भारतको दिल्ली तर्फ डाइभर्ट भएको थियो । करिब एक घण्टा भन्दा बढी समय आकासमा होल्ड गर्न बाध्य भएका हिमालय एयरलाइन्सको विमान, नेपाल वायुसेवाको विमान र एयर इण्डियाको विमानलाई साँझ साढे ५ बजेपछि मात्र काठमाडौं अवतरण गराईएको थियो । यसैगरि, आन्तरिक तर्फका विमान अकाठमाडौमा अवतरण हुन नसकेपछि अन्यत्र डाइभर्ट भएका थिए । 

एक्कासी आकासमा जम्मा भएको खराव वायुप्रदुषणले विमान उड्नकालागि चाहिने भिजिविलिटी नहुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो ३ देखि ५ वजेसम्म त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलिटि जम्मा एकहजार मिटर मात्र रहेको सो कार्यालयले जनाएको छ । आन्तरिक उडान सञ्चालनकालागि आवस्यक भिजिविलिटिको मात्रा न्युन भएपछि पोखराबाट काठमाडौं आएको यति एयरको विमानलाई जनकपुर पठाइएको थियो । यसैगरि, बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट आएको तीनवटा विमानलाई पनि सो समय जनकपुर विमानस्थल तर्फ नै डाइभर्ट गराईएको थियो । यसैगरि, नेपालगञ्जबाट आएको बुद्ध एयरको अर्को विमानलाई भैरहवा विमानस्थल तर्फ नै पठाइएको थियो । 

त्यसैगरि, चन्द्रगढीबाट आएको सौर्य एयरको विमानलाई पनि सोही विमानस्थलमा फर्काइएको थियो । सो समय धनगढीबाट काठमाडौ आएको श्री एयरको विमानलाई भैरहवा विमानस्थलतर्फ फर्काईएको थियो । एक्कासी वायुप्रदूषण बढेपछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको उडान दिउँसो साढे ५ बजेपछि विस्तारै सञ्चालनमा आएको थियो ।

विमानस्थल टावर (एटिसी) का अनुसार सो समय काठमाडौको आकासमा भिजिबिलिटीको मात्र बढेर १६ सय मिटर भन्दा बढी भएको थियो । भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट विस्तारै उडान सुचारु गरिएको थियो ।  

विमानस्थल बन्द भएको समयमा आन्तरिक उडान तर्फका करिब आधा दर्जन विमान अन्य विमानस्थलमा डाइभर्ट भएका थिए । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा प्रदुषण सहित बाक्लो तुँवालो लागेको थियो  । एक्कासी उपत्यकाको आकाश तुवाँलाले ढाकिएपछि घाम समेत लागेको थिएन । सो समय अन्य दिनको जस्तो हावा पनि चलेको थिएन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको अधिकाँशको भनाई छ । खराब मौसमका कारण विगतका वर्षहरुमा पनि हिउँदको समयमा यस्तै समस्या हुने गरेको भएपनि अहिलेको वर्ष बाक्लो तुवाँलोका कारण पहिलोपटक हवाई उडान केही समय प्रभावित हुन पुगेको विमानस्थल कार्यालयको दावी छ । 


No comments:

Post a Comment