Wednesday, February 22, 2023

धमाधम मर्जहुने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या घट्यो ,एकिकृत कारोबारकालागि केहीदिन सेवा बन्दले निक्षेपकर्ता प्रभावित

 

मधुजंग पाण्डे/राजधानी 


काठमाडौं

अहिले मुलुकमा धमाधम ठुला बैंकहरुबीच आपसमा मर्जहुने एवं एकआपसमा गाभिने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या २८ बाट घटेर अब जम्मा १८ वटा मात्र हुने भएको छ ।  

यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि अहिले धमाधम ठुला बैंकहरुबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तिब्रता पाएको हो । यहि लहरसँगै अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको छ । 

भर्खरै २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ । यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ । यसले गर्दा अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो।

पछिल्लो समय नबिल र नेपाल बंगलादेश (एनबि) बैंक गाभिएपछि संख्या २६ मा झरेको थियो। त्यसपछि कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक गाभिएर २५ मा झरेको छ।

यही साता मात्र तीनजोर बैंकहरु गाभिएर २२ मा झर्दैछन्। सोमबार ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) गाभिएर २४ मा आउँदैछ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिएर संख्या २३ मा आउने छ । आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गाभिदा संख्या २२ मा हुँदैछ।

त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेको छ । यी संस्था गाभिएपछि संख्या अब वाणिज्य बैंकहरुको संख्या घटेर २१ व्टामा आउने छ।

सोमबार लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदैछ । उनीहरु मर्जर लगत्तै संख्या २० मा झर्ने छ। यसअघि नेपालमा कुनै बेला वाणिज्य बैंकहरुको संख्या धमाधम विस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुलाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो।

नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अगाडि सारेको हो। तत्कालिन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धि योजना संख्या घटाउनका लागि लिएका थिए । तर, त्यतिबेला राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए । जसका कारण सो समय बैंकहरुको संख्या यसरी घटेको थिएन ।

त्यतिबेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियतहरु घोषणा गरेका थिए । उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए । तर, लामो समय जारि रहेको कोरोना विश्व महामारि र लकडाउनका कारण सो योजना अघि बढ्न सकेन । 

दोस्रो र तेस्रो मौद्रिक नीतिपछि उनले मर्जरलाई प्रोत्साहित गर्ने भन्दै ‘वान टु वान’ कुराकानी गरेपछि बैंकहरु दबाबमा परेका हुन् । अर्कोतिर विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुको कार्यकालका कारण पनि हाल बैंकहरुबीच यस्तो मर्जर एवं एकआसपमा गाभिने क्रमले प्राथमिकता पाएको हो । 

अहिले मर्जरमा गएका बैंकहरुका प्रमुख कार्यकारीहरुको दुई कार्यकाल पुरा हुन लागेको छ। मर्जरमा नजाने हो भने कार्यकाल थप्न मिल्दैन। तर, मर्जरका कारण आगामी एक कार्यकाल थप्ने सहुलियत छ । सोही कारण पनि मर्जरमा बैंकहरु तातिएका हुन् । 

राष्ट्र बैंकले अहिले सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई मर्जरका लागि ताकेता गरिरहेको छ । यदि यी संस्थाबीच मर्जर भएमा संख्या १९ मा झर्ने छ । हाल राष्ट्र बैंकले सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेष्ट बैंकलाई पनि मर्जरमा जान प्रोत्साहित गरिरहेको जनाएको छ । 

विभिन्न कारणले समस्यामा परेका बैंकहरुलाई सहज रुपमा आफ्नो लगानी सुरक्षित गरि मर्चमा जाने अवसर राष्ट्र बैंकले गरिदिएपछि अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबीच धमाधम मर्जमा जाने लहर नै चलेको हो । यस्तो लहरका कारण यो साता मात्र धेरै बैंकहरुबीच मर्जभई एकिकृत कारोबार सुरु भईरहेका कारण अहिले विभिन्न बैंकमा खाता खोल्ने निक्षेपकर्ता प्रभावित भएका छन । 

यसरी मर्जभई एकिकृत कारोबार सञ्चालन गर्न केही बैंकहरुले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्वेयरको काम मिलाउन भन्दै केहीदिन बैंकिङ कारोबार सेवा नै बन्दहुने बताईरहेका छन । जसका कारण निक्षेपकर्ताहरुले अझै एकदुईदिन आफ्नो खातामा भएको पैसा समेत झिक्न पाउने छैनन ।  


No comments:

Post a Comment