Sunday, October 20, 2013

घट्यो होटल बुकिङ, अक्टोबर र नोभेम्बरमा ८५ प्रतिशत मात्र भरिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २ कात्तिक -विगतका वर्षको तुलनामा यस वर्ष राजधानीलगायत मुलुकभरका होटलमा पर्यटकको बुकिङ निकै घटेको छ । सन् २०११ को यस मौसममा शतप्रतिशत बुकिङ भएको होटलमा अहिले सरदर ८५ प्रतिशत मात्र बुकिङ भएको होटल एसोसियसन अफ नेपाल (हान) ले जनाएको छ । हानका प्रमुख कार्यकारी अधिकृत माधवओम श्रेष्ठले यसपालि अक्टोबर र नाभेम्बर महिनामा होटल बुकिङ निकै घटेको बताए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रामक ढंगले बजारीकरण गर्न नसक्नु, लामो समयदेखि नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन हुनु, निजी क्षेत्रसँगको सहकार्य न्यून हुनुलगायतका कमी कमजोरीका कारण विगतका वर्षको भन्दा यसपालि होटल बुकिङ घटेको उनले जानकारी दिए । आगामी ४ मंसिरमा हुने निर्वाचनको राजनीतिक गतिविधि एवं होहल्लाले होटल बुकिङ घटाउन सहयोग पु¥याएको बताउँदै श्रेष्ठले भने, ‘अहिलेसम्म देखिएको यही अनुपातमा सन् २०१३ मा ११ प्रतिशतले बुकिङ घट्ने अनुमान हानको छ ।
’ सन् २०११ मा ९९ प्रतिशत भन्दाबढी र २०१२ मा ९५ प्रतिशत बुकिङ भएको जानकारी दिँदै उनले यसवर्ष ८५ प्रतिशत मात्र बुकिङ भएको बताए । उनले यहाँ आगामी ४ मंसिरमा हुँदै गरेको चुनावी चहलपहलले पनि विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकले असुरक्षा महसुस गरेका कारण अहिले बुकिङ घटेको बताए । पर्यटन वर्ष २०११ र गत वर्ष मनाएकोे लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रचार– प्रसारमा पर्यटक आगमन संख्या वृद्धिसँगै होटल बुकिङ बढी भएको बताउँदै अहिले त्यसबेला भन्दा निकै घटेको जानकारी दिए ।  अहिले राजधानीका होटल एवं गेस्ट हाउसमा बुकिङ निकै घटेको हानले जनाएको छ । विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्यासँगै अहिले राजधानीका ठूला तारे होटलको बुकिङ घटेको व्यवसायीले बताएका छन् । हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले अहिले काठमाडौंलगायत सबै गन्तव्यस्थलका पर्यटकीय होटल र गेस्टहाउसको कोठा बुकिङ विगतका वर्षको तुलनामा केही घटेको बताए ।  सो बुकिङ आगामी नोभेम्बरसम्मको भएको जानकारी दिँदै कक्षपतिले भने, ‘लगानी थपिएसँगै बुकिङ घटे पनि अझै व्यवसायी निरास छैनन् ।
’ उनले हाल बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै निजी लगानीमा राजधानीलगायत मोफसलमा पनि ठूला तारे होटल थपिने क्रम बढेको पनि बताए । उनले हाल सञ्चालित पुराना होटलहरूले पनि कसरी आफ्ना पाहुनालाई बढी सुविधा दिने भनेर भौतिक पूर्वाधार विस्तारमा लगानी बढाइरहेको बताए । राजधानीका पाँचतारे होटलहरू सोल्टी, ¥याडिसन, अन्नपूर्ण, याक एन्ड यति, मल्ल र हायात रिजेन्सीले पनि गत वर्षदेखि नै पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन् । ती होटलका व्यवसायीले पनि  पर्यटकीय सिजन सुरु नहुँदै होटलकोे बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेप्टेम्बर,अक्टोबर र नोभेम्बरका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकांश व्यवसायीहरूले बताएका छन् । यसैगरी पर्यटकीय गन्तव्यस्थल ठमेल, पोखरा र धुलिखेल एवं नगरकोट क्षेत्रका पनि आगामी नोभेम्बरसम्मका लागि कोठा बुकिङ भइसकेको व्यवसायीले बताएका छन् । अहिलेको सिजनमा  काठमाडांै उपत्यकाभित्रका ठमेल, नगरकोट, धुलिखेल, चितवन, पोखरा, लुम्बिनी, पाल्पा र मुक्तिनाथसम्म  विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकांश व्यवसायीहरूको छ ।
अहिले राजधानीलगायत मुलुकभरका विभिन्न गन्तव्यस्थलमा पर्यटक भिœयाउने छिमेकी मुलुक भारतको कोलकत्ता र थाइल्यान्डमा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल  एजेन्सी छन् । उनीहरूको यो व्यावसायिक कार्यले यस सिजनको दुई महिनामा मात्र करिब २५ हजार भन्दाबढी बंगाली र बौद्धमार्गी नेपाल भित्रिने गर्छन् । हानको तथ्यांकअनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ । जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । पाँचतारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र पवेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँपन दिन होटलले लगानी वृद्धि गरेका हुन् ।आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकांश व्यवसायीको कथन छ ।
यस वर्ष सिजन सुरु भएपछि राजधानीका आठओटा पाँचतारे र अन्य पर्यटकीय होटल गरी करिब २ सय ८३ ओटा होटलका करिब २३ हजार बेडमध्ये ८५ प्रतिशत बुकिङ फुल भएको हानले जनाएको छ । हानका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म बिग्रिएको असुरक्षाको स्थितिलाई सुधार्न निजी व्यवसायीले गरेको योगदानले नै यसपालिको सिजनमा होटल बुकिङको चाप राम्रै देखिएको बताए ।

सवारी चालकका दसैं, आफ्नो दसैं छाडेर अरुको खुसी ओसार्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असोज
सारा दुनियाँ दशैंको रमझममा व्यस्त रहँदा विराटनगर–काठमाडौं चल्ने मकालु यातायातका बसका चालक दिनेश लामा भने गाडीको स्टेरिङ्ग चलाउनमा व्यस्त छ ।  दशैंको मुखमा नुवाकोटको मदानपुर, केउरेनीका दिनेशको अनुहार अरु केहीले नभएर आफ्नै पेसाले मलिन बनाएको हो । उनले विगत एक दशकदेखि राजधानीबाट पुर्वि क्षेत्रको बस चलाउन थालेका हुन ।
गाडी चलाउने पेसाकै कारण दशैंमा घर जान नपाउँदा रमेश र उनी जस्ता हजारौं नेपालीका लागि हरेक दशैं कागलाई बेल पाके जस्तै हुने गर्छ । आफू घर जान नपाएपछि उनले दशैंको लागि किनेको सामान आफ्ना माइला काका हर्के लामाको हातमा घर पठाए ।
एउटा हालतले आफुले घर परिवार खुसी बनाउन दसैंकालागि किनेका नयाँ लुगा, तेल मसला लगायत सबै सामानको ठुलो पोको माइलाकाका हर्केलाई थमाउँदै अर्को हातमा भएको मोबाइलबाट श्रीमतीसँग कुरा गर्दै थिए । ‘ए सुन्तली मैले दसैंको किनमेल सबै माइलाकाकालाई पठाएको छु । मेरो चिन्ता नगर्नु ,  भ्याएँ भने म टिकाको दिन विहानै आइपुग्छु है सुन्तली ।
गला अबरुद्ध पार्दे दिनेशले भने, ‘ धेरै वर्ष वितिसक्यो चाहेर पनि दसैंमा घर परिवारसँग बस्नै पाइँदैन ’ । दसैं सुरु भएदेखि दैनिक काठमाडौबाट हजारौंको संख्यामा गाउँ फर्किरहेका यात्रुहरुको भीड देख्दा यो मन त्यसै भक्कानिएर आउँछ । कहिल्ये त गाडी चलाउने काम नै छाडिदेऊ जस्तो लाग्छ । तर, यो बेला साहुका लागि मात्र होइन आफुले पनि राम्रै कमाउने बताउँछन उनी ।
गोगँबु स्थित नयाँ बसपार्कमा भेट्टिएका अर्का सवारी चालक देबराज थापा पनि यसपालीको दसैं घर परिवारसँग बसेर मनाउन नपाएकोमा निकै दुःख लागेको बताउँछन ।
थापा काठमाडौ– काँकडभित्ता सञ्चालन हुने बसका चालक हुन । यसपाली नवमीका दिन गाडी साहुको घरमा पुगेर दसैं मान्नुपर्ने रुटिङ परेकाले उनलाई दसैंमा घर परिवार भेट्न नपाउँने भएकाले चिन्ता लागेको हो ।
बसपार्कमै भेटिएका अर्का रात्रीबस चालक नरेन्द्र तण्डुकार पनि दसैंमा घर जान नपाएकाले नरमाइलो लागेको बताउँछन । भण्डारा– २ चितवनका बस चालक तण्डुकार बस चलाउने पेसाकै कारण बिबाह भएको पहिलो वर्षको दसैंमा पनि सशुराली जान नपाएकोमा निकै दुःख लागेको बताउँछन । ‘नयाँ दुलहीलाई अघि लगाएर श्रीमतीसँगै पहिलोपटक सशुराली जाने सपना बुनेको थिँए , के गर्नु ? साहुले घर बिदामा जानै दिएनन ।’ के गर्नु ड्राइभरको जिन्दगी  । अरु बेलामा भन्दा दसैं तिहारको बेला सबैभन्दा बढी काम गर्नुपर्छ । घटस्थापनादेखि पुर्णिमाको दिनसम्म त राम्रोसित खाना खान समेत भ्याइ नभ्याई हुन्छ । दसैंको बेला अन्य बेलामा भन्दा धेरै यात्रुले खचाखच भरिएको बस कुदाउँदा समय वित्तेको पत्तै हुँदैन । घर परिवारको सम्झनामै बाटो काटेको पत्तै पाइँदैन ’ तण्डुकारले भने । दसैंका बेला अरु यात्रुलाई खुसी दिएर पनि आफुले घर परिवारसँगै बसेर दसैं मनाउन नपाएकोमा दुःिखत हुने सवारी चालकहरु लामा, थापा र तण्डुकार  त प्रतिनीधी पात्र मात्र हुन । 
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको तथ्यांकलाई आधार मान्ने हो भने चाहेर पनि दसैं मनाउन नपाउनेको संख्या करिब ६ हजार ५ सय भन्दा बढी छ । यिनै चालकहरुले हरेक वर्ष दसैंका बेला राजधानीबाट बाहिरिने करिब ६० लाख यात्रुलाई विभिन्न गन्तब्यमा सुरक्षित पु¥याउने गरेका छन ।  महासंघका अनुसार अहिले साना ठुलागरि  दैनिक साढे ४ हजार बसले काठमाडौबाट विभिन्न गन्तब्यमा पुग्ने यात्रुहरुलाई ओसारी रहेका छन ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हरेक वर्ष दसैंमा घर जान नपाउँने करिब साढे ६ हजार बढी चालकले आफ्नो दशैं बलिदानी गरेर अरुको घरमा खुसी लगिदिईरहेको बताए । उनले दसैंका बेला सकेसम्म चालकलाई घर जाने व्यवस्था मिलाए पनि केहीले चाहेर पनि उनीहरुले भनेको बेलामा घर जान नपाएको बताए । आफुले दसैं मनाउन नपाएपनि अरुको घरमा खुःसी पु¥याउँदा  बढी जिम्ेवारी बोध हुने बताउँछन् उनीहरु ।
काठमाडौ– धनगढी रात्री बसका चालक उपेन्द्र चौधरी दसैंको बेला घरमा बसेर आनन्दसँग खान नपाएपनि अरुलाई सुरक्षित यात्रा गराएकोमा दंग छन । किनभने खुसी मनाउन हिँडेकाको परिवारमा रुवावासी नहोस भन्ने चाहना स्वाभाविक रुपमा हुन्छ । चौधरीले भने ।  दसैंमा बिदा लिएर परिवारसँगै बसेर दसैं मनाउने रहर कस्लाई पो हुँदैन र ? के गर्नु चालकको पेसामा लागेपछि वर्षकै सबैभन्दा बढी काम गर्नुपर्ने बेलामा त्यसै हिँड्नै मिल्दैन । उनले भने । आम्दानी हुने बेला पनि यही भएकोले छाडेर हिँड्न पनि मिल्दैन । यो बेला साहूको लागि मात्रै होइन आफूले पनि राम्रै कमाउने बताउँछन् चालक चौधरी । उनी दसैंका बेला आफुहरुले खाना पनि राजमार्गका होटलमा खाएर काम गरिरहेको बताउँछन । उनले अन्य बेला
कोठामा पुगेर परिवारसँग सुत्दै आएका अधिकाँश सवारी चालकले दसैंका बेला सुत्न पनि लजकै भर पर्ने गरेको बताए । होटल तथा लजमा पनि दसैंभर खान र सुत्न समेत निकै मुस्कील हुने उनीहरुको भनाई छ ।

आजसम्म १३ लाख यात्रुले राजधानी छोडे, स्थल र हर्वामार्गवाट करिब ३० लाख बाहिरीने अनुमान

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ असोज
अहिलेसम्म करिब १३ लाख सवारी यात्रुले दसैं मनाउन राजधानी छोडिसेका छन । यसैगरि दसैंकालागि हवाइजहाजबाट घर फर्कनेहरुको संख्या पनि उस्तै छ । नजिकि“दै गरेको दसैंमा राजधानीवाट वाहिरीने बसको अग्रिम टिकट वुकिङ गर्ने र घर फर्कने यात्रुको अत्यधिक चाप बढेका कारण बुधबारसम्म करिब १३ लाख यात्रुले राजधानी छोडेका हुन ।  बिहीबारको दिन फुलपाती भित्राउन घर फर्कनेहरु अहिले राजधानीको गंगवुस्थित नया“वसपार्क, पुरानो वसपार्क, सुन्धारा, कोटेश्वर, कलंकी लगायतका स्थानमा बस चढन र टिकट लिन ओइरिएका छन ।  अहिले बसटको टिकट काउन्टरदेखि राजधानीबाट बाहिरिने मुख्य नाकाहरु कलंकी–थान्कोट, सितापाइला–भिमढुंगा, बालाजु, गोंगबु, गौशाला–चाबहिल,  कोटेश्वर, बल्खु–कीर्तिपुर लगायतका स्थानमा यात्रुहरुको निकै भिडभाड छ।   विभिन्न काम विशेषले राजधानी बस्दै आएकाहरु हरेक वर्ष यसरी नै दसैं मनाउन आ–आफ्ना गाउँघर सम्झीएर घर फर्कने गर्दछन । विगतको भन्दा यसवर्ष दसैं मनाउन राजधानीवाट बाहिरिनेको संख्या अत्यधिक बढी हुने भएकाले अहिले यहाँबाट निस्कने मुख्य नाकाहरु र टिकट लिएर बस चढ्ने  स्थानहरुमा यात्रुको किै भिडभाड देखिन्छ । वैदेशिक रोजगारीमा रहेकाहरु समेत दसैंमा घर घरविदामा आउने र सवै राजधानीबाटै वाहिरीने भएकाले  अन्य समय भन्दा दसैंमा यात्रुको चाप अध्यधिक हुने गरेको यातायात व्यवसायीहरुले बताएका छन ।
 पहिले विशेषगरि, घटस्थापनाको दिनबाट मात्र बाहिरिने यात्रुको चाप हुने भएपनि यसवर्ष एक साता अघिबाटै वसको टिकट लिनेको संख्या अत्यधिक बढेको उनीहरुको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले  विगतको वर्षहरुको  यसपाली दसैंमा राजधानीबाट वाहिरीनेहरुको संख्या अत्यधिक बढी रहेको बताए । उनले यसवर्ष यात्रुको चापलाई मध्यनजर गरेर पूर्व पश्चिम जाने साना ठूला सवैखाले गाडीको संख्या समेत वढाइएको वताए । दशैंका लागि मात्र यसपटक स्थल र हर्वामार्गवाट करिब ३० लाख मान्छे बाहिरीने अनुमान गरिएको उनले वताए ।  ‘यसवर्ष विगतको भन्दा एक साता अघिबाटै राजधानीवाट बाहिरीने यात्रुको चाप वढेकाले यात्रुको चापलाई मध्यनजर गरेर सवारी संख्या समेत थप भैरहेको  सिटौलाले जानकारी दिए ।  ‘घटस्थापना देखि टिकाका दिन सम्म ३ हजारको हाराहारीमा गाडी राजधानीवाट बाहिरीने छन् ।’ उनले यसवर्ष दसैंको पूर्व सन्ध्यामा कोरियन भाषा परीक्षा संचालन भएको र संविधानसभा निर्वाचनको चहलपहल समेत भईसकेकाले अग्रिम टिकट भाग पु¥याउनै मुस्कील भएको बताए । उनले यसवर्ष दशैंमा विगतको भन्दा राम्रा र अध्याधुनिक गाडी गुडाईको दाबी गरे ।  अधिकाशं सवारी सञ्चालक कम्पनीले यसवर्ष अत्याधुनिक सुविधायुक्त गाडी सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए ।  अधिकाँश बस एसी र डिलक्स भएकाले सिट संख्या कमी भएर टिकटमा समस्या भएको उनको भनाइ छ । महासंघका अनुसार हाल  उपत्यकाका चारओटै नाकाबाट दैनिक ठुला सानागरि  करिब  १५ सय बस छुट्ने गरेका छन । अहिले नागढुंगादेखि धादिङको कृष्णखोलाबीचको १२ किलोमिटरभन्दा वढी सडक विग्रीएकाले पनि सहज रुपमा गाडी संचालनमा समस्या भईरहेको  अधिकाँश व्यवसायीको गुनासो छ ।  यातायात व्यवसायीले १५ दिनअघि देखि नै टिकट बुकिङ खुला गरेपनि अहिले टिकट नपाएकाहरु बसको सिट पाउने आशमा टिकट काउन्टरमा भौतारिइरहेका देखिन्छन ।  कलंकी चोकमा ट्राफिक व्यवस्थापनमा खट्टिएका ट्राफिक प्रहरी जवान शिव केसीले  बुधबारबाट दसैं मनाउन जानेको संख्या अत्यधिक बढेको बताए । महानगरीय ट्राफिक महाशाखाले पनि बुधबारसम्ममा करिब साढे १२ लाख भन्दाबढीले राजधानी छाडिसकेका छन् । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने थानकोटसहितका सबै नाकामा निगरानी कडाई गरेर Ôमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारवाही गरिरहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राजधानी बाहिर यात्रु ओसार्न अहिलेसम्म साना ठुला एवं निजी र सरकारी गरि करिव ३१ हजार ओटा सवारीसाधन परिचालित छन् । यातायात व्यवसायीले दसैंमा उपत्यका छाड्ने यात्रुलाई लÔित गरि करिव ५ करोड बराबरका २ सय ओटा सुविधायुक्त नया“ बस थपेको बताएका छन ।

स्पीडवे फाउण्डेसनद्धारा २ लाख सहयोग

काठमाडौ÷रास– स्पीडवे कार्गो प्रालिको  संस्थागत सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने अर्को संस्था स्पीडवे फाउण्डेसनले एचआइभी पिडित वालबालिकाको सहयोगार्थ पुर्नरवल प्लस संस्थालाई २ लाख रुपैयाँ प्रदान गरेको छ । स्पीडवे कार्गोले स्थापनाको २५ वर्ष पुगेको अवसरमा फाउण्डेसन मार्फत सो रकम प्रदान गरेको हो । सोमबार राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ र पुर्नरवलका अध्यक्ष मोहनबहादुर खड्काबीच सो सहयोग रकम दिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । फाउण्डेसनका अध्यक्ष श्रेष्ठले यसअघि पनि फाउण्डेसनले नुवाकोटको देविघाटस्थित जेष्ठ नागरिक संरक्षण फाउण्डेसनको भवन निर्माणकालागि ३ ओटा कोठा बनाउन १० लाख रुपैयाँ दिएको जानकारी दिँदै अहिले पनि कार्गो स्थापनाको २५ वर्ष पुगेको अवसरमा एचआइभी पिडित वालबालिकाको सहयोगार्थ पुर्नरवल प्लस संस्थालाई २ लाख रुपैयाँ प्रदान गरेको बताए ।  

हवाई इन्धनको मूल्य नघटे थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौ, १८ असोज 
निजी वायुसेवा सञ्चालकहरुले दसैंको मुखैमा आएर बढाईएको हवाई इन्धनको भारी मूल्य बृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनको चेतावनी दिएका छन ।  उनीहरुले नेपाल आयल निगमले बढाएको इन्धनको मूल्य नघटाए आफूहरुले त्यसको विरोध गर्दै थप आन्दोलन गर्ने बताएका हुन । अहिले इन्धनको मुल्य बृद्धिसँगै स्वचालित रुपमा बढेको हवाई भाडाका कारण दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरि कतिपय वायुसेवा कम्पनीहरुले अग्रिम टिकट बुकिङ खुला गरेपनि यात्रुको संख्या घट्न थालेको भन्दै वायुसेवा कम्पनीका संचालकहरुले थप आन्दोलन गर्न आफुहरु बाध्य भएको बताएका हुन ।  हवाइ इन्धनको मूल्य बृद्धिका कारण आन्तरिक हवाई यात्रुहरुले चार्डपर्वमा समेत सुभल हवाई सेवा प्रयोग गर्नबाट बञ्चित हुनुपरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन । सो जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वायुसेवा संचालक संघ–नेपालका अध्यक्ष रामेश्वर थापाले दसैंको मुखैमा बढाईएको हवाई इन्धनको चर्को मुल्य बृद्धिको मार अहिले हवाई सेवा सञ्चालकहरुले भोग्नुपरेको बताए । उनले इन्धनको भाउ बढेसँगै हवाई भाडापनि बढेपछि अहिले हवाई यात्रुको चाप विगतका वर्षहरुको तुलनामा निकै कम भएको बताए ।  उनले आयल निगमले हवाई इन्धनमा अत्यधिक नाफा लिई पटक पटक मुल्य बृद्धि गर्दै आएकोमा आफूहरुको गम्भीर असहमति रहेको बताए । एक्कासी रुपमा बृद्धि भएको इन्धनको मुल्यले हवाई यात्रुलाई समेत गम्भिर मार पर्न गएको बताउँदै थापाले भने, ‘सरकारले व्यवसायीसँग लिन मात्र खोज्छ, दिन खोज्दैन । त्यसैले अब व्यवसायी सहन नसक्ने अवस्थामा पुगिसेकका छन ’।  उनले हवाई इन्धनमा भएको बृद्धिले अहिलेको मूल्यमा यात्रु लैजाने अवस्थामा वायुसेवा कम्पनीहरु नरहेको पनि जानकारी दिए । यसअघि गत २६ भदौमा नै सरकार समक्ष वायुसेवा संचालक संघ नेपालले हवाई इन्धनको मुल्य बृद्धिमा असहमति जनाउदै इन्धनको लागि राख्नुपर्ने नगद धरौटीको सट्टा बैंक ग्यारेण्टी स्वीकार्नु पर्ने जस्ता माग राख्दै आएको थियो । सो मागमा सरकार गम्भीर नभएको भन्दै अध्यक्ष थापाले अझै सरकारले यसतर्फ ध्यान नदिए दसैं, तिहार र छठपछि सबै आन्तरिक वायुसेवा बन्द गरेर भएपनि थप विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिए । संघका महासचिव एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले सरकारले चुरोट, खैनी, मदिरा र अन्य सुर्तिजन्य बस्तुहरु जस्तो बारम्वार हवाई सेवालाई पनि उही बेवहार गर्ने गरेकोमा निकै दुःख लागेको बताए । हवाई उडान जस्तो सेवामुलक कम्पनीलाई सरकारले हेर्दै आएको पुरातन शैलीलाई परिवर्तन गरि समय अनुकुल बेवहार गर्न समेत उनले सरकारलाई आग्रह गरे । पहिला हवाई यातायातलाई विलासिताका वस्तुको रुपमा लिइन्थ्यो, अहिले यो सर्वसाधारणको पहुच र आवश्यकता भइसकेको छ, त्यसैले सरकारले सहुलियत दिएर यसलाई उत्प्रेरित गर्नुपर्ने उनले बताए । आपतकालिन उद्धारकालागि हेलिकोप्टरको प्रयोग अहिले समान्य नागरिकले पनि दुर्गम गाउमा समेत गर्न थालेको जानकारी दिँदै उनले सधै सहुलियत दरमा आफूहरुले घाटा खाएर उडान गर्न नसक्ने बताए । वायुसेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्यले अगामी तिहारसम्म सरकारले आफूहरुको माग सुनुवाई नगरे  थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

नाराको अध्यक्षमा दाहाल

काठमाडौ÷रास–  ¥याफ्टिङ व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा)को अध्यक्षमा चन्द्रबहादुर दाहाल निर्वाचित भएका छन । नाराको २५ औँ साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नाराको उपाध्यक्षमा शंकर अधिकारी, सचिवमा गँगाप्रसाद नेपाल, कोषाध्यक्षमा तेजबहादुर जर्गा मगर र सह कोषाध्यक्षमा गोरखबहादुर दर्लामी निर्वाचित भएका छन ।  यसैगरि अन्य सदस्यमा शेखरबहादुर थापा, कमलबहादुर ठकुरी र चूरामणी अर्याल निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष दाहालले  ¥याफ्टिङ व्यवसायमा संलग्न व्यवसायीको हकहित एवं कर्णाली, भोटेकोसी र  सुनकोसी लगायतका नदीमा पर्यटकलाई जलयात्रा गराएर उनीहरूलाई मनोरञ्जन प्रदान गरी साहसीक पर्यटनको प्रवद्र्धन  गर्ने कार्यमा आफुले सक्दो काम अघि बढाउने  प्रतिबद्धता व्यक्त गरे । उनले जलयात्रालाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न यस नयाँ कार्यसमितिले विगतका वर्षहरुमा भन्दा थप नयाँ काम गरेर देखाउने बताए । सोही अवसरमा नाराले यसवर्ष स्व अम्बरबहादुर गुरुङ स्मृति पुरस्कार नदी पथप्रदर्शक गोरखबहादुर दर्लामीलाई प्रदान गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले उनलाई पुरस्कार प्रदान गरेका थिए । सो पुरस्कार रासी  पाँच हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । सो कार्यक्रममा नाराका निवर्तमान अध्यक्ष नानीकाजी थापाले अब नाराले व्यवसायीक हक अधिकारकालागि निकै फ्ट्को मार्ने अपेक्षा गरिएको बताए ।

सात दिनभित्र कर्मचारीको पारिश्रमिक बुझाउन क्यासिनो माजोङलाई श्रमको आदेश

काठमाडौ, १२ असोज  –सोल्टी होटल स्थित क्यासिनो नेपामलमा कार्यरत कर्मचारीहरुको सम्पूर्ण दायित्व भुक्तानी सात दिन भित्र चुक्ता गर्न  श्रम कार्यालयले क्यासिनो माजोङलाई आदेश दिएको छ । यसअघि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै क्यासिनोमा कार्यरत ४९ जना कामदारले पुनः दिएको उजुरीका आधारमा बागमती अञ्चल श्रम कार्यालयले ७ दिनभित्र श्रमिकले पाउनुपर्ने भुक्तानी दिई साविककै सेवामा लगाउन आदेश गरेको हो ।  आगामी सात दिनभित्र आफूले दिएका निर्णयहरु कार्यान्वयन नगरे श्रम ऐन २०४८ को दफा २५ को उपदफा ५ बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्ने लगायतको कारवाही गरी श्रमिकको दायित्व असुल उपर गरिने श्रम कार्यालय बताएको छ । श्रम कार्यालयले  २०६८ साल २ असारमा भएको निर्णय बमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम, २०६९ साल ११ फागुनमा मुुकुन्दराज खरेल लगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम र गत ३० वैशाख मा स्व. लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठ सहित ३ जनाले पाउनुुपर्ने गरी निर्णय गरिएको रकम भुत्तानी गर्न आदेश दिएको हो ।
सोल्टी होटल लिमिटेड र माजोङ इन्टरटेन्मेन्ट प्रालिबीच २०६९ साल २४ कात्तिकमा भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको थियो । सोही सम्झौता अनुसार क्यासिनो नेपालमा कार्यरत केही कामदार ÷कर्मचारीलाई सेवा अवधि गर्णना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुत्तानी गरेकाले  अब बाँकी ४९ जना कर्मचारीलाई साविक सेवामा लगाउने र  तिर्नु बुझाउनुपर्ने सम्पूर्ण दायित्व माजोङले लिनुुपर्ने भनी श्रम कार्यालयले सो निर्णय तत्काल कार्यान्वयन गर्न  आदेश दिएको हो । श्रम कार्यालयले विभिन्न तीनओटा मितिमा गरेका निर्णय बमोजिम माजोङ इन्टरटेन्मेन्टले ४९ जना कर्मचारीलाई भुत्तानी गर्नुपर्ने रकम करिब  ८ करोड ८ लाख ५९ हजार रुपैया“ पुगेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । नया“ व्यवस्थापन कम्पनी माजोङ ईन्टरटेन्मेन्टले क्यासिनो नेपालका ७ सय भन्दा बढी कर्मचारीलाई तलब घटुवा गरी काममा लगाएको तथा २ सयभन्दा बढी कर्मचारीलाई केही रकम दिएर अवकाश दिएको विषयलाई लिएर यसअघि पनि सो क्यासिनोमा निकै बिबाद भएको थियो ।  अहिले पनि  बाँकी ४९ जाना कर्मचारीहरुले आफूहरुको हक अधिकार नयाँ व्यवस्थापनले हनन भएको भन्दै कानुनी उपचारको बाटो रोजेका थिए । सोही उजुरीको आधारमा श्रम कार्यालय वागमती अञ्चलले कामदार÷ कर्मचारीको बक्यौता पारिश्रमिक, भत्ता लगायतको बाँकी पाउनुपर्ने रकम सात दिनभित्र भुत्तानी दिई साविककै सेवामा लगाउन नया“ व्यवस्थापन क्यासिनो माजोङलाई यस्तो आदेश दिएको हो ।