Sunday, October 20, 2013

नाराको अध्यक्षमा दाहाल

काठमाडौ÷रास–  ¥याफ्टिङ व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा)को अध्यक्षमा चन्द्रबहादुर दाहाल निर्वाचित भएका छन । नाराको २५ औँ साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नाराको उपाध्यक्षमा शंकर अधिकारी, सचिवमा गँगाप्रसाद नेपाल, कोषाध्यक्षमा तेजबहादुर जर्गा मगर र सह कोषाध्यक्षमा गोरखबहादुर दर्लामी निर्वाचित भएका छन ।  यसैगरि अन्य सदस्यमा शेखरबहादुर थापा, कमलबहादुर ठकुरी र चूरामणी अर्याल निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष दाहालले  ¥याफ्टिङ व्यवसायमा संलग्न व्यवसायीको हकहित एवं कर्णाली, भोटेकोसी र  सुनकोसी लगायतका नदीमा पर्यटकलाई जलयात्रा गराएर उनीहरूलाई मनोरञ्जन प्रदान गरी साहसीक पर्यटनको प्रवद्र्धन  गर्ने कार्यमा आफुले सक्दो काम अघि बढाउने  प्रतिबद्धता व्यक्त गरे । उनले जलयात्रालाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न यस नयाँ कार्यसमितिले विगतका वर्षहरुमा भन्दा थप नयाँ काम गरेर देखाउने बताए । सोही अवसरमा नाराले यसवर्ष स्व अम्बरबहादुर गुरुङ स्मृति पुरस्कार नदी पथप्रदर्शक गोरखबहादुर दर्लामीलाई प्रदान गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले उनलाई पुरस्कार प्रदान गरेका थिए । सो पुरस्कार रासी  पाँच हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । सो कार्यक्रममा नाराका निवर्तमान अध्यक्ष नानीकाजी थापाले अब नाराले व्यवसायीक हक अधिकारकालागि निकै फ्ट्को मार्ने अपेक्षा गरिएको बताए ।

No comments:

Post a Comment