Sunday, October 20, 2013

सात दिनभित्र कर्मचारीको पारिश्रमिक बुझाउन क्यासिनो माजोङलाई श्रमको आदेश

काठमाडौ, १२ असोज  –सोल्टी होटल स्थित क्यासिनो नेपामलमा कार्यरत कर्मचारीहरुको सम्पूर्ण दायित्व भुक्तानी सात दिन भित्र चुक्ता गर्न  श्रम कार्यालयले क्यासिनो माजोङलाई आदेश दिएको छ । यसअघि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै क्यासिनोमा कार्यरत ४९ जना कामदारले पुनः दिएको उजुरीका आधारमा बागमती अञ्चल श्रम कार्यालयले ७ दिनभित्र श्रमिकले पाउनुपर्ने भुक्तानी दिई साविककै सेवामा लगाउन आदेश गरेको हो ।  आगामी सात दिनभित्र आफूले दिएका निर्णयहरु कार्यान्वयन नगरे श्रम ऐन २०४८ को दफा २५ को उपदफा ५ बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्ने लगायतको कारवाही गरी श्रमिकको दायित्व असुल उपर गरिने श्रम कार्यालय बताएको छ । श्रम कार्यालयले  २०६८ साल २ असारमा भएको निर्णय बमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम, २०६९ साल ११ फागुनमा मुुकुन्दराज खरेल लगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम र गत ३० वैशाख मा स्व. लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठ सहित ३ जनाले पाउनुुपर्ने गरी निर्णय गरिएको रकम भुत्तानी गर्न आदेश दिएको हो ।
सोल्टी होटल लिमिटेड र माजोङ इन्टरटेन्मेन्ट प्रालिबीच २०६९ साल २४ कात्तिकमा भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको थियो । सोही सम्झौता अनुसार क्यासिनो नेपालमा कार्यरत केही कामदार ÷कर्मचारीलाई सेवा अवधि गर्णना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुत्तानी गरेकाले  अब बाँकी ४९ जना कर्मचारीलाई साविक सेवामा लगाउने र  तिर्नु बुझाउनुपर्ने सम्पूर्ण दायित्व माजोङले लिनुुपर्ने भनी श्रम कार्यालयले सो निर्णय तत्काल कार्यान्वयन गर्न  आदेश दिएको हो । श्रम कार्यालयले विभिन्न तीनओटा मितिमा गरेका निर्णय बमोजिम माजोङ इन्टरटेन्मेन्टले ४९ जना कर्मचारीलाई भुत्तानी गर्नुपर्ने रकम करिब  ८ करोड ८ लाख ५९ हजार रुपैया“ पुगेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । नया“ व्यवस्थापन कम्पनी माजोङ ईन्टरटेन्मेन्टले क्यासिनो नेपालका ७ सय भन्दा बढी कर्मचारीलाई तलब घटुवा गरी काममा लगाएको तथा २ सयभन्दा बढी कर्मचारीलाई केही रकम दिएर अवकाश दिएको विषयलाई लिएर यसअघि पनि सो क्यासिनोमा निकै बिबाद भएको थियो ।  अहिले पनि  बाँकी ४९ जाना कर्मचारीहरुले आफूहरुको हक अधिकार नयाँ व्यवस्थापनले हनन भएको भन्दै कानुनी उपचारको बाटो रोजेका थिए । सोही उजुरीको आधारमा श्रम कार्यालय वागमती अञ्चलले कामदार÷ कर्मचारीको बक्यौता पारिश्रमिक, भत्ता लगायतको बाँकी पाउनुपर्ने रकम सात दिनभित्र भुत्तानी दिई साविककै सेवामा लगाउन नया“ व्यवस्थापन क्यासिनो माजोङलाई यस्तो आदेश दिएको हो ।

No comments:

Post a Comment