Sunday, October 20, 2013

सवारी चालकका दसैं, आफ्नो दसैं छाडेर अरुको खुसी ओसार्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असोज
सारा दुनियाँ दशैंको रमझममा व्यस्त रहँदा विराटनगर–काठमाडौं चल्ने मकालु यातायातका बसका चालक दिनेश लामा भने गाडीको स्टेरिङ्ग चलाउनमा व्यस्त छ ।  दशैंको मुखमा नुवाकोटको मदानपुर, केउरेनीका दिनेशको अनुहार अरु केहीले नभएर आफ्नै पेसाले मलिन बनाएको हो । उनले विगत एक दशकदेखि राजधानीबाट पुर्वि क्षेत्रको बस चलाउन थालेका हुन ।
गाडी चलाउने पेसाकै कारण दशैंमा घर जान नपाउँदा रमेश र उनी जस्ता हजारौं नेपालीका लागि हरेक दशैं कागलाई बेल पाके जस्तै हुने गर्छ । आफू घर जान नपाएपछि उनले दशैंको लागि किनेको सामान आफ्ना माइला काका हर्के लामाको हातमा घर पठाए ।
एउटा हालतले आफुले घर परिवार खुसी बनाउन दसैंकालागि किनेका नयाँ लुगा, तेल मसला लगायत सबै सामानको ठुलो पोको माइलाकाका हर्केलाई थमाउँदै अर्को हातमा भएको मोबाइलबाट श्रीमतीसँग कुरा गर्दै थिए । ‘ए सुन्तली मैले दसैंको किनमेल सबै माइलाकाकालाई पठाएको छु । मेरो चिन्ता नगर्नु ,  भ्याएँ भने म टिकाको दिन विहानै आइपुग्छु है सुन्तली ।
गला अबरुद्ध पार्दे दिनेशले भने, ‘ धेरै वर्ष वितिसक्यो चाहेर पनि दसैंमा घर परिवारसँग बस्नै पाइँदैन ’ । दसैं सुरु भएदेखि दैनिक काठमाडौबाट हजारौंको संख्यामा गाउँ फर्किरहेका यात्रुहरुको भीड देख्दा यो मन त्यसै भक्कानिएर आउँछ । कहिल्ये त गाडी चलाउने काम नै छाडिदेऊ जस्तो लाग्छ । तर, यो बेला साहुका लागि मात्र होइन आफुले पनि राम्रै कमाउने बताउँछन उनी ।
गोगँबु स्थित नयाँ बसपार्कमा भेट्टिएका अर्का सवारी चालक देबराज थापा पनि यसपालीको दसैं घर परिवारसँग बसेर मनाउन नपाएकोमा निकै दुःख लागेको बताउँछन ।
थापा काठमाडौ– काँकडभित्ता सञ्चालन हुने बसका चालक हुन । यसपाली नवमीका दिन गाडी साहुको घरमा पुगेर दसैं मान्नुपर्ने रुटिङ परेकाले उनलाई दसैंमा घर परिवार भेट्न नपाउँने भएकाले चिन्ता लागेको हो ।
बसपार्कमै भेटिएका अर्का रात्रीबस चालक नरेन्द्र तण्डुकार पनि दसैंमा घर जान नपाएकाले नरमाइलो लागेको बताउँछन । भण्डारा– २ चितवनका बस चालक तण्डुकार बस चलाउने पेसाकै कारण बिबाह भएको पहिलो वर्षको दसैंमा पनि सशुराली जान नपाएकोमा निकै दुःख लागेको बताउँछन । ‘नयाँ दुलहीलाई अघि लगाएर श्रीमतीसँगै पहिलोपटक सशुराली जाने सपना बुनेको थिँए , के गर्नु ? साहुले घर बिदामा जानै दिएनन ।’ के गर्नु ड्राइभरको जिन्दगी  । अरु बेलामा भन्दा दसैं तिहारको बेला सबैभन्दा बढी काम गर्नुपर्छ । घटस्थापनादेखि पुर्णिमाको दिनसम्म त राम्रोसित खाना खान समेत भ्याइ नभ्याई हुन्छ । दसैंको बेला अन्य बेलामा भन्दा धेरै यात्रुले खचाखच भरिएको बस कुदाउँदा समय वित्तेको पत्तै हुँदैन । घर परिवारको सम्झनामै बाटो काटेको पत्तै पाइँदैन ’ तण्डुकारले भने । दसैंका बेला अरु यात्रुलाई खुसी दिएर पनि आफुले घर परिवारसँगै बसेर दसैं मनाउन नपाएकोमा दुःिखत हुने सवारी चालकहरु लामा, थापा र तण्डुकार  त प्रतिनीधी पात्र मात्र हुन । 
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको तथ्यांकलाई आधार मान्ने हो भने चाहेर पनि दसैं मनाउन नपाउनेको संख्या करिब ६ हजार ५ सय भन्दा बढी छ । यिनै चालकहरुले हरेक वर्ष दसैंका बेला राजधानीबाट बाहिरिने करिब ६० लाख यात्रुलाई विभिन्न गन्तब्यमा सुरक्षित पु¥याउने गरेका छन ।  महासंघका अनुसार अहिले साना ठुलागरि  दैनिक साढे ४ हजार बसले काठमाडौबाट विभिन्न गन्तब्यमा पुग्ने यात्रुहरुलाई ओसारी रहेका छन ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हरेक वर्ष दसैंमा घर जान नपाउँने करिब साढे ६ हजार बढी चालकले आफ्नो दशैं बलिदानी गरेर अरुको घरमा खुसी लगिदिईरहेको बताए । उनले दसैंका बेला सकेसम्म चालकलाई घर जाने व्यवस्था मिलाए पनि केहीले चाहेर पनि उनीहरुले भनेको बेलामा घर जान नपाएको बताए । आफुले दसैं मनाउन नपाएपनि अरुको घरमा खुःसी पु¥याउँदा  बढी जिम्ेवारी बोध हुने बताउँछन् उनीहरु ।
काठमाडौ– धनगढी रात्री बसका चालक उपेन्द्र चौधरी दसैंको बेला घरमा बसेर आनन्दसँग खान नपाएपनि अरुलाई सुरक्षित यात्रा गराएकोमा दंग छन । किनभने खुसी मनाउन हिँडेकाको परिवारमा रुवावासी नहोस भन्ने चाहना स्वाभाविक रुपमा हुन्छ । चौधरीले भने ।  दसैंमा बिदा लिएर परिवारसँगै बसेर दसैं मनाउने रहर कस्लाई पो हुँदैन र ? के गर्नु चालकको पेसामा लागेपछि वर्षकै सबैभन्दा बढी काम गर्नुपर्ने बेलामा त्यसै हिँड्नै मिल्दैन । उनले भने । आम्दानी हुने बेला पनि यही भएकोले छाडेर हिँड्न पनि मिल्दैन । यो बेला साहूको लागि मात्रै होइन आफूले पनि राम्रै कमाउने बताउँछन् चालक चौधरी । उनी दसैंका बेला आफुहरुले खाना पनि राजमार्गका होटलमा खाएर काम गरिरहेको बताउँछन । उनले अन्य बेला
कोठामा पुगेर परिवारसँग सुत्दै आएका अधिकाँश सवारी चालकले दसैंका बेला सुत्न पनि लजकै भर पर्ने गरेको बताए । होटल तथा लजमा पनि दसैंभर खान र सुत्न समेत निकै मुस्कील हुने उनीहरुको भनाई छ ।

No comments:

Post a Comment