Sunday, October 20, 2013

घट्यो होटल बुकिङ, अक्टोबर र नोभेम्बरमा ८५ प्रतिशत मात्र भरिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २ कात्तिक -विगतका वर्षको तुलनामा यस वर्ष राजधानीलगायत मुलुकभरका होटलमा पर्यटकको बुकिङ निकै घटेको छ । सन् २०११ को यस मौसममा शतप्रतिशत बुकिङ भएको होटलमा अहिले सरदर ८५ प्रतिशत मात्र बुकिङ भएको होटल एसोसियसन अफ नेपाल (हान) ले जनाएको छ । हानका प्रमुख कार्यकारी अधिकृत माधवओम श्रेष्ठले यसपालि अक्टोबर र नाभेम्बर महिनामा होटल बुकिङ निकै घटेको बताए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रामक ढंगले बजारीकरण गर्न नसक्नु, लामो समयदेखि नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन हुनु, निजी क्षेत्रसँगको सहकार्य न्यून हुनुलगायतका कमी कमजोरीका कारण विगतका वर्षको भन्दा यसपालि होटल बुकिङ घटेको उनले जानकारी दिए । आगामी ४ मंसिरमा हुने निर्वाचनको राजनीतिक गतिविधि एवं होहल्लाले होटल बुकिङ घटाउन सहयोग पु¥याएको बताउँदै श्रेष्ठले भने, ‘अहिलेसम्म देखिएको यही अनुपातमा सन् २०१३ मा ११ प्रतिशतले बुकिङ घट्ने अनुमान हानको छ ।
’ सन् २०११ मा ९९ प्रतिशत भन्दाबढी र २०१२ मा ९५ प्रतिशत बुकिङ भएको जानकारी दिँदै उनले यसवर्ष ८५ प्रतिशत मात्र बुकिङ भएको बताए । उनले यहाँ आगामी ४ मंसिरमा हुँदै गरेको चुनावी चहलपहलले पनि विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकले असुरक्षा महसुस गरेका कारण अहिले बुकिङ घटेको बताए । पर्यटन वर्ष २०११ र गत वर्ष मनाएकोे लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रचार– प्रसारमा पर्यटक आगमन संख्या वृद्धिसँगै होटल बुकिङ बढी भएको बताउँदै अहिले त्यसबेला भन्दा निकै घटेको जानकारी दिए ।  अहिले राजधानीका होटल एवं गेस्ट हाउसमा बुकिङ निकै घटेको हानले जनाएको छ । विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्यासँगै अहिले राजधानीका ठूला तारे होटलको बुकिङ घटेको व्यवसायीले बताएका छन् । हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले अहिले काठमाडौंलगायत सबै गन्तव्यस्थलका पर्यटकीय होटल र गेस्टहाउसको कोठा बुकिङ विगतका वर्षको तुलनामा केही घटेको बताए ।  सो बुकिङ आगामी नोभेम्बरसम्मको भएको जानकारी दिँदै कक्षपतिले भने, ‘लगानी थपिएसँगै बुकिङ घटे पनि अझै व्यवसायी निरास छैनन् ।
’ उनले हाल बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै निजी लगानीमा राजधानीलगायत मोफसलमा पनि ठूला तारे होटल थपिने क्रम बढेको पनि बताए । उनले हाल सञ्चालित पुराना होटलहरूले पनि कसरी आफ्ना पाहुनालाई बढी सुविधा दिने भनेर भौतिक पूर्वाधार विस्तारमा लगानी बढाइरहेको बताए । राजधानीका पाँचतारे होटलहरू सोल्टी, ¥याडिसन, अन्नपूर्ण, याक एन्ड यति, मल्ल र हायात रिजेन्सीले पनि गत वर्षदेखि नै पर्यटक आकर्षण बढाउन लगानी विस्तार गरेका छन् । ती होटलका व्यवसायीले पनि  पर्यटकीय सिजन सुरु नहुँदै होटलकोे बुकिङ बढ्न थालेको बताए ।
वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेप्टेम्बर,अक्टोबर र नोभेम्बरका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेको अधिकांश व्यवसायीहरूले बताएका छन् । यसैगरी पर्यटकीय गन्तव्यस्थल ठमेल, पोखरा र धुलिखेल एवं नगरकोट क्षेत्रका पनि आगामी नोभेम्बरसम्मका लागि कोठा बुकिङ भइसकेको व्यवसायीले बताएका छन् । अहिलेको सिजनमा  काठमाडांै उपत्यकाभित्रका ठमेल, नगरकोट, धुलिखेल, चितवन, पोखरा, लुम्बिनी, पाल्पा र मुक्तिनाथसम्म  विदेशी पर्यटकको भिड लाग्ने अनुमान अधिकांश व्यवसायीहरूको छ ।
अहिले राजधानीलगायत मुलुकभरका विभिन्न गन्तव्यस्थलमा पर्यटक भिœयाउने छिमेकी मुलुक भारतको कोलकत्ता र थाइल्यान्डमा बसेर नेपाललाई प्याकेज बेच्ने करिब तीन दर्जन ट्राभल  एजेन्सी छन् । उनीहरूको यो व्यावसायिक कार्यले यस सिजनको दुई महिनामा मात्र करिब २५ हजार भन्दाबढी बंगाली र बौद्धमार्गी नेपाल भित्रिने गर्छन् । हानको तथ्यांकअनुसार यहाँका होटल उद्योगमा अहिलेसम्म १ खर्ब ६० अर्ब रुपैयाँको लगानी छ । जसमा १ खर्ब भन्दाबढी निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण भएको पनि हानले जनाएको छ । पाँचतारे होटलमा आउने पर्यटकलाई लबीबाट कोठाभित्र पवेश गर्दासम्मको आन्तरिक सजावटमा नयाँपन दिन होटलले लगानी वृद्धि गरेका हुन् ।आन्तरिक सजावटले नै पर्यटकले आनन्द पाउने अधिकांश व्यवसायीको कथन छ ।
यस वर्ष सिजन सुरु भएपछि राजधानीका आठओटा पाँचतारे र अन्य पर्यटकीय होटल गरी करिब २ सय ८३ ओटा होटलका करिब २३ हजार बेडमध्ये ८५ प्रतिशत बुकिङ फुल भएको हानले जनाएको छ । हानका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अहिलेसम्म बिग्रिएको असुरक्षाको स्थितिलाई सुधार्न निजी व्यवसायीले गरेको योगदानले नै यसपालिको सिजनमा होटल बुकिङको चाप राम्रै देखिएको बताए ।

No comments:

Post a Comment