Saturday, March 15, 2014

लगानी भित्राउन कोरियामा ‘इन्भेस्मेन्ट सेमिनार’

राजधानी समाचारदाता
काठमाडौं, ३० फागुन
दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपालमा लगानी प्रवद्र्धन गर्न कोरियामा तीनदिने बृहत् गोष्ठी गर्ने भएको छ । दÔिण कोरियाले नेपालमा आवासीय दूतावास खोलेको ४० वर्È पुगेको अवसरमा कोरियास्थित नेपाली दूतावासले आगामी १५ देखि १७ मेसम्म तीनदिने गोष्ठी गर्न लागेको हो ।  कोरियामा कार्यरत नेपाली कामदारले भोग्दै आएका विविध समस्या समाधानको उपाय खोज्ने र नेपालमा कोरियन लगानी भिœयाउने उद्दश्यले आयोजना गर्न लागेको गोष्ठीमा कोरिया र नेपालका सरकारी अधिकारी, उद्योगी, व्यवसायी, ठूला त्यहाँका ठूला प्रतिष्ठित बहुर्राष्ट्रिय कम्पनीका प्रतिनिधि सहभागी हुने बताइएको छ । गोष्ठीका क्रममा केही लगानीका सम्झौतासमेत हुने बताइएको छ ।
सो गोष्ठको तयारीबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले नेपालमा कोरियन लगानी भिœयाउने लक्ष्यका साथ यस्तो सम्मेलन गर्न लागेको बताए । उनले नेपाल र कोरियाको विÈयमा विशेÈज्ञता हासिल गरेर व्यक्तित्व र संस्थाले कानुन, ऊर्जा व्यापार, उद्योग, कृÈि, शिÔा, प्रविधि, पर्यावरणलगायतका विÈयमा २१ ओटा कार्यपत्र प्रस्तुत गरेर छलफल हुने कार्यक्रमसमेत तय गरिएको जानकारी गराए । उनले सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री सरकारी अधिकारी, विज्ञ, उद्योगी व्यवसायीलगायत करिब १ हजारजनाको सहभागिता रहने जानकारी दिए । सम्मेलनकै क्रममा कोरियास्थित बहुराष्ट्रिय विश्वप्रसिद्ध कम्पनी सामसुङ र हुन्डाइका अधिकारीस“ग पनि  नेपालमा थप लगानी गर्ने विषयमा छलफल  हुने जानकारी गराउँदै उनले  विभिन्न लगानी र व्यापारिक साझेदारीका सम्झौताको व्यवस्थासमेत मिलाइएको बताए ।
उनका अनुसार नेपाल इम्पावर नाम दिइएको बृहत् सेमिनारबाट नेपालमा कोरियाली लगानी भित्रिन सकारात्मक वातावरण निर्माण हुनेछ । राजदूत लामाले नेपाल र कोरियाबीच सरकारी स्तरमा मात्रै नरही जनस्तरसम्म नेपालको सम्बन्ध स्थापित भइसकेकाले यसलाई अझै नेपालको हितमा लगानी प्रर्वद्धन गर्न यस्तो कार्यक्रमसहित थप कार्य आवश्यक भएकाले दूतावासले पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी दिए ।
उनले सेमिनारका लागि युनिर्भसल पिस केन्द्रले उद्घाटन र समापन सत्रका लागि हल उपलब्ध गरेको र १६ मेका दिन हुने दुई मुलुकका व्यवसायीबीच हुने ‘बिजनेस टु बिजनेस’ बिटुबी  कार्यक्रमको प्रायोजन के वाटरले गरेको जानकारी दिए ।
 पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले यस सम्मेलनले नेपालको पर्वतीय साहसिक खेल पर्यटनको विकासमा पनि थप सहयोग पुग्ने अपेक्षा गरिएको बताए । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का प्रथम उपाध्यÔ केशव पाण्डेले दुई देशवीच पर्यटन र ऊर्जामा लगानीको प्रयाप्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले यहाँका सम्भावित Ôेत्रमा नयाँ लगानीको सम्भावना बढाउने विश्वास व्यक्त गरे । नेपालले १५ मेका दिन आवासीय राजदूतावास स्थापना भएको ४०औं वर्ष गाँठको अवसरमा सो दिनलाई विशेष दिवसकोरूपमा मनाउन यस्तो कार्यक्रम आयोजना गर्न लागेको सो दूतावासले जनाएको छ । दुई मुलुकबीचको आर्थिक कूटनीतिक प्रवद्र्धनको सिलसिलामा गत वर्ष पनि राष्ट्रिय योजना आयोगको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, लगानी प्रवद्र्धन बोर्ड, नेपाल कोरिया चेम्बर अफ कमर्स, टानलगायतका व्यवसायिक संस्थाका प्रतिनिधिले कोरियाका सम्भावित लगानीकर्तासँग छलफल गरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न यस्तो सेमिनार सम्पन्न गरेको थियो ।

Wednesday, March 12, 2014

भाषा परीक्षा उत्तीर्ण कामदार कोरिया पठाउन सुरु , सोमबार २४ जना गए

मधुजंग पाण्डे÷राजधानी  
काठमाडौ, २६ फागुन
सरकारले रोजगार अनुमती प्रणाली (इपीएस) अन्र्तगत चौथो कोरियन भाषा र शीप परिक्षण परीक्षा उत्तीर्ण भई श्रम सम्झौता आइसकेका कामदारलाई सोमबारबाट दक्षिण कोरिया पठाउन  सुरु गरेको छ । नेपाली कामदारको उत्कृष्ट गन्तब्य दÔिण कोरिया जानकालागि सन् २०१३ को भाÈा परिÔा उत्तीर्ण समेत गरि २ हजार २ सय ५८ जनाभन्दा बढीको श्रम सम्झौता प्राप्त भईसकेकाले चौथो लटका कामदार सोमबार देखि नै जान थालेको इपिएस कोरिया शाखाले जनाएको छ ।
इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले सोमबारबाट चौथो भाषा परिक्षा उत्तीर्ण कामदार दÔिण कोरिया पठाउने क्रम सुरु भएको बताए । उनले २४ जनालाई सोमबार दिउँसो ३ बजे कोरियन एयरलाइन्सको उडानबाट कोरिया पठाएको जानकारी दिए। पहिलो लटमा कोरिया जानेहरुमा ३ जना महिला र २१ जना पुरुष रहेको जानकारी गराउँदै उनले आगामी ३ चैतमा ५५ जनालाई पठाईने बताए ।
उनले चौथो कोरियन भाषामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षणको रिजेल्ट गत १ पुसमा सार्वजनिक गरि भाषा परीक्षा उत्तीर्ण सबैको नाम इपीएसले मानव संसाधन विकास (एचआरडी) कोरियामा पठाएको र कोरिया जान योग्य सूचि (रोस्टरमा ) नाम उल्लेख भएका मध्ये अहिलेसम्म २ हजार २ सय ५८ जना भन्दा बढीको श्रम सम्झौता प्राप्त भएकाले उनीहरुलाई सोमबारबाट पठाउन थालिएको जानकारी दिए ।  उनले अहिलेसम्म श्रम सम्झौता प्राप्त भएका मध्येबाट २४ जनालाई सोमबार पहिलो लटमा पठाएको, आगामी ३ चैतमा ५५ जना दोस्रो लटमा, १० चैतमा २ सय जनालाई तेस्रो लटमा र बाँकी अन्यलाई क्रमशः विभिन्न चरणमा गरि पठाउने बताए । दक्षिण कोरियाले सन् २०१४ का लागि उत्पादनमुलक तर्फ मात्र नेपालबाट ५ हजार ७ सय जना कामदारको कोटा छुट्टाएको जानकारी दिँदै बास्तोलाले भने, ‘ यस बाहेक कृषिजन्य तथा पशुपालन तर्फ पनि १५ सय भन्दाबढी कामदार जाने अपेक्षा गरेका छौं’।
कोरियाबाट एक महिनामै २ हजार २ सय ५८ जना कामदारको श्रम सम्झौता प्राप्त भएको यो नै पहिलो रेकर्ड बताउँदै सोमबार मात्रै ८ जनाको श्रम सम्झौता प्राप्त भएको र १९ जनाको घर बिदामा आएर पुनः जानेलाई श्रम स्वीकृति दिएको जानकारी दिए ।  उनले यहि रफ्तारमा कोरियाले कामदारको श्रम सम्झौता पत्र पठायो भने यसपाली रोस्टरमा नाम उल्लेख भएका सबै कामदार छिट्टै जाने दावी गरे । उनले सन् २०१३ को भाषा परिक्षा उत्तीर्ण मध्ये जसको नाम ७ हजार ७ सय ७८ जना भित्र परेको थियो । त्यही मध्येबाट यो श्रम सम्झौता प्राप्त भएको जानकारी दिए । अहिले दक्षिण कोरिया जाने कामदारको कुल लागत खर्च ८८ हजार २ सय रुपैयाँ (९ सय अमेरिकी डलर) नलाग्ने र उनीहरुले मासिक न्युनतम १० लाख ८८ हजार कोरियन वान पारिश्रमिक पाउने जानकारी गराउँदै उनले साताका ४२ घन्टाका दरले मासिक २६ दिन काम गरे बापत सो पारिश्रमिक पाउने बताए ।
उनले इपिएस मार्फत कोरिया जाने कामदारले यस बाहेक ओभरटाइम काम गरेबापत प्रति घन्टा छुट्टै पारिश्रमिक पाउने र खान बस्ने सुविधापनि त्यहाँका रोजगारदाता कम्पनीको नियमअनुसार नै हुने बताए । इपिएस शाखाका प्रमुख बास्तोलाका अनुसार नेपाल र कोरियाबीच भएको दुई पक्षिय सम्झौता अनुसार इपिएस मार्फत जाने कामदार कोरिया पुगेपछि त्यहाँको विमानस्थल स्थित अध्यागमनमा नै कोरिया एचआरडीका प्रतिनिधी लिन आउछ । त्यहाँबाट गएका कामदारलाई कोरिया एचआरडीका प्रतिनिधीले नै खाने बस्ने सबै सुविधासहित ४ दिनको ओरिन्टेसन तालिम दिई स्वास्थ्य परिक्षण गराउने छन । त्यहाँको स्वास्थ्य परिक्षण गरेपछि मात्र एचआरडीका प्रतिनिधीले सम्बन्धीत रोजगारदाता कम्पनीमा पु¥याएर जिम्मा लगाउँछ । कोरियाको एचआरडीद्धारा निर्धारित मापदण्ड अनुसारको स्वाथ्य परिक्षणमा अनुत्तिर्ण भएका कामदारलाई भने तत्काल नेपाल फर्काइदिने प्रावधान रहेको समेत उनले जानकारी दिए ।  यसैगरि, गत १४ देखि १८ फागुनसम्म ३ वर्ष कोरिया बसेर फर्किई नेपाल बसेका कामदारहरुले मात्र दिने गरि चौथो सिबिटी ( कम्प्युटर आधारित परिक्षा) का लागि आवेदन संकलन भएकामा कुल ८ सय ८२ जनाको आवेदन परेको र उनीहरुको परिक्षा यही १२ देखि २८ मार्चसम्म यस शाखाकै सिबिटी हलमा नै हुने गरि शाखाले सार्वजनिक सूचना मार्फत जानकारी गराएको समेत उनले जानकारी दिए ।   यस शाखाले इपिएसको शीप परिÔणमा सहभागी हुनेहरुको नतिजा गत १ पुसमा नै सार्वजनिक गरेपछि कामदार पठाउने तयारीलाई तिब्रता दिएको दावी गर्दै उनले चौथो कोरियन भाषा परीक्षा उत्तिर्णको (लेभर कन्ट्रयाक) श्रम करार) प्राप्त भएकाहरुलाई पहिलो, दोस्रो र तेस्रो चरणमा गरि छिट्टै पठाईने बताए । 
गत अगष्टमा सम्पन्न दÔिण कोरियाली भाÈा परिÔामा उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षण गर्नेकाम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृÈि Ôेत्रबाट तीन हजार आठसय ९६ जना शीप परिÔणमा सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार चौथो कोरियन भाषा परीक्षा उत्तीर्ण मध्ये ७ हजार ७ सय ७८ जनाले रोजगार फाराम भरेका थिए । सो भाषा परीक्षामा ८ हजार ५१ जना उत्र्तिण भएका थिए । इपीएसले रोष्टरमा नाम उल्लेख भई श्रम सम्झौता आइसकेका  कामदारलाई छिट्टै पठाउने बताएको छ । अहिले रोष्टरमा सहभागी अन्य बाँकीका पनि धमाधम श्रम सम्झौता प्राप्त हुने कार्य जारी रहेको बताउँदै वास्तोलाले भने, ‘अहिलेसम्म २ सय ४९ जनाले पुनः श्रम स्वीकृति लिईसकेका छन्’। उनले गत १३ फेब्रुअरीदेखि नै यस शाखाले पुनः श्रम स्वीकृति दिँदै आएकाले ईपिइस मार्फत कोरिया जाने कामदारलाई वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको पनि अन्त गरिदिएको बताए । उनले एचआरडी कोरियाले सोही अनुरुप पहिलो चरणमा कामदार छनोट गरि श्रम सम्झौता पठाएको बताए । 
नेपाल र कोरियावीच इपीएस अन्र्तगत कामदार लैजान सन् २००७ मा श्रम सम्झौता भएपछि सन् २००८ देखि इपीएस अन्र्तगत कामदार लिन भाषा परीक्षा संचालन हुन थालेको हो ।  नेपाल र कोरिया सरकारसँग भएको सम्झौता अनुसार भाÈा परिÔामा उत्कृष्ठ हुने इपिएस प्रशिÔार्थीको शीप परिÔण गरी प्राथमिक्ताको आधारमा दÔिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बट सुरु भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ उत्तिर्ण गरि कोरिया जान छनौट भएका थिए । यसैगरि, देस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजार भन्दा वढी कामदारलाई कोरियाले उत्तिर्ण गराएको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तिर्ण भएका १० हजार वढी कामदार मध्ये बाँकी रोष्टरमा रहने भपछि सन् २०१३ का लागि सन् २०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थिएन । इपीएसका अनुृसार सन् २०११ मा भएको भाषा परीक्षा उत्तिर्ण मध्ये अझै ३ हजार जना रोष्टरमा वा“की छन् । उनीहरु सवैको आगामी जुलाइदेखि रोष्टर अवधी सकिने छ । उनीहरुले रोजगारीमा लैजाने ग्यारेन्टी माग गर्दै लामो समय आन्दोलन समेत गरेका थिए । एकैपटक सन् २०१४ का लागि गत असोजमा मात्र भाषा परीक्षा सञ्चालन भएको थियो । यसपालीको शीप परिÔणमा उत्पादनमुलक तर्फबाट २ हजार ७ सय २९ र कृÈिबाट एहकजार एकसय ६७ जना सहभागी भएको इपिएस शाखाले जनाएको छ । सन् २०१४ मा दÔिण कोरियाकालागि नयाँ कामदार लैजान लिइएको भाषा परिÔामा ८ हजार २ सय उत्तिर्ण भएका थिए । भाÈा परिÔामा करिव ४७ हजार सातसय ७२ नेपाली सहभागी भएका थिए । यसअघि भएका तीन ओटा परीक्षामा उत्र्तिण मध्ये साढे १८ हजार भन्दा वढी युवा रोजगारीका लागि कोरिया गईसकेको पनि इपीएसले जनाएको छ। अहिलेसम्म वैदेशिक रोजगारीकालागि दÔिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ठ रहेकाले नेपालीको आर्कÈण पनि निकै रहेको छ । हाल दÔिण कोरियामा पुगेका इपिएस कामदारले मासिक करिव एकलाख रुपैयाँ भन्दा बढी कमाउछन् ।  यो रकम अन्य रोजगारी गन्तव्यमुलुकहरु भन्दा चार गुणा बढी पारिश्रमिक हो । वैद्यानिक रुपमा इपिएस मार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसअघि नीजि क्षेत्रवाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भएपनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थाले पछि अहिले इपीएस प्रक्रिया वाहेक कामदार कोरिया जान पाउदैनन । यसैगरि, पहिले कोरिया गएर गैरकानुनी रुपमा बसेर फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहा“को रोजगारीमा जान पाउदैनन । गत वर्È पा“च हजार दुईसय ३४ नेपालीले दÔिण कोरियामा काम पाएका थिए।

Sunday, March 9, 2014

चौथो भाषा परीक्षा उत्तीर्ण कामदार सोमबारबाट कोरिया जाने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ फागुन
रोजगार अनुमती प्रणाली (इपीएस) अन्र्तगत चौथो कोरियन भाषा र शीप परिक्षण परीक्षा उत्तीर्ण भई श्रम सम्झौता आइसकेका कामदारलाई आगामी सोमबारबाट दक्षिण कोरिया पठाइने भएको छ । नेपाली कामदारको उत्कृष्ट गन्तब्य दÔिण कोरिया जानकालागि सन् २०१३ को भाÈा परिÔा उत्तीर्ण समेत गरि २ हजार २ सय ५० जनाभन्दा बढीको श्रम सम्झौता प्राप्त भईसकेकाले चौथो लटका कामदार सोमबार देखि नै जान थाल्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले सोमबारबाट चौथो भाषा परिक्षा उत्तीर्ण कामदार दÔिण कोरिया पठाउने क्रम सुरु हुने बताए । उनले चौथो कोरियन भाषामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षणको रिजेल्ट गत १ पुसमा सार्वजनिक गरि भाषा परीक्षा उत्तीर्ण सबैको नाम इपीएसले मानव संसाधन विकास (एचआरडी) कोरियामा पठाएको र कोरिया जान योग्य सूचि (रोस्टरमा ) नाम उल्लेख भएका मध्ये अहिलेसम्म २ हजार २ सय ५० जना भन्दा बढीको श्रम सम्झौता प्राप्त भएकाले उनीहरुलाई सोमबारबाट पठाउन लागेको जानकारी दिए ।  उनले अहिलेसम्म श्रम सम्झौता प्राप्त भएका मध्येबाट २५ जनालाई सोमबार पहिलो लटमा, आगामी १० चैतमा २ सय जनालाई दोस्रो लटमा र बाँकी अन्यलाई क्रमशः विभिन्न चरणमा गरि पठाउने बताए । दक्षिण कोरियाले सन् २०१४ का लागि उत्पादनमुलक तर्फ मात्र नेपालबाट ५ हजार ७ सय जना कामदारको कोटा छुट्टाएको जानकारी दिँदै बास्तोलाले भने, ‘ यस बाहेक कृषिजन्य तथा पशुपालन तर्फ पनि १५ सय भन्दाबढी कामदार जाने अपेक्षा गरेका छौं’। कोरियाबाट एक महिनामै २ हजार २ सय कामदारको श्रम स्वीकृति प्राप्त भएको यो नै पहिलो रेकर्ड बताउँदै उनले यहि रफ्तारमा कोरियाले कामदारको श्रम सम्झौता पत्र पठायो भने यसपाली रोस्टरमा नाम उल्लेख भएका सबै कामदार छिट्टै जाने दावी गरे । उनले सन् २०१३ को भाषा परिक्षा उत्तीर्ण मध्ये जसको नाम ७ हजार ७ सय ७८ जना भित्र परेको थियो । त्यही मध्येबाट यो श्रम सम्झौता प्राप्त भएको जानकारी दिए । अहिले दक्षिण कोरिया जाने कामदारको कुल लागत खर्च ८८ हजार २ सय रुपैयाँ (९ सय अमेरिकी डलर) नलाग्ने र उनीहरुले मासिक न्युनतम १० लाख ८८ हजार कोरियन वान पारिश्रमिक पाउने जानकारी गराउँदै उनले साताका ४२ घन्टाका दरले मासिक २६ दिन काम गरे बापत सो पारिश्रमिक पाउने बताए ।
उनले इपिएस मार्फत कोरिया जाने कामदारले यस बाहेक ओभरटाइम काम गरेबापत प्रति घन्टा छुट्टै पारिश्रमिक पाउने र खान बस्ने सुविधापनि त्यहाँका रोजगारदाता कम्पनीको नियमअनुसार नै हुने बताए । इपिएस शाखाका प्रमुख बास्तोलाका अनुसार नेपाल र कोरियाबीच भएको दुई पक्षिय सम्झौता अनुसार इपिएस मार्फत जाने कामदार कोरिया पुगेपछि त्यहाँको विमानस्थल स्थित अध्यागमनमा नै कोरिया एचआरडीका प्रतिनिधी लिन आउछ । त्यहाँबाट गएका कामदारलाई कोरिया एचआरडीका प्रतिनिधीले नै खाने बस्ने सबै सुविधासहित ४ दिनको ओरिन्टेसन तालिम दिई स्वास्थ्य परिक्षण गराउने छन । त्यहाँको स्वास्थ्य परिक्षण गरेपछि मात्र एचआरडीका प्रतिनिधीले सम्बन्धीत रोजगारदाता कम्पनीमा पु¥याएर जिम्मा लगाउँछ । कोरियाको एचआरडीद्धारा निर्धारित मापदण्ड अनुसारको स्वाथ्य परिक्षणमा अनुत्तिर्ण भएका कामदारलाई भने तत्काल नेपाल फर्काइदिने प्रावधान रहेको समेत उनले जानकारी दिए । 
यसैगरि, गत १४ देखि १८ फागुनसम्म ३ वर्ष कोरिया बसेर फर्किई नेपाल बसेका कामदारहरुले मात्र दिने गरि चौथो सिबिटी ( कम्प्युटर आधारित परिक्षा) का लागि आवेदन संकलन भएकामा कुल ८ सय ८२ जनाको आवेदन परेको र उनीहरुको परिक्षा यही १२ देखि २८ मार्चसम्म यस शाखाकै सिबिटी हलमा नै हुने गरि शाखाले सार्वजनिक सूचना मार्फत जानकारी गराएको समेत उनले जानकारी दिए ।   यस शाखाले इपिएसको शीप परिÔणमा सहभागी हुनेहरुको नतिजा गत १ पुसमा नै सार्वजनिक गरेपछि कामदार पठाउने तयारीलाई तिब्रता दिएको दावी गर्दै उनले चौथो कोरियन भाषा परीक्षा उत्तिर्णको (लेभर कन्ट्रयाक) श्रम करार) प्राप्त भएकाहरुलाई पहिलो, दोस्रो र तेस्रो चरणमा गरि छिट्टै पठाईने बताए । 
गत अगष्टमा सम्पन्न दÔिण कोरियाली भाÈा परिÔामा उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षण गर्नेकाम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृÈि Ôेत्रबाट तीन हजार आठसय ९६ जना शीप परिÔणमा सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार चौथो कोरियन भाषा परीक्षा उत्तीर्ण मध्ये ७ हजार ७ सय ७८ जनाले रोजगार फाराम भरेका थिए । सो भाषा परीक्षामा ८ हजार ५१ जना उत्र्तिण भएका थिए । इपीएसले रोष्टरमा नाम उल्लेख भई श्रम सम्झौता आइसकेका  कामदारलाई छिट्टै पठाउने बताएको छ । अहिले रोष्टरमा सहभागी अन्य बाँकीका पनि धमाधम श्रम सम्झौता प्राप्त हुने कार्य जारी रहेको बताउँदै वास्तोलाले भने, ‘सोमबारबाट धमाधम कामदार कोरिया पठाउने क्रम सुरु हुन्छ’।  उनले एचआरडी कोरियाले सोही अनुरुप पहिलो चरणमा कामदार छनोट गरि श्रम सम्झौता पठाएको बताए । 
नेपाल र कोरियावीच इपीएस अन्र्तगत कामदार लैजान सन् २००७ मा श्रम सम्झौता भएपछि सन् २००८ देखी इपीएस अन्र्तगत कामदार लिन भाषा परीक्षा संचालन हुन थालेको हो ।  नेपाल र कोरिया सरकारसँग भएको सम्झौता अनुसार भाÈा परिÔामा उत्कृष्ठ हुने इपिएस प्रशिÔार्थीको शीप परिÔण गरी प्राथमिक्ताको आधारमा दÔिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बट सुरु भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ उत्तिर्ण गरि कोरिया जान छनौट भएका थिए । यसैगरि, देस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजार भन्दा वढी कामदारलाई कोरियाले उत्तिर्ण गराएको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तिर्ण भएका १० हजार वढी कामदार मध्ये बाँकी रोष्टरमा रहने भपछि सन् २०१३ का लागि सन् २०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थिएन । इपीएसका अनुृसार सन् २०११ मा भएको भाषा परीक्षा उत्तिर्ण मध्ये अझै ३ हजार जना रोष्टरमा वा“की छन् । उनीहरु सवैको आगामी जुलाइदेखि रोष्टर अवधी सकिने छ । उनीहरुले रोजगारीमा लैजाने ग्यारेन्टी माग गर्दै लामो समय आन्दोलन समेत गरेका थिए । एकैपटक सन् २०१४ का लागि गत असोजमा मात्र भाषा परीक्षा सञ्चालन भएको थियो । यसपालीको शीप परिÔणमा उत्पादनमुलक तर्फबाट दुई हजार सातसय २९ र कृÈिबाट एहकजार एकसय ६७ जना सहभागी भएको इपिएस शाखाले जनाएको छ । सन् २०१४ मा दÔिण कोरियाकालागि नयाँ कामदार लैजान लिइएको भाषा परिÔामा आठ हजार दुईसय उत्तिर्ण भएका थिए । भाÈा परिÔामा करिव ४७ हजार सातसय ७२ नेपाली सहभागी भएका थिए । यसअघि भएका तीन ओटा परीक्षामा उत्र्तिण मध्ये साढे १८ हजार भन्दा वढी युवा रोजगारीका लागि कोरिया गईसकेको पनि इपीएसले जनाएको छ ।
अहिलेसम्म वैदेशिक रोजगारीकालागि दÔिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ठ रहेकाले नेपालीको आर्कÈण पनि निकै रहेको छ । हाल दÔिण कोरियामा पुगेका इपिएस कामदारले मासिक करिव एकलाख रुपैयाँ कमाउछन् ।  यो रकम अन्य रोजगारी गन्तव्यमुलुकहरु मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत भन्दा चार गुण बढी पारिश्रमिक हो । दÔिण कोरियामा यि  मुलुकहरुमा भन्दा कामदार सुरक्षा एवं  हक अधिकारको स्थिती पनि निकै राम्रो भएको बताईएको छ । वैद्यानिक रुपमा इपिएस मार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसअघि नीजि क्षेत्रवाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भएपनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थाले पछि अहिले इपीएस प्रक्रिया वाहेक कामदार कोरिया जान पाउदैनन । यसैगरि, पहिले कोरिया गएर गैरकानुनी रुपमा बसेर फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहा“को रोजगारीमा जान पाउदैनन ।
गत वर्È पा“च हजार दुईसय ३४ नेपालीले दÔिण कोरियामा काम पाएका थिए । यस वर्È दÔिण कोरियाले विदेशी कामदारको संख्या घटाए पनि नेपालीको संख्या भने बढेको छ । सन् २०१४ का लागि इपिएस अन्र्तगत कुल ५३ हजार विदेशी कामदार लिइने एचआरडीले जनाएको छ । गत वर्È ६४ हजार विदेशी कामदार लिएको थियो । एचआरडीका अनुसार, दÔिण कोरियामा कामदार पठाउनेमा नेपाल कम्बोडिया, इण्डोनेसिया र थाइल्याण्डपनि चौथो स्थानमा रहेको छ ।
इपिएस सम्बन्धी सम्झौता नविकरण जुलाईमा
काठमाडौ÷रास– सरकारले आगामी जुलाईमा दक्षिण कोरियासँग रोजगार अनुमती प्रणाली (इपीएस) सम्बन्धी सम्झौता नविकरण गर्ने भएको छ । सो सम्झौता नविकरण गर्ने क्रममा नेपाल सरकारले कोरियामा कार्यरत नेपाली कामदारहरुको हक हित र सुविधा प्रवद्र्धनकालागि थप विभिन्न विषय उठान गर्ने भएको छ ।
इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले आगामी जुलाईमा हुने  इपीएस) सम्बन्धी सम्झौता नविकरण गर्ने क्रममा नेपाली कामदारका हकहित र थप सुविधा प्राप्तिकालागि नेपाल सरकारले जोडदार आवाज उठाई दुई पक्षिय समझदारी गरिने बताए । उनले नेपाली कामदारका हक हित एवं थप सुविधा उपयोग गर्नकालागि उठान गरिने विभिन्न विषयबस्तुहरुमा नेपाली कामदारलाई ९ प्रतिशतको कामदार कल्याणकारी कोष    (प्रोविडियन फन्ट) को सुविधा उपलब्ध गराईनुपर्ने, नेपाली कामदारको मृत्यु भएमा मृतक कामदारको शब काठमाडौसम्म ल्याईपु¥याउने व्यवस्था त्यहाँको रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने लगायत हाल भोग्दै आएका समस्या समाधानको उपाएमा पनि व्यापक आवाज उठाइने बताए । यसैगरि, कोरियन भाषा परिक्षाको आवेदन दर्ता अन्लाइन प्रणालीबाट गर्ने र प्रतिक्षा सूचिमा रहेका कामदारहरुले दोस्रो पटक पुनः नाम दर्ता गर्दा स्वाथ्य परिक्षणको व्यवस्था हटाइनुपर्ने र कामदारलाई थप सुरक्षित रुपमा काम गर्ने वातावरण बनाईनुपर्ने लगायतका विषयबस्तु उठान गरिने पनि सो शाखाले जनाएको छ ।
अहिलेसम्म ५७ नेपालीको मृत्युकाठमाडौ÷रास–सन् २००७ मा इपिएस सुरुभएपछि अहिलेसम्म दÔिण कोरियामा मर्ने नेपाली कामदारको कुल संख्या ५७ जना पुगेको छ । यसरी मर्ने नेपालीमध्ये धेरैले आत्महत्या गर्ने गरेका छन् भने केहीको मृत्यु रहस्यमय नै बन्ने गरेको छ । नया“ परिवेस, कठिन काम, अमानविय व्यवहारका कारण धेरै नेपालीले ज्यान गुमाउनु परेको सोलस्थित नेपाली दुतावासले बताउदै आएको छ । नेपालीको मृत्युप्रति दÔिण कोरिया सरकार संवेदनशील रहेको र समस्या पहिचान र निवारणका लागि प्रयत्नशील रहने नेपालस्थित इपिएस कोरिया शाखाले  जनाएको छ । सो शाखाले पनि अहिले कोरियामा कार्यरत कामदारले भोग्नुपर्ने  विभिन्न समस्या समाधान गर्ने कार्यमा  निकै प्रयत्नशील रहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमानमा आगलागी, १७४ यात्रुको सकुशल उद्धार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ फागुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने क्रममा शनिबार दिउँसो भारतीय वायुसेवा कम्पनी इन्डिगो एयरको एक विमानमा आगलागी भएको छ ।  भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको ए–३२० कलसाइनको विमानमा आगलागी भएको हो । आगलागीपछि विमानमा सवार १ सय ७४ यात्रुलाई विमानका आकस्मिक सहित ४ ओटै ढोका खोलेर सकुशल बाहिर निकालिएको थियो ।
विमानस्थल कार्यालयका महाप्रबन्धक ऋÈिकेश शर्माले विमानस्थलमा अवतरण गरेर यात्रु ओराल्न धावनमार्गको वे नम्बर ५ तर्फ जाने क्रममा विमानको पछाडिपट्टिको दाहिने चक्कामा आगलागी भएको बताए । उनले मध्याह्न १२.३५ बजे सो जहाजमा आगो लागेको देखिएपछि तत्काल विमानस्थलभित्रका बारुणयन्त्रले आगो नियन्त्रणमा लिएकाले ठूलो Ôति हुन नपाएको बताए । उनले छिट्टै उद्धार गरिएकाले सबै यात्रुहरू सकुशल रहेको र तत्कालै आगो नियन्त्रणमा लिन सफल भएको बताए ।
महाप्रबन्धक शर्माले एकजना भारतीय यात्रुलाई भने आकस्मिक ढोकाबाट निकाल्दा ठोकिएर सामान्य चोट लागेको र जहाजमा कुनै Ôति नभएको बताए । विमानमा आगलागीको कारण खुल्न सकेको छैन । सो विमान विमानस्थलमै ग्राउन्डेड छ । अवतरणको क्रममा फोर्स ल्यान्डिङ गर्दा लागेको आगोले विमानको चक्का र इन्जिनको केही भागमा Ôति पुगेको विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ । विमानमा आगलागी भएपछि अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आकस्मिक बैठक बसेको थियो । शुक्रबार पनि काठमाडौंबाट खोटाङको लामीडा“डाका लागि उडेको नेपाल वायुसेवा निगमको एकमात्र ट्विनअटर विमानमा आगो लागेपछि तत्काल विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो । 

Saturday, March 8, 2014

निगम आन्तरिक जहाजविहिन, गम्भिर दुर्घटनाबाट बच्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ फागुन
कुनै समय आन्तरिकतर्फ १० ओटा ट्विनअटर जहाज उडाएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अहिले जहाजविहीन भएको छ । आन्तरिक उडान सञ्चालनका क्रममा विभिन्न समयमा एकपछि अर्को गर्दै लगातार दुर्घटनाको शृंखला बढेपछि शुक्रबारबाट निगम जहाजविहीन अवस्थामा आइपुगेको हो ।
निगमको आन्तरिकतर्फको नियमित उडानमा सञ्चालित एक मात्र ट्विनअटर जहाज पनि शुक्रबार इन्जिनमा खराबी भएर ग्राउन्डेड भएपछि निगम आन्तरिक उडानविहीन भएको छ । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोटाङको लामिडा“डाका लागि उडेको ९ एन–एबीयू कलसाइनको ट्विनअटर जहाजको दाया“ इन्जिनमा धावन मार्ग छाडेको एक मिनेटमै अचानक गडबढी भएपछि तत्काल अवतरण गरिएको थियो । त्यसले गर्दा गम्भीर दुर्घटना टरेको छ ।  विमानस्थलअनुसार धावनमार्ग छोडेर निकै उचाइमा पुगिसकेको सो जहाजको इन्जिनमा गडबडी भएको जानकारी हुनासाथ पुनः विमानस्थलमा फर्काएर आपत्कालीन अवतरण गराइएको थियो । जहाजमा दुई काखे बालकसहित १५ यात्रु र चालक दलका तीन सदस्य थिए ।  चालक सञ्जय वैद्यले उडाएको सो जहाजमा सहचालक प्रशान्त राई र परिचारिका सुष्मा तामाङ सवार थिए । जहाजमा सवार यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । निगमले जहाजको दाया“ इन्जिनमा समस्या देखिएको बताएको छ । 
निगमका प्रवक्ता रामहरि शर्माले काठमाडौंबाट लामिडाँडातर्फ उडेको जहाजको दायाँ इन्जिनमा गडबडी हुनासाथ चालकले पुनः विमानस्थलमै फर्काएर सकुशल आकस्मिक अवतरण गराएकाले दुर्घटना हुनबाट बचेको बताए । उनले जहाजमा ओभरलोड पनि नभएको र उड्ने बेलासम्म केही नभएको दाबी गर्दै जहाजले आकाशमा उचाइ लिए पनि एक्कासि दायाँ इन्जिनमा गडबढी भएकाले सकुशल अवतरण गराइएको बताए । ‘१९ सिट क्षमताको जहाजमा दुई काखे बालकसहित जम्मा १५ यात्रु र चालक दलका तीन सदस्य मात्र भएको जहाजमा कसरी ओभरलोड हुन्छ ?’ भन्दै उनले त्यस जहाजमा अझै तीन यात्रु थप्न सकिने तौल क्षमता रहेको जानकारी दिए । उनले आफूसँग भएको एउटा जहाज पनि ग्राउन्डेड भएपछि अहिले निगम आन्तरिक उडानविहीन भएको बताए । उनले शुक्रबार इन्जिन बिग्रिएर ग्राउन्डेड भएको जहाज नबनेसम्म आगामी केही समयका लागि निगमको आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको जानकारी दिए ।  नेपालमा जहाजको इन्जिन मर्मत गर्ने सुविधा नभएकाले विदेशमा लगेर मर्मत गर्न समय लाग्ने हु“दा आन्तरिक उडान स्थगित गर्नुपरेको बताए ।  शुक्रबारबाट ग्राउन्डेड भएको जहाज पनि यसअघि धेरै पटकपटक ग्राउन्डेड हुँदै सञ्चालन गरिँदै आएको जहाज हो । उनले निगमका इन्जिनियरहरूले इन्जिनमा केकस्तो समस्या आएको रहेछ, हेरेपछि उनीहरूको सुझावअनुसार मर्मतका लागि थप काम अघि बढाइने बताए । ‘नेपालमा मर्मत गर्ने सुविधा छैन, ठूलो समस्या आएको रहेछ भने विदेश पठाउनुको विकल्प छैन,’ उनले भने ।  निगमसँग भएका १० ओटा ट्विनअटरमध्ये गत ४ फागुनमा एउटा दुर्घटनामा परेपछि निगमसँग अहिले एउटा जहाज मात्र बाँकी छ । काठमाडौंबाट पोखरा हुँदै जुम्लातर्फ उडेको ९ एन–एबीबी कलसाइनको ट्विनअटर विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका
तीन सदस्य र १५ यात्रुसहित विमानमा सवार १८ जनाकै ज्यान गएको थियो ।  जसका कारण निगमले त्यसैबेलादेखि नै आफ्नो २२ गन्तव्यको उडान सेवा आधाभन्दा बढी घटाएर जम्मा १० ओटा गन्तव्यमा मात्र सीमित राखेको थियो । 
शुक्रबार ग्राउन्डेड भएको यो जहाज सन् १९८४ मा ल्याइएको हो । अर्को एउटा ९ एन–एबीएम कलसाइनको जहाज निगमले डेढ वर्षअघिदेखि तारा एयरलाई १० वर्Èका लागि भाडामा दिएको छ । उडान सञ्चालनमा आवश्यक सबै मर्मत खर्च कटाएर मासिक १२ हजार अमेरिकी डलर निगमलाई बुझाउने सर्तमा ताराले सो जहाज भाडामा लिएको हो । सुरुमा निगमसँग भएका १० ओटा ट्विनअटर जहाजमध्ये ६ ओटा जहाज विभिन्न समय दुर्घटना भई नष्ट भइसकेका छन् भने दुईओटा लामो समयदेखि ग्राउन्डेड अवस्थामा थन्किएका छन् । ग्राउन्डेड अवस्थामा रहेका ९ एन–एबीटी र ९ एन–एबीएक्स कलसाइनको ट्विनअटर जहाजको इन्जिन साट्नुपर्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएको निगमले जनाएको छ । निगमअनुसार भएका १० मध्ये ६ ओटा ट्विनअटर जहाज सन् १९७३ मा लुक्लामा पहिलो पटक दुर्घटना भएको थियो । दोस्रो पटक सन् १९८४ मा तुम्लिङटार विमानस्थलबाट उडेको जहाज चकलेटी डाँडामा दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि, १९९१ मा लुक्लामै र सन् १९९५ मा राजधानीको गुहेश्वरी मन्दिरनजिकै दुर्घटना भएको थियो । सन् २०१३ मा जोमसोमस्थित कालीगण्डकी किनारमा र गत ४ फागुनमा अर्घाखाँचीमा ट्विनअटर जहाज दुर्घटना भई नष्ट भएको थियो ।

राजधानी दैनिक प्रतिष्ठानमा तिमल्सिना

राजधानी समाचारदाता
काठमाडौ, १९ फागुन
नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाको सोमबार सम्पन्न अधिवेशनले रामसूदन तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा दुर्गा पौडेल, सचिवमा वेद राना मगर, कोषाध्यक्षमा श्याम महर्जन ‘कोर्पा’, सहसचिवमा लक्ष्मी सापकोटा र समीर मुखिया चुनिएका छन् । त्यस्तै, सदस्यमा साधुराम बाँस्कोटा, विश्वराज सापकोटा, प्रकाश कँडेल, असिन राई र सुभाष शर्मा छन् । यसैगरी, सभासद् (पार्षद्) मा राजन शर्मा, डिल्ली आचार्य, तारानिधि पोखरेल, लिलाराज, खनाल, मधुजंग पाण्डे र राजेन्द्र श्रेष्ठ विजयी भएका छन् । प्रतिष्ठान शाखा उद्घाटन गर्दै पत्रकार
महासंघ केन्द्रीय कोषाध्यक्ष शीतल साहले श्रमजीवी पत्रकारको हकहित तथा  पेसागत र भौतिक सुरक्षाका लागि महासंघ राजधानी प्रतिष्ठानले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । राजधानी दैनिकका कार्यकारी अधिकृत आषिश शेरचनले पत्रकारको पेसागत सुरक्षाका साथै भविष्यमा सञ्चार क्षेत्रमा देखिएका चुनौती सामना गर्न एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिए । राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतले पत्रकारको हकहितका लागि आङ्खना आस्था र विचार त्यागेर अघि बढ्नुपर्ने जिकिर गरे ।   अध्यक्ष तिमल्सिनाले कार्यसमितिले राजधानी दैनिकमा कार्यरत सञ्चारकर्मीमध्येबाट प्रत्येक वर्ष एकजनालाई ५ हजार नगदसहित पुरस्कृत गरिने जानकारी दिए । हिमाल मिडिया प्रतिष्ठान शाखाको सोमबारै सम्पन्न चौथो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा मीना शर्मा, किरण नेपाल, रामजी दाहाल, धर्मराज दाहाल, रामेश्वर बोहरा, डम्बरकृष्ण श्रेष्ठ र अनुराग अधिकारी निर्वाचित गरेको छ ।  यसैगरी, कामना प्रतिष्ठान शाखाको सातौं अधिवेशनले दीपक रिजालको नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले  केन्द्रीय  सभासद्मा पुष्करलाल श्रेष्ठ, टंक पन्त, लेखनाथ अधिकारी र भगवती तिम्सिनालाइ सर्वसम्मत निर्वाचित गरेको छ ।  रेडियो सगरमाथा शाखाको सोमबार भएको अधिवेशनले उर्वशी बस्नेतको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । केन्द्रीय पार्षद्मा नवीनकुमार लुइँटेल, समन्तप्रसाद आचार्य र लोकराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
उता, अन्नपूर्ण पोस्ट प्रतिष्ठानमा टुबल सापकोटाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । केन्द्रीय सभासद्मा गुणराज लुइ“टेल, किरण पोखरेल, चुडामणि भट्टराई, यम विरही, भीम अर्याल, गोविन्द परियार र रामकला खड्का निर्वाचित भएका छन् ।
त्यस्तै, कान्तिपुर टेलिभिजन शाखाको राजु तिमल्सिनाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । केन्द्रीय सभासद्मा विजयराज अधिकारी, बाबुराजा महर्जन, पुनम पौडेल, समा थापा, भुवन केसी, दशरथ राई र पुष्प ढुंगाना निर्वाचित भएका छन् । कान्तिपुर दैनिक शाखामा कमलदेव भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।  रेडियो मैत्री शाखाको पहिलो अधिवेशनले श्रीधर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले विष्णु सापकोटा, वासुदेव शर्मा, विनोद घिमिरे, रामकृष्ण शर्मा, सन्चु तामाङ, मनोज अर्याल र शोभित नेपाललाई केन्द्रीय पार्षद्मा सर्वसम्मत निर्वाचित गरेको छ । यसैगरी, रिपब्लिका प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनले कोषराज कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले केन्द्रीय पार्षद्मा प्रतीक प्रधान, सोमेश बर्मा, तिलक पाठक, सुवोध गौतम, प्रकाश तिमल्सिना, सुरेन्द्र पौडेल, सुशील भट्टराई, मणि दाहाल र पवित्रा सुनारलाई निर्वाचित गरेको छ । यसैगरी, मेट्रो एफएम प्रतिष्ठानको चौथो अधिवेशनले गजेन्द्र ओझाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ सभासद्मा राजु लामा, गंगाप्रसाद  दाहाल र श्रीकृष्ण महर्जनलाई निर्वाचित गरेको छ ।

Sunday, March 2, 2014

व्यावसायिक अनुभवलाई व्यवहारमा उतार्छु


टेकबहादुर गुरुङ, राज्यमन्त्री, श्रम तथा रोजगार
मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित ५८ वर्षीय टेकबहादुर गुरुङले गत मंगलबार श्रम तथा रोजगार राज्यमन्त्रीको शपथ लिएका छन् । उनले आफूले मन्त्रालयको पदभार सम्हालेपछि सबैभन्दा पहिले अहिले जटिल समस्याका रूपमा रहेको श्रम व्यवस्थान गर्ने कार्यलाई थप व्यवस्थित बनाउन बेरोजगारलाई भत्ता दिलाउने प्रयास थाल्ने बताएका छन् । त्यसपछि हाल सञ्चालित वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने अठोट लिएका मन्त्री गुरुङ प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये नेपाली कांग्रेसको तर्फबाट मनाङ जिल्लाबाट निर्वाचित वैदेशिक रोजगार व्यवसायी हुन् । वैदेशिक रोजगार व्यवसायी नै मन्त्री बनेपछि अब कामदार र व्यवसायीले भोग्दै आएका समस्या सजिलै समाधान हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन सक्ने दाबी उनको छ । मनाङका गुरुङले १ हजार ५ सय २७ मत ल्याएर निर्वाचित भएका थिए । राप्रपा नेपालका अर्का पर्यटन व्यवसायी भुजुङ गुरुङ र राप्रपाका त्रिपाल गुरुङबीच भएको तीव्र प्रतिस्पर्धामा मन्त्री गुरुङले ६ सय १६ मत बढी ल्याएर विजयी भएका थिए । वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले उनलाई नेपाली कांग्रेसले मनाङ जिल्लाबाट प्रत्यक्ष उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । यसअघि मन्त्री गुरुङ हिमाल म्यानपावर इम्प्लोइमेन्ट सभिर्सेजका प्रबन्ध निर्देशक थिए । कांग्रेस मनाङ जिल्लाको सभापतिसमेत भइसकेका मन्त्री गुरुङ विगत लामो समयदेखि नै नेपाली कांग्रेसमा सक्रिय थिए । अहिले म्यानपावर कम्पनी, बिचौलिया एवं दलाल एजेन्टहरूबाट वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढीरहेका बेला नवनियुक्त श्रम तथा रोजगार राज्यमन्त्री गुरुङसँग राजधानीकर्मी मधुजंग पाण्डेले गरेको वार्ताको सारसंक्षेप :

० तपाईं वैदेशिक रोजगारीको क्षेत्रमा लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ, अब पहिलो काम
के गर्नुहुन्छ ?
– मैले आफ्नो पहिलो प्राथमिकतामा युवा बेरोजगारलाई भक्ता दिने कार्यलाई नै राखेको छु । हाल बढ्दो युवा बेरोजगारीले गर्दा गुन्डागर्दी, अशान्ति र राजनीतिक अस्थिरता भएको छ। मुलुकले दक्ष जनशक्ति त्यसै खेर फाल्नुपरेको अवस्था छ । बेरोजगारीको समस्यालाई अहिलेसम्म राज्यले उचित ढंगले सदुपयोग नगरेकै कारण युवाका जोसजाँगर र उर्जा त्यसै खेर गइरहेको छ भने युवाहरूलाई उत्पादनमूलक कार्यमा लगाउन नसकिएकै कारण मुलुकले धेरै आर्थिक क्षति बेहोर्दै आउनुपरेको छ । त्यसैले, मुलुकभर बेरोजगार र रोजगारी पाएकाहरूको आधिकारिक तथ्यांक राख्न पनि मैले बेरोजगार भत्ता दिलाउने कामलाई पहिलो प्राथमिकतामा राखेको हुँ । अहिले मुलुकमा हरेक वर्ष करिब साढे ४ लाख युवा आन्तरिक श्रम बजारमा थपिने गरेकामा मुस्किलले जम्मा १० प्रतिशतले मात्र काम पाएका छन् । अरू सबै बेरोजगार छन् । बेरोजगार भत्ता उपलब्ध गराउन नीतिगत रूपमा नै निश्चित मापदण्ड बनाएर नै अघि बढ्ने प्रयास गर्नेछु । मैले यो कामसँगै श्रम मन्त्रालयअन्तर्गतका हरेक गतिविधिलाई सुधारात्मक रूपमा अघि बढाउने र सेवाग्राहीलाई सहज रूपमा छिट्टो सेवा दिएर अघि बढ्ने कामलाई पनि मुख्य प्राथमिकतामा राखेको छु ।
० तपाईं यो पहिलो काम कसरी थाल्नुहुन्छ ?
– हालसम्म मुलुकभर भएका बेरोजगारहरूको सबै अध्ययन र आधिकारिक तथ्यांक बनाई निश्चित मापदण्ड बनाएपछि मात्र सरकारले यो काम थालनी गर्नेछ । अहिलेसम्म ज्येष्ठ नागरिक भत्ता, अपांग, विधवा र सहिद परिवारलाई दिने भत्तालगायत धेरै शीर्षकमा पैसा बाँडिन्छ भने अब युवा बेरोजगारी भत्ता किन नपाउने रु युवा बेरोजगारी भत्ता पाउने व्यवस्था मिलाउन पनि राज्यले सोच्नुपर्छ । त्यसैले, मैले बेरोजगारी भत्ता दिलाउने कार्यलाई पहिलो प्राथमिकता राखेको हुँ । कुनै पनि कामलाई लक्ष्यअनुरूप सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन, कार्यशैली र कार्य योजनामा भर पर्छ । म मन्त्री पनि कर्मचारीजस्तै जनताले तिरेको करले पालिएको व्यक्ति हुँ । त्यसैले, समयमा हिँड्नुपर्छ, हामी जनताको सेवक हौं । त्यही जनताले तिरेको पैसाले तलब खाएका मान्छेले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिनुपर्छ भन्ने मान्यता मैले लिएको छु । त्यसपछि यस मन्त्रालयअन्तर्गतका विभिन्न निकायलाई सुधारात्मक गतिमा अघि बढाएर जाने प्रयत्न गर्नेछु । यस मन्त्रालयमा भएका सबै कर्मचारीको संयुक्त सहकार्यमा नै अघि बढिनेछ । जसमा सरकारी र निजी क्षेत्रको सहकार्यलाई पनि उत्तिकै महत्त्वका साथ अघि
बढाएर जानुपर्छ ।
० कहिलेदेखि भत्ता दिलाउनुहुन्छ ?
– अहिले म यति बेलादेखि नै दिलाउन सुरु गर्नेछु भनेर यकिन समय तोक्न सक्दिनँ । केही समयको गम्भीर अध्ययन र वस्तुस्थिति बुझिसकेपछि बल्ल नीतिगत रूपमा नै बेरोजगार युवायुवतीलाई भत्ता दिलाउने प्रक्रिया अघि बढाइन्छ । त्यसैले, म अहिले नै समय तोक्न सक्दिनँ सबै प्रक्रिया पूरा गरिसकेपछि मापदण्ड बनाएर सकेसम्म छिट्टै दिलाउने कार्यमा लागिपर्नेछु । अरूले जस्तो मीठो कुरा गर्ने मेरो बानी छैन । म कामै गरेर देखाइदिन्छु । त्यसैले, म सबभन्दा पहिला यो काम गर्छु ।
० अहिले मुलुकभर कति युवा बेरोजगार छन् तपाईंले कुनै आँकलन गर्नुभएको छ ?
– देशभर अहिले कति युवा बेरोजगार छन् भन्ने आधिकारिक एवं यकिन तथ्यांक नै हामीसँग छैन । अहिले सरकारसँग पनि दैनिक आन्तरिक श्रम बजारमा आइरहेका युवा बेरोजगारीको यकिन तथ्यांक नभएको अवस्था छ । त्यसैले, मैले पनि अनुमानको भरमा ठ्याक्कै यति नै छन् भनेर कहाँ भन्न सक्छु र † अहिलेसम्म नेपालमा कति जनाले रोजगारी पाएका छन् रु कतिले बेरोजगारीको हैरानी भोग्न बाध्य छन् रु यसको कुनै आधिकारिक तथ्यांक नै छैन । त्यसैले, मुलुकभर बेरोजगार र रोजगारी पाएकाहरूको आधिकारिक तथ्यांक राख्न पनि मैले बेरोजगार भत्ता दिलाउने कामलाई पहिलो प्राथमिकतामा राखेको हुँ । अहिले मुलुकमा हरेक वर्ष करिब साढे ४ लाख युवा आन्तरिक श्रम बजारमा थपिने गरेकामा मुस्लिमले जम्मा १० प्रतिशतले मात्र काम पाएका छन् । अरू सबै बेरोजगार छन् । बेरोजगार युवाहरूको प्रमुख गन्तव्य वैदेशिक रोजगार बन्दै आएको छ । अहिले दैनिक करिब २ हजार ५ सय युवा वैदेशिक रोजगारमा विभिन्न देश पुग्ने गरेका छन् । यस्तो भयावह स्थितिलाई केही हदमा भए पनि समस्या समाधान गर्न अब राज्यले विभिन्न मापदण्डका आधारमा बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सक्नुपर्छ ।
० बेरोजगार भत्ता दिने पैसा कहाँबाट कसरी ल्याउनुहुन्छ नि ?
– सरकारले निश्चित मापदण्ड बनाएर नीतिगत रूपमा नै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढायो भने अनेक प्रयत्न गर्दा पनि स्वदेशमा रोजगारी नपाएर बेरोजगार भएका युवालाई बेरोजगार भत्ता दिने कार्यमा पैसाको कुनै समस्या हुँदैन । जे जसरी भए पनि भत्ता रकम उपलब्ध गराइन्छ । सोही पैसा के–कसरी उपलब्ध गराइन सकिन्छ भन्नेबारे कानुन व्यवसायी, बुद्धिजीवी एवं राज्यसत्ता चलाइरहेका पुराना अर्थविद्सँगको सल्लाह, सहकार्य एवं सुझावका आधारमा बेरोजगार भत्ता दिने रकमको जोह गरिनेछ । युवा बेरोजगारी भत्ता दिने कार्य लागू गरियो भने मुलुकभर कति संख्यामा बेरोजगार छन् भन्ने यकिन तथ्यांक निस्कन्छ । त्यसपछि वार्षिक कति पैसा खर्च हुने हो, सोहीअनुसारको मापदण्ड बनाएर अघि बढ्न सकिन्छ ।
० यस मन्त्रालय तपाईंले नै रोज्नुभएको हो ?
– होइन, मैले आफंैले श्रम तथा रोजगार मन्त्रालय चाहिन्छ भनेर मागेको पनि होइन । रोजेको पनि होइन । मन्त्रिमण्डल विस्तार गर्ने क्रममा भागबन्डा मिलाउँदै गर्दा संयोगवश मैले यस मन्त्रालयको जिम्मेवारी पाएको हुँ । म वैदेशिक रोजगारीको क्षेत्रमा हाल भइरहेको सबै समस्या बुझेको मान्छे भएकाले आफ्नो दललगायत सबैले यस क्षेत्रको समस्या समाधानमा राम्रो ज्ञान होला भनेर मलाई यो जिम्मेवारी दिएको हुनुपर्छ । श्रम मन्त्रालय भनेको जनतालाई रोजगार खोजिदिने मन्त्रालय हो ।
रोजगार भनेको पनि कुनै पनि व्यक्तिको दोस्रो जिन्दगी हो । कुनै पनि मन्त्रालयको काममा सानोठूलो भन्ने हुँदैन । श्रम व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने यो जिम्मेवार मन्त्रालयले अब स्वदेशमा नै रोजगारी दिने काम थाल्नेछ ।
० तपाईं वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लामो अनुभव भएको मान्छे हुनुहुन्छ । अब व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि कस्तो भूमिका खेल्नुहुन्छ ?
– हो, म वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका विविध समस्याबारे राम्रो ज्ञान भएको मान्छे हुँ । अब मैले यस मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलाको व्यावसायिक अनुभवबाट सिकेका ज्ञान र सीपलाई उचित ढंगले व्यवहारमा उतार्ने प्रयास गर्नेछु । अब म वैदेशिक रोजगारीमा जाने युवा पनि नठगिऊन् र व्यवसायीलाई पनि कुनै पीडा नपरोस् भनेर काम गर्छु । जुन मान्छेसँग म्यानपावर कम्पनी र वैदेशिक रोजगारीको क्षेत्र के–कसरी सञ्चालित हुन्छ भन्नेबारे राम्रो अनुभव छ, उसैले विकृतिविसंगति रोक्न सक्छ भन्ने अपेक्षा अहिले मबाट धेरैले गरेका छन । म सोही अपेक्षाअनुरूप नै अघि बढ्नेछु । म सधैं कामदार र व्यवसायीको हितमा नै अघि बढ्नेछु । वैदेशिक रोजगारीमा जाने कामदार र पठाउने म्यानपावर व्यवसायीले भोग्दै आएका समस्या समाधान गरी वैदेशिक रोजगारीमा भइरहेका ठगी नियन्त्रणमा पनि ध्यान दिनेछु ।
० श्रम सहचारी नियुक्ति गर्ने कार्यलाई के गर्नुहुन्छ नि ?
– यस विषयमा अहिले नै म केही भन्न सक्दिनँ । मन्त्रालयबाट अहिलेसम्म भइरहेका सबै गतिविधि बुझेपछि मात्र श्रम सहचारी नियुक्ति गर्ने काममा भइरहेका थप गतिविधिबारे जानकारी दिन सक्छु । अहिले मलाई यस विषयमा भने खासै जानकारी छैन । श्रम सहचारी नियुक्ति गर्ने काम प्रक्रियागत ढंगले नै अघि बढ्नेछ । म यस विषयमा धेरै नै सोच विचार गरेर अघि बढ्नेछु । म कसैको दबाब र बहकाउमा अघि सर्ने मान्छे होइन ।
मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट आन्तरिक रूपमा भइरहेका सबै कामबारे सबै जानकारी दिएर अघि बढ्नेछु । मैले दुईदेशीय श्रमसम्झौतालाई पनि प्राथमिकता दिनेछु । अहिलेसम्म नेपाल सरकारले श्रम सम्झौता गर्न बाँकी रहेका देशमा तत्काल श्रम सम्झौता गर्ने कार्य प्राथमिकताका साथ अघि बढाउने कार्यमा पनि मन्त्रालयले प्रयत्न गर्नेछ । दुईदेशीय श्रम सम्झौता नहुँदा कतिपय देशमा वैदेशिक रोजगारीका लागि गएका नेपाली कामदारले दुःख पाएका छन् । त्यसैले, सरकार त्यस्ता देशमा तत्काल श्रम सम्झौताको पक्षमा रहेको छ ।
दुई देशबीच श्रम सम्झौता भए रोजगारीका लागि विदेशमा गएका कामदारले दुःख पाउनेछैनन् । अहिले केही देशमा श्रमसम्झौता नहुँदा कामदारसँगै व्यवसायीले समेत समस्या भोग्नुपरेको छ । कामदारको संख्यामा श्रम सहचारी राख्ने हो भने त्यस्ता देशमा रोजगारीका लागि जाने कामदार अलपत्र पर्ने समस्या अन्य हुनेछ । श्रम सम्झौता नभए पनि त्यो देशमा श्रम सहचारी भए वैदेशिक रोजगारीमा गएका कामदारका समस्या समाधानको प्रभावकारी काम हुन सक्छ ।