Saturday, March 8, 2014

राजधानी दैनिक प्रतिष्ठानमा तिमल्सिना

राजधानी समाचारदाता
काठमाडौ, १९ फागुन
नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाको सोमबार सम्पन्न अधिवेशनले रामसूदन तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा दुर्गा पौडेल, सचिवमा वेद राना मगर, कोषाध्यक्षमा श्याम महर्जन ‘कोर्पा’, सहसचिवमा लक्ष्मी सापकोटा र समीर मुखिया चुनिएका छन् । त्यस्तै, सदस्यमा साधुराम बाँस्कोटा, विश्वराज सापकोटा, प्रकाश कँडेल, असिन राई र सुभाष शर्मा छन् । यसैगरी, सभासद् (पार्षद्) मा राजन शर्मा, डिल्ली आचार्य, तारानिधि पोखरेल, लिलाराज, खनाल, मधुजंग पाण्डे र राजेन्द्र श्रेष्ठ विजयी भएका छन् । प्रतिष्ठान शाखा उद्घाटन गर्दै पत्रकार
महासंघ केन्द्रीय कोषाध्यक्ष शीतल साहले श्रमजीवी पत्रकारको हकहित तथा  पेसागत र भौतिक सुरक्षाका लागि महासंघ राजधानी प्रतिष्ठानले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । राजधानी दैनिकका कार्यकारी अधिकृत आषिश शेरचनले पत्रकारको पेसागत सुरक्षाका साथै भविष्यमा सञ्चार क्षेत्रमा देखिएका चुनौती सामना गर्न एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिए । राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतले पत्रकारको हकहितका लागि आङ्खना आस्था र विचार त्यागेर अघि बढ्नुपर्ने जिकिर गरे ।   अध्यक्ष तिमल्सिनाले कार्यसमितिले राजधानी दैनिकमा कार्यरत सञ्चारकर्मीमध्येबाट प्रत्येक वर्ष एकजनालाई ५ हजार नगदसहित पुरस्कृत गरिने जानकारी दिए । हिमाल मिडिया प्रतिष्ठान शाखाको सोमबारै सम्पन्न चौथो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा मीना शर्मा, किरण नेपाल, रामजी दाहाल, धर्मराज दाहाल, रामेश्वर बोहरा, डम्बरकृष्ण श्रेष्ठ र अनुराग अधिकारी निर्वाचित गरेको छ ।  यसैगरी, कामना प्रतिष्ठान शाखाको सातौं अधिवेशनले दीपक रिजालको नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले  केन्द्रीय  सभासद्मा पुष्करलाल श्रेष्ठ, टंक पन्त, लेखनाथ अधिकारी र भगवती तिम्सिनालाइ सर्वसम्मत निर्वाचित गरेको छ ।  रेडियो सगरमाथा शाखाको सोमबार भएको अधिवेशनले उर्वशी बस्नेतको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । केन्द्रीय पार्षद्मा नवीनकुमार लुइँटेल, समन्तप्रसाद आचार्य र लोकराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
उता, अन्नपूर्ण पोस्ट प्रतिष्ठानमा टुबल सापकोटाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । केन्द्रीय सभासद्मा गुणराज लुइ“टेल, किरण पोखरेल, चुडामणि भट्टराई, यम विरही, भीम अर्याल, गोविन्द परियार र रामकला खड्का निर्वाचित भएका छन् ।
त्यस्तै, कान्तिपुर टेलिभिजन शाखाको राजु तिमल्सिनाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । केन्द्रीय सभासद्मा विजयराज अधिकारी, बाबुराजा महर्जन, पुनम पौडेल, समा थापा, भुवन केसी, दशरथ राई र पुष्प ढुंगाना निर्वाचित भएका छन् । कान्तिपुर दैनिक शाखामा कमलदेव भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।  रेडियो मैत्री शाखाको पहिलो अधिवेशनले श्रीधर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले विष्णु सापकोटा, वासुदेव शर्मा, विनोद घिमिरे, रामकृष्ण शर्मा, सन्चु तामाङ, मनोज अर्याल र शोभित नेपाललाई केन्द्रीय पार्षद्मा सर्वसम्मत निर्वाचित गरेको छ । यसैगरी, रिपब्लिका प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनले कोषराज कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले केन्द्रीय पार्षद्मा प्रतीक प्रधान, सोमेश बर्मा, तिलक पाठक, सुवोध गौतम, प्रकाश तिमल्सिना, सुरेन्द्र पौडेल, सुशील भट्टराई, मणि दाहाल र पवित्रा सुनारलाई निर्वाचित गरेको छ । यसैगरी, मेट्रो एफएम प्रतिष्ठानको चौथो अधिवेशनले गजेन्द्र ओझाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ सभासद्मा राजु लामा, गंगाप्रसाद  दाहाल र श्रीकृष्ण महर्जनलाई निर्वाचित गरेको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete