Saturday, March 15, 2014

लगानी भित्राउन कोरियामा ‘इन्भेस्मेन्ट सेमिनार’

राजधानी समाचारदाता
काठमाडौं, ३० फागुन
दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपालमा लगानी प्रवद्र्धन गर्न कोरियामा तीनदिने बृहत् गोष्ठी गर्ने भएको छ । दÔिण कोरियाले नेपालमा आवासीय दूतावास खोलेको ४० वर्È पुगेको अवसरमा कोरियास्थित नेपाली दूतावासले आगामी १५ देखि १७ मेसम्म तीनदिने गोष्ठी गर्न लागेको हो ।  कोरियामा कार्यरत नेपाली कामदारले भोग्दै आएका विविध समस्या समाधानको उपाय खोज्ने र नेपालमा कोरियन लगानी भिœयाउने उद्दश्यले आयोजना गर्न लागेको गोष्ठीमा कोरिया र नेपालका सरकारी अधिकारी, उद्योगी, व्यवसायी, ठूला त्यहाँका ठूला प्रतिष्ठित बहुर्राष्ट्रिय कम्पनीका प्रतिनिधि सहभागी हुने बताइएको छ । गोष्ठीका क्रममा केही लगानीका सम्झौतासमेत हुने बताइएको छ ।
सो गोष्ठको तयारीबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले नेपालमा कोरियन लगानी भिœयाउने लक्ष्यका साथ यस्तो सम्मेलन गर्न लागेको बताए । उनले नेपाल र कोरियाको विÈयमा विशेÈज्ञता हासिल गरेर व्यक्तित्व र संस्थाले कानुन, ऊर्जा व्यापार, उद्योग, कृÈि, शिÔा, प्रविधि, पर्यावरणलगायतका विÈयमा २१ ओटा कार्यपत्र प्रस्तुत गरेर छलफल हुने कार्यक्रमसमेत तय गरिएको जानकारी गराए । उनले सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री सरकारी अधिकारी, विज्ञ, उद्योगी व्यवसायीलगायत करिब १ हजारजनाको सहभागिता रहने जानकारी दिए । सम्मेलनकै क्रममा कोरियास्थित बहुराष्ट्रिय विश्वप्रसिद्ध कम्पनी सामसुङ र हुन्डाइका अधिकारीस“ग पनि  नेपालमा थप लगानी गर्ने विषयमा छलफल  हुने जानकारी गराउँदै उनले  विभिन्न लगानी र व्यापारिक साझेदारीका सम्झौताको व्यवस्थासमेत मिलाइएको बताए ।
उनका अनुसार नेपाल इम्पावर नाम दिइएको बृहत् सेमिनारबाट नेपालमा कोरियाली लगानी भित्रिन सकारात्मक वातावरण निर्माण हुनेछ । राजदूत लामाले नेपाल र कोरियाबीच सरकारी स्तरमा मात्रै नरही जनस्तरसम्म नेपालको सम्बन्ध स्थापित भइसकेकाले यसलाई अझै नेपालको हितमा लगानी प्रर्वद्धन गर्न यस्तो कार्यक्रमसहित थप कार्य आवश्यक भएकाले दूतावासले पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी दिए ।
उनले सेमिनारका लागि युनिर्भसल पिस केन्द्रले उद्घाटन र समापन सत्रका लागि हल उपलब्ध गरेको र १६ मेका दिन हुने दुई मुलुकका व्यवसायीबीच हुने ‘बिजनेस टु बिजनेस’ बिटुबी  कार्यक्रमको प्रायोजन के वाटरले गरेको जानकारी दिए ।
 पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले यस सम्मेलनले नेपालको पर्वतीय साहसिक खेल पर्यटनको विकासमा पनि थप सहयोग पुग्ने अपेक्षा गरिएको बताए । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का प्रथम उपाध्यÔ केशव पाण्डेले दुई देशवीच पर्यटन र ऊर्जामा लगानीको प्रयाप्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले यहाँका सम्भावित Ôेत्रमा नयाँ लगानीको सम्भावना बढाउने विश्वास व्यक्त गरे । नेपालले १५ मेका दिन आवासीय राजदूतावास स्थापना भएको ४०औं वर्ष गाँठको अवसरमा सो दिनलाई विशेष दिवसकोरूपमा मनाउन यस्तो कार्यक्रम आयोजना गर्न लागेको सो दूतावासले जनाएको छ । दुई मुलुकबीचको आर्थिक कूटनीतिक प्रवद्र्धनको सिलसिलामा गत वर्ष पनि राष्ट्रिय योजना आयोगको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, लगानी प्रवद्र्धन बोर्ड, नेपाल कोरिया चेम्बर अफ कमर्स, टानलगायतका व्यवसायिक संस्थाका प्रतिनिधिले कोरियाका सम्भावित लगानीकर्तासँग छलफल गरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न यस्तो सेमिनार सम्पन्न गरेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete