Sunday, March 9, 2014

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमानमा आगलागी, १७४ यात्रुको सकुशल उद्धार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ फागुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने क्रममा शनिबार दिउँसो भारतीय वायुसेवा कम्पनी इन्डिगो एयरको एक विमानमा आगलागी भएको छ ।  भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको ए–३२० कलसाइनको विमानमा आगलागी भएको हो । आगलागीपछि विमानमा सवार १ सय ७४ यात्रुलाई विमानका आकस्मिक सहित ४ ओटै ढोका खोलेर सकुशल बाहिर निकालिएको थियो ।
विमानस्थल कार्यालयका महाप्रबन्धक ऋÈिकेश शर्माले विमानस्थलमा अवतरण गरेर यात्रु ओराल्न धावनमार्गको वे नम्बर ५ तर्फ जाने क्रममा विमानको पछाडिपट्टिको दाहिने चक्कामा आगलागी भएको बताए । उनले मध्याह्न १२.३५ बजे सो जहाजमा आगो लागेको देखिएपछि तत्काल विमानस्थलभित्रका बारुणयन्त्रले आगो नियन्त्रणमा लिएकाले ठूलो Ôति हुन नपाएको बताए । उनले छिट्टै उद्धार गरिएकाले सबै यात्रुहरू सकुशल रहेको र तत्कालै आगो नियन्त्रणमा लिन सफल भएको बताए ।
महाप्रबन्धक शर्माले एकजना भारतीय यात्रुलाई भने आकस्मिक ढोकाबाट निकाल्दा ठोकिएर सामान्य चोट लागेको र जहाजमा कुनै Ôति नभएको बताए । विमानमा आगलागीको कारण खुल्न सकेको छैन । सो विमान विमानस्थलमै ग्राउन्डेड छ । अवतरणको क्रममा फोर्स ल्यान्डिङ गर्दा लागेको आगोले विमानको चक्का र इन्जिनको केही भागमा Ôति पुगेको विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ । विमानमा आगलागी भएपछि अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आकस्मिक बैठक बसेको थियो । शुक्रबार पनि काठमाडौंबाट खोटाङको लामीडा“डाका लागि उडेको नेपाल वायुसेवा निगमको एकमात्र ट्विनअटर विमानमा आगो लागेपछि तत्काल विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो । 

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete