Wednesday, March 12, 2014

भाषा परीक्षा उत्तीर्ण कामदार कोरिया पठाउन सुरु , सोमबार २४ जना गए

मधुजंग पाण्डे÷राजधानी  
काठमाडौ, २६ फागुन
सरकारले रोजगार अनुमती प्रणाली (इपीएस) अन्र्तगत चौथो कोरियन भाषा र शीप परिक्षण परीक्षा उत्तीर्ण भई श्रम सम्झौता आइसकेका कामदारलाई सोमबारबाट दक्षिण कोरिया पठाउन  सुरु गरेको छ । नेपाली कामदारको उत्कृष्ट गन्तब्य दÔिण कोरिया जानकालागि सन् २०१३ को भाÈा परिÔा उत्तीर्ण समेत गरि २ हजार २ सय ५८ जनाभन्दा बढीको श्रम सम्झौता प्राप्त भईसकेकाले चौथो लटका कामदार सोमबार देखि नै जान थालेको इपिएस कोरिया शाखाले जनाएको छ ।
इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले सोमबारबाट चौथो भाषा परिक्षा उत्तीर्ण कामदार दÔिण कोरिया पठाउने क्रम सुरु भएको बताए । उनले २४ जनालाई सोमबार दिउँसो ३ बजे कोरियन एयरलाइन्सको उडानबाट कोरिया पठाएको जानकारी दिए। पहिलो लटमा कोरिया जानेहरुमा ३ जना महिला र २१ जना पुरुष रहेको जानकारी गराउँदै उनले आगामी ३ चैतमा ५५ जनालाई पठाईने बताए ।
उनले चौथो कोरियन भाषामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षणको रिजेल्ट गत १ पुसमा सार्वजनिक गरि भाषा परीक्षा उत्तीर्ण सबैको नाम इपीएसले मानव संसाधन विकास (एचआरडी) कोरियामा पठाएको र कोरिया जान योग्य सूचि (रोस्टरमा ) नाम उल्लेख भएका मध्ये अहिलेसम्म २ हजार २ सय ५८ जना भन्दा बढीको श्रम सम्झौता प्राप्त भएकाले उनीहरुलाई सोमबारबाट पठाउन थालिएको जानकारी दिए ।  उनले अहिलेसम्म श्रम सम्झौता प्राप्त भएका मध्येबाट २४ जनालाई सोमबार पहिलो लटमा पठाएको, आगामी ३ चैतमा ५५ जना दोस्रो लटमा, १० चैतमा २ सय जनालाई तेस्रो लटमा र बाँकी अन्यलाई क्रमशः विभिन्न चरणमा गरि पठाउने बताए । दक्षिण कोरियाले सन् २०१४ का लागि उत्पादनमुलक तर्फ मात्र नेपालबाट ५ हजार ७ सय जना कामदारको कोटा छुट्टाएको जानकारी दिँदै बास्तोलाले भने, ‘ यस बाहेक कृषिजन्य तथा पशुपालन तर्फ पनि १५ सय भन्दाबढी कामदार जाने अपेक्षा गरेका छौं’।
कोरियाबाट एक महिनामै २ हजार २ सय ५८ जना कामदारको श्रम सम्झौता प्राप्त भएको यो नै पहिलो रेकर्ड बताउँदै सोमबार मात्रै ८ जनाको श्रम सम्झौता प्राप्त भएको र १९ जनाको घर बिदामा आएर पुनः जानेलाई श्रम स्वीकृति दिएको जानकारी दिए ।  उनले यहि रफ्तारमा कोरियाले कामदारको श्रम सम्झौता पत्र पठायो भने यसपाली रोस्टरमा नाम उल्लेख भएका सबै कामदार छिट्टै जाने दावी गरे । उनले सन् २०१३ को भाषा परिक्षा उत्तीर्ण मध्ये जसको नाम ७ हजार ७ सय ७८ जना भित्र परेको थियो । त्यही मध्येबाट यो श्रम सम्झौता प्राप्त भएको जानकारी दिए । अहिले दक्षिण कोरिया जाने कामदारको कुल लागत खर्च ८८ हजार २ सय रुपैयाँ (९ सय अमेरिकी डलर) नलाग्ने र उनीहरुले मासिक न्युनतम १० लाख ८८ हजार कोरियन वान पारिश्रमिक पाउने जानकारी गराउँदै उनले साताका ४२ घन्टाका दरले मासिक २६ दिन काम गरे बापत सो पारिश्रमिक पाउने बताए ।
उनले इपिएस मार्फत कोरिया जाने कामदारले यस बाहेक ओभरटाइम काम गरेबापत प्रति घन्टा छुट्टै पारिश्रमिक पाउने र खान बस्ने सुविधापनि त्यहाँका रोजगारदाता कम्पनीको नियमअनुसार नै हुने बताए । इपिएस शाखाका प्रमुख बास्तोलाका अनुसार नेपाल र कोरियाबीच भएको दुई पक्षिय सम्झौता अनुसार इपिएस मार्फत जाने कामदार कोरिया पुगेपछि त्यहाँको विमानस्थल स्थित अध्यागमनमा नै कोरिया एचआरडीका प्रतिनिधी लिन आउछ । त्यहाँबाट गएका कामदारलाई कोरिया एचआरडीका प्रतिनिधीले नै खाने बस्ने सबै सुविधासहित ४ दिनको ओरिन्टेसन तालिम दिई स्वास्थ्य परिक्षण गराउने छन । त्यहाँको स्वास्थ्य परिक्षण गरेपछि मात्र एचआरडीका प्रतिनिधीले सम्बन्धीत रोजगारदाता कम्पनीमा पु¥याएर जिम्मा लगाउँछ । कोरियाको एचआरडीद्धारा निर्धारित मापदण्ड अनुसारको स्वाथ्य परिक्षणमा अनुत्तिर्ण भएका कामदारलाई भने तत्काल नेपाल फर्काइदिने प्रावधान रहेको समेत उनले जानकारी दिए ।  यसैगरि, गत १४ देखि १८ फागुनसम्म ३ वर्ष कोरिया बसेर फर्किई नेपाल बसेका कामदारहरुले मात्र दिने गरि चौथो सिबिटी ( कम्प्युटर आधारित परिक्षा) का लागि आवेदन संकलन भएकामा कुल ८ सय ८२ जनाको आवेदन परेको र उनीहरुको परिक्षा यही १२ देखि २८ मार्चसम्म यस शाखाकै सिबिटी हलमा नै हुने गरि शाखाले सार्वजनिक सूचना मार्फत जानकारी गराएको समेत उनले जानकारी दिए ।   यस शाखाले इपिएसको शीप परिÔणमा सहभागी हुनेहरुको नतिजा गत १ पुसमा नै सार्वजनिक गरेपछि कामदार पठाउने तयारीलाई तिब्रता दिएको दावी गर्दै उनले चौथो कोरियन भाषा परीक्षा उत्तिर्णको (लेभर कन्ट्रयाक) श्रम करार) प्राप्त भएकाहरुलाई पहिलो, दोस्रो र तेस्रो चरणमा गरि छिट्टै पठाईने बताए । 
गत अगष्टमा सम्पन्न दÔिण कोरियाली भाÈा परिÔामा उत्कृष्ट परिÔार्थीहरुको शीप परिक्षण गर्नेकाम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृÈि Ôेत्रबाट तीन हजार आठसय ९६ जना शीप परिÔणमा सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार चौथो कोरियन भाषा परीक्षा उत्तीर्ण मध्ये ७ हजार ७ सय ७८ जनाले रोजगार फाराम भरेका थिए । सो भाषा परीक्षामा ८ हजार ५१ जना उत्र्तिण भएका थिए । इपीएसले रोष्टरमा नाम उल्लेख भई श्रम सम्झौता आइसकेका  कामदारलाई छिट्टै पठाउने बताएको छ । अहिले रोष्टरमा सहभागी अन्य बाँकीका पनि धमाधम श्रम सम्झौता प्राप्त हुने कार्य जारी रहेको बताउँदै वास्तोलाले भने, ‘अहिलेसम्म २ सय ४९ जनाले पुनः श्रम स्वीकृति लिईसकेका छन्’। उनले गत १३ फेब्रुअरीदेखि नै यस शाखाले पुनः श्रम स्वीकृति दिँदै आएकाले ईपिइस मार्फत कोरिया जाने कामदारलाई वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको पनि अन्त गरिदिएको बताए । उनले एचआरडी कोरियाले सोही अनुरुप पहिलो चरणमा कामदार छनोट गरि श्रम सम्झौता पठाएको बताए । 
नेपाल र कोरियावीच इपीएस अन्र्तगत कामदार लैजान सन् २००७ मा श्रम सम्झौता भएपछि सन् २००८ देखि इपीएस अन्र्तगत कामदार लिन भाषा परीक्षा संचालन हुन थालेको हो ।  नेपाल र कोरिया सरकारसँग भएको सम्झौता अनुसार भाÈा परिÔामा उत्कृष्ठ हुने इपिएस प्रशिÔार्थीको शीप परिÔण गरी प्राथमिक्ताको आधारमा दÔिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बट सुरु भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ उत्तिर्ण गरि कोरिया जान छनौट भएका थिए । यसैगरि, देस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजार भन्दा वढी कामदारलाई कोरियाले उत्तिर्ण गराएको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तिर्ण भएका १० हजार वढी कामदार मध्ये बाँकी रोष्टरमा रहने भपछि सन् २०१३ का लागि सन् २०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थिएन । इपीएसका अनुृसार सन् २०११ मा भएको भाषा परीक्षा उत्तिर्ण मध्ये अझै ३ हजार जना रोष्टरमा वा“की छन् । उनीहरु सवैको आगामी जुलाइदेखि रोष्टर अवधी सकिने छ । उनीहरुले रोजगारीमा लैजाने ग्यारेन्टी माग गर्दै लामो समय आन्दोलन समेत गरेका थिए । एकैपटक सन् २०१४ का लागि गत असोजमा मात्र भाषा परीक्षा सञ्चालन भएको थियो । यसपालीको शीप परिÔणमा उत्पादनमुलक तर्फबाट २ हजार ७ सय २९ र कृÈिबाट एहकजार एकसय ६७ जना सहभागी भएको इपिएस शाखाले जनाएको छ । सन् २०१४ मा दÔिण कोरियाकालागि नयाँ कामदार लैजान लिइएको भाषा परिÔामा ८ हजार २ सय उत्तिर्ण भएका थिए । भाÈा परिÔामा करिव ४७ हजार सातसय ७२ नेपाली सहभागी भएका थिए । यसअघि भएका तीन ओटा परीक्षामा उत्र्तिण मध्ये साढे १८ हजार भन्दा वढी युवा रोजगारीका लागि कोरिया गईसकेको पनि इपीएसले जनाएको छ। अहिलेसम्म वैदेशिक रोजगारीकालागि दÔिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ठ रहेकाले नेपालीको आर्कÈण पनि निकै रहेको छ । हाल दÔिण कोरियामा पुगेका इपिएस कामदारले मासिक करिव एकलाख रुपैयाँ भन्दा बढी कमाउछन् ।  यो रकम अन्य रोजगारी गन्तव्यमुलुकहरु भन्दा चार गुणा बढी पारिश्रमिक हो । वैद्यानिक रुपमा इपिएस मार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसअघि नीजि क्षेत्रवाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भएपनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थाले पछि अहिले इपीएस प्रक्रिया वाहेक कामदार कोरिया जान पाउदैनन । यसैगरि, पहिले कोरिया गएर गैरकानुनी रुपमा बसेर फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहा“को रोजगारीमा जान पाउदैनन । गत वर्È पा“च हजार दुईसय ३४ नेपालीले दÔिण कोरियामा काम पाएका थिए।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete