Saturday, March 8, 2014

निगम आन्तरिक जहाजविहिन, गम्भिर दुर्घटनाबाट बच्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ फागुन
कुनै समय आन्तरिकतर्फ १० ओटा ट्विनअटर जहाज उडाएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अहिले जहाजविहीन भएको छ । आन्तरिक उडान सञ्चालनका क्रममा विभिन्न समयमा एकपछि अर्को गर्दै लगातार दुर्घटनाको शृंखला बढेपछि शुक्रबारबाट निगम जहाजविहीन अवस्थामा आइपुगेको हो ।
निगमको आन्तरिकतर्फको नियमित उडानमा सञ्चालित एक मात्र ट्विनअटर जहाज पनि शुक्रबार इन्जिनमा खराबी भएर ग्राउन्डेड भएपछि निगम आन्तरिक उडानविहीन भएको छ । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोटाङको लामिडा“डाका लागि उडेको ९ एन–एबीयू कलसाइनको ट्विनअटर जहाजको दाया“ इन्जिनमा धावन मार्ग छाडेको एक मिनेटमै अचानक गडबढी भएपछि तत्काल अवतरण गरिएको थियो । त्यसले गर्दा गम्भीर दुर्घटना टरेको छ ।  विमानस्थलअनुसार धावनमार्ग छोडेर निकै उचाइमा पुगिसकेको सो जहाजको इन्जिनमा गडबडी भएको जानकारी हुनासाथ पुनः विमानस्थलमा फर्काएर आपत्कालीन अवतरण गराइएको थियो । जहाजमा दुई काखे बालकसहित १५ यात्रु र चालक दलका तीन सदस्य थिए ।  चालक सञ्जय वैद्यले उडाएको सो जहाजमा सहचालक प्रशान्त राई र परिचारिका सुष्मा तामाङ सवार थिए । जहाजमा सवार यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । निगमले जहाजको दाया“ इन्जिनमा समस्या देखिएको बताएको छ । 
निगमका प्रवक्ता रामहरि शर्माले काठमाडौंबाट लामिडाँडातर्फ उडेको जहाजको दायाँ इन्जिनमा गडबडी हुनासाथ चालकले पुनः विमानस्थलमै फर्काएर सकुशल आकस्मिक अवतरण गराएकाले दुर्घटना हुनबाट बचेको बताए । उनले जहाजमा ओभरलोड पनि नभएको र उड्ने बेलासम्म केही नभएको दाबी गर्दै जहाजले आकाशमा उचाइ लिए पनि एक्कासि दायाँ इन्जिनमा गडबढी भएकाले सकुशल अवतरण गराइएको बताए । ‘१९ सिट क्षमताको जहाजमा दुई काखे बालकसहित जम्मा १५ यात्रु र चालक दलका तीन सदस्य मात्र भएको जहाजमा कसरी ओभरलोड हुन्छ ?’ भन्दै उनले त्यस जहाजमा अझै तीन यात्रु थप्न सकिने तौल क्षमता रहेको जानकारी दिए । उनले आफूसँग भएको एउटा जहाज पनि ग्राउन्डेड भएपछि अहिले निगम आन्तरिक उडानविहीन भएको बताए । उनले शुक्रबार इन्जिन बिग्रिएर ग्राउन्डेड भएको जहाज नबनेसम्म आगामी केही समयका लागि निगमको आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको जानकारी दिए ।  नेपालमा जहाजको इन्जिन मर्मत गर्ने सुविधा नभएकाले विदेशमा लगेर मर्मत गर्न समय लाग्ने हु“दा आन्तरिक उडान स्थगित गर्नुपरेको बताए ।  शुक्रबारबाट ग्राउन्डेड भएको जहाज पनि यसअघि धेरै पटकपटक ग्राउन्डेड हुँदै सञ्चालन गरिँदै आएको जहाज हो । उनले निगमका इन्जिनियरहरूले इन्जिनमा केकस्तो समस्या आएको रहेछ, हेरेपछि उनीहरूको सुझावअनुसार मर्मतका लागि थप काम अघि बढाइने बताए । ‘नेपालमा मर्मत गर्ने सुविधा छैन, ठूलो समस्या आएको रहेछ भने विदेश पठाउनुको विकल्प छैन,’ उनले भने ।  निगमसँग भएका १० ओटा ट्विनअटरमध्ये गत ४ फागुनमा एउटा दुर्घटनामा परेपछि निगमसँग अहिले एउटा जहाज मात्र बाँकी छ । काठमाडौंबाट पोखरा हुँदै जुम्लातर्फ उडेको ९ एन–एबीबी कलसाइनको ट्विनअटर विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका
तीन सदस्य र १५ यात्रुसहित विमानमा सवार १८ जनाकै ज्यान गएको थियो ।  जसका कारण निगमले त्यसैबेलादेखि नै आफ्नो २२ गन्तव्यको उडान सेवा आधाभन्दा बढी घटाएर जम्मा १० ओटा गन्तव्यमा मात्र सीमित राखेको थियो । 
शुक्रबार ग्राउन्डेड भएको यो जहाज सन् १९८४ मा ल्याइएको हो । अर्को एउटा ९ एन–एबीएम कलसाइनको जहाज निगमले डेढ वर्षअघिदेखि तारा एयरलाई १० वर्Èका लागि भाडामा दिएको छ । उडान सञ्चालनमा आवश्यक सबै मर्मत खर्च कटाएर मासिक १२ हजार अमेरिकी डलर निगमलाई बुझाउने सर्तमा ताराले सो जहाज भाडामा लिएको हो । सुरुमा निगमसँग भएका १० ओटा ट्विनअटर जहाजमध्ये ६ ओटा जहाज विभिन्न समय दुर्घटना भई नष्ट भइसकेका छन् भने दुईओटा लामो समयदेखि ग्राउन्डेड अवस्थामा थन्किएका छन् । ग्राउन्डेड अवस्थामा रहेका ९ एन–एबीटी र ९ एन–एबीएक्स कलसाइनको ट्विनअटर जहाजको इन्जिन साट्नुपर्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएको निगमले जनाएको छ । निगमअनुसार भएका १० मध्ये ६ ओटा ट्विनअटर जहाज सन् १९७३ मा लुक्लामा पहिलो पटक दुर्घटना भएको थियो । दोस्रो पटक सन् १९८४ मा तुम्लिङटार विमानस्थलबाट उडेको जहाज चकलेटी डाँडामा दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि, १९९१ मा लुक्लामै र सन् १९९५ मा राजधानीको गुहेश्वरी मन्दिरनजिकै दुर्घटना भएको थियो । सन् २०१३ मा जोमसोमस्थित कालीगण्डकी किनारमा र गत ४ फागुनमा अर्घाखाँचीमा ट्विनअटर जहाज दुर्घटना भई नष्ट भएको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete