Wednesday, November 26, 2014

जनकपुर टर्मिनल भवन निर्माण कार्य तिब्र गतिमा, ८५ प्रतिशत काम सकियो, छिट्टै सञ्चालनमा आउने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ मंसिर
जनकपुर विमानस्थललाई Ôेत्रीय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यकासाथ थालिएको जनकपुर विमानस्थल भित्रको टर्मिनल भवन निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । अहिले सो भवन निर्माणको करिब ८५ प्रतिशत काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आगामी असार मसान्तसम्म सबै निर्माणका काम सक्नुपर्ने सम्झौता अनुसार सो टर्मिनल भवन २० करोड रुपैयाँ लगानीमा बन्दै गरेको हो ।
ड्राई भवन निर्माण अवधारणा अनुसार बन्दै गरेको यस टर्मिनल भवनमा ५ सय टन भन्दाबढी फलाम तथा स्टील र वाल सिमेन्ट फाइवर बोर्ड ( प्रि फाइबर) प्रयोग गरिएको छ । भारतको डिल्ली स्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै गरि बनाईदै गरेको यस टर्मिनल भवन मुलुककै नमुनाको हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ई. धुर्बदास भोछिभोयाले यस टर्मिनल भवन अन्य भवनहरु भन्दा निकै फरक प्रविधिमा कँक्रिटबिना पुरै स्टीलको संरचनामा निर्माण गरिएकाले अहिले यो नेपालमै पहिलो नमुना भएको बताए । अहिले यस भवन निर्माणको काम करिब ८५ प्रतिशत समाप्त भईसकेको जानकारी गराउँदै उनले आगामी असार मसान्त अघि नै यसको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसक्ने बताए । उनले प्राधिकरणले हालसम्म बनाएका टर्मिनल भवनहरु मध्ये यो नमुना हुने दावी गरे । उनले मुख्य दुई तलाको भवन र टावर सहित ३ तलाको यस टर्मिनल भवन बनाउनकालागि ठेकेदार कम्पनी र प्राधिकरणबीच शुरुमा १८ करोड ७ लाख ६९ हजार रुपैया“मा सम्झौता भए पनि अहिले त्यसको पुनः मूल्याङकन गराई लागत रकम करिब २० करोड रुपैया“ पु¥याइएको जानकारी दिए । 
२ वर्Èमा सबै काम पूरा हुने गरि १५ असोज २०६९ सालमा प्राधिकरण र ठेकेदार कम्पनी पप्पु एण्ड एनके कस्टक्सनबीच सो भवन निर्माणको सम्झौता भएको थियो ।  अहिलेसम्म आन्तरिक उडान सेवा सञ्चालन गर्दै आएको जनकपुरलाई पनि Ôेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरी १ सय भन्दा बढी यात्रु Ôमताको विमान समेत अवतरण एवं उडान गराउन सकिने अत्याधुनिक सुविधायुक्त विमानस्थल बनाउने उदेस्यकासाथ पहिलो चरणमा यस भवन निर्माणको काम थालिएको हो । 
सो विमानस्थलस्थित टर्मिनल भवन बनाउन ठेक्का पाएका निर्माण सेवा कम्पनी पप्पु कस्ट्रक्सनका प्रवन्ध निर्देशक सुमित रौनियारले अहिले छिमेकी मुलुक भारतका प्राविधिक मार्फत यस भवन निर्माणको काम दु्रत गतिमा अघि बढिरहेकाले छिट्टै काम सकिने बताए । उनले अहिले यस टर्मिनल भवनको ८५ प्रतिशत भन्दा बढी काम समाप्त भईसकेको जानकारी दिए । यस टर्मिनल भवन नेपालकै पहिलो नमुना भएको दावी गर्दै उनले मुख्य भवन र टावर सहित साढे ३ तला भएको सो भवन ४३ हजार स्क्वायरफिट क्षेत्रफलमा निर्माण हुँदै गरेको बताए । उनले पुरै स्टीलको संरचनामा प्रि फाइबर प्रयोग गरि बनाईएको यस भवनमा ५ सय टन भन्दाबढी फलाम एवं स्टील खपत भएकाले अन्य टर्मिनल भवन भन्दा यो निकै आकर्षक र अत्याधुनिक हुने जानकारी गराए । निर्माण कार्यमा लाग्ने हरेक सामान बाहिरबाट मगाउनुपर्ने, कामदार पनि बाहिरबाटै ल्याउनुपर्ने र लोडसेडिङले गर्दा अपेक्षा गरिए अनुसार काम गर्न अप्ठेरो परेको भएपछि अब छिटै निर्माण सम्पन्न हुने रौनियारको भनाई छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस टर्मिनल भवन निर्माण सम्पन्न भएपछि जनकपुरबाट प्रतिघण्टा १ सय २० जना यात्रुको उडान गराउन सकिन्छ । निर्माणाधीन टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछि दोस्रो चरणमा विमानस्थलको क्षेत्र विस्तारकालागि  थप जग्गा अधिकरहणको कार्य सम्पन्न गरी अन्तरराष्ट्रिय विमान उडाउने सुविधा समेत बढाउन सकिने जनाएको छ । सो टर्मिनल भवन बनाउनकालागि शुरुमा १८ करोड ७ लाख ६९ हजार रुपैया“मा सम्झौता भए पनि त्यसको पुनः मूल्याङकन गराई लागत रकम २० करोड रुपैया“ पु¥याइएको छ ।  सो भवन निर्माणको सम्झौतासँगै जनकपुर विमानस्थललाई Ôेत्रीय हु“दै अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गरी भारतको बिहार र उत्तर प्रदेश लगायत नजिकैका भारतीय शहरस“ग सिधा हवाई मार्ग जोड्ने लक्ष्य राखिएको प्राधिकरणले बताएको छ । 
यस विमानस्थल विस्तार भएपछि विदेशी पर्यटक आगमनमा पनि विशेÈ भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । जनकपुर विमानस्थललाई Ôेत्रीयसँगै अन्र्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सके त्यस Ôेत्रको सर्वाङर्गीण विकास हुने अपेक्षा प्राधिकरणको छ । यस टर्मिनल भवन निर्माणको शिलान्यास भने पूर्व पर्यटनमन्त्री स्व.पोष्टबहादुर बोगटीले गरेका थिए ।  अहिले यस टर्मिनल भवन निर्माणकार्यको अनुगमन र रेखदेख प्राधिकरणले नै गरिरहेको छ । नागरिक उड्डयन प्राधिकरणको एरोड्रोम इन्जिनियरिङ विभागले टेन्डर प्रक्रियाद्धारा अन्तर्राष्ट्रिय र आन्तरिक नयाँ विमानस्थल बनाउने तथा ठुला खालका भौतिक संरचनाको निर्माण, जग्गा थप्ने र विस्तार गर्ने काम हेर्दै आएको छ ।  प्राधिकरणका अनुसार अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछि जनकपुरमा मुलुककै दोस्रो ठूलो र अत्याधुनिक स्टीलको संरचना जडित टर्मिनल भवन निर्माण भईरहेको हो ।

Monday, November 17, 2014

साढे ३ महिना ढिलो आयो निगमको दोस्रो चिनियाँ जहाज, १० दिनमा व्यवसायीक उडान भर्ने तयारी

काठमाडौ, १७ कात्तिक–लामो समयको प्रतिÔापछि बल्ल नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज काठमाडौ आइपुगेको छ । चीनले अनुदानमा उपलब्ध गराएको १८ सिट क्षेमताको ‘वाई–१२’ जहाज सोमबार दिउ“सो २ बजे त्रिभुवन अन्तर्राटिष्ट्रय विमानस्थलमा अवतरण गरेको हो ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएका दुईओटा जहाज मध्ये सानो आकारको यस दोस्रो नयाँ जहाजको भव्य स्वागत गर्न नेपालका लागि चिनिया“ राजदूत उ चिन्ताइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, निगम संचालक समितिका अध्यÔ शिवशरण न्यौपाने लगायत निगमका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । सो जहाजलाई नेपाली परम्परा अनुसार पण्डितद्धारा पाठपुजा गराई भित्राइएको थियो । जहाजलाई चिनिया पाइलटद्धय क्याप्टेन रार्वटस ल्याम्र्वटस र क्याप्टेन मारिया एभिचन्र्दोन्कले अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले यस नयाँ जहाजलाई चीनको चेन्दु, मण्डेला र कोलकत्ता विमानस्थल हु“दै काठमाडौं ल्याइपु¥याएका हुन् ।
यस जहाजले लगतार साढे ३ घण्टाभन्दा लामो समय उडान भर्न नसक्ने भएकाले सोमबार काठमाडौ आइपुग्नुअघि धेरै ठाउ“मा अवतरण गराउ“दै ल्याउनुपरेको निगमले जनाएको छ । यसभन्दा अघि चीनले अनुदानमा उपलब्ध गराएको एमए–६० जहाज गत १४ बैशाखमा काठमाडौ आइपुगेको थियो । अहिले सो जहाजबाट निगमले सुगम गन्तव्यमा उडान भरिरहेको छ । एमए–६० जहाज ५८ सीट Ôमताको हो ।  सो जहाज आएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा संचालन तथा अनुमति प्रमाणपत्र (एओसी) का लागि यथाशिर्घ छिटो काम अघि बढाउने निगमले जनाएको छ ।
सोमबार दिउँसो काठमाडौ अवतरण गरेको चीनको अनुदानमा प्राप्त १८ सिट क्षेमताको वाई–१२ जहाज पूर्व निर्धारित समय तालिका भन्दा करिव साढे ३ महिना ढिलो गरि नेपाल आइपुगेको हो । चीनले दिएको पुर्व निर्धारित समय तालिका अनुसार यो नयाँ जहाज गत ३० असारमा नेपाल आइपुग्नुपर्ने थियो । चीनले अंग्रेजी भाÈा राम्रोसँग बोल्ने प्रशिÔक पाइलट नपाएको भन्दै यस जहाज नेपाल पठाउन केही समय ढिलाई गरेको हो । निगमले यस नयाँ जहाजबाट व्यवसायीक उडान आगामी १० दिनमा गर्ने जनाएको छ ।
निगमका महाप्रबन्धक मदन खरेलले आगामी १० दिनभित्रमा प्राधिकरणबाट एओसी लिने प्रक्रिया पुरा गरि व्यवसायीक उडान थाल्ने लक्ष्य राखेको बताए । उनले यसै साताभित्र नयाँ जहाजको परिक्षण उडान सम्पन्न हुने जानकारी दिए । उनले यस पटक जहाज नेपाली रजिष्ट्रेसनमा आएको र एओसीका प्रक्रिया धेरै पुरा गरिसकेको भएकाले छिट्टै नियमित व्यवसायीक उडान सुरु हुने दावी गरे । वाई–१२ जहाले नेपालका सबै दुर्गम क्षेत्रमा उडान भर्न सक्ने जानकारी गराउँदै उनले यस नयाँ जहाजबाट दुर्गम पहाडी भेगका यात्रुलाई सहुलियत दरमा हवाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताए । उनले अहिले निगमले चीनबाट ४ ओटा जहाज सहुलियत ऋणमा र २ ओटा अनुदानमा ल्याउन लागेको जानकारी गराए ।  जसमध्ये चीनबाट प्राप्त अनुदानका दुईओटै  जहाज आइपुगेका छन् भने बा“की ४ जहाज आगामी तीन महिनाभित्रमा आइपुग्ने निगमले जनाएको छ । अब तीनओटै जहाज एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताउँदै महाप्रबन्धक खरेलले भने, ‘अब बा“की जहाज ल्यउन पहिले जस्तो कठिन हुने छैन’। खरेलका अनुसार चिनिया“ इन्स्ट्रक्टर पाइलट पेनियटा मायामियाले नेपाली पाइलटहरुलाई केही समय यस जहाज उडानको प्रशिÔण दिने छन् ।
यहाँको उड्डयन नियम अनुसार अग्रेजी भाषा राम्रोसँग बुझ्ने र बोल्ने पाइलट अनिवार्य छ । यसभन्दा अघि निगमले राम्रो अंग्रेजी बोल्ने पाइलटकालागि निकै ताकेता गरेपनि चीनले गत २० भदौमा पठाएको प्रशिÔक पाइलट अंग्रेजी भाÈा बुझ्न र बोल्न नसक्ने पुष्टी भएपछि पूर्व निर्धारित समय तालिका भन्दा केही समय ढिलाई भएको निगमको भनाई छ ।  चीनले गत असार पहिलो साता यो जहाज लिन निगमलाई पत्रचार गरेपछि निगमका महाप्रबन्धक खरेल सहितको एक प्रतिनीधी गत १८ असारमा चीनतर्फ गएका थिए । सोही समयमा जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले निगमको सो प्रतिनीधीमण्डललाई गत २२ असारमा जहाज हस्तान्तरण गरेको थियो ।
चीनले यसपटक नयाँ दोस्रो जहाज सहित टंगोका पेनियटा मायाभीयालाई प्रशिÔक पाइलटका रुपमा नेपाल पठाएको छ । नयाँ जहाज काठमाडौ ल्याईपु¥याउने प्रशिÔक पाइलटलाई वर्क प्रमिट दिने काम भने अझै बा“की रहेको बताईएको छ । १८ सीट Ôमताको यस नयाँ जहाजलाई अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एकेएस’ कलसाइन दिएको छ । निगमले यस जहाजको नाम ‘कोइली’ राखेको छ । निगमले चीनबाट एमए–६० र वाई–१२ गरि दुईओटा अनुदानमा र बाँकी ३ ओटा वाई–१२ र एक एमए–६० गरि कुल ६ ओटा जहाज सहुलियत ऋणमा ल्याउन लागेको हो । चीनको एभिक कम्पनीले वाइ१२– ई जहाज निर्माण गरेको हो । सन् १९८२ मा वाइ१२– ई जहाजले पहिलो उडान गरेको थियो भने  सन् १९८५ देखि व्यावसायिक उत्पादन गरेको बताईएको छ । 

पर्यटन बोर्डको बजेटको ५ प्रतिशत रकम मजदुरको सामाजिक सुरक्षामा खर्च गर्न माग

काठमाडौ, १६ कात्तिक –नेपाल ट्रेकिङ ट्राभल्स, ¥याफ्टिङ –एयरलाईन्स मजदुर युनियन (युनिट्राभ)का महासचिव सुमन पराजुलीले नेपाल पर्यटन बोर्डको वार्षिक बजेटको ५ प्रतिशत रकम पर्यटन मजदुरहरुको सामाजिक सुरक्षामा खर्च गर्न माग गरेका छन ।
पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता विरुद्ध ५२ दिने आन्दोलनको नेतृत्व गरेको संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसि) ले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा युनिट्राभका महासचिव पराजुलीले यस्तो माग गरेका हुन ।
उनले अहिले पर्यटन बोर्डमा वार्षिक जम्मा हुने गरेको करिब डेढ अर्बको बजेटबाट पर्यटन क्षेत्रमा काम गरिरहेका मजदुरहरुको सामाजिक सुरक्षा लगायत अन्य सेवा सुविधा उपलब्ध गराउने कार्यमा खर्च गरिनुपर्ने माग गरे । अहिलेसम्म विभिन्न हिमाल आरोहण गर्ने आरोहीका सहयोगिका रुपमा गएका मजदुरहरुलाई सरकार लगायत सबै क्षेत्रबाट उपेक्षा भईरहेको जानकारी गराउँदै उनले सगरमाथाको शिखर चुम्ने सफल आरोहीसँगै अब उसलाई सहयोग गर्ने मजदुरको नामपनि सँगै जोडिएर आउनुपर्ने माग गरे ।
उनले अहिलेसम्म आरोही लगायत नेपाल भ्रमणमा आउने पर्यटकलाई निकै राम्रोसँग पदयात्रा गराउने मजदुरको समस्या ओझेलमा परेकाले अब एमाले, एकिकृत माओवादी र नेपाली काँग्रेस निकट पर्यटन मजदुरहरु आवद्ध तीनओटै संगठन युनिट्राभ, अखिल नेपाल पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले बोर्डको वार्षिक बजेटको कम्तिमा ५ प्रतिशत रकम पर्यटन मजदुरको सामाजिक सुरक्षामा खर्च गर्न बाध्य गराउन जोडदार संघर्ष गर्ने जानकारी गराए ।  महासचिव पराजुलीले पर्यटन बोर्डमा हाल भईरहेको विद्यमान संरचना समय अनुकुल परिमार्जन गरेर मजदुरको हक अधिकार सुरक्षाकालागि पहल गर्न सम्बन्धीत सरोकारवालाहरुसँग आग्रह गरे ।  
सो कार्यक्रममा संयुक्त पर्यटन समन्वय समितिका संयोजक एवं टानका अध्यक्ष रमेश धमला, ५२ दिने आन्दोलनका अगुवा एवं राष्ट्रिय पर्यटन व्यवसायी संघ–नेपालका अध्यक्ष दिपक महत, नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडा, ५२ दिने आन्दोलनमा घाइते व्यवसायी चन्द्र रिजाल लगायतले निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था पर्यटन बोर्डमा भएका आथिक अनियमिततामा दोसी ठहरीएर निलम्बनमा परेका बोर्डमा कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको पछिल्ला क्रियाकलापबारे असन्तुष्टी व्यक्त गर्दै पर्यटन बोर्डको निरन्तरताकालागि आफुहरु अर्को आन्दोलन घोषणा गर्न समेत पछि नपर्ने बताएका थिए । उनीहरुले सरकारद्धारा गठित छानविन समितिकै आधारमा निरौलालाई बोर्डमा खाइपाई आएको पदबाट निलम्बन गर्ने सफलता मिलेको बताएका थिए । 

तीन महिनामा १ लाख २९ कामदार बाहिरिए

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ कात्तिक
चालु आर्थिक वर्Èको बितेका तीन महिनामा वैदेशिक रोजगारीकालागि १ लाख २९ हजार कामदार विभिन्न मुलुकतर्फ गएका छन् । सो संख्या गत वर्Èको तुलनामा ३३ प्रतिशतले बढी  भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार गत आवको सोही अवधिमा जम्मा ९७ हजार १ सय ८० जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ गएका थिए ।
लामो समयदेखि जारी राजनीतिक अन्योलताका कारण मुलुकले आर्थिक विकास गर्न नसकेको र पुराना उद्योग कलकारखाना पनि राम्रोसँग सञ्चालन नभएका कारण निकै प्रयास गर्दा पनि स्वदेशमा रोजगारीको अवर नपाएपछि बाध्य भएर वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकमा जानेहरुको संख्या केही बढेको विभागको भनाई छ । विभागले चालु आवको वितेका ३ महिनामा कुल १ लाख २९ हजार ४ सय १० जना बाहिरिएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको नया“ तथ्यांक अनुसार गत असोज महिनामा कुल ३५ हजार ५ सय ५० जना बिदेसिएका छन्। यसैगरि, भदौ महिनामा सबैभन्दा बढी ५१ हजार ५ सय ५१ र साउनमा ४२ हजार ३ सय ९ जना कामदार श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
हरेक वर्ष दसैं र तिहारको बेला वर्षकै सबैभन्दा न्यनुन कामदार जाने भएपनि गत असोजमा वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ जाने कामदारको संख्या घटेपनि गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढेको छ ।  विभागले गत आवको असोजमा कुल २७ हजार २९ जना कामदार बिदेसिएको बताएको छ । विभागका अनुसार चालु आवको वितेका तीन महिनाको अवधिमा संस्थागत (म्यानपावर) बाट १ लाख १८ हजार १ सय ६५ जना र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर कुल ८ हजार ९ सय ७१ ज्ना विदेशिएका छन । सो अवधिमा १ लाख २३ हजार ४ जना पुरुÈ र ६ हजार ४ सय ६ जना महिला कामदार वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ गएका छन् ।
सोही अवधिमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । वैदेशिक रोजगारीकालागि आकर्षक गन्तब्य मलेसियामा कुल ५७ हजार ७ सय ९६ जना गएका छन् । यसैगरि, कतारमा २७ हजार ९ सय ३४ जना, साउदी अरबमा २१ हजार ८ सय ६२ जना , युएईमा १३ हजार ७ सय १६ ,कुवेतमा २२ सय ९३ जना विदेशिएका छन । यसैगरी इपिएस मार्फत दÔिण कोरिया जानेहरुको संख्या कुल १२ सय १७ जना रहेको छ ।

निरौलाले पुनः सर्वोच्चमा मुद्दा हाले , निलम्वनको पत्र बुझ्न अश्विकार

काठमाडौ,१४ कात्तिक–नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले निर्देशक पद समेत नरहने गरि निलम्बित गरेपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । उनले प्रक्रिया नपु¥याई बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय आफुलाई मान्य नहुने भन्दै शुक्रबार सर्वोचच्मा मुद्धा दायर गरेका हुन् ।
सो मुद्दामा उनले सरकारलाई विपÔी बनाएका छन् । निरौलाले अदालतमा दायर गरेको यो १५औं मुद्दा भएको बताईएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार निरौलाले सदस्य सचिवविना बसेको बैठकले गरेको निर्णय नमान्ने बताउ“दै पद बचाउन शुक्रबार अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् । निरौला कामु सिइओको हैसियतले सञ्चलक समितिमा सदस्य सचिव थिए । उनलाई नै निलम्बित गर्ने भएपछि निरौलालाई बोर्ड बैठकमा बोलाइएको थिएन । बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिको निर्देशन अनुसार निरौलालाई बोर्डमा आर्थिक अनियमितिता गरेको आरोपमा निलम्बित गरेको थियो ।
गत ५कात्तिकमा निरौलालाई सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत निरौलालाई निलम्बन गर्न निर्देशन दिएको थियो ।
बोर्ड सञ्चालक समितिले निर्णय गरेपछि मन्त्रालयले बिहीबार बोर्डको कार्यालयमा उनलाई पत्र बुझाउन मन्त्रालयका कर्मचारी गएका थिए । निरौलाले पत्र लिएर गएका कर्मचारीलाई पत्र बुझ्न अस्वीकर गर्दै हकारेर पठाएको बताईएको छ । त्यसपछि पत्र थमाउन गएका कर्मचारी पत्र लिएर मन्त्रालयमा नै फर्किएका थिए ।
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले निरौलाले पत्र नबुझेपनि बोर्डको कार्यालयमा जानकारी गराइसकेकोले निरौलाले पत्र नलिए पनि केही फरक नपर्ने बताए । उनले भने, ”म पत्र लिन्छु, लिइ“दिन“ भनेर भन्न पाउने उहा“को मावन अधिकार हो । तर पत्र लिनै पर्छ भन्ने जरुरी छैन । हामीले निलम्बन गरिसकेका छौ“ । उहा“ निलम्बनमा परिसक्नु भो ।’
सचिव श्रेष्ठका अनुसार सरकारले दिएको निर्देशन नमान्ने आधार निरौलास“ग छैन । उनले व्यक्तिगत हिसाबले मुद्दा मामिला गरे पनि फेरि पद फिर्ता नहुने बताउ“दै उनले भने, ‘उहा“ अहिले निलम्बनमा पर्नु भएको हो। भ्रष्टाचार गरेको पुष्टि हुन सकेन भने फेरि त्यही पदमा आउन सक्नुहुन्छ ।’ निरौलाले अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थालाई विपÔी बनाएर १४ ओटा मुद्दा सर्वोच्चमा दायर गरिसकेका छन् । ती मध्ये कतिपय मुद्दा अझै अदालतमा विचाराधीन छ ।

म्यानपावर व्यवसायीले टेरेनन् सरकारी निर्देशन , अझै कसैले बुझाएनन कामदार पठाएको विवरण

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १४ कात्तिक
सरकारले विदेशमा कामदार पठाएको वास्तविक विवरण बुझाउन दिएको निर्देशन म्यानपावर कम्पनीले अवज्ञा गरेका छन्। हरेक आर्थिक वर्È समाप्त भएको ३० दिनभित्र म्यानपावर कम्पनीले अनिवार्य रुपमा कामदार पठाएको विवरण वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । तर, आर्थिक वर्È सकिएको तीन महिना बितिसक्दा पनि अझै एउटा पनि कम्पनी कम्पनीले कामदार पठाएको वास्तविक विवरण पेस गरेका छैनन्। नियम अनुसार विवरण नबुझाएपछि वैदेशिक रोजगार विभागले गत ३ कात्तिकमा सबै म्यानपावर कम्पनीलाई कामदारको अभिलेख पेस नगर्नुको कारण सहित एक साताभित्र कामदार पठाएको तथ्यांक समेत बुझाउन निर्देशन दिएको थियो। अहिलेसम्म एउटा पनि कम्पनीले कामदार पठाएको विवरण र स्पष्टीकरण दुवै नदिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले कुल ७ सय ५१ ओटा म्यानपावर कम्पनी सञ्चालीत छन्। म्यानपावर कम्पनीले आङ्खनो निर्देशनलाई नटेरेपछि विभागले अब म्यानपावर कम्पनीमै पुगेर स्थलगत अनुगमन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ तथा यससम्बन्धी नियमावलीमा तोकेअनुसारको विवरण नबुझाउने कम्पनीले ५० हजार रुपैया“ जरिवाना तिर्नुपर्ने व्यवस्था छ । विभागले कानुन उल्लंघन गर्ने जुनसुकै म्यानपावर कम्पनीमाथि स्थलगत अनुगमनपछि जरिवाना तिराउने तयारी गरेको जनाएको छ । नियमअनुसार विवरण नबुझाएपछि वैदेशिक रोजगार विभागले गत ३ कात्तिकमा सबै म्यानपावर कम्पनीलाई कामदारको अभिलेख पेस नगर्नुको कारण एक साताभित्र पेस गर्न निर्देशन दिएको भएपनि अझै अटेर गरिरहेकाले अब कारबाहीको प्रक्रियामा जाने बताएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले विभागले दिएको एक साताको अवधिमा एउटा पनि म्यानपावर कम्पनीले कामदार पठाएको विवरण पेस नगरेको जानकारी दिए। उनले अहिलेसम्म सरकारी निर्देशनलाई अटेर गरेर कुनैपनि म्यानपावर कम्पनीले विभागले मागेको स्पष्टीकरणको जवाफ समेत नपठाएको बताए ।  कामदार पठाएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए ।
वैदेशिक रोजगार नियमावलीमा हरेक ६÷६ महिना गरी वर्Èमा दुईपटक आफुले पठाएको कामदार सम्बन्धी सम्पूर्ण विवरण वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने व्यवस्था छ । सरकारले विशेÈगरी आर्थिक वर्È सकिएपछि विवरणका लागि ताकेता गर्ने गरेको छ। म्यानपावर कम्पनीहरुले वर्Èभरिमा विदेश पठाएको कामदारको संख्या सरकारलाई बुझाउनुपर्छ। यसबाहेक कामदार गएका देश, उनीहरुले गर्नुपर्ने काम, पाउने तलब सुविधा, रोजगारदाता कम्पनीको नाम, ठेगानाका बारेमा यथार्थ जानकारी गराउनुपर्ने हुन्छ। यसैगरी, कामदारको करार अवधि, नेपालमा सम्पर्क गर्ने नजिकको व्यक्ति लगायतका विवरण भरेर तथ्यांक अद्यावधिक गर्नुपर्छ। म्यानपावर कम्पनीहरुले भने यो नियमको बारम्बार उल्लंघन गर्दै आएको उनको भनाई छ । 
म्यानपावर कम्पनीले कामदार पठाउ“दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने भएकाले यससम्बन्धी जानकारी विभागस“ग पनि हुन्छ। विदेशमा गएका कामदार स्वदेश फर्किएका वा नफर्किएकाको जानकारी भने सरकारलाई हु“दैन। विदेशमा गएपछि कामदारले कम्पनी परिवर्तन गरेको वा अलपत्र परेका वास्तविक जानकारी समेत नहुन सक्छ। विदेशमा अलपत्र परेका कामदारको उद्धार गर्ने पहिलो जिम्मेवारी स्वयं पठाउने कम्पनीले लिनुपर्ने हुन्छ । कतिपय कम्पनीले एउटा काम र कम्पनीमा पठाउने भनेर करार गर्ने तर विदेश पुगेपछि अर्कै काम र कम्पनीमा काम लगाउनेसमेत गरेकाले वास्तविक विवरण बुझाउन आनाकानी गरेको हुन सक्ने विभागको दावी छ ।
व्यवसायीका यस्तै प्रवृद्धिका कारण विभागले केही म्यानपावर कम्पनीले कर छली गरेको आरोप समेत लाग्दै आएको छ। सही विवरण बुझाएपछि कर छल्न नपाइने डर म्यानपावर कम्पनीलाई हुन सक्छ,भन्दै  विभागले अझै अटेर गर्ने व्यवसायी माथी कडा कारबाही हुने बताएको छ ।  जसका कारण विदेशमा गएपछि स्वास्थ्य परीÔणमा अनुत्र्तीण हुने तथा करार अवधि नसकि“दै फर्किएका कामदारको जानकारी समेत सरकारलाई हु“दैन ।
म्यानपावर व्यवसायी भने अन्तिम श्रम स्वीकृति लि“दाको सबै तथ्यांक वैदेशिक रोजगार विभागस“ग हुने भएकाले बारम्बार विवरण बुझाउन आवश्यक नभएकाले आफुहरुले विभागमा विवरण नपठाएको बताउँदै आएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यÔ कुमुद खनालले कर तिरेको कागजात समेत चाहिने भएकाले आगामी पुस महिनासम्ममा सबै कम्पनीले कामदारको विवरण बुझाइसक्ने दाबी गरे । सरकारले नै श्रम स्वीकृति दिने भएकाले सबै विवरण विभागस“ग हुन्छ । बारम्बार सोही विवरण बुझाउनुको खासै औचित्य पनि छैन भन्दै उनले कर तिरेको कागजसहितको विवरण पेस गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हुनसक्ने बताए ।

खुम्बु क्षेत्र संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १२ कात्तिक
साहसिक पदयात्रा भ्रमणकालागि खुम्बु क्षेत्र संसारकै उत्कृष्ट छैटौं स्थानमा परेको छ । लोन्ली प्लानेट नामक प्रख्यात ट्राभल बुकले खुम्बु क्षेत्रलाई संसारकै छैटौं उत्कृष्ट पर्यटकीय गन्तव्यमा छनोट गरेको हो । 
सन् २०१५ मा घुम्नै पर्ने संसारभरका उत्कृष्ट १० ओटा पर्यटकीय गन्तब्य मध्ये लोन्ली प्लानेटले नेपालको खुम्बु Ôेत्रलाई छैटौं स्थानमा पारेको छ । उसले सार्वजनिक गरेको संसारभरका उत्कृष्ट १० गन्तव्यमा खुम्बु Ôेत्रलाई साहसिक पदयात्राकालागि निकै रोमाञ्चक र प्राकृतिक पर्यटकीय गन्तब्य भनेको छ ।
त्यहाँको प्राकृतिक भौगोलिक अवस्था र स्थानीय हिमाली साँस्कृतिक धरोहरलाई मुख्य आधार बनाएर लोन्ली प्लानेटले विश्वका विभिन्न मुलुकका घुम्नैपर्ने १० उत्कृष्ट गन्तब्य मध्ये खुम्बु क्षेत्रलाई छैटौं नम्वरमा पारेको जनाएको छ । अस्ट्रेलियामा केन्द्रिय कार्यालय भएको ‘लोन्ली प्लानेट ट्राभल गाइड बुक’ ले हरेक वर्È घुम्नै पर्ने संसारभरका विभिन्न शहर, Ôेत्र (रिजोन) र देशको उत्कृष्ट १० ओटा सूची सार्वजनिक गर्दै आएको छ । लोन्ली प्लानेटले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखर चुम्ने यात्रालाई तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पाइला पछयाउनेहरुलाई अहिले पनि साहसिक यात्राका रुपमा लिने उल्लेख गरेको छ ।
उसले यसअघि नेपालले लामो समयसम्म भोग्नु परेको आन्तरिक द्धन्द्ध एवं माओवादी जनयुद्धका बेला सो Ôेत्रमा पुग्न नसकेको तितो यथार्थका बारेमा समेत बर्णन गर्दै माओवादी जनयुद्धको समाप्तिस“गै अहिले विभिन्न मुलुकका पर्यटक यस्तो दुर्गम पदमार्गको पुनः खोजी र प्रयोग गरिरहेकाले आगामी सन् २०१५ का लागि सगरमाथा भन्दा केही कम उचाइमा रहेका तीन ओटा विभिन्न पिक वा मेरा पिक चढ्ने सहासिक गन्तब्यको रुपमा यस क्षेत्रमा यात्रा गर्न सकिने बताएको छ ।
लोन्ली प्लानेटले अहिले संसारको उत्कृष्ट पहिलो नम्वरमा टर्कीको गालिपोली रहेको उल्लेख गरेको छ । यसैगरी दोस्रो नम्वरमा अमेरिकाको रक्की माउन्टेन नेशनल पार्कलाई छनोट गरेको छ ।  यसैगरि, तेस्रो नम्बरमा बेलिजको टोलेडो , चौथो नम्बरमा अष्ट्रेलियाको तास्मानिया, पाँचौं नम्बरमा नर्वेको आर्कटिक नर्वे, छैटौं नम्बरमा खुम्बु क्षेत्र, सातौं नम्बरमा मेक्सीको को द कपर केन्यन, आठौं नम्बरमा इण्डोनेशियाको ङ्खलोरेस र नवौं नम्बरमा चिलीको आटाकामा डेजर्टलाई छनोट गरेको छ । उसले १० औं नम्वरमा चीनको मकाउ Ôेत्रलाई उत्कृष्ट गन्तब्यको रुपमा छनोट गरेको छ । त्यसैगरी लोन्ली प्लानेटले सार्वजनिक गरेको सन् २०१५ मा घुम्नै पर्ने १० ओटा मुलुकहरुमा सिंगापुर पहिलो स्थानमा परको छ भने उत्कृष्ट सहरहरुमा वासिङटन डिसी १ नम्वरमा परेको छ । लोन्ली प्लानेटले देश, सहर, होटल, ट्रेकिङ, ¥याफ्टिङ, पर्वतारोहण लगायत विभिन्न विधामा उत्कृष्टको सूची प्रकाशन गर्ने गर्दछ । सन् २००७ मा बेलायती टेलिभिजन संस्था बिबिसीले लोन्ली प्लानेटको ७५प्रतिशत सेयर खरिद गरेको थियो। गत वर्ष पनि लोन्ली प्लानेटले मुस्ताङलाई घुम्नैपर्ने आकर्षक गन्तब्यको रुपमा छनोट गरेको थियो । खुम्बु र मुस्ताङ लगायत नेपालका विभिन्न भागलाई विदेशका विभिन्न चर्चित संस्थाहरुले संसारका घुम्नैपर्ने उत्कृष्ट गन्तब्यको रुपमा राखेर आफ्नै किसिमले प्रचार गरेपछि नेपालको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने सम्बन्धीत सरोकारवाला एवं व्यवसायीहरुको भनाई छ । उनीहरुले लोन्ली प्लानेटको यस्तो कार्यलाई निकै राम्रो भन्दै आएका छन । 
संसारका १० उत्कृष्ट Ôेत्र
१. गालिपोली Ôेत्र  ः टर्की
२. रक्की माउण्टेन नेशनल पार्क  ः अमेरिका
३. टोलेडो  ः बेलिज
४. तास्मानिया  ः अष्ट्रेलिया
५. आर्कटिक नर्वे  ः नर्वे
६. खुम्बु  ः नेपाल
७. द कपर केन्यन  ः मेक्सीको
८. ङ्खलोरेस  ः इण्डोनेशिया
९. आटाकामा डेजर्ट  ः चिली
१०. मकाउ  ः चीन