Monday, November 17, 2014

तीन महिनामा १ लाख २९ कामदार बाहिरिए

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ कात्तिक
चालु आर्थिक वर्Èको बितेका तीन महिनामा वैदेशिक रोजगारीकालागि १ लाख २९ हजार कामदार विभिन्न मुलुकतर्फ गएका छन् । सो संख्या गत वर्Èको तुलनामा ३३ प्रतिशतले बढी  भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार गत आवको सोही अवधिमा जम्मा ९७ हजार १ सय ८० जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ गएका थिए ।
लामो समयदेखि जारी राजनीतिक अन्योलताका कारण मुलुकले आर्थिक विकास गर्न नसकेको र पुराना उद्योग कलकारखाना पनि राम्रोसँग सञ्चालन नभएका कारण निकै प्रयास गर्दा पनि स्वदेशमा रोजगारीको अवर नपाएपछि बाध्य भएर वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकमा जानेहरुको संख्या केही बढेको विभागको भनाई छ । विभागले चालु आवको वितेका ३ महिनामा कुल १ लाख २९ हजार ४ सय १० जना बाहिरिएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको नया“ तथ्यांक अनुसार गत असोज महिनामा कुल ३५ हजार ५ सय ५० जना बिदेसिएका छन्। यसैगरि, भदौ महिनामा सबैभन्दा बढी ५१ हजार ५ सय ५१ र साउनमा ४२ हजार ३ सय ९ जना कामदार श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
हरेक वर्ष दसैं र तिहारको बेला वर्षकै सबैभन्दा न्यनुन कामदार जाने भएपनि गत असोजमा वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ जाने कामदारको संख्या घटेपनि गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढेको छ ।  विभागले गत आवको असोजमा कुल २७ हजार २९ जना कामदार बिदेसिएको बताएको छ । विभागका अनुसार चालु आवको वितेका तीन महिनाको अवधिमा संस्थागत (म्यानपावर) बाट १ लाख १८ हजार १ सय ६५ जना र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर कुल ८ हजार ९ सय ७१ ज्ना विदेशिएका छन । सो अवधिमा १ लाख २३ हजार ४ जना पुरुÈ र ६ हजार ४ सय ६ जना महिला कामदार वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ गएका छन् ।
सोही अवधिमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । वैदेशिक रोजगारीकालागि आकर्षक गन्तब्य मलेसियामा कुल ५७ हजार ७ सय ९६ जना गएका छन् । यसैगरि, कतारमा २७ हजार ९ सय ३४ जना, साउदी अरबमा २१ हजार ८ सय ६२ जना , युएईमा १३ हजार ७ सय १६ ,कुवेतमा २२ सय ९३ जना विदेशिएका छन । यसैगरी इपिएस मार्फत दÔिण कोरिया जानेहरुको संख्या कुल १२ सय १७ जना रहेको छ ।

No comments:

Post a Comment