Monday, November 17, 2014

खुम्बु क्षेत्र संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १२ कात्तिक
साहसिक पदयात्रा भ्रमणकालागि खुम्बु क्षेत्र संसारकै उत्कृष्ट छैटौं स्थानमा परेको छ । लोन्ली प्लानेट नामक प्रख्यात ट्राभल बुकले खुम्बु क्षेत्रलाई संसारकै छैटौं उत्कृष्ट पर्यटकीय गन्तव्यमा छनोट गरेको हो । 
सन् २०१५ मा घुम्नै पर्ने संसारभरका उत्कृष्ट १० ओटा पर्यटकीय गन्तब्य मध्ये लोन्ली प्लानेटले नेपालको खुम्बु Ôेत्रलाई छैटौं स्थानमा पारेको छ । उसले सार्वजनिक गरेको संसारभरका उत्कृष्ट १० गन्तव्यमा खुम्बु Ôेत्रलाई साहसिक पदयात्राकालागि निकै रोमाञ्चक र प्राकृतिक पर्यटकीय गन्तब्य भनेको छ ।
त्यहाँको प्राकृतिक भौगोलिक अवस्था र स्थानीय हिमाली साँस्कृतिक धरोहरलाई मुख्य आधार बनाएर लोन्ली प्लानेटले विश्वका विभिन्न मुलुकका घुम्नैपर्ने १० उत्कृष्ट गन्तब्य मध्ये खुम्बु क्षेत्रलाई छैटौं नम्वरमा पारेको जनाएको छ । अस्ट्रेलियामा केन्द्रिय कार्यालय भएको ‘लोन्ली प्लानेट ट्राभल गाइड बुक’ ले हरेक वर्È घुम्नै पर्ने संसारभरका विभिन्न शहर, Ôेत्र (रिजोन) र देशको उत्कृष्ट १० ओटा सूची सार्वजनिक गर्दै आएको छ । लोन्ली प्लानेटले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखर चुम्ने यात्रालाई तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पाइला पछयाउनेहरुलाई अहिले पनि साहसिक यात्राका रुपमा लिने उल्लेख गरेको छ ।
उसले यसअघि नेपालले लामो समयसम्म भोग्नु परेको आन्तरिक द्धन्द्ध एवं माओवादी जनयुद्धका बेला सो Ôेत्रमा पुग्न नसकेको तितो यथार्थका बारेमा समेत बर्णन गर्दै माओवादी जनयुद्धको समाप्तिस“गै अहिले विभिन्न मुलुकका पर्यटक यस्तो दुर्गम पदमार्गको पुनः खोजी र प्रयोग गरिरहेकाले आगामी सन् २०१५ का लागि सगरमाथा भन्दा केही कम उचाइमा रहेका तीन ओटा विभिन्न पिक वा मेरा पिक चढ्ने सहासिक गन्तब्यको रुपमा यस क्षेत्रमा यात्रा गर्न सकिने बताएको छ ।
लोन्ली प्लानेटले अहिले संसारको उत्कृष्ट पहिलो नम्वरमा टर्कीको गालिपोली रहेको उल्लेख गरेको छ । यसैगरी दोस्रो नम्वरमा अमेरिकाको रक्की माउन्टेन नेशनल पार्कलाई छनोट गरेको छ ।  यसैगरि, तेस्रो नम्बरमा बेलिजको टोलेडो , चौथो नम्बरमा अष्ट्रेलियाको तास्मानिया, पाँचौं नम्बरमा नर्वेको आर्कटिक नर्वे, छैटौं नम्बरमा खुम्बु क्षेत्र, सातौं नम्बरमा मेक्सीको को द कपर केन्यन, आठौं नम्बरमा इण्डोनेशियाको ङ्खलोरेस र नवौं नम्बरमा चिलीको आटाकामा डेजर्टलाई छनोट गरेको छ । उसले १० औं नम्वरमा चीनको मकाउ Ôेत्रलाई उत्कृष्ट गन्तब्यको रुपमा छनोट गरेको छ । त्यसैगरी लोन्ली प्लानेटले सार्वजनिक गरेको सन् २०१५ मा घुम्नै पर्ने १० ओटा मुलुकहरुमा सिंगापुर पहिलो स्थानमा परको छ भने उत्कृष्ट सहरहरुमा वासिङटन डिसी १ नम्वरमा परेको छ । लोन्ली प्लानेटले देश, सहर, होटल, ट्रेकिङ, ¥याफ्टिङ, पर्वतारोहण लगायत विभिन्न विधामा उत्कृष्टको सूची प्रकाशन गर्ने गर्दछ । सन् २००७ मा बेलायती टेलिभिजन संस्था बिबिसीले लोन्ली प्लानेटको ७५प्रतिशत सेयर खरिद गरेको थियो। गत वर्ष पनि लोन्ली प्लानेटले मुस्ताङलाई घुम्नैपर्ने आकर्षक गन्तब्यको रुपमा छनोट गरेको थियो । खुम्बु र मुस्ताङ लगायत नेपालका विभिन्न भागलाई विदेशका विभिन्न चर्चित संस्थाहरुले संसारका घुम्नैपर्ने उत्कृष्ट गन्तब्यको रुपमा राखेर आफ्नै किसिमले प्रचार गरेपछि नेपालको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने सम्बन्धीत सरोकारवाला एवं व्यवसायीहरुको भनाई छ । उनीहरुले लोन्ली प्लानेटको यस्तो कार्यलाई निकै राम्रो भन्दै आएका छन । 
संसारका १० उत्कृष्ट Ôेत्र
१. गालिपोली Ôेत्र  ः टर्की
२. रक्की माउण्टेन नेशनल पार्क  ः अमेरिका
३. टोलेडो  ः बेलिज
४. तास्मानिया  ः अष्ट्रेलिया
५. आर्कटिक नर्वे  ः नर्वे
६. खुम्बु  ः नेपाल
७. द कपर केन्यन  ः मेक्सीको
८. ङ्खलोरेस  ः इण्डोनेशिया
९. आटाकामा डेजर्ट  ः चिली
१०. मकाउ  ः चीन

No comments:

Post a Comment