Monday, January 13, 2014

विमानस्थलको थोत्रा ट्याक्सी हटाई नयाँ सञ्चालनमा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ पुस
धेरै लामो समयको प्रयासपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुराना थोत्रा ट्याक्सी हटाएर नया“ सवारी सञ्चालनमा ल्याइएको छ । आइतबारदेखि औपचारिक रुपमा विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले अत्याधुनिक नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याएको हो ।
अब अन्तर्राष्ट्रिय विमानस्थलबाट ओहोर दोहोर गर्ने हवाई यात्रुले पुराना थोत्रा ट्याक्सीको हैरानी खप्नुपर्ने छैन । अहिले हवाई यात्रुलाई अन्तर्राष्ट्रिय स्तरीय उत्कृष्ट सेवा दिन नया“ आकर्Èक सवारीले निकै व्यवस्थित रुपमा विमानस्थलबाट बाहिरिनेहरुलाई सेवा प्रदान गर्ने छन । 
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विशेष समारोहकाबीच नयाँ सवारीमा बसेर औपचारिक उद्घाटन गरेपछि आइतबारदेखि नै दुई सयओटा नया“ सवारीले विमानस्थलबाट नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुहरुलाई सेवा दिन थालेको हो ।
 अन्तर्राष्ट्रिय विमानस्थलमा  पहिलोपटक सञ्चालनमा आएका नयाँ अत्याधुनिक सवारीहरुमा  मारुतीका १ सय ओटा र फोर्डका १ सय गरि दुईसयओटा रहेका छन् ।स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकसँगको करिब ४५ करोड ऋण लगानीमा लिमिटेडले आरामदायी अत्याधुनिक नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याइएको हो ।
पहिलो सञ्चालित थोत्रा ट्याक्सी विस्थापित गरि अत्याधुनिक सुविधायुक्त हरियो नम्बर प्लेटका नयाँ सवारी सञ्चालनमा ल्याउने सम्झौता बमोजिम ठेक्का पाएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका सञ्चालक बिजय स्वाँरले बताए। उनले धेरै लामो समयको निरन्तर प्रयास र संघर्षका बाबजुद पनि नयाँ गाडी भित्राउन सरकारलाई २ सय ४१ प्रतिशत भन्सार महसुल तिर्नु परेको गुनासो गरे । अस्तव्यस्थ रुपमा सञ्चालित थोत्रा ट्याक्सी बिस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण हुँदाहुँदै पनि नयाँ सवारी ल्याउन निजी क्षेत्रको प्रयासमा भएको यस काममा सरकारले केही सहुलियत नदिएको बताउँदै उनले  विमानस्थलमा १० ओटा पुराना ट्याक्सीलाई पनि सञ्चालनको अनुमती प्रदान गरिएको बताए  । पुराना ट्याक्सीले यात्रु विमानस्थल पु¥याएर फकिर्हाल्नु पर्ने व्यवस्था मिलाईएको जानकारी दिँदै उनले नया“ प्रिपेड सवारीले दुईतर्फी भाडा लिएर यात्रुलाई सेवा प्रदान गर्ने बताए । उनले विमानस्थलभित्रका हवाई यात्रुलाई छोडेर तुरुन्तै विमानस्थलमै फर्किहाल्नुपर्ने भएकाले दुईतर्फी भाडा लिन लागेको जानकारी दिए । लिमिटेडले पहिलोपटक सञ्चालनमा ल्याएको यि नयाँ प्रिपेड सवारीले यातायात व्यवस्था कार्यालयले तोकेको भाडादर अनुसार नै यात्रुलाई सेवा प्रदान गर्ने पनि उनले जानकारी दिए।
कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम सिम्खडाले निजी क्षेत्रले विमानस्थलको दुराबस्था सुधारात्मक कार्यमा थालीएको यस अभियानमा सबैबाट उत्साहजनक सहयोग पाएका कारण अहिले आफुहरुले नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले विमानस्थलभीत्रका यात्रुलाई गुणस्तरीय र राम्रो सेवा दिन यस कम्पनीले कुनै कसर बा“की नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
प्राधिकरणका महानिर्देशक सुमनले पर्यटकले पहिलो पाइला टेक्ने मूख्य द्धार विमानस्थलमा निजी क्षेत्रको प्रयासबाटै नया“ सवारी सञ्चालनमा आउनु निकै स्वागतयोग्य भएको बताए । २०६९ सालको बैशाखमा नै नया“ सवारी सञ्चालनमा ल्याउने लक्ष्य भएपनि त्यसको डेढ वर्Èपछि बल्ल सम्भव भएको स्मरण गर्दै उनले अहिले विमानस्थलको मुहार नै फरिएको बताए ।  उनले विमानस्थलमा निकै समस्याको रुपमा रहेका चारओटा टि मध्ये पुराना ट्याक्सी बिस्थापनको समस्या हटेपनि अझै ट्वाइलेट, ट्रली र टेलिफोनको समस्या रहेकाले विस्तारै पूर्ण रुपमा समाधान हुने बताए ।  हाल विमानस्थलमा यात्रुलाई टयाक्सी लगायत विभिन्न ३२ ओटा सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै उनले  सन् २०१६ को  सेप्टेम्वरभीत्र मुलुकले दुईओटा अन्तर्राष्ट्रिय विमानस्थल पाउने दावी गरे । विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेशप्रसाद  श्रेष्ठले थोत्रा ट्याक्सी बिस्थापित भएपछि नयाँ सवारीले अहिले विमानस्थलको पुरानो समस्या हटेको बताए । उनले अहिले नया“ सुरु भएको प्रिपेड  सवारीले विमानस्थलको रुप फेर्ने अपेक्षा गरिएको बताए । उनले अब मुलुकको पर्यटन विकासमा पनि यसले निकै सघाउ पु¥याउने बताए ।
गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय सुधार गर्न निर्देशन दिए लगत्तै विमानस्थल प्रशासनले रोकिएका पुराना काम धमाधम अघि बढाउने क्रममा ढेड वर्षअघि थालिएको नयाँ ट्याक्सी सञ्चालनको प्रक्रियाले गति लिएको हो । लिमिटेडले सञ्चालनमा ल्याएका नयाँ २ सय प्रिपेड सवारी मध्ये डेढसयको ७ वर्षलाई १ करोड ६८ लाख रुपैयाँ विमानस्थललाई बुझाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको जानकारी दिएको छ । सो भन्दा बढी भएमा प्रति सवारी ४ हजार हरेक तीन महिनामा बुझाउने गरि विमानस्थल व्यवस्थापनसँग सम्झौता भएको बताईएको छ । 
प्राधिकरण र लिमिटेडबीचको सम्झौता अनुसार नयाँ सवारीको Ôमता १ हजार सीसी वा त्योभन्दा बढी हुनुपर्ने छ ।  अहिले सञ्चालनमा आएका नयाँ अत्याधुनिक सुविधायुक्त सवारीहरुमा १ हजार सीसी, १ हजार २ सय सीसी Ôमताका र ‘लक्जरियर सेडान प्रकृतिका सेतो रंगका कार रहेका छन । हाल सञ्चालित नयाँ गाडीको मूल्य न्युनतम १९ लाख देखि २६ लाख रुपैयाँसम्म रहेका छन । सबै सवारीको रंग सेतो छ । 
पहिले सञ्चालित पुराना निकै असुविधायुक्त थोत्रा ट्याक्सी विस्थापित गरि नयाँ खरिद गरि सञ्चालनमा ल्याउन २०६९ साल ८ जेठमा सो लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता गरेको थियो । लिमिटेडले सोही वर्षको १ असारमा टेन्डर पाएर नयाँ ट्याक्सी सञ्चालन गर्ने काम थालेको थियो ।
लिमिटेडका प्रवन्ध निर्देशक सिम्खडाले यात्रुलाई दिइने सेवा विस्तार गर्दै अब ‘अनलाइन बुकिङ’ सुरु गर्न लागेको बताए ।  उनले विदेशबाट आउने यात्रुले आफू आइपुग्ने समय जानकारी दिएमा आफुहरु तयारीका साथ बस्ने जानकारी दिए । उनले विमानस्थलबाट उपत्यका लगायत मुलुकको जुनसुकै भागसम्म यस गाडी उपलब्ध गराउने व्यवस्था पनि मिलाउ“दै जाने बताए । विमानस्थल व्यवस्थापनले नया“ ट्याक्सीका लागि खुल्ला प्रतिस्पर्धाको टेन्डरबाट सो ठेकेदार कम्पनी छनोट गरेको डेढ वर्षपछि बल्ल विमानस्थलबाट ओहोर दोहोर गर्ने पर्यटकले अत्याधुनिक सुविधायुक्त सवारी  चढ्न पाएका हुन् । यसअघि विमानस्थलमा एक सय ६८ व्यवसायीको संयुक्त लगानीका दुई सय ४० ओटा २० वर्ष पुराना ट्याक्सी सञ्चालित थिए । सबै प्रक्रिया पुरा गरि ठेक्का पाएको यस कम्पनीले विमानस्थल व्यवस्थापनलाई प्रति ट्याक्सी हरेक तीन महिनामा चार हजार रुपैया“ पाकिर्ङ शुल्क बुझाउनुपर्ने हुन्छ ।
चालकहरु एउटै पोसाकमा हुने छन् भने उनीहरुलाई अंंग्रेजी भाÈाको राम्रो ज्ञान दिइने छ । नया“ ट्याक्सी पहिलेकै चालकले चलाउने सहमति भएपछि मात्र त्यहाँका चालक संघले टेन्डर प्रक्रिया अघि बढाउने सहमती दिएको थियो । अहिले पर्यटक ओसार्ने प्रिपेड ट्याक्सीका लागि विमानस्थल व्यवस्थापन, सुरक्षाकर्मी र यातायात व्यवस्था विभागले संयुक्त रुपमा विमानस्थलदेखि सम्पूर्ण स्थानका लागि भाडादर तोकिसकेका छन् । यसअघि गत वर्È पुसमा व्यवस्थापनले विमानस्थलमा सञ्चालित ट्याक्सीले निर्धारित भाडादरभन्दा बढी लिन नपाउने कडा व्यवस्थासहित आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा विमानस्थलभित्र चल्ने हरियो प्लेटका ट्याक्सीले तोकिएको भाडामात्र लिनुपर्ने छ नत्र कडा कारबाही हुने व्यवस्था छ । सो टेन्डरबाट लिमिटेड सहित तीनओटा ठेकेदार कम्पनी छनोट भएको थियो । त्यसबेला अहिले ठेक्का पाउन सफल लिमिटेड, त्रिभुवन विमानस्थल पर्यटन यातायात चालक तथा व्यवसायी संघ र विमानस्थल यातायात व्यवसायी संघ छनोट भएका थिए । विमानस्थल कार्यालयले प्राविधिक र आर्थिक प्रस्तावका आधारमा यस कम्पनीलाई  छनोट गरेको जनाएको छ । त्यसबेलाको सम्झौतामा उल्लेख भएको सर्त अनुसार टेन्डर पाएको कम्पनीले आगामी सात वर्Èसम्म विमानस्थलमा नयाँ ट्याक्सी सेवा सञ्चालन गर्न पाउने छ ।  त्यसपछि अर्को टेन्डर गरेर पुनः नयाँ कम्पनी छनोट गर्ने छ ।

No comments:

Post a Comment