Monday, September 29, 2014

कोरियन भाÈा परीÔा सम्पन्न, फाराम भरेकामध्ये ३३ सय कम सहभागी, २९ असोजमा नतिजा

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, ११ असोज 
शुक्रबारदेखि सञ्चालित रोजगार अनुमति प्रर्णाली (ईपीएस)मार्फत दÔिण कोरिया जान लिइने भाÈा परीÔा सम्पन्न भएको छ । यसवर्ष शुक्रबार र शनिबार गरि दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेपनि दुई दिनमा सबै परिक्षार्थी सहभागी नभएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
सो शाखाका अनुसार दुई दिनमा ५८ हजार ९ सय ११ जनाले मात्र परिक्षा दिएका छन । दुई दिनमा सम्पन्न भएको सो परिक्षामा ३३ सय १२ जना आवेदक अनुपस्थित भएका थिए ।  कोरियन भाषा परिक्षा सुरु भएको पहिलो दिन शुक्रबार २९ हजार ८ सय ९१ जनाले परिक्षा दिएका थिए । शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको र शनिवार पनि अनुपस्थितको संख्या त्यस्तै रहेको बताईएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम वा“स्तोलाले दुबै दिनको भाÈा परीÔा  एकदमै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित भएको जानकारी दिए । उनले यस भाÈा परीÔाको नतिजा आगामी २९ असोज सार्वजनिक हुने बताए ।  सो शाखाका प्रमुख वाँस्तोलाका  अनुसार उत्तरपुस्तिका जा“च गर्ने जिम्मा कोरिया आफैले लिएको छ । यसैगरि कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीÔण हुने छ । यस परिक्षाकोलागि नेपाल आएका दÔिण कोरियाको परीÔा व्यवस्थापन अनुगमन टिमले परीÔाका बरेमा सबै अध्ययन एवं अडिट गरेर कोरियामा प्रतिवदेन पठाउने छ । 
भाÈा परीÔाका लागि दÔिण कोरियाको मानव संसाधन विकास (एचआरडी)का उपाध्यÔ चुन बोक लिको नेतृत्वमा ६२ सदस्यीय टोली गत बुधबार नै नेपाल आइसकेको थियो । उनीहरुले भाÈा परीÔाको अनुगमन र परीÔण गरिरहेका छन् । टोलीले परीÔा सञ्चालनको स्थलगत अवलोकन प्रतिवदेन बनाउनुका साथै उत्तरपुस्तिका पनि कोरिया नै लैजाने ईपीएस कोरिया शाखाले जनाएको छ ।
इपिएस शाखाका अनुसार एचआरडी कोरियाको टोलीलाई नेपालमा रहेका एक सय ५० जना कोरियन नागरिकले समेत यस परीÔामा प्रत्यÔ सहयोग पुया¥एका छन् । यसैगरि, नेपाली पÔले पनि आफ्नो तर्फबाट आवश्यक कर्मचारीको ब्यवस्था गरेको छ । सो परीÔामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जना सहित करिब १ हजार ८ सय जना कर्मचारी परिचालित भएका थिए । 
यसवर्ष राजधानीमा मात्र इपिएस कोरिया शाखाले २२ ओटा कलेजमा परीÔा केन्द्र बनाएको थियो ।  जसमा काठमाडौमा १५ र ललितपुरमा ७ ओटा परिक्षा केन्द्र रहेका थिए ।
शाखाका प्रमुख वाँस्तोलाले दक्षिण कोरियाले यस वर्È सुरुमै  कोटा नतोक्ने भनेको र परिÔाफल आउने समयसम्म यहाँको परिस्थिती हेरेर मात्र कामदार उत्तीर्ण गर्ने भनेको बताए । उनले धेरैपटक आफुहरुले नेपाली कामदारलाई विशेष प्राथमिकता राख्न  आग्रह  गरेको  र आगामी भेटमा पनि त्यस्तै आग्रह गर्ने बताए । उनले यसवर्षको भाÈा परीÔामा बढी भन्दा बढी उत्तीर्ण गरि सवै कामदारलाई जान सक्ने वातावरण मिलाउन कोरियास“ग आग्रह गर्ने समेत जानकारी दिए । 
ईपीएस मार्फत नेपाली कामदार पठाउनकालागि कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुसार २ वर्Èभित्र दÔिण कोरिया पुगिसक्नुपर्ने व्यवस्था भएको उनले जानकारी दिए  । उनले यसपालीको परिक्षामा सहभागी भई उत्तीर्र्णहुने जति सबैलाई जान सक्ने व्यवस्था मिलाउन पनि आफुहरुले निकै आग्रह गरेको बताए।  सो शाखाका अनुसार अहिलेसम्म दÔिण कोरियामा २६ हजार कामदार गइसकेका छन् । यसैगरि कोरियाले गत साउनमा फर्म भरेका १ सय ३० युवाको फर्म रद्ध गरेको छ  । उमेर कम तथ बढी भएका र कोरियामा अवैध बसिसकेकाहरुको फर्म रद्ध गरेको सो शाखाले जानकारी दिएको छ ।
५७ नक्कली परीÔार्थी समातिए    
काठमाडौ÷रास–शुक्रबार र शनिबार सम्पन्न दुई दिने कोरियन भाषा परीÔामा अर्काको नाममा परीÔा दिने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रवेश पत्र तथा फोटो परीÔणका आधारमा विभिन्न केन्द्रबाट नक्कली परीÔार्थीको पहिचान गरिएको ईपीएस कोरिया शाखाका प्रमुख वास्तोलाले जानकारी दिए ।

विविध कार्यक्रमकासाथ विश्व पर्यटन दिवस मनाइयो

काठमाडौ, ११ असोज  –विविध कार्यक्रमकासाथ ३५ औं विश्व पर्यटन दिवस मनाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने पर्यटकलाई माला लगाएर स्वागत गरेको थियो ।
पर्यटन मन्त्रालय र निजी क्षेत्रको सहकार्यमा ‘पर्यटन र समुदायको विकास’ भन्ने नाराका साथ शनिबार मनाईएको विश्व पर्यटन दिवसका कार्यक्रममा विगतका वर्षहरुको जस्तो तामझान थिएन । केही महिनाअघि जेटिसीसिमा आवद्ध पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डबीचको बिबादबाट उत्पन्न प्रभावका कारण यसवर्षको विश्व पर्यटन दिवसका गतिविधी नै ओझेलमा परेको सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।
उनीहरुले लामो समयदेखि निस्क्रीय अवस्थामा रहेको बोर्डको गतिविधीले यसपालीको विश्व पर्यटन दिवसका कार्यक्रम विगतका वर्षहरुको जस्तो नभएको बताए ।    ‘पर्यटन र समुदायको विकास’ भन्ने नाराका साथ मनाइएको सो दिवसको अवसरमा पर्यटन मन्त्रालय र पर्यटन बोर्ड लगायत अन्य निजी संघसंस्था सम्मिलित मूल समारोह समितिले शनिबार बिहान राजधानीका विभिन्न स्थानमा प्रभातफेरी  आयोजना गरेको हो ।
राजधानीको पर्यटकीय बजार ठमेल स्थित त्रिदेवी मार्गबाट सुरु भएको सो प्रभातफेरी दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली मन्दिर, सहिदगेट, सुन्धारा र न्यरोड हुँदै बसन्तपुरमा पुगी कोणसभामा परिणत भएको थियो । यसैगरि दिवसकै अवसरमा शनिबार साँझ ठमेल पर्यटन विकास परिषदले ठमेल सडक महोत्सव आयोजना गरेको थियो ।  सो कार्यक्रममा ठमेलमा भएका विविध पर्यटकीय गतिविधीका बारेमा जानकारी गराईनुकासाथै साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
सोही अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च ( भिटोभ) को प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठले लमजुङ जिल्लाको ‘काउलेपानी गाउँ’ लाई सन् २०१४÷१५ का लागि विश्व पर्यटन दिवस गाउँ घोषणा गरे । सचिव श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउन सरकारी तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता रहेको बताए । उनले पछिल्लोपटक नेपाल पर्यटन बोर्डभित्र देखिएका विभिन्न समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिवद्धता जनाए ।
उनले पर्यटन प्रवद्र्धनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण हुने समेत दावी गरे ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भटोभ) का अध्यक्ष चित्रबहादुर गुरुङले ग्रामीण भेगमा पर्यटकीय पूर्वाधार विकासका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालको पर्यटन सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्ने बताए ।
सर्वप्रथम स्न १९७९ को सेप्टेम्बरमा स्पेनमा भएको संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को पहिलो सभाले गरेको निर्णयअनुसार (युएनडब्लुटिओ) स्थापना दिवसकै रूपमा २७ सेप्टेम्बरका दिन १९८० मा पहिलोपटक विश्व पर्यटन दिवस मनाइएको थियो । विश्व पर्यटन दिवसको विश्वव्यापी आयोजनाले पर्यटनको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक महत्वका बारेमा अन्तर्राष्ट्रिय समुदायबीच जनचेतना जगाउने उद्देश्य राखेको छ ।  पर्यटन मन्त्रालयको तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ८ लाख पर्यटक भित्रिएका थिए भने यस वर्ष ९ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । दिवसका अवसरमा ७५ ओटै जिल्लामा शनिबार विविध कार्यक्रम गरिएको थियो ।  मन्त्रालयद्धारा गठित दिवस मूल समारोह समितिले साँझ दीपावलीसमेत गरेको थियो। 

हान र थाइ होटल एशोसियसनबीच सम्झौता

Add caption
काठमाडौ, १० असोज –होटल संघ नेपाल (हान) र थाइ होटल एशोसियसन (टीएचए)बीच आपसी सम्बन्ध बिस्तार तथा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष अमरमान शाक्य र थाइ होटल एशोसियसनका उपाध्यक्ष सुपवान तानोम्कीयाटीपुमेले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । समझदारी अनुसार दुवै मुलुकका होटल संघहरुले आफ्ना सदस्य होटलहरुलाई एक अर्काको देशमा रहेका होटलहरुबीच सम्बन्ध बिस्तारका लागि माध्यम (पुल)को काम गर्नेछन् । यस्तै, पर्यटन क्षेत्रमा एक अर्काको अनुभव साटासाट गर्ने, बिभिन्न कार्यक्रमहरुमा दुवै संघहरुले एक अर्कालाई आमन्त्रण गर्नेछन् । दुवै संघहरुले दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि प्रशिक्षणका क्षेत्रमा पनि सहकार्य गर्नेछन् ।  काठमाडौंस्थित थाइ राजदुतावासको सक्रियतामा भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठ, नेपालका लागि थाइ राजदूत कान्थोङ उनाकुललगायत दुवै देशका होटल संघका पदाधिकारी तथा होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
होटल संघ नेपालले बैंककमा नेपाल थाइ ज्वाइन्ट टुरिजम प्रमोशन इनिसियटिभ्स कार्यक्रम अन्तर्गत रात्रीभोजको आयोजना गरेको थियो । नेपालबाट गएका करिब ५ दर्जन व्यवसायी र थाइल्यान्डका प्रतिष्ठित ७० ट्राभल एजेन्टबीच प्रत्यक्ष भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । बीटूबी कार्यक्रमका रुपमा अघि बढेको सो कार्यक्रममा काठमाडौंस्थित थाइ राजदूत कान्थोङ उनाकुल, बैंककस्थित नेपाली दूतावासका चार्ज डे अफेयर्स, गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्र ढकाल लगायतका प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा सहभागिहरुका लागि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका बिभिन्न होटलको १० वटा निशुल्क कुपन बितरण गरिएको थियो ।   
नेपाली प्रतिनिधिमन्डलले थाइ पर्यटन प्राधिकरण (टीएटी)का पदाधिकारीहरुसँग पनि शिष्टाचार भेटघाट तथा छलफल गरेको छ । वार्षिक १५ सय करोड भाट बजेट रहेको तथा संसारका २७ देशमा थाइ पर्यटन प्रवद्र्धन गरिरहेको टीएटीका अधिकारीहरुसँग थाइ नागरिकलाई बुद्ध जन्मस्थल भ्रमणका लागि  गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागि हुन नेपाली पक्षले आग्रह गरेको छ । टीएटी अधिकारीहरुले नेपाली प्रतिनिधिमन्डलको प्रस्तावमा सकारात्मक हुँदै आफ्नो देशमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । थाइल्यान्ड भ्रमणका क्रममा होटल संघ नेपालका पदाधिकारी तथा सदस्यहरुले टुरिजम काउन्सिल अफ थाइल्यान्डका अधिकारीहरुसँग पनि भेटघाट सम्पन्न गरेको छ । थाइ सरकार, स्थानीय निकाय, निजी क्षेत्र र स्थानीयहरुको समेत स्वामित्वमा सञ्चालित टुरिजम काउन्सिल अफ थाइल्यान्डमा बिभिन्न १३ बिधाका पर्यटनसँग सम्बन्धित संस्थाहरु सदस्य रहेका छन् ।
नेपाली व्यवसायीहरुले थाइल्यान्डको सबैभन्दा पुरानो ५ तारे होटल दुषित थानी तथा थाइल्यान्डको पर्यटन प्रतिष्ठित पर्यटन कलेल माइडोल यूनिभर्सिटी भ्रमण गरेका छन् । होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठले थाइल्यान्ड भ्रमण अत्यन्तै सफल भएको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रभावकारी नहुँदा व्यवसायीले आफ्नै खर्चमा थाइल्यान्ड भ्रमण गरेर जुनखाले पर्यटन प्रवद्र्धनका लागि काम ग¥यो यो निकैनै प्रभावकारी भएको दावी गरे । यसले बिशेषतः लुम्बिनी र बुद्धका विषयमा थाइहरुलाई यथार्थ जानकारी गराउन सफल भएको छ । संघले आफ्नै खर्चमा बुद्ध र लुम्बिनीका विषयमा बिशेष सामाग्री तयार गरि थाइल्यान्डमा बितरण गरेको थियो । व्यवसायीको भ्रमणले होटल व्यवसायलाई मात्र नभै मुलुकको समग्र पर्यटन क्षेत्रलाई र राष्ट्रिय अर्थतन्त्रलाई नै टेवा पु¥याउने हानका महासचिब बिनायक शाहले विश्वास व्यक्त गरे ।  हानका अनुसार एसियामा सिंगापुरपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने देस थाइल्यान्डमा राजनीतिक प्रतिकुलताका बाबजुत सन् २०१४ मा २ करोड ५७ लाख पर्यटकले भ्रमण गर्ने पूर्वानुमान छ । थाइ पर्यटनले कुल ग्राहस्र्थ उत्पादनमा २२.७ प्रतिशत योगदान पु¥याएको छ भने यस क्षेत्रमा ५७ लाख ३ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।  
हानको साधारणसभा सम्पन्न
काठमाडौ÷रास–होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा थाइल्यान्डको बैंककस्थित होटल नोभोटेलमा सम्पन्न भएको छ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष बैंककमा आयोजना गरिएको हो । साधारणभामा ५ दर्जनभन्दा बढी होटल व्यवसायी सहभागि थिए। साधारणसभाले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न होटल संघ नेपालले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने निर्णय गरेको छ । साधारणसभामा अध्यक्ष बीके श्रेष्ठले पर्यटन व्यवसायमा भिन्न स्वार्थहरु रहे पनि ति सबैलाई मिलाएर नेतृत्व गर्ने जिम्मेवारी होटल संघ नेपालमा आएका कारण संघले नेतृत्व लिने जानकारी गराए । संघका महासचिब बिनायक शाहले नयाँ गन्तव्यको खोजी र लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखे । हानका कोषाध्यक्ष घनेन्द्र श्रेष्ठले हानका आम्दानी स्रोत तथा खर्चका क्षेत्रहरुका विषयमा प्रकाश पारेका थिए । पोखरा, चितवन, रुपन्देहीलगायतका क्षेत्रीय होटल संघका पदाधिकारी तथा सदस्यहरुले संघको बिधान संशोधन, सचिवालय बिस्तार तथा सुदृढिकरण, अन्तर्राष्ट्रिय प्रवद्र्धन लगायतका विषयमा धारणा राखेका थिए ।

कोरियन भाÈा परीÔा सुरु , पहिलो दिन २९ हजार ८ सय ९१ सहभागी

मधुजंग पाण्डे÷ काठमाडौ
रोजगार अनुमति प्रर्णाली (ईपीएस)मार्फत दÔिण कोरिया जान लिइने भाÈा परीÔा सुरु भएको पहिलोदिन शुक्रबार २९ हजार ८ सय ९१ जनाले परिक्षा दिएका छन । सो परीÔा शनिबार ( आज) पनि सञ्चालन हुने छ । यसवर्ष दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेका मध्ये शुक्रबार २९ हजार ८ सय ९१ जनाले भÈाा परीÔा दिएका थिए ।
शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको र बा“की आवेदकले शनिवार परिक्षा दिने बताईएको छ । भाÈा परीÔाका लागि दÔिण कोरियाको मानव संसाधन विकास (एचआरडी)का उपाध्यÔ चुन बोक लिको नेतृत्वमा ६२ सदस्यीय टोली गत बुधबार नै नेपाल आइसकेको थियो । उनीहरुले भाÈा परीÔाको अनुगमन र परीÔण गरिरहेका छन् । टोलीले परीÔा सञ्चालनको स्थलगत अवलोकन प्रतिवदेन बनाउनुका साथै उत्तरपुस्तिका पनि कोरिया नै लैजाने ईपीएस कोरिया शाखाले जनाएको छ ।
इपिएस शाखाका अनुसार एचआरडी कोरियाको टोलीलाई नेपालमा रहेका एक सय ५० जना कोरियन नागरिकले समेत यस परीÔामा प्रत्यÔ सहयोग पुया¥एका छन् । यसैगरि, नेपाली पÔले पनि आफ्नो तर्फबाट आवश्यक कर्मचारीको ब्यवस्था गरेको छ । सो परीÔामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जना सहित करिब १ हजार ८ सय जना कर्मचारी परिचालित भएका थिए ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम वा“स्तोलाले शुक्रबारबाट सुरु भएको भाÈा परीÔा  एकदमै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित भएको जानकारी दिए ।  शुक्रबार २ सिफ्टमा परीÔा भएको बताउँदै उनले यसवर्ष दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेका मध्ये शुक्रबार २९ हजार ८ सय ९१ जनाले भÈाा परीÔा दिएको जानकारी गराए । शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको जानकारी गराउँदै उनले बा“की आवेदकले शनिवार परिक्षा दिने बताए ।
शुक्रबार पहिलो सिफ्ट विहान १० बजे भएपनि अभिमुखीकरण तालिमसँगै भएकाले परिक्षार्थीहरु विहान साढे ८ बजे परीÔा केन्द्रमा पुगेका थिए । यसवर्ष राजधानीमा मात्र इपिएस कोरिया शाखाले २२ ओटा कलेजमा परीÔा केन्द्र बनाएको जनाएको छ ।  जसमा काठमाडौमा १५ र ललितपुरमा ७ ओटा परिक्षा केन्द्र रहेका छन् ।
सो शाखाका अनुसार यस भाÈा परीÔाको नतिजा आगामी २९ असोज सार्वजनिक हुने छ  भने उत्तरपुस्तिका जा“च गर्ने जिम्मा कोरिया आफैले लिएको छ । यसैगरि कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीÔण हुने छ । यस परिक्षाकोलागि नेपाल आएका दÔिण कोरियाको परीÔा व्यवस्थापन अनुगमन टिमले परीÔाका बरेमा सबै अध्ययन एवं अडिट गरेर कोरियामा प्रतिवदेन पठाउने पनि सो शाखाका प्रमुख वास्तोलाले जानकारी दिए ।   यस परिक्षा अनुगमनकालागि कोरियाबाट आएका एचआरडीका उपाध्यÔ लिले शुक्रबार श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला शिवाकोटीस“ग पनि भेटेर नेपाली कामदारका बारेमा जानकारी लिएका थिए । उनले सो भेटमा श्रम मन्त्रालयले नेपाली लाई उच्च कोरियामा रोजगारी दिने कार्यमा प्राथमिकता दिन समेत आग्रह गरेको बताए ।  उनले कोरियाले यस वर्È सुरुमै  कोटा नतोक्ने भनेको र परिÔाफल आउने समयसम्म यहाँको परिस्थिती हेरेर मात्र कामदार उत्तीर्ण गर्ने भनेको बताए । उनले धेरैपटक आफुहरुले नेपाली कामदारलाई विशेष प्राथमिकता राख्न  आग्रह  गरेको  र आगामी भेटमा पनि त्यस्तै आग्रह गर्ने बताए । उनले यसवर्षको भाÈा परीÔामा बढी भन्दा बढी उत्तीर्ण गरि सवै कामदारलाई जान सक्ने वातावरण मिलाउन कोरियास“ग आग्रह गर्ने समेत जानकारी दिए ।
ईपीएस मार्फत नेपाली कामदार पठाउनकालागि कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुसार २ वर्Èभित्र दÔिण कोरिया पुगिसक्नुपर्ने व्यवस्था भएको उनले जानकारी दिए  । उनले यसपालीको परिक्षामा सहभागी भई उत्तीर्र्णहुने जति सबैलाई जान सक्ने व्यवस्था मिलाउन पनि आफुहरुले निकै आग्रह गरेको बताए । सो शाखाका अनुसार अहिलेसम्म दÔिण कोरियामा २६ हजार कामदार गइसकेका छन् । कोरिया अन्य देसमा भन्दा निकै न्युन लागतमा उच्च पारिश्रमिक पाईने भएकाले नेपाली कामदारकालागि  निकै आकर्Èक श्रम गन्तव्य मुलुक भएको छ ।
यसैगरि कोरियाले साउन महिना फर्म भरेका १ सय ३० युवाको फर्म रद्ध गरेको छ  । उमेर कम तथ बढी भएका र कोरियामा अवैध बसिसकेकाहरुको फर्म रद्ध गरेको सो शाखाले जानकारी दिएको छ । यस परीÔा व्यवस्थापन सम्बन्धी संसदीय सुशासन समितिले समेत राम्रोसँग अनुगमन गर्ने भन्ने पत्र पठाइएको थियो ।

वैदेशिक रोजगार व्यवसायीका दसैं

मधुजंग पाण्डे÷राजधानी
वार्षिक लाखौं नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका वैदेशिक रोजगार व्यवसायीहरु मध्ये केहीले आफ्ना स– परिवार जन्मथलो र केहीले राजधानीमा नै बसेर यसपालीको दसैं मनाउने निधो गरेका छन ।
अधिकाँश व्यवसायीले स्वदेशमै आफ्ना घर परिवार, स्ष्टमित्र एवं साथीभाईसँग बसेर रमाईलोसँग दसैं मनाउने बताएका छन भने केहीले आफ्ना परिवार सहित विदेशमा पुगेर दसैं मनाउने बताएका छन । उनीहरुले आगामी बिहीबार घटस्थापनाको दिनबाट सुरु हुने हिन्दु धर्मालम्वीहरुको महान चार्ड दसैं आउनुभन्दा एक साता अघिबाटै विभिन्न बहानामा पैसा माग्न आउनेहरुको अत्यधिक चापका कारण अहिले अधिकाँश व्यवसायी मारमा परेको बताएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले यसपालीको दसैं काठमाडौको कोटेश्वरस्थित आफ्नै घरमा बसेर मनाउने तयारी भएको बताए । अहिले दसैंको अवसरमा जापान, कोरिया, मलेसिया लगायतका मुलुकबाट विभिन्न कार्यक्रमका लागि धेरै निम्तो आएपनि यसपालीको दसैं स्वदेशमा नै रमाईलोसँग मनाउने निधो भईसकेको उनको भनाई छ ।
गत वर्ष युरोपमा, त्यसभन्दा अघिल्लो वर्ष भारतका विभिन्न शहरमा पुगेर दसैं मनाएको स्मरण गर्दै अध्यक्ष वाग्लेले  भने, ‘ यसअघिका २÷३ वर्ष विदेशमा दसैं मनाउँदा दिक्क भएको थिएं ।  यसपाली आफ्नै घरमा बुबा, आमा, दाजुभाई, दिदिबहिनी छोराछोरी सबै आफ्न्त एकै ठाउँमा बसेर दसैं मनाउँदा निक्कै रमाइलो होला जस्तो छ ’।  अहिले ९५ वर्षका बृद्ध बुबा सहित आफ्नो घर परिवारका ६५ जना सदस्य एकैठाउँमा जम्मा भएर यसपालीको दसैं मनाउने तयारी भईरहेको जानकारी गराउँदै वाग्लेले भने, ‘ विदेसमा एक्लै मनाईएको भन्दा आफ्नै घरमा सबै परिवार बसेर मनाईने दसैं निकै रमाईलो र आनन्दपूर्ण हुने छ ’।
दसैं एउटा चार्डपर्व मात्र नभएर आफ्ना नातागोता घर परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा पार्ने माध्याम पनि भएको बताउँदै उनले आफ्नो घरमा मनाईने दसैं अन्य छिमेकीहरुको भन्दा केही फरक किसिमको हुने समेत जानकारी गराए । अहिले आफ्नो परिवारमा दाजुभाई दिदिबहिनी सहित ९ ओटा घर रहेकाले आफुसहित सबै ६५ जनाको परिवारले नौ रथाभरी एक÷एक गरि पालैसँग ९ दिनसम्म सबै परिवार एकैठाउँमा खाना खाएर  मनाउने भएकाले यो अरुको घरमा भन्दा केही फरक भएको उनको भनाई छ । अहिले बुबा आफुसँगै बस्नुभएकाले दसैंको अन्तिमदिन विजया दसमीको दिन आफु बसेको घरमा सबैजना जम्मा भएर टिका लगाएर समापन गरिने तयारी भएको बताए ।   ९५ वर्षका बुबाको छोरा र छोरीका तर्फबाट आफु, नाती नातिना सहित साना–ठुला गरि ६५ जनाको परिवार छ भन्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्न नसकेका कारण यसपालीको दसैं निकै महँगिएको बताए । उनले यसपालीको दसैंमा घर फर्किनेहरुकालागि यातायातका साधनको उचित व्यवस्थापन नभएको र महँगी नियन्त्रणमा  पनि सरकारी प्रयास नै नभएकाले आफुले राज्यको ध्यान सोही कार्यमा केन्द्रिन हुनुपर्नेमा जोड दिएको बताए।  यसैगरि दसैंका बेला हुन सक्ने सम्भावित आपराधिक घटना नियन्त्रणकालागि सुरक्षा व्यवस्था बलियो पार्ने तर्फ पनि सरकारको ध्यान जानु आवस्यक भएको बताउँदै वाग्लेले भने, ‘ नवदुर्गा भगवानीले सभाषद लगायत आम नेपालीलाई छिट्टै संविधान बनाउने सद्बुद्धि देउन’। 
संघका अध्यक्ष एवं पाथिभरा ओभरर्सिजका प्रवन्ध निर्देशक वाग्लेले यसपालीको दसैंमा विभिन्न बहानामा पैसा एवं चन्दा माग्न आउने कसैलाई पनि चन्दा नदिन सबै व्यवसायीलाई संघको तर्फबाट आग्रह गरेको बताए ।    
उनले दर्ता समेत नभएका नामै नसुनेका केबल दसैं र नयाँ वर्षमा मात्र छापिने सयौंको संख्याका आउने पत्रपत्रिको चापले अहिले आफु लगायत सबै व्यवसायीले अनावस्यक हैरानी खेप्नुपरेको बताए । उनले दसैंमा मात्र निस्कने पत्रपत्रिकामा छापिने विज्ञापन पनि चन्दा आतंकको नयाँ रुप भएको दावी गरे । उनले अहिले यस्ता चन्दा आतंकको गतिविधीप्रति पनि सचेत रहन संघले सबै व्यवसायीलाई ध्यानाकर्षण गराएको बताए ।
संघका निवर्तमान अध्यक्ष एवं स्काई इन्टरनेस्नल ओभरर्सिजका प्रवन्ध निर्देशक बलबहादुर तामाङले पनि यसपालीको दसैं काठमाडौमा नै मनाउने बताए । उनले ताप्लेजुङ जन्मथलो भएपनि अहिले काठमाडौको महाराजगन्जस्थित घरमा स परिवार एकैठाउँमा जम्मा भएर यसपालीको दसैं मनाउने तयारी भएको जानकारी दिए ।
ऋहिले बुबा आमा दाजुभाई सबै काठमाडौमा नै भएकाले यसपालीको दसैं यही मनाईने छ भन्दै उनले दसैं मनाउने क्रममा राजधानी वरीपरिका जिल्लाहरु काभ्रे र नुवाकोटका पर्यटकीय गन्तब्यस्थलमा पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तयारी पनि आफुले गरिसकेको  बताए । तामाङले पनि दसैंको बेला विभिन्न बहानामा हुने चन्दा आतंक एवं वर्षभर नदेखिने पत्रपत्रिकाको चापले पनि दसैंमा व्यवसायीलाई आफ्नो अफिस खोलेर बस्न नसकिने अवस्था भएको बताए । उनले अहिले दसैंका बेला पैसा माग्नकालागि कहिल्यै नदेखिएका विभिन्न पत्रपत्रिका, स्थानीय क्लब, विभिन्न दलका भातृ संगठन र गुन्डाहरुले समेत अनावस्यक दुःख दिने गरेको जानकारी दिए । उनले यस्तो चन्दा आतंकले अहिलेदेखि नै व्यवसायीले आफ्नो अफिस नै बन्द गरेर भाग्नुपरेको गुनासो गरे । 
संघका पूर्व सचिव  सुवर्ण श्रेष्ठले यसपालीको दसैं ललितपुरको लुभुस्थित घर परिवार लगायत आन्तरिक पर्यटन प्रवद्र्धनकालागि डोल्पा पुगेर रमाईलोसँग मनाउने बिचार गरेको बताएकी छिन । आफ्नो घरमा टिका लगाएपनि मात्र डोल्पा जाने तयारी भएको बताउँदै उनले भनिन्, ‘ डोल्पाका एकजना साथीले बोलाएर त्यहाँ जाँदै छु’। यसअघिका दसैंमा धेरै पटक विदेशमा पुगेको स्मरण गर्दै उनले आफु म्यानपावर व्यवसायी भएकाले स्वदेशमै बसेर यहाँका ठाउँकाबारेमा पनि जानकारी लिनुपर्छ भन्ने मान्यताकासाथ यसपाली डोल्पा जान लागेको बताइन।
प्रगतिशिल  वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबहाक महसचिव एवं अरुराह्युमेन रिर्सोसेज प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र भण्डारीले पनि आफ्नो जन्मथलो धादिङ भएपनि यसपालीको दसैं काठमाडौमा नै मनाउने निधो गरेको बताए । उनले यसपाली ठुलो बुबा बितेकाले टिका लगाउने कार्यक्रम नभएकाले काठमाडौमा र टिका पछिका केही दिन भारतसम्म पुगेर मनाउने जानकारी दिए । 
काठमाडौको बुद्धनगरस्थित फुलमुल ओभरर्सिज सर्भिसेज प्रालिका अध्यक्ष चन्द्र पि राइले यसपालीको दसैं राजधानीमै बसेर आफ्ना परिवार, नातागोता एवं साथीभाईसँग बसेर रमाईलोसँग मनाउने बताए । उनले सबै घर परिवारका सदस्य जम्मा भएर दसैंमा मिठो मिठो परिकार खाएर एक आपसमा गेट टुगेदर गरि रमाईलोसँग मनाउने निधो भईसकेको बताए ।
खोटाङ जन्मथलो भएका वैदेशिक रोजगार व्यवसायी राईले यसपालीको दसैं काठमाडौको आफ्नै घरमा बसेर सबै नातागोता, आफन्तसँग एक आपसमा टिका लगाई आर्शिरवाद् थापेर मनाउने बिचारमा आफु रहेको बताए । गत वर्षको दसैं थाइल्याण्डमा मनाएको स्मरण गर्दै उनले अहिले सबै घरका सदस्य काठमाडौमा नै जम्मा भएर एकदमै रमाईलोसँग मनाउने तयारी भईरहेको जानकारी दिए । अहिले यहाँ आफ्नो ६ जनाको परिवार रहेको जानकारी दिँदै अध्यक्ष राईले भने, ‘ विगतका भन्दा यसपालीको दसैं निक्कै रमाइलो होलाजस्तो छ ’ । अहिले मेरा दुई जना दाई बेलायतमा छन । उहाँहरु प्नि आउँदै हुनुहुन्छ एकजना दिदि पनि अहिलेकै दसैंकालागि हङकङबाट आउँदै हुनुहुन्छ । त्यसैले यसपालीको दसैं धेरै रमाईलो हुने छ ’ राईले भने ।  
यसैगरि अक्सफोर्ड इन्टरनेस्नल प्रालिका अध्यक्ष ईश्वर जिसीले पनि यसपालीको दसैं काठमाडौमा नै आफ्ना सबै घरपरिवार जम्मा भएर बनाउने तयारी भएको बताए । उनले जन्मथलो प्युठान भएपनि अहिलेसम्मको कामको चापले गर्दा गाउँ जान नपाएकोका निकै दुःख लागेको बताए ।उनले फुलपातिका दिनबाट मात्र आफु दसैंकालागि व्यस्त हुने बताए ।  

बुद्धिस्ट सर्किटको दुई नयाँ रुट तयार, बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभर प्रवद्र्धन गरिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १२ असोज
विश्व पर्यटन दिवसको अवसरमा बुद्धिस्ट सर्किट डटकमले नेपाल र भारत समेटेर ‘बुद्धिस्ट सर्किट’ का दुईओटा रुट तयार पारेको छ । बुद्धिस्ट सर्किट डटकमका संस्थापक एवं कार्यकारी प्रमुख विक्रम पा“डेले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभर प्रवद्र्धन गर्न दुई नयाँ रुट तयार पारिएको बताए ।
पाँडेका अनुसार पहिलो रुट भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएर त्यही“ आएर सकिन्छ भने अर्को रुट लुम्बिनीबाट सुरु भई भारत हु“दै काठमाडौं आएर समाप्त हुने गरी तयार पारिएको छ । उनले पहिलो रुट अन्तर्गत लुम्बिनीबाट सुरु भई भारतका वैशाली, बोधगया, सारनाथ र कुशीनगर हु“दै पुनः  बुद्धको जन्मस्थल लुम्बिनी आएर टुंगिने बताए ।  यसैगरि, दोस्रो रुट लुम्बिनीबाट कुशीनगर, बोधगया, सारनाथ हु“दै वाराणासी जाने र त्यहा“बाट निजी Ôेत्रको वायुसेवा कम्पनी बुद्ध एयरलाइन्सको जहाबाट काठमाडौं फर्कने गरी बनाइएको छ । दुइओटै रुट बौद्ध धर्मावलम्बीमात्र नभई संसारभरका पर्यटकका लागि नौलो र आकर्Èक हुने उनको दावी छ ।
उनले यी दुईओटा नयाँ सर्किट सञ्चालनमा आएपछि बुद्धको जन्मस्थल लुम्बिनीमा उल्लेख्य संख्यामा पर्यटक ल्याउन सकिने अपेक्षा गरिएको बताए । बुद्धिस्ट सर्किटका अनुसार यो सर्किट नेपाल र भारत सहित विश्वभरका ५५ करोडभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि निकै महत्वपूर्ण मार्ग हो ।  यसले बुद्धको जन्मस्थल लुम्बिनी लगायत बुद्धत्व प्राप्त गरेको स्थल बोधगया, पहिलो प्रवचन दिएको  सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई समेटेको छ । यसैबीच भारतका बोधगया र सारनाथमा १० देखि १२ असोजसम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन पा“डेको नेतृत्वमा नेपाली प्रतिनिधी टोली गत बिहीबार त्यसतर्फ गएको थियो ।
भारतको पर्यटन मन्त्रालय तथा उत्तर प्रदेश र बिहार राज्य सरकारले सयुंक्त रुपमा सो सम्मेलन आयोजना गरेको बताईएको छ । पाँडेको नेतृत्व टोलीले नेपाली तथा भारतीय बौद्ध सम्पदाको सयुंक्त बजारीकरण तथा नया“ व्यापार रणनीति बनाउन भारतीय उच्चपदस्थ सरकारी अधिकारी एवं टुर अपरेटरहरुस“ग छलफल गरेको थियो । नेपालभित्र बुद्धको जीवन सम्बन्धी रामग्राम, कुधान, नियग्लिहवा, गोटिहवा, कपिलवस्तु लगायत महत्वपूर्ण स्थानको बजारीकरणबारे ब्यापक छलफल भएको र सो छलफल निकै उपलब्धीमुलक एवं फलदायी रहेको  बुद्धिस्ट सर्किट डटकमले जनाएको छ ।  सोही सम्मेलनमा नेपाली टोलीले कम्तीमा दुई रातको लुम्बिनी भ्रमण प्याकेज बजारीकरणबारे पनि भारत तथा अन्तर्राष्ट्रिय बौद्ध टुर ओपरेटरबीच छलफल समेत गरेको थियो ।  भारत हु“दै लुम्बिनी भित्रिने पर्यटक नेपालभित्र केही घन्टामा बसेर फर्कने गरेको र भारतीयले लुम्विनीलाई डस्टपिन मात्र बनाएको भन्ने तथ्य बाहिर आएपछि पाँडेले लुम्विनीको थप प्रवद्र्धनकालागि यस्तो प्याकेज बनाएका हुन ।  उनले सो सम्मेलनमा पनि लुम्बिनीमा फोहोर मात्र फ्यालेर तुरुन्तै फर्कने भारतीयलाई लक्षित गरि यस्तो नयाँ भ्रमण सर्किट बनाउनुपर्ने एवं हाल भारतीय टुर अपरेटरले प्रचार गर्दै आएको एक दिने तीर्थयात्राको सट्टा कम्तीमा ४ दिने भ्रमण प्याकेजका लागि नेपाली टोलीले जोड दिएको समेत जानकारी दिए ।

Monday, September 1, 2014

कृषिलाई पर्यटनसँग जोड्न व्यवसायीलाई मन्त्री आचार्यको आग्रह, टीजेएफ–नेपालद्धारा १ लाख ११ हजार १११को पर्यटन पत्रकारिता कल्याणकारी कोष स्थापना



काठमाडौ, ५ साउन –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आचार्यले कृषिलाई पर्यटनसँग जोडेर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । सोमबार नेपाल पर्यटन पत्रकार मञ्च (टिजेएफ–नेपाल) को पदाधिकारी सार्वजनिकीकरण कार्यक्रममा  उनले सगरमाथा, पोखरा, लम्बिनी, अन्नपूर्ण र चितवन मात्र नभएर अब दुर्गम ग्रामिण क्षेत्रका स्थानीयवासीको आर्थिक र सामाजिक स्तर विकास गर्न कृषि पर्यटनमा जोड दिएका  हुन ।
शिव अधिकारीको अध्यक्षतामा गठित टीजेएफ–नेपालको प्रथम उपाध्यक्षमा विकास लोहनी, द्धितीय उपाध्यक्षमा मधुजं पाण्डे, महासचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा प्रकाश खालिङ र सचिवमा संगम बानिया रहेका छन् । त्यस्तै सदस्यहरुमा गोविन्द चिमोरिया, नवीन अर्याल, कल्पना महर्जन, तिर्सना गिरी, मुकुन्द ढुंगाना, मानछिरिङ तामाङ, भुमराज तिवारी, नारायण पौडेल, शंकर पण्डित, विष्णु पोखरेल, आभा शर्मा, सिपी अधिकारी, नवीन काफ्ले, भागवत भट्टराई, अनिल नेपाली, सोभित थपलिया र सिवी अधिकारी रहेका छन ।
पर्यटनको विविधताका लागि कृषि पर्यटनमा सञ्चारकर्मीको भूमिका निकै सह्रानीय भएको बताउँदै उनले व्यवसायीलाई एक ढिक्का भएर अघि बढ्न सुझाव समेत दिए । । उनले पर्यटन पत्रकाहरुको सञ्जाल टीजेएफ–नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्ने र पर्यटन पत्रकारहरुको बृत्तिविकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
निवर्तमान पर्यटन मन्त्री रामकुमार श्रेष्ठले कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै नयाँ नयाँ पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष एवं संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक रमेश धमलाले अहिले पर्यटन क्षेत्रमा देखिएका चुनौतिलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बेला आएको भन्दैै निजी क्षेत्रको पहुँचलाई स्वदेश र विदेशमा प्रवद्र्धन गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको बताए । टानका पूर्व महासचिव मोहन लम्सालले कृषि पर्यटनको लागि नेपाल नमुना बन्न सक्ने उल्लेख गर्दै कृषि पर्यटनलाई प्याकेजको रुपमा अघि बढाउनुपर्ने बताए ।
टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)का अध्यक्ष हरेराम बरालले पर्यटनको विविधताका लागि कृषिलाई पनि अन्य पर्यटकीय गतिविधीसँग जोड्नुपर्ने धारणा राखे । कृषि पर्यटनका लागि पञ्चवर्षीय, दश वर्षीय र पन्ध्र वर्षीय योजना बनाएर अघि बढ्न सकेमात्रै कृषि पर्यटनले सार्थकता पाउने उनको भनाइ थियो । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पर्यटन विकासमा पर्यटन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै टीजेएफ नेपाल मार्फत यसलाई थप सशक्त बनाउन टेवा पुग्ने बताए । यसैबीच,टीजेएफ नेपालले पर्यटन पत्रकारहरुको आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाको पर्यटन पत्रकारिता कल्याणकारी कोष स्थापना गरेको छ । यसैगरि, वर्षभरी उल्लेखनीय काम गरेको आधारमा एक जना उत्कृष्ठ पर्यटन पत्रकारलाई २५ हजार नगद रुपैयाँ सहित टुरिजम जर्नालिष्ट म्यान अफ दि इयर अवार्डबाट सम्मान गर्ने र हरेक वर्ष दुई जना पत्रकारलाई टिजेएफ नेपाल पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै जाने टीजेएफ नेपालका अध्यक्ष शिव अधिकारीले घोषणा गरेका थिए ।  सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौला, नाथमका निर्देशक चुडामणि शर्मा कट्टेल, बरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे, राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपालका संयोजक दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् ( नाट्टा) का अध्यक्ष डिबी लिम्बु, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामशरण कार्की, गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ)का अध्यक्ष शिवप्रसाद लामिछाने, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, पर्यटन सेवा संघका अध्यक्ष दलबहादुर अधिकारी, गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुल बहादुर गुरुङ, नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंम्खडा, नेपाल प्राइभेट पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष साधुराम महर्जन, पर्यटक प्रहरी प्रभागका प्रहरी निरिक्षक बसुन्धरा भुसाल लगायतको सहभागिता रहेको थियो । 

निगमले भैरहवाकालागि उडान थप्यो , अब सातामा ६ दिन


काठमाडौ,११ साउन– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी बुधबारबाट भैरहवाकालागि थप उडान संख्या विस्तार गर्ने भएको छ । निगमले आगामी बुधबारदेखि काठमाडौं–भैरहवा–काठमाडौं सातामा ६ दिन उडान भर्ने जनाएको छ । 
चीनबाट ल्याएको ५६ सिट Ôमताको ‘एम–६०’ विमानबाट निगमले भैरहवामा थप उडान भर्न लागेको हो । यसअघि निगमले भैरहवामा साताको दुई दिन बुधबार र शनिबार मात्र नियमित उडान भर्दै आएको थियो ।
भैरहवामा साताको एक दिन आइतबार बाहेक अन्य सबै दिन नियमित उडान भर्ने निगमले नयाँ कार्यतालिका बनाएको जनाएको छ । सो जानकारी दिन निगमद्धारा आइतबार जारी विज्ञप्तिमा भैरहवाका लागि हवाई यात्रुले नया“ जहाजमा प्रतिव्यक्ति विमानस्थल कर सहित ३ हजार १ सय ४५ रुपैया“ तिर्नुपर्ने उल्लेख छ  । यो निगमको प्रवद्र्धनात्मक भाडा दर भएको निगमले जनाएको छ । यसैगरि, केही समयपछि निगमले यस भाडादरमा केही परिमार्जन गर्ने जनाएको छ । निगमको जहाज काठमाडौंबाट विहान ११ बजे भैरहवाका लागि र अपरान्ह सवा १२ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ ।