Monday, September 29, 2014

वैदेशिक रोजगार व्यवसायीका दसैं

मधुजंग पाण्डे÷राजधानी
वार्षिक लाखौं नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका वैदेशिक रोजगार व्यवसायीहरु मध्ये केहीले आफ्ना स– परिवार जन्मथलो र केहीले राजधानीमा नै बसेर यसपालीको दसैं मनाउने निधो गरेका छन ।
अधिकाँश व्यवसायीले स्वदेशमै आफ्ना घर परिवार, स्ष्टमित्र एवं साथीभाईसँग बसेर रमाईलोसँग दसैं मनाउने बताएका छन भने केहीले आफ्ना परिवार सहित विदेशमा पुगेर दसैं मनाउने बताएका छन । उनीहरुले आगामी बिहीबार घटस्थापनाको दिनबाट सुरु हुने हिन्दु धर्मालम्वीहरुको महान चार्ड दसैं आउनुभन्दा एक साता अघिबाटै विभिन्न बहानामा पैसा माग्न आउनेहरुको अत्यधिक चापका कारण अहिले अधिकाँश व्यवसायी मारमा परेको बताएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले यसपालीको दसैं काठमाडौको कोटेश्वरस्थित आफ्नै घरमा बसेर मनाउने तयारी भएको बताए । अहिले दसैंको अवसरमा जापान, कोरिया, मलेसिया लगायतका मुलुकबाट विभिन्न कार्यक्रमका लागि धेरै निम्तो आएपनि यसपालीको दसैं स्वदेशमा नै रमाईलोसँग मनाउने निधो भईसकेको उनको भनाई छ ।
गत वर्ष युरोपमा, त्यसभन्दा अघिल्लो वर्ष भारतका विभिन्न शहरमा पुगेर दसैं मनाएको स्मरण गर्दै अध्यक्ष वाग्लेले  भने, ‘ यसअघिका २÷३ वर्ष विदेशमा दसैं मनाउँदा दिक्क भएको थिएं ।  यसपाली आफ्नै घरमा बुबा, आमा, दाजुभाई, दिदिबहिनी छोराछोरी सबै आफ्न्त एकै ठाउँमा बसेर दसैं मनाउँदा निक्कै रमाइलो होला जस्तो छ ’।  अहिले ९५ वर्षका बृद्ध बुबा सहित आफ्नो घर परिवारका ६५ जना सदस्य एकैठाउँमा जम्मा भएर यसपालीको दसैं मनाउने तयारी भईरहेको जानकारी गराउँदै वाग्लेले भने, ‘ विदेसमा एक्लै मनाईएको भन्दा आफ्नै घरमा सबै परिवार बसेर मनाईने दसैं निकै रमाईलो र आनन्दपूर्ण हुने छ ’।
दसैं एउटा चार्डपर्व मात्र नभएर आफ्ना नातागोता घर परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा पार्ने माध्याम पनि भएको बताउँदै उनले आफ्नो घरमा मनाईने दसैं अन्य छिमेकीहरुको भन्दा केही फरक किसिमको हुने समेत जानकारी गराए । अहिले आफ्नो परिवारमा दाजुभाई दिदिबहिनी सहित ९ ओटा घर रहेकाले आफुसहित सबै ६५ जनाको परिवारले नौ रथाभरी एक÷एक गरि पालैसँग ९ दिनसम्म सबै परिवार एकैठाउँमा खाना खाएर  मनाउने भएकाले यो अरुको घरमा भन्दा केही फरक भएको उनको भनाई छ । अहिले बुबा आफुसँगै बस्नुभएकाले दसैंको अन्तिमदिन विजया दसमीको दिन आफु बसेको घरमा सबैजना जम्मा भएर टिका लगाएर समापन गरिने तयारी भएको बताए ।   ९५ वर्षका बुबाको छोरा र छोरीका तर्फबाट आफु, नाती नातिना सहित साना–ठुला गरि ६५ जनाको परिवार छ भन्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्न नसकेका कारण यसपालीको दसैं निकै महँगिएको बताए । उनले यसपालीको दसैंमा घर फर्किनेहरुकालागि यातायातका साधनको उचित व्यवस्थापन नभएको र महँगी नियन्त्रणमा  पनि सरकारी प्रयास नै नभएकाले आफुले राज्यको ध्यान सोही कार्यमा केन्द्रिन हुनुपर्नेमा जोड दिएको बताए।  यसैगरि दसैंका बेला हुन सक्ने सम्भावित आपराधिक घटना नियन्त्रणकालागि सुरक्षा व्यवस्था बलियो पार्ने तर्फ पनि सरकारको ध्यान जानु आवस्यक भएको बताउँदै वाग्लेले भने, ‘ नवदुर्गा भगवानीले सभाषद लगायत आम नेपालीलाई छिट्टै संविधान बनाउने सद्बुद्धि देउन’। 
संघका अध्यक्ष एवं पाथिभरा ओभरर्सिजका प्रवन्ध निर्देशक वाग्लेले यसपालीको दसैंमा विभिन्न बहानामा पैसा एवं चन्दा माग्न आउने कसैलाई पनि चन्दा नदिन सबै व्यवसायीलाई संघको तर्फबाट आग्रह गरेको बताए ।    
उनले दर्ता समेत नभएका नामै नसुनेका केबल दसैं र नयाँ वर्षमा मात्र छापिने सयौंको संख्याका आउने पत्रपत्रिको चापले अहिले आफु लगायत सबै व्यवसायीले अनावस्यक हैरानी खेप्नुपरेको बताए । उनले दसैंमा मात्र निस्कने पत्रपत्रिकामा छापिने विज्ञापन पनि चन्दा आतंकको नयाँ रुप भएको दावी गरे । उनले अहिले यस्ता चन्दा आतंकको गतिविधीप्रति पनि सचेत रहन संघले सबै व्यवसायीलाई ध्यानाकर्षण गराएको बताए ।
संघका निवर्तमान अध्यक्ष एवं स्काई इन्टरनेस्नल ओभरर्सिजका प्रवन्ध निर्देशक बलबहादुर तामाङले पनि यसपालीको दसैं काठमाडौमा नै मनाउने बताए । उनले ताप्लेजुङ जन्मथलो भएपनि अहिले काठमाडौको महाराजगन्जस्थित घरमा स परिवार एकैठाउँमा जम्मा भएर यसपालीको दसैं मनाउने तयारी भएको जानकारी दिए ।
ऋहिले बुबा आमा दाजुभाई सबै काठमाडौमा नै भएकाले यसपालीको दसैं यही मनाईने छ भन्दै उनले दसैं मनाउने क्रममा राजधानी वरीपरिका जिल्लाहरु काभ्रे र नुवाकोटका पर्यटकीय गन्तब्यस्थलमा पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तयारी पनि आफुले गरिसकेको  बताए । तामाङले पनि दसैंको बेला विभिन्न बहानामा हुने चन्दा आतंक एवं वर्षभर नदेखिने पत्रपत्रिकाको चापले पनि दसैंमा व्यवसायीलाई आफ्नो अफिस खोलेर बस्न नसकिने अवस्था भएको बताए । उनले अहिले दसैंका बेला पैसा माग्नकालागि कहिल्यै नदेखिएका विभिन्न पत्रपत्रिका, स्थानीय क्लब, विभिन्न दलका भातृ संगठन र गुन्डाहरुले समेत अनावस्यक दुःख दिने गरेको जानकारी दिए । उनले यस्तो चन्दा आतंकले अहिलेदेखि नै व्यवसायीले आफ्नो अफिस नै बन्द गरेर भाग्नुपरेको गुनासो गरे । 
संघका पूर्व सचिव  सुवर्ण श्रेष्ठले यसपालीको दसैं ललितपुरको लुभुस्थित घर परिवार लगायत आन्तरिक पर्यटन प्रवद्र्धनकालागि डोल्पा पुगेर रमाईलोसँग मनाउने बिचार गरेको बताएकी छिन । आफ्नो घरमा टिका लगाएपनि मात्र डोल्पा जाने तयारी भएको बताउँदै उनले भनिन्, ‘ डोल्पाका एकजना साथीले बोलाएर त्यहाँ जाँदै छु’। यसअघिका दसैंमा धेरै पटक विदेशमा पुगेको स्मरण गर्दै उनले आफु म्यानपावर व्यवसायी भएकाले स्वदेशमै बसेर यहाँका ठाउँकाबारेमा पनि जानकारी लिनुपर्छ भन्ने मान्यताकासाथ यसपाली डोल्पा जान लागेको बताइन।
प्रगतिशिल  वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबहाक महसचिव एवं अरुराह्युमेन रिर्सोसेज प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र भण्डारीले पनि आफ्नो जन्मथलो धादिङ भएपनि यसपालीको दसैं काठमाडौमा नै मनाउने निधो गरेको बताए । उनले यसपाली ठुलो बुबा बितेकाले टिका लगाउने कार्यक्रम नभएकाले काठमाडौमा र टिका पछिका केही दिन भारतसम्म पुगेर मनाउने जानकारी दिए । 
काठमाडौको बुद्धनगरस्थित फुलमुल ओभरर्सिज सर्भिसेज प्रालिका अध्यक्ष चन्द्र पि राइले यसपालीको दसैं राजधानीमै बसेर आफ्ना परिवार, नातागोता एवं साथीभाईसँग बसेर रमाईलोसँग मनाउने बताए । उनले सबै घर परिवारका सदस्य जम्मा भएर दसैंमा मिठो मिठो परिकार खाएर एक आपसमा गेट टुगेदर गरि रमाईलोसँग मनाउने निधो भईसकेको बताए ।
खोटाङ जन्मथलो भएका वैदेशिक रोजगार व्यवसायी राईले यसपालीको दसैं काठमाडौको आफ्नै घरमा बसेर सबै नातागोता, आफन्तसँग एक आपसमा टिका लगाई आर्शिरवाद् थापेर मनाउने बिचारमा आफु रहेको बताए । गत वर्षको दसैं थाइल्याण्डमा मनाएको स्मरण गर्दै उनले अहिले सबै घरका सदस्य काठमाडौमा नै जम्मा भएर एकदमै रमाईलोसँग मनाउने तयारी भईरहेको जानकारी दिए । अहिले यहाँ आफ्नो ६ जनाको परिवार रहेको जानकारी दिँदै अध्यक्ष राईले भने, ‘ विगतका भन्दा यसपालीको दसैं निक्कै रमाइलो होलाजस्तो छ ’ । अहिले मेरा दुई जना दाई बेलायतमा छन । उहाँहरु प्नि आउँदै हुनुहुन्छ एकजना दिदि पनि अहिलेकै दसैंकालागि हङकङबाट आउँदै हुनुहुन्छ । त्यसैले यसपालीको दसैं धेरै रमाईलो हुने छ ’ राईले भने ।  
यसैगरि अक्सफोर्ड इन्टरनेस्नल प्रालिका अध्यक्ष ईश्वर जिसीले पनि यसपालीको दसैं काठमाडौमा नै आफ्ना सबै घरपरिवार जम्मा भएर बनाउने तयारी भएको बताए । उनले जन्मथलो प्युठान भएपनि अहिलेसम्मको कामको चापले गर्दा गाउँ जान नपाएकोका निकै दुःख लागेको बताए ।उनले फुलपातिका दिनबाट मात्र आफु दसैंकालागि व्यस्त हुने बताए ।  

No comments:

Post a Comment