Monday, September 29, 2014

हान र थाइ होटल एशोसियसनबीच सम्झौता

Add caption
काठमाडौ, १० असोज –होटल संघ नेपाल (हान) र थाइ होटल एशोसियसन (टीएचए)बीच आपसी सम्बन्ध बिस्तार तथा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष अमरमान शाक्य र थाइ होटल एशोसियसनका उपाध्यक्ष सुपवान तानोम्कीयाटीपुमेले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । समझदारी अनुसार दुवै मुलुकका होटल संघहरुले आफ्ना सदस्य होटलहरुलाई एक अर्काको देशमा रहेका होटलहरुबीच सम्बन्ध बिस्तारका लागि माध्यम (पुल)को काम गर्नेछन् । यस्तै, पर्यटन क्षेत्रमा एक अर्काको अनुभव साटासाट गर्ने, बिभिन्न कार्यक्रमहरुमा दुवै संघहरुले एक अर्कालाई आमन्त्रण गर्नेछन् । दुवै संघहरुले दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि प्रशिक्षणका क्षेत्रमा पनि सहकार्य गर्नेछन् ।  काठमाडौंस्थित थाइ राजदुतावासको सक्रियतामा भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठ, नेपालका लागि थाइ राजदूत कान्थोङ उनाकुललगायत दुवै देशका होटल संघका पदाधिकारी तथा होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
होटल संघ नेपालले बैंककमा नेपाल थाइ ज्वाइन्ट टुरिजम प्रमोशन इनिसियटिभ्स कार्यक्रम अन्तर्गत रात्रीभोजको आयोजना गरेको थियो । नेपालबाट गएका करिब ५ दर्जन व्यवसायी र थाइल्यान्डका प्रतिष्ठित ७० ट्राभल एजेन्टबीच प्रत्यक्ष भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । बीटूबी कार्यक्रमका रुपमा अघि बढेको सो कार्यक्रममा काठमाडौंस्थित थाइ राजदूत कान्थोङ उनाकुल, बैंककस्थित नेपाली दूतावासका चार्ज डे अफेयर्स, गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्र ढकाल लगायतका प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा सहभागिहरुका लागि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका बिभिन्न होटलको १० वटा निशुल्क कुपन बितरण गरिएको थियो ।   
नेपाली प्रतिनिधिमन्डलले थाइ पर्यटन प्राधिकरण (टीएटी)का पदाधिकारीहरुसँग पनि शिष्टाचार भेटघाट तथा छलफल गरेको छ । वार्षिक १५ सय करोड भाट बजेट रहेको तथा संसारका २७ देशमा थाइ पर्यटन प्रवद्र्धन गरिरहेको टीएटीका अधिकारीहरुसँग थाइ नागरिकलाई बुद्ध जन्मस्थल भ्रमणका लागि  गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागि हुन नेपाली पक्षले आग्रह गरेको छ । टीएटी अधिकारीहरुले नेपाली प्रतिनिधिमन्डलको प्रस्तावमा सकारात्मक हुँदै आफ्नो देशमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । थाइल्यान्ड भ्रमणका क्रममा होटल संघ नेपालका पदाधिकारी तथा सदस्यहरुले टुरिजम काउन्सिल अफ थाइल्यान्डका अधिकारीहरुसँग पनि भेटघाट सम्पन्न गरेको छ । थाइ सरकार, स्थानीय निकाय, निजी क्षेत्र र स्थानीयहरुको समेत स्वामित्वमा सञ्चालित टुरिजम काउन्सिल अफ थाइल्यान्डमा बिभिन्न १३ बिधाका पर्यटनसँग सम्बन्धित संस्थाहरु सदस्य रहेका छन् ।
नेपाली व्यवसायीहरुले थाइल्यान्डको सबैभन्दा पुरानो ५ तारे होटल दुषित थानी तथा थाइल्यान्डको पर्यटन प्रतिष्ठित पर्यटन कलेल माइडोल यूनिभर्सिटी भ्रमण गरेका छन् । होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठले थाइल्यान्ड भ्रमण अत्यन्तै सफल भएको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रभावकारी नहुँदा व्यवसायीले आफ्नै खर्चमा थाइल्यान्ड भ्रमण गरेर जुनखाले पर्यटन प्रवद्र्धनका लागि काम ग¥यो यो निकैनै प्रभावकारी भएको दावी गरे । यसले बिशेषतः लुम्बिनी र बुद्धका विषयमा थाइहरुलाई यथार्थ जानकारी गराउन सफल भएको छ । संघले आफ्नै खर्चमा बुद्ध र लुम्बिनीका विषयमा बिशेष सामाग्री तयार गरि थाइल्यान्डमा बितरण गरेको थियो । व्यवसायीको भ्रमणले होटल व्यवसायलाई मात्र नभै मुलुकको समग्र पर्यटन क्षेत्रलाई र राष्ट्रिय अर्थतन्त्रलाई नै टेवा पु¥याउने हानका महासचिब बिनायक शाहले विश्वास व्यक्त गरे ।  हानका अनुसार एसियामा सिंगापुरपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने देस थाइल्यान्डमा राजनीतिक प्रतिकुलताका बाबजुत सन् २०१४ मा २ करोड ५७ लाख पर्यटकले भ्रमण गर्ने पूर्वानुमान छ । थाइ पर्यटनले कुल ग्राहस्र्थ उत्पादनमा २२.७ प्रतिशत योगदान पु¥याएको छ भने यस क्षेत्रमा ५७ लाख ३ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।  
हानको साधारणसभा सम्पन्न
काठमाडौ÷रास–होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा थाइल्यान्डको बैंककस्थित होटल नोभोटेलमा सम्पन्न भएको छ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष बैंककमा आयोजना गरिएको हो । साधारणभामा ५ दर्जनभन्दा बढी होटल व्यवसायी सहभागि थिए। साधारणसभाले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न होटल संघ नेपालले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने निर्णय गरेको छ । साधारणसभामा अध्यक्ष बीके श्रेष्ठले पर्यटन व्यवसायमा भिन्न स्वार्थहरु रहे पनि ति सबैलाई मिलाएर नेतृत्व गर्ने जिम्मेवारी होटल संघ नेपालमा आएका कारण संघले नेतृत्व लिने जानकारी गराए । संघका महासचिब बिनायक शाहले नयाँ गन्तव्यको खोजी र लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखे । हानका कोषाध्यक्ष घनेन्द्र श्रेष्ठले हानका आम्दानी स्रोत तथा खर्चका क्षेत्रहरुका विषयमा प्रकाश पारेका थिए । पोखरा, चितवन, रुपन्देहीलगायतका क्षेत्रीय होटल संघका पदाधिकारी तथा सदस्यहरुले संघको बिधान संशोधन, सचिवालय बिस्तार तथा सुदृढिकरण, अन्तर्राष्ट्रिय प्रवद्र्धन लगायतका विषयमा धारणा राखेका थिए ।

No comments:

Post a Comment