Monday, September 29, 2014

कोरियन भाÈा परीÔा सुरु , पहिलो दिन २९ हजार ८ सय ९१ सहभागी

मधुजंग पाण्डे÷ काठमाडौ
रोजगार अनुमति प्रर्णाली (ईपीएस)मार्फत दÔिण कोरिया जान लिइने भाÈा परीÔा सुरु भएको पहिलोदिन शुक्रबार २९ हजार ८ सय ९१ जनाले परिक्षा दिएका छन । सो परीÔा शनिबार ( आज) पनि सञ्चालन हुने छ । यसवर्ष दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेका मध्ये शुक्रबार २९ हजार ८ सय ९१ जनाले भÈाा परीÔा दिएका थिए ।
शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको र बा“की आवेदकले शनिवार परिक्षा दिने बताईएको छ । भाÈा परीÔाका लागि दÔिण कोरियाको मानव संसाधन विकास (एचआरडी)का उपाध्यÔ चुन बोक लिको नेतृत्वमा ६२ सदस्यीय टोली गत बुधबार नै नेपाल आइसकेको थियो । उनीहरुले भाÈा परीÔाको अनुगमन र परीÔण गरिरहेका छन् । टोलीले परीÔा सञ्चालनको स्थलगत अवलोकन प्रतिवदेन बनाउनुका साथै उत्तरपुस्तिका पनि कोरिया नै लैजाने ईपीएस कोरिया शाखाले जनाएको छ ।
इपिएस शाखाका अनुसार एचआरडी कोरियाको टोलीलाई नेपालमा रहेका एक सय ५० जना कोरियन नागरिकले समेत यस परीÔामा प्रत्यÔ सहयोग पुया¥एका छन् । यसैगरि, नेपाली पÔले पनि आफ्नो तर्फबाट आवश्यक कर्मचारीको ब्यवस्था गरेको छ । सो परीÔामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जना सहित करिब १ हजार ८ सय जना कर्मचारी परिचालित भएका थिए ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम वा“स्तोलाले शुक्रबारबाट सुरु भएको भाÈा परीÔा  एकदमै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित भएको जानकारी दिए ।  शुक्रबार २ सिफ्टमा परीÔा भएको बताउँदै उनले यसवर्ष दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेका मध्ये शुक्रबार २९ हजार ८ सय ९१ जनाले भÈाा परीÔा दिएको जानकारी गराए । शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको जानकारी गराउँदै उनले बा“की आवेदकले शनिवार परिक्षा दिने बताए ।
शुक्रबार पहिलो सिफ्ट विहान १० बजे भएपनि अभिमुखीकरण तालिमसँगै भएकाले परिक्षार्थीहरु विहान साढे ८ बजे परीÔा केन्द्रमा पुगेका थिए । यसवर्ष राजधानीमा मात्र इपिएस कोरिया शाखाले २२ ओटा कलेजमा परीÔा केन्द्र बनाएको जनाएको छ ।  जसमा काठमाडौमा १५ र ललितपुरमा ७ ओटा परिक्षा केन्द्र रहेका छन् ।
सो शाखाका अनुसार यस भाÈा परीÔाको नतिजा आगामी २९ असोज सार्वजनिक हुने छ  भने उत्तरपुस्तिका जा“च गर्ने जिम्मा कोरिया आफैले लिएको छ । यसैगरि कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीÔण हुने छ । यस परिक्षाकोलागि नेपाल आएका दÔिण कोरियाको परीÔा व्यवस्थापन अनुगमन टिमले परीÔाका बरेमा सबै अध्ययन एवं अडिट गरेर कोरियामा प्रतिवदेन पठाउने पनि सो शाखाका प्रमुख वास्तोलाले जानकारी दिए ।   यस परिक्षा अनुगमनकालागि कोरियाबाट आएका एचआरडीका उपाध्यÔ लिले शुक्रबार श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला शिवाकोटीस“ग पनि भेटेर नेपाली कामदारका बारेमा जानकारी लिएका थिए । उनले सो भेटमा श्रम मन्त्रालयले नेपाली लाई उच्च कोरियामा रोजगारी दिने कार्यमा प्राथमिकता दिन समेत आग्रह गरेको बताए ।  उनले कोरियाले यस वर्È सुरुमै  कोटा नतोक्ने भनेको र परिÔाफल आउने समयसम्म यहाँको परिस्थिती हेरेर मात्र कामदार उत्तीर्ण गर्ने भनेको बताए । उनले धेरैपटक आफुहरुले नेपाली कामदारलाई विशेष प्राथमिकता राख्न  आग्रह  गरेको  र आगामी भेटमा पनि त्यस्तै आग्रह गर्ने बताए । उनले यसवर्षको भाÈा परीÔामा बढी भन्दा बढी उत्तीर्ण गरि सवै कामदारलाई जान सक्ने वातावरण मिलाउन कोरियास“ग आग्रह गर्ने समेत जानकारी दिए ।
ईपीएस मार्फत नेपाली कामदार पठाउनकालागि कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुसार २ वर्Èभित्र दÔिण कोरिया पुगिसक्नुपर्ने व्यवस्था भएको उनले जानकारी दिए  । उनले यसपालीको परिक्षामा सहभागी भई उत्तीर्र्णहुने जति सबैलाई जान सक्ने व्यवस्था मिलाउन पनि आफुहरुले निकै आग्रह गरेको बताए । सो शाखाका अनुसार अहिलेसम्म दÔिण कोरियामा २६ हजार कामदार गइसकेका छन् । कोरिया अन्य देसमा भन्दा निकै न्युन लागतमा उच्च पारिश्रमिक पाईने भएकाले नेपाली कामदारकालागि  निकै आकर्Èक श्रम गन्तव्य मुलुक भएको छ ।
यसैगरि कोरियाले साउन महिना फर्म भरेका १ सय ३० युवाको फर्म रद्ध गरेको छ  । उमेर कम तथ बढी भएका र कोरियामा अवैध बसिसकेकाहरुको फर्म रद्ध गरेको सो शाखाले जानकारी दिएको छ । यस परीÔा व्यवस्थापन सम्बन्धी संसदीय सुशासन समितिले समेत राम्रोसँग अनुगमन गर्ने भन्ने पत्र पठाइएको थियो ।

No comments:

Post a Comment