Monday, September 1, 2014

निगमले भैरहवाकालागि उडान थप्यो , अब सातामा ६ दिन


काठमाडौ,११ साउन– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी बुधबारबाट भैरहवाकालागि थप उडान संख्या विस्तार गर्ने भएको छ । निगमले आगामी बुधबारदेखि काठमाडौं–भैरहवा–काठमाडौं सातामा ६ दिन उडान भर्ने जनाएको छ । 
चीनबाट ल्याएको ५६ सिट Ôमताको ‘एम–६०’ विमानबाट निगमले भैरहवामा थप उडान भर्न लागेको हो । यसअघि निगमले भैरहवामा साताको दुई दिन बुधबार र शनिबार मात्र नियमित उडान भर्दै आएको थियो ।
भैरहवामा साताको एक दिन आइतबार बाहेक अन्य सबै दिन नियमित उडान भर्ने निगमले नयाँ कार्यतालिका बनाएको जनाएको छ । सो जानकारी दिन निगमद्धारा आइतबार जारी विज्ञप्तिमा भैरहवाका लागि हवाई यात्रुले नया“ जहाजमा प्रतिव्यक्ति विमानस्थल कर सहित ३ हजार १ सय ४५ रुपैया“ तिर्नुपर्ने उल्लेख छ  । यो निगमको प्रवद्र्धनात्मक भाडा दर भएको निगमले जनाएको छ । यसैगरि, केही समयपछि निगमले यस भाडादरमा केही परिमार्जन गर्ने जनाएको छ । निगमको जहाज काठमाडौंबाट विहान ११ बजे भैरहवाका लागि र अपरान्ह सवा १२ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ ।

No comments:

Post a Comment