Monday, September 29, 2014

बुद्धिस्ट सर्किटको दुई नयाँ रुट तयार, बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभर प्रवद्र्धन गरिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १२ असोज
विश्व पर्यटन दिवसको अवसरमा बुद्धिस्ट सर्किट डटकमले नेपाल र भारत समेटेर ‘बुद्धिस्ट सर्किट’ का दुईओटा रुट तयार पारेको छ । बुद्धिस्ट सर्किट डटकमका संस्थापक एवं कार्यकारी प्रमुख विक्रम पा“डेले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभर प्रवद्र्धन गर्न दुई नयाँ रुट तयार पारिएको बताए ।
पाँडेका अनुसार पहिलो रुट भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएर त्यही“ आएर सकिन्छ भने अर्को रुट लुम्बिनीबाट सुरु भई भारत हु“दै काठमाडौं आएर समाप्त हुने गरी तयार पारिएको छ । उनले पहिलो रुट अन्तर्गत लुम्बिनीबाट सुरु भई भारतका वैशाली, बोधगया, सारनाथ र कुशीनगर हु“दै पुनः  बुद्धको जन्मस्थल लुम्बिनी आएर टुंगिने बताए ।  यसैगरि, दोस्रो रुट लुम्बिनीबाट कुशीनगर, बोधगया, सारनाथ हु“दै वाराणासी जाने र त्यहा“बाट निजी Ôेत्रको वायुसेवा कम्पनी बुद्ध एयरलाइन्सको जहाबाट काठमाडौं फर्कने गरी बनाइएको छ । दुइओटै रुट बौद्ध धर्मावलम्बीमात्र नभई संसारभरका पर्यटकका लागि नौलो र आकर्Èक हुने उनको दावी छ ।
उनले यी दुईओटा नयाँ सर्किट सञ्चालनमा आएपछि बुद्धको जन्मस्थल लुम्बिनीमा उल्लेख्य संख्यामा पर्यटक ल्याउन सकिने अपेक्षा गरिएको बताए । बुद्धिस्ट सर्किटका अनुसार यो सर्किट नेपाल र भारत सहित विश्वभरका ५५ करोडभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि निकै महत्वपूर्ण मार्ग हो ।  यसले बुद्धको जन्मस्थल लुम्बिनी लगायत बुद्धत्व प्राप्त गरेको स्थल बोधगया, पहिलो प्रवचन दिएको  सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई समेटेको छ । यसैबीच भारतका बोधगया र सारनाथमा १० देखि १२ असोजसम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन पा“डेको नेतृत्वमा नेपाली प्रतिनिधी टोली गत बिहीबार त्यसतर्फ गएको थियो ।
भारतको पर्यटन मन्त्रालय तथा उत्तर प्रदेश र बिहार राज्य सरकारले सयुंक्त रुपमा सो सम्मेलन आयोजना गरेको बताईएको छ । पाँडेको नेतृत्व टोलीले नेपाली तथा भारतीय बौद्ध सम्पदाको सयुंक्त बजारीकरण तथा नया“ व्यापार रणनीति बनाउन भारतीय उच्चपदस्थ सरकारी अधिकारी एवं टुर अपरेटरहरुस“ग छलफल गरेको थियो । नेपालभित्र बुद्धको जीवन सम्बन्धी रामग्राम, कुधान, नियग्लिहवा, गोटिहवा, कपिलवस्तु लगायत महत्वपूर्ण स्थानको बजारीकरणबारे ब्यापक छलफल भएको र सो छलफल निकै उपलब्धीमुलक एवं फलदायी रहेको  बुद्धिस्ट सर्किट डटकमले जनाएको छ ।  सोही सम्मेलनमा नेपाली टोलीले कम्तीमा दुई रातको लुम्बिनी भ्रमण प्याकेज बजारीकरणबारे पनि भारत तथा अन्तर्राष्ट्रिय बौद्ध टुर ओपरेटरबीच छलफल समेत गरेको थियो ।  भारत हु“दै लुम्बिनी भित्रिने पर्यटक नेपालभित्र केही घन्टामा बसेर फर्कने गरेको र भारतीयले लुम्विनीलाई डस्टपिन मात्र बनाएको भन्ने तथ्य बाहिर आएपछि पाँडेले लुम्विनीको थप प्रवद्र्धनकालागि यस्तो प्याकेज बनाएका हुन ।  उनले सो सम्मेलनमा पनि लुम्बिनीमा फोहोर मात्र फ्यालेर तुरुन्तै फर्कने भारतीयलाई लक्षित गरि यस्तो नयाँ भ्रमण सर्किट बनाउनुपर्ने एवं हाल भारतीय टुर अपरेटरले प्रचार गर्दै आएको एक दिने तीर्थयात्राको सट्टा कम्तीमा ४ दिने भ्रमण प्याकेजका लागि नेपाली टोलीले जोड दिएको समेत जानकारी दिए ।

No comments:

Post a Comment