Monday, September 29, 2014

कोरियन भाÈा परीÔा सम्पन्न, फाराम भरेकामध्ये ३३ सय कम सहभागी, २९ असोजमा नतिजा

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, ११ असोज 
शुक्रबारदेखि सञ्चालित रोजगार अनुमति प्रर्णाली (ईपीएस)मार्फत दÔिण कोरिया जान लिइने भाÈा परीÔा सम्पन्न भएको छ । यसवर्ष शुक्रबार र शनिबार गरि दुई दिनको ४ सिफ्टमा कुल ६२ हजार २ सय २३ जनाले फाराम भरेपनि दुई दिनमा सबै परिक्षार्थी सहभागी नभएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
सो शाखाका अनुसार दुई दिनमा ५८ हजार ९ सय ११ जनाले मात्र परिक्षा दिएका छन । दुई दिनमा सम्पन्न भएको सो परिक्षामा ३३ सय १२ जना आवेदक अनुपस्थित भएका थिए ।  कोरियन भाषा परिक्षा सुरु भएको पहिलो दिन शुक्रबार २९ हजार ८ सय ९१ जनाले परिक्षा दिएका थिए । शुक्रबारको परिक्षामा ३१ हजार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना अनुपस्थित रहेको र शनिवार पनि अनुपस्थितको संख्या त्यस्तै रहेको बताईएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम वा“स्तोलाले दुबै दिनको भाÈा परीÔा  एकदमै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित भएको जानकारी दिए । उनले यस भाÈा परीÔाको नतिजा आगामी २९ असोज सार्वजनिक हुने बताए ।  सो शाखाका प्रमुख वाँस्तोलाका  अनुसार उत्तरपुस्तिका जा“च गर्ने जिम्मा कोरिया आफैले लिएको छ । यसैगरि कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीÔण हुने छ । यस परिक्षाकोलागि नेपाल आएका दÔिण कोरियाको परीÔा व्यवस्थापन अनुगमन टिमले परीÔाका बरेमा सबै अध्ययन एवं अडिट गरेर कोरियामा प्रतिवदेन पठाउने छ । 
भाÈा परीÔाका लागि दÔिण कोरियाको मानव संसाधन विकास (एचआरडी)का उपाध्यÔ चुन बोक लिको नेतृत्वमा ६२ सदस्यीय टोली गत बुधबार नै नेपाल आइसकेको थियो । उनीहरुले भाÈा परीÔाको अनुगमन र परीÔण गरिरहेका छन् । टोलीले परीÔा सञ्चालनको स्थलगत अवलोकन प्रतिवदेन बनाउनुका साथै उत्तरपुस्तिका पनि कोरिया नै लैजाने ईपीएस कोरिया शाखाले जनाएको छ ।
इपिएस शाखाका अनुसार एचआरडी कोरियाको टोलीलाई नेपालमा रहेका एक सय ५० जना कोरियन नागरिकले समेत यस परीÔामा प्रत्यÔ सहयोग पुया¥एका छन् । यसैगरि, नेपाली पÔले पनि आफ्नो तर्फबाट आवश्यक कर्मचारीको ब्यवस्था गरेको छ । सो परीÔामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जना सहित करिब १ हजार ८ सय जना कर्मचारी परिचालित भएका थिए । 
यसवर्ष राजधानीमा मात्र इपिएस कोरिया शाखाले २२ ओटा कलेजमा परीÔा केन्द्र बनाएको थियो ।  जसमा काठमाडौमा १५ र ललितपुरमा ७ ओटा परिक्षा केन्द्र रहेका थिए ।
शाखाका प्रमुख वाँस्तोलाले दक्षिण कोरियाले यस वर्È सुरुमै  कोटा नतोक्ने भनेको र परिÔाफल आउने समयसम्म यहाँको परिस्थिती हेरेर मात्र कामदार उत्तीर्ण गर्ने भनेको बताए । उनले धेरैपटक आफुहरुले नेपाली कामदारलाई विशेष प्राथमिकता राख्न  आग्रह  गरेको  र आगामी भेटमा पनि त्यस्तै आग्रह गर्ने बताए । उनले यसवर्षको भाÈा परीÔामा बढी भन्दा बढी उत्तीर्ण गरि सवै कामदारलाई जान सक्ने वातावरण मिलाउन कोरियास“ग आग्रह गर्ने समेत जानकारी दिए । 
ईपीएस मार्फत नेपाली कामदार पठाउनकालागि कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुसार २ वर्Èभित्र दÔिण कोरिया पुगिसक्नुपर्ने व्यवस्था भएको उनले जानकारी दिए  । उनले यसपालीको परिक्षामा सहभागी भई उत्तीर्र्णहुने जति सबैलाई जान सक्ने व्यवस्था मिलाउन पनि आफुहरुले निकै आग्रह गरेको बताए।  सो शाखाका अनुसार अहिलेसम्म दÔिण कोरियामा २६ हजार कामदार गइसकेका छन् । यसैगरि कोरियाले गत साउनमा फर्म भरेका १ सय ३० युवाको फर्म रद्ध गरेको छ  । उमेर कम तथ बढी भएका र कोरियामा अवैध बसिसकेकाहरुको फर्म रद्ध गरेको सो शाखाले जानकारी दिएको छ ।
५७ नक्कली परीÔार्थी समातिए    
काठमाडौ÷रास–शुक्रबार र शनिबार सम्पन्न दुई दिने कोरियन भाषा परीÔामा अर्काको नाममा परीÔा दिने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रवेश पत्र तथा फोटो परीÔणका आधारमा विभिन्न केन्द्रबाट नक्कली परीÔार्थीको पहिचान गरिएको ईपीएस कोरिया शाखाका प्रमुख वास्तोलाले जानकारी दिए ।

No comments:

Post a Comment