Tuesday, October 14, 2014

वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमै स्वरोजगारी दिन माग


काठमाडौ, २४ असोज –विभिन्न मुलुकमा कार्यरत गैर आवासीय नेपाली एवं सम्बन्धीत सरोकारवालाहरुले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै स्वरोजगारीको वातावरण बनाउन सरकारसँग माग गरेका छन ।  गैर आवासीय नेपाली दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘ खाडी मुलुकमा कार्यरत नेपाली घरेलु कामदारको अवस्था र चुनौती’ विषयक कार्यक्रममा उनीहरुले सरकारसँग यस्तो माग गरेका हुन । उनीहरुले घरेलु कामदारका रुपमा विभिन्न मुलुकहरु तर्फ जाने वास्तबीक महिलासँग सरकारको कुनै पहँच नभएकाले अहिले खाडी मुलुकमा घरेलु कामदारले दुःख पाउने समस्या थप चुलिएको बताएका छन्।
 कतारमा कार्यरत एनआरएन वैदेशिक रोजगार समन्वय समितिका संयोजक टिबी कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेसमै रोजगारीको वातावरण बनाउन सरकारसँग माग गरे । अब वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई उनीहरुले त्यहाँ सिकेको शिपको उपयोग गर्नकालागि पनि सरकारले स्वदेसमै स्वरोजगारीको वातावरण बनाउनुपर्ने धारणा राख्दै उनले घरेलु कामदार पठाउने कार्यमा सरकार निकै सचेत हुनुपर्ने बताए । उनले अन्य रोजगारदाता संस्थाहरुको जस्तो घरेलु कामदारका रुपमा खाडी मुलुक जाने महिला कामदारलाई आइलाग्ने समस्या समाधानकालागि त्यहाँको सरकारी नियम लागु नहुने भएकाले अब नेपाल सरकारले कामदार  पठाउने मुलुकसँग राम्रोसँग बुझेर मात्र श्रम सम्झौता गर्नुपर्ने बताए ।
यहाँबाट कुनै शिप हासिल नगरिकन पुगेका महिलाहरु चरम घरेलु हिँसा पिडित भएको बताउँदै उनले हाल खाडी मुलुकमा गएका घरेलु महिला कामदारले विदेसमा जन्माएका बालबच्चा उत्तै छाडेर आउन बाध्य भएको तितो यथार्थका बारेमा समेत जानकारी गराए ।
उनले खाडी मुलुकमा कार्यरत केही महिलाले आफ्नो कोखबाट जन्मिएको बच्चाको बुबाको नाम स्पष्ट्र बताउन नसकेका कारण एवं त्यहाँ जन्मिएका बच्चाको बाबुको ठेगान नभएका कारण ती बालबालिकाको राहदानी बनाउन अप्ठेरो भएकाले पनि पिडित महिलाहरुले आफुले जन्माएको बच्चा विदेशको जेलमै बुझाएर आउनुपर्ने बाध्यता अहिले निकै जटिल भएर गएको बताए ।
बहराइनमा कार्यरत अर्का एनआरएन स्याम तामाङले घरेलु कामदारको समस्या समाधानमा सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताए । हाल बहराइनमा कार्यरत घरेलु कामदारले भोग्नुपरेका अनेकौं समस्इाबारे जानकारी गराउँदै उनले १ हजार भन्दा बढी महिला कामदार भएको मुलुकमा तत्काल सुरक्षित सेल्टर बनाउन सरकारसँग जोडदार माग गरे ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले  खाडी मुलुकमा कार्यरत नेपाली घरेलु कामदारको अवस्था र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारी कमजोरीका कारण अहिले खाडी मुलुकमा घरेलु कामदारको समस्या थप चुलिएको बताए । उनले सरकारी कमजोरीका कारण अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मार्फत धेरै महिला घरेलु कामकालागि खाडी मुलुकतर्फ जानेक्रम बढ्को बताए । केही समयअघि सरकाले घरेलु महिला कामदार लाने कार्यलाई सरकारले प्रतिवन्ध लगाएपछि अहिले भारतिय बाटोहुँदै र विमानस्थलबाटै सेटिङ मार्फत महिला खाडी मुलुक जाने क्रम थप बढेको बताए । यसैगरि सरकारले ३१ वर्षे उमेर हदबन्दी लगाएपछि पनि घरेलु कामदार जाने संख्या घट्नुको सट्टा थप बृद्धि भएको दावी गरे ।
सो कार्यक्रममा पौरखी नेपालका अध्यक्ष मन्जु गुरुङ, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुख कार्यकारी निर्देशक रघुराज काफ्ले, एनआरएन अन्तर्राष्ट्रिय कमिटिका सचिव रन्जु थापा लगायतले खाडी मुलुकमा महिला कामदारले भोग्दै आएका विविध समस्या समाधानकालागि सरकारी लगायत सम्बन्धीत निकाएबाट भईरहेका विविध प्रयास एवं उपलब्धीहरुबारे जानकारी गराएका थिए । 

No comments:

Post a Comment