Saturday, October 18, 2014

खराब मौसमले हवाई उडान प्रभावित, ५ दर्जनबढी उडान रद्ध, बाहिरबाट आएका केही जहाज फर्काइए

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ असोज 
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।  मंगलबार बिहानैदेखि लगातार आकाशमा लागेको बाक्लो बादलसँगै आएको भारी वर्Èाका कारण मौसम खराब भई जहाज उड्नकालागि आवस्यक भिजिबिलिटी कम भएकाले काठमाडौको हवाई उडान प्रभावित भएको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।  विमानस्थल कार्यालयका अनुसार मंगलबार दिनभर आन्तरिक र अन्तर्राष्ट्रिय गरि करिब ५ दर्जन भन्दा बढी हवाई उडान रद्ध भएका थिए ।
खराव मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सञ्चालन हुनुपर्ने आन्तरिक तर्फका ६२ उडान रद्ध भएका थिए भने विभिन्न मुलुकबाट काठमाडौ आउँदै गरेका ७ ओटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज  अवतरण गर्न नसकी पुनः उतै फर्काईएको  थियो ।  छिमेकी मुलुक भारतको उडिसा राज्यको समुन्द्र तटीय क्षेत्र र आन्द्र प्रदेश हुँदै बंगालको खाडीबाट उत्पन्न भएको समुद्री आ“धी ‘हुडहुड’ को बेग गत आइतबार सा“झबाट नेपाल प्रवेश गरेपछि यहाँको मौसम बिग्रिएको हो । सोही कारण सोमबारबाट काठमाडौं र पूर्वी भेग तथा मंगलबार मुलुकभर भिजिबिलिटी कम भई भारी वर्Èा भएको थियो । बिहानैदेखि लगातार नेपाली आकाशमा लागेको बाक्लो बादलसँगै आएको भारी वर्Èाका कारण मौसम खराब भई जहाज उड्नकालागि आवस्यक भिजिबिलिटी कम हु“दा दिनभर अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको थियो । रात परेपछि मात्र अन्तर्राष्ट्रिय उडान सुचारु भएका थिए । खराव मौसमका कारण दिनभर विमान अवतरण र उडानमा निकै समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक उत्सव खरेलले  दिनभर विग्रिएको खराव मौसमका कारण  काठमाडौबाट सिमरा, पोखरा, भरतपुर र भैरहवाको उडान प्रभावित भएको बताए ।
उनले बिहानैदेखि बिग्रिएको खराम मौसमका कारण मंगलबार काठमाडौबाट सञ्चालन हुने सबै माउन्टेन उडान पनि रद्ध भएको जानकारी दिए । सो विमानस्थलका अनुसार  करिब ५ दर्जनभन्दा बढी आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रियतर्फ पनि करिब आधा दर्जन भन्दाबढी उडान अन्यन्त्र डाइभर्ट भएका थिए । 
विमानस्थल कार्यालय अन्तर्राष्ट्रिय टिडिओ शाखाका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा एयर अरेबिया, इन्डिगो एयरलाइन्स, एयर एसिया–एक्स, एयर इन्डिया, इत्तेहाद एयरवेज र चाइना इस्र्टन एयरलाइन्सका १÷१ उडान अन्यन्त्र डाइभर्ट भएको बताए ।  उनले बुद्ध एयरका बनारस तर्फको १ र आन्तरिक तर्फको १८ गरी १९ ओटा उडान रद्ध भएको जानकारी दिए।    यसैगरि, खराव मौसमका कारण यती एयरलाइन्सको १९, सिम्रिक एयरलाइन्सको १५ र तारा एयरलाइनको ९ ओटा आन्तरिक उडान रद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ । मौसम बिग्रिएकै कारण काठमाडौंबाट उड्नुपर्ने र यहा“ अवतरण गर्नुपर्ने सबै उडान ठप्प भएका थिए ।  अन्तराष्ट्रिय उडानका जहाज काठमाडौबाट उड्न सकेका थिएनन् भने बाहिरबाट काठमाडौं तर्फ आएका जहाज पनि केही डाइर्भट गरिएको थियो ।  खराब मौसमका कारण मलेसियाको क्लालमपुरबाट काठमाडौं आएको एयर एसिया–एक्स जहाज यहा“ अवतरण गर्न नसकेपछि पुनः डाइर्भट गरेर कलकत्ता विमानस्थल पु¥याईएको थियो ।

No comments:

Post a Comment