Tuesday, October 14, 2014

दिलखोलेर लगानी गर्न एनआरएनलाई प्रधानमन्त्री कोइरालाको आग्रह

काठमाडौ, २५ असोज –प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न मुलुकमा कार्यरत गैर आवासीय नेपालीहरुलाई दिलखोलेर आफ्नो जन्मभूमि नेपालमै लगानी गर्न आग्रह गरेका छन । शनिबार राजधानीमा मनाईएको गैर आवासीय नेपाली दिवस कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो आग्रह गरेका हुन । अहिले नेपालमा विकासको सुरुवात भएको भन्दै उनले लगानी गर्न सबै गैर आवासीय नेपालीलाई यस्तो आग्रह गरेको बताए ।  अहिले नेपालको विकासमा लगानी गर्ने समय आएको छ, नेपाल भर्जिन ल्याण्ड हो, नेपालमा लगानी गर्ने धेरै ठाउ“ छन् भन्दै प्रधानमन्त्री कोइरालाले नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई अब कुनै समस्या नहुने बताए ।
यसअघि स्थायी शान्ति नभएकाले विकास निर्माणका काम अवरुद्ध भएको जानकारी गराउँदै उनले आगामी दिनमा नेपालीलाई धोका हुनु हु“दैन भनेर आफूहरुले तिब्र मेहनेतकासाथ काम गरिरहेको दावी गरे ।  हालसम्म एनआरएनले सुरु गरेको सामूहिक लगानीको प्रयास असफल नभएको भन्दै उनले एनआरएनलाई थप सुविधा उपलब्ध गराउन सरकार तयार रहेको बताए । हाल सूचना तथा संचारको Ôेत्रमा नेपालले गरेको उपलब्धी संसारमै नमूना भएको भन्दै उनले सबै Ôेत्रमा यसैगरी उपलब्धी हासिल गर्दै जान सकेमा नेपालको मुहार फेरिने बताए ।
यसपाली भारतस“ग विद्युत खरीद सम्झौता (पिटिए) भएको जानकारी गराउँदै कोइरालाले नेपालमा लगानीको वातावरण छ भनेर एनआरएनले विश्वसामू सन्देश पुर्याउनुपर्नेमा समेत जोड दिए । विभिन्न मुलुकमा काम गरेर पनि नेपालमा लगानी गर्न खोज्ने एनआरएनलाई सरकारले वैज्ञानिक र व्यवहारिक हिसाबबाट सेवा दि“ने भन्दै उनले केही कमी कमजोरी भए आफूले त्यसलाई सुधार गर्न सम्बन्धीत निकाएलाई निर्देशन दिने बताए ।
पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले संसारभरबाट प्राप्त ज्ञान र सीप नेपालमा प्रयोग गर्न एनआरएनलाई आग्रह गरे । नेपाललाई सम्बृद्ध आर्थिक विकासको बाटोमा अघि बढाउन ठुलो वैदेशिक लगानी आवश्यक पर्ने भन्दै उनले त्यसमा सहयोग गर्न एनआरएनलाई आग्रह गरे ।
नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न यहा“ ठुलो लगानी आवश्यक पर्ने बताउँदै  भट्टराईले भने, ‘अहिलेको अवस्थामा वार्Èिक ४÷५ सय अर्ब रुपैया“ लगानी नेपाल भित्रिनु पर्छ, त्यसमा एनआरएनले पहल गर्नुप¥यो ’।  आङ्खनो कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्रयाउन लगाडी बोर्डको गठन, भारत लगायतका देशस“ग बिप्पा सम्झौता लगायतका काम भएको भन्दै उनले अब बाह्य लगानी आकर्Èित गरी मातृभूमिको विकासमा लाग्नुपर्ने उचित समय आएको बताए । अहिले हामीले स्वदेशी पु“जीको विकास गरी बाह्य लगानी वृद्धिको कुरा गरिरहेका छौं  भन्दै उनले विदेशी लगानी  भित्राउने कार्यमा सहकार्य गर्न एनआरएनलाई आग्रह गरे । उनले अहिले मुलुक विकासको बाटो भनेको पु“जीवाद नै भएकाले गैर आवासीय नेपालीहरुलाई सम्बृद्ध नेपाल निर्माणमा लाग्न आग्रह गरे ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गैर आवासीय र यहाँ रहेकाहरु दुबैले के कतिसम्म मुलुकविकासमा योगदान गर्ने र दिने भन्ने सहमी र सहकार्य हुनुपर्नेमा जोड दिए । अहिलेसम्म नेपालको १ सय ३८ राष्ट्रस“ग कुटनीतिक सम्बन्ध स्थापित भएपनि हालसम्म जम्मा ३२ देशमा मात्रै राजदूतावास स्थापना भएका छन भन्दै उनले बा“की देशमा एनआरएनले नै अवैतनिक दूतका रुपमा काम गर्नुपर्ने बेला भएको बताए ।
एनआरएनका अध्यÔ शेÈ घलेले आफूहरु अहिले यसअघि गरेका बाचा पुरा गर्ने अवस्थामा पुगेको बताए । अहिले आफुहरु यसअघि गरेका बाचा पुरा गर्ने अवस्थामा पुगेका छौं भन्दै उनले एनआरएनले अझै धेरै काम गरेर देखाउनुपर्ने अवस्था आएको बताए । उनले एनआरएनले आङ्खनो लगानीमात्रै नभित्राई प्रत्यÔ विदेशी लगानी भित्राउन पनि सक्दो सहयोग गर्ने बताए । हाल आफुहरु नेपाल आउनकालागि भिसा लगाउने  कार्यमा पनि निकै समस्या भएको जानकारी दिँदै उनले एनआरएनका समस्या तत्काल सम्वोधन  गर्न सरकारलाई आग्रह गरे । अहिले आफुहरुलाई नेपाल आउन मात्रै होइन नेपालमा अचल सम्पत्ति खरीद गर्न समेत निकै समस्या  भएको जानकारी गराउँदै उनले यस विषयमा पनि सरकारको ध्यान जानुपर्ने बताए । सो कार्यक्रममा एनआरएनका संस्थापक एवं प्रमुख संरक्षक रामप्रताप थापाले पनि अहिलेसम्म एनआरएनले नेपालमा वैदेशिक लगानी भित्राउने कार्यमा गर्दै आएको विविध भूमिकाहरुका बारेमा जानकारी गराएका थिए ।
 
प्रधानमन्त्रीले गरे शेराटन होटलको शिलन्यास
काठमाडौ, २५ असोज – प्रधानमन्त्री सुशील कोइरालाले शतप्रतिशत विदेशी लगानीमा निर्माण हुँदै गरेको पाँचतारे लक्जरी ‘शेराटन काठमाडौं होटल’को शिलन्यास गरेका छन् । शनिबार धार्मिक विधी अनुसार पुजा गरेर प्रधानमन्त्री कोइरालाले सो होटलको शिलन्यास गरेका हुन । अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङसको लगानीमा राजधानीको केशरमहलमा निर्माण हुन लागेको सो होटल करिव ८ अर्ब लगानीमा निर्माण हुन लागेको हो ।  शिलन्यास कार्यक्रममा एमआइटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  शेÈ घले र निर्देशक जमुना गुरुङको पनि सहभागिता रहेको थियो । सो होटलमा शत् प्रतिशत अष्ट्रेलियन लगानी रहने बताईएको छ । सो होटल शिलन्यास गर्दै प्रधानमन्त्री कोइरालाले पर्यटन Ôेत्रमा आएको यति ठूलो लगानी देश विकासकालागि निकै उपलब्धीमुलक भएको बताए । उनले यस्तो अवस्थामापनि एनआरएन घलेले आफ्नो देश विकासकालागि निकै साहसिक काम गरेको बताए । उनले यसले विदेशी लगानीकर्तालाई नेपालमा थप लगानीका लागि आकर्Èित गर्ने अपेक्षा गरिएको बताए । शेराटन होटलले ६० वर्Èदेखि अबरुद्ध विकासको बाटो खोल्ने काम गरेको  बताउँदै कोइरालाले भने, ‘यस होटल निर्माणबाट अन्तर्राष्ट्रिय जगत नेपाल जस्तो भर्जिन मुलुकमा लगानी गर्न आकर्Èित हुने छन्’।  उनले नेपालमा लगानीको वातावरण नै छैन भन्ने विदेशी लगानीकर्तालाई पूर्वाधार, पर्यटन र उर्जा Ôेत्रमा लगानी गर्न शेराटन होटलले निकै प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताए । सोही अवसरमा पा“चतारे शेराटन लग्जरी होटलमा लगानी गरेको एमआईटी ग्रुप होल्डिङसका प्रमुख कार्यकारी अधिकृत घलेले मातृभूमिप्रतिको कर्तव्य सम्झेर नेपालमा वैदेशिक लगानी भित्रयाएको बताए । उनले राजनीतिक अस्थिरताका बाबजुद आफूले लगानी गरेको बताए । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यÔ समेत रहेका घलेले सुविधासम्पन्न होटल सञ्चालनमा आएपछि नेपालमा स्तरीय पर्यटक भित्रिने अपेक्षा सहित आफुले यहाँको जोखिमको प्रवाह नगरि लगानी गरेको बताए ।  सो होटल शिलान्यास कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, मुख्य सचिव लीलामणि पौडेल, अष्ट्रेलियन राजदूत गेलेन ह्वाइट, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, एनआरएन पूर्वअध्यÔ जीवा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment