Tuesday, October 14, 2014

८ अर्ब लगानीमा सञ्चालन हुँँदै पा“चतारे शेराटन होटल, सिलन्यास आज ,१७ तले होटलमा २१८ कोठा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असोज
करिब चार वर्Èको तयारीपछि बल्ल पा“चतारे ‘शेराटन होटल’को निर्माण कार्य थालिने भएको छ । राजधानीको मुख्य पर्यटकीय बजार ठमेल नजिकै केशरमहलमा सञ्चालन हुन लागेको सो होटलमा सतप्रतिशत विदेशी लगानी रहने छ । गैर आवासीय नेपाली संघ ( एनआरएन) का अध्यक्ष शेÈ घले र जमुना गुरुङद्धारा प्रर्वद्धित अष्ट्रेलियाको मेलर्वनमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङस’को लगानीमा निर्माण हुन लागेको सो होटलको शिलन्यास शनिबार प्रधानमन्त्री सुशील कोइरालाले गर्ने बताईएको छ ।
नयाँ होटल सञ्चालनको तयारीबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन अध्यक्ष एवं एमआईटी ग्रुप होल्डिङसका प्रमुख कार्यकारी अधिकृत शेष घलेले करिव ८ अर्ब रुपैया“को लगानीमा निर्माण हुने यस होटलमा शत् प्रतिशत अष्ट्रेलियन लगानी रहने बताए । उनले यस होटलको प्रर्वद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको र व्यवस्थापन तथा सञ्चालनको जिम्मा सिंगापुरको स्टारउड ग्रपले गर्ने जानकारी दिए । एनआरएन अध्यक्ष घले एमआइटी ग्रुपका प्रवद्र्र्धक हुन्।
होटल काठमाडौंको मुख्य पर्यटकीय बजार ठमेल नजिकै केशरमहलमा करिव १४ रोपनी Ôेत्रफलमा निर्माण हुने छ । कम्पनीका अुनसार १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ ओटा तलामा गेष्ट रुम रहने छन् । अहिले यस होटलको डिजाइन र नक्सा पास भइसकेको र सिंगापुरमा डकुमेन्टेसन गर्ने काम समेत भइरहेकाले आगामी २÷३ महिनाभित्रमा निर्माण कार्य सुरु हुने जानकारी गराउँदै घलेले भने, ‘सन् २०१७ को अन्त्यसम्ममा होटलको निर्माण कार्य सम्पन्न गरी सन् २०१८ फेब्रुअरीबाट होटल पुर्ण रुपमा संचालनमा ल्याउने लक्ष्य लिएका छौं’।
यस होटलको मूख्य लक्ष्य उच्च गुणस्तरीय पर्यटक नेपाल भित्राउनु नै रहेको बताउँदै  उनले यो होटल व्यवस्थापनमा विश्वभर प्रख्याती कमाएको स्टारउड होटल एण्ड रिसोर्ट वल्डवाइड इंकले गुणस्तरीय पर्यटक भित्राउन अन्तर्राष्ट्रिय सञ्जाल मार्फत संसारभर मार्केटिङ गर्ने जानकारी दिए । अहिले शेराटन छिमेकी मुलुक भारत र चीनमा विस्तार हु“दै गइरहेको जानकारी दि“दै उनले नेपालमा गुणस्तरिय पर्यटक भित्राएर अर्थतन्त्रमा सहयोग पुराउने उदेश्य सहित शेराटन होटल निर्माण गर्न लागेको बताए । कम्तिमा ६० प्रतिशत अकुपेन्सी भएमा होटलले सञ्चालनमा आएको १५ वर्Èभित्रमा सबै लगानी उठाउने अपेÔा राखेको उनले बताए । अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकाशमा समेत महत्वपूर्ण उपलब्धी भएको बताउँदै उनले  मुलुकको सेवा Ôेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यÔ वैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको विकासमा दूरगामी प्रभाव पार्ने दावी गरे । यसले नेपालमा प्रत्यÔ वैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने दाबी गर्दै उनले शेराटनजस्तै अन्तराष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्ने वातावरण बन्नु आवस्यक भएको बताए ।  सो ग्रुपका निर्देशक जमुना गुµङले करिव एक सय मुलुकमा रहेका सेराटन होटल र यसको सञ्जाल मार्फत नेपालको पर्यटन उद्योगको प्रर्वद्धन हुने र नेपालमा स्तरीय पर्यटकको आगमन वृद्धि हुने बताइन् । सो कम्पनीका अनुसार यस पा“चतारे लक्जरी होटल शेराटन काठमाडौंमा २ सय १८ ओटा गेष्टरुम तथा सुइट रुम रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टर सहितका सुविधा यस होटलमा उपलब्ध हुनेछन्। यसैगरि, यस होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने विशेषता रहेको छ । विवाह तथा सभा समारोहका लागि करिव एक हजार सिट Ôमताको सभाकÔ रहने छ । जुन सभाकÔ काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुने सो कम्पनीको दाबी छ । गैरआवासीय नेपाली दिवसको अवसरमा शनिबार सो होटलको शिलान्यास हुन लागेको बताईएको छ ।

No comments:

Post a Comment