Saturday, October 18, 2014

निजी क्षेत्रलाई प्रोत्साहन दिन सक्दो सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, २७ असोज –वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले निजी क्षेत्रलाई प्रोत्साहन दिन सरकारले सक्दो सहयोग गर्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ६२ औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रमा मन्त्री थापाले निजी क्षेत्रलाई प्रोत्साहन दिन सरकारले सक्दो सहयोग गर्ने बताएका हुन । 
उनले नयाँ उद्योग सञ्चालन र लगानी विस्तारमा आइपर्ने केही अप्ठेरा समस्या भए तत्काल सम्बन्धीत मन्त्रालयमा जानकारी गराउन सुझाव दिँदै व्यवसायीलाई अब सरकारले निजी क्षेत्रमैत्री वातावरणलाई विशेष प्राथमिक्तामा राखेको बताए । उनले मुलुकलाई आर्थिक क्षेत्रमा सम्पन्न बनाउने जिम्मा निजी क्षेत्रकै भएकाले व्यवसायीलाई सम्बृद्ध नेपाल बनाउने कार्यमा थप उत्साहकासाथ अघि बढ्न आग्रह गरे ।  सरकारले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिरहेको जानकारी गराउँदै उनले नयाँ विद्येयक बनाएर पेट्रोलियम पदार्थको कारोबार गर्ने जिम्मा निजी क्षेत्रलाई दिईने बताए । भर्खरै सरकारले लागू गरेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन कार्यमा पनि निजी क्षेत्रको सहयोग निकै राम्रो भएको भन्दै उनले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्ने विधेयक छिट्टै संसद्बाट पास हुने बताए ।
निजी क्षेत्रबीच प्रतिस्पर्धाको आधारमा सो व्यवस्था मिलाउने तयारीमा सरकार जुटेको बताउँदै उनले आगामी अधिवेशनमा पेट्रोलियम पदार्थको कारोबार गर्ने जिम्मा निजी क्षेत्रलाई दिने विद्येयक पारित हुने जानकारी गराए । उनले अहिले सरकारले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सम्बन्धी मस्यौदा तयार भईसकेकाले छिट्टै पारित हुने बताए । अहिलेसम्म मुलुकको व्यापार विस्तारमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले निजी क्षेत्रको प्रभावकारी भूमिका बिना मुलुकको आर्थिक विकास सम्भव नहुने बताए। व्यापार सहजीकरण गर्न वाणिज्य मन्त्रालय प्रतिबद्ध रहेको भन्दैै उनले वर्तमान अवस्थामा देशको व्यापार घाटा न्यूनीकरण गरी निकासी प्रवद्र्धनमा सरकारले विशेष जोड दिएको दाबी गरे । उनले निर्यात मुखी लगानी मैत्री वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताए ।
उद्योग मन्त्री  महेश बस्नेतले अब निजी क्षेत्रले आफ्नो काम गर्ने कार्यशैलीमा साथ दिए अहिलेसम्म ओझेलमा परेको उद्योग मन्त्रालय मार्फत मुलुकलाई निजी क्षेत्रमैत्री वातावरण बनाउन आफु प्रतिवद्ध रहेको बताए । उनले उद्योग मन्त्रालय हेपएिको र पहिचाहन विहिन मन्त्रालय जस्तो भएकाले अझै उद्योग मन्त्रालय निजी क्षेत्रको आकर्षणको केन्द्र नभएकाले अब आफुले निजी क्षेत्रको ध्यान उद्योग मन्त्रालयमा केन्द्रित गर्ने प्रयास  थाल्ने बताए । उनले व्यवसायीलाई चन्दा दिने काम बन्द गरेर माग्न आउनेलाई नै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेरित गर्न आग्रह गरे । सरकारले अब उद्योग मन्त्रालयका हरेक गतिविधीलाई पनि अनलाइन प्रणालीमा लैजाने जानकारी गराउँदै उनले उद्योग मन्त्रालय अन्र्तरगत आएका सबै फाइल डिजिटल प्रणालीमा राखेर अनलाइनमा लैजाने तयारी भईरहेको बताए ।
सरकारका मुख्य सचिव लिलामणी पौड्यालले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने भएकाले व्यवसायीलाई सकेसम्म उत्पादनमुलक उद्योगमा लगानी गर्न आग्रह गरे । सुरक्षित औद्योगिक वातावरणकालागि  आवस्यक श्रम ऐन छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै उनले लगानीमैत्री वातावरण बनाउन सरकारले सक्दो प्रयास गरेको दावी गरे । हाल वार्षिक ४÷५ खर्ब रुपैयाँ निजी क्षेत्रको लगानी आवस्यक भएकाले निजी क्षेत्रलाई दिलखोलेर लगानी गर्न आग्रह गरे ।    
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरसँग सहकार्य र सहयोग गर्ने सरकार, विभिन्न निकाय तथा विभिन्न संघ संस्थालाई धन्यवाद व्यक्त गर्दै मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा चेम्बरले सबैसँग सहकार्य गरेर अघि बढने बताए ।
हाल दैनिक बढ्दै गएको मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सरकारले विशेष कार्यक्रमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आर्थिक समृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नुपर्ने कार्यमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले यहाँका व्यवसायी अहिलेसम्म उर्जामा निर्भर हुँदा उत्पादनमुलक उद्योगको लागत मुल्य अत्यधिक बढ्न गएको बताए । मुलुकको पूर्वाधार विस्तार र लगानीमैत्री वातावरणकालागि सबै दलबीचको सामुहित प्रतिवद्धताको खाँचो रहेको बताउँदै उनले मैत्रीपूर्ण श्रम नितिको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरे । यसैगरि उनले पर्यटन विदेशी मुद्रा आर्जनको मुख्य क्षेत्र भएकाले पर्यटन व्यवसायमा सरकारले विभिन्न सहुलियत दिन समेत माग गरे । उनले आर्थिक ऐन अविलम्ब ल्याइनुपर्ने, लचिलो श्रमनीति, गैरकर न्यूनीकरण गरिनुपर्ने, आयात तथा निर्यातका लागत घटाउनुपर्ने, निर्यात व्यापार वृद्धि गर्र्न अन्तर्राष्ट्रिय बजारको खोजी गर्नुपर्ने, ऊर्जा संकटका लागि विशेष योजना ल्याइनुपर्ने, अर्थतन्त्रलाई ग्रामीण तथा दुर्गम स्थानसम्म पु¥याउनुपर्ने र ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा चेम्बरले विभिन्न क्षेत्रका उत्कृष्ट व्यवसायीहरुलाई चेम्बर अवार्ड प्रदान गरेको थियो। 

No comments:

Post a Comment