Saturday, October 18, 2014

पेट्रोलियम पदार्थ विक्री गर्ने जिम्मा निजी क्षेत्रलाईः मन्त्री थापा, चेम्वरको रक्तदान सम्पन्न

काठमाडौ, २६ असोज –वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले सरकारले पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिरहेको बताएका छन ।
नेपाल चेम्बर अफ कमर्सको ६२ औं चेम्वर दिवसका अवसरमा आइतबार कान्तिपथ स्थित चेम्वर भवनमा झण्डोत्तलन गर्दै मन्त्री थापाले अब पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने जिम्मा निजी क्षेत्रलाई दिईने बताएका हुन ।   भर्खरै सरकारले लागु गरेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन कार्यमा पनि निजी क्षेत्रको सहयोग निकै राम्रो भएको भन्दै उनले पेट्रोलियम पदार्थको कारोवार निजी क्षेत्रलाई खुला गर्ने विद्येयक छिट्टै संसदबाट पास हुने बताए । उनले निजी क्षेत्रबीच प्रतिस्पर्धाको आधारमा सो व्यवस्था मिलाउने तयारीमा सरकार जुटेको बताए ।
आगामी अधिवेशनमा पेट्रोलियम पदार्थको कारोबार गर्ने जिम्मा निजी क्षेत्रलाई दिने विद्येयक पारित बताउँदै उनले अहिले सरकारले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सम्बन्धी मस्यौदा तयार भईसकेकाले छिट्टै पारित हुने जानकारी गराए । सो कार्यक्रममा मन्त्रि थापाले मुलुकको व्यापार विस्तारमा चेम्वरले खेलेको भूमिकाको प्रशंशा गर्दै निजी क्षेत्रको प्रभावकारी भूमिका विना मुलुकको आर्थिक विकास सम्भव नहुने बताए ।  व्यापार सहजीकरण गर्न वाणिज्य मन्त्रालय प्रतिवद्ध रहेको भन्दैै उनले वर्तमान अवस्थामा देशको व्यापार घाटा न्युनिकरण गरि निकासी प्रवद्र्धनमा सरकारले विशेष जोड दिएको दावी गरे । उनले निर्यात मुखी लगानी मैत्री वातावरण बनाउन सरकार प्रयत्नशिल रहेको बताए। चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्वरसँग सहकार्य र सहयोग गर्ने सरकार, विभिन्न निकाय तथा विभिन्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा चेम्वरले सवैंसँग सहकार्य गरेर अघि बढने बताए । श्रेष्ठले दैनिक बढदै गएको मुलुकको व्यापार घाटा न्युनीकरण गर्न सरकारले विशेष कार्यक्रमा ल्याउनु पर्नेमा जोड दिए । उनले आर्थिक सम्वृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नु पर्नेमा जोड दिदैं आर्थिक ऐनहरु अविलम्व ल्याईनु पर्ने, लचिलो श्रमनीति, गैर कर न्युनीकरण गरिनु पर्ने, आयात तथा निर्यातका लागत घटाउनु पर्ने, निर्यात व्यापार वृद्धि गर्र्न अन्तर्राष्ट्रिय बजारको खोजी गर्नु पर्ने, उर्जा संकटका लागि विशेष योजना ल्याइनु पर्ने , अर्थतन्त्रलाई ग्रामीण तथा दुर्गम स्थान सम्म पुर्याउनु पर्ने र ग्रामीण क्षेत्रमा भोतिक पूर्वाधारको विकास गरिनु पर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा चेम्वरका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष प्रथम उपाध्यक्ष द्धितीय उपाध्यक्ष कोषाध्यक्ष, सचिवहरु, सहकोषाध्यक्ष, कार्यसमिति सदस्यहरु एवं अन्य उद्यमी व्यवसायीहरु सहभागी थिए।
सोही अवसरमा  चेम्वर अफ कमर्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चेम्बरका कार्यसमिति सदस्य तथा सामाजिक समितिका सभापति राजेन्द्र शेरचनको संयोजकत्वमा सो रक्तदान सम्पन्न भएको थियो । शेरचनले १२ देखि ३ बजेसम्म सञ्चालित  सो रक्तदान कार्यक्रममा ५१ ज्नाले रक्तदान गरेको जानकारी दिए । चेम्बरले निकै लामो समय (८ वर्ष) को अन्तरालमा सम्पन्न गरेको यस रक्तदान कार्यक्रममा अपेक्षा गरिएअनुसार व्यवसायीले रक्तदान नगरेको बताए । उनले यसपाली धेरै व्यवसायीले रक्तदान गर्न खोजेपनि उनीहरुको स्वास्थ्यअवस्था अनुकुल नभएका कारण रक्तदान दिन खोज्नेहरुले पनि रक्तदान गर्न नपाएकाले अपेक्षा गरिए अनुसार सहभागी नभएको जानकारी दिए । ६२औं चेम्वर दिवसको उद्घाटन कार्यक्रम सोमबार उप प्रधानमन्त्री एवं संघीय मामीला तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले गर्ने बताईएको छ । 

No comments:

Post a Comment