Saturday, November 5, 2011

मौसम थप विगि्रएकालॆ उद्धार कार्य प्रभावित, लुक्लामा अलपत्र पर्यटक जिरी तर्फको पैदलयात्रामा




मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १९ कात्तिक
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले शनिबार मौसम थप विगि्रएकाले विगत पाँच दिन देखि सोलुखुम्बुको लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्य प्रभावित भएको बताएका छन ।
उनीहरुले मौसममा सुधार आउने वित्तिकै ठुलो हेलिकप्टरबाट उद्धार थाल्न नेपाली सेनाको एमआइ-१७ हेलिकप्टर दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्डबाइ राखिएपनि मौसममा सुधार नआएकाले लक्ष्य अनुरुपको उद्धार गर्न नसकिएको बताए । हिमालयन उद्धार संघका पूर्व अध्यक्ष विक्रम न्यौपानेले लुक्ला क्षेत्रको मौसम शनिबार विगतका दिन भन्दा पनि थप विगि्रएकाले उद्धार कार्य प्रभावित भएको बताए । सेनाको एमआइ-१७ हेलिकप्टर दिनभर तयारी अवस्थामा राखिएको भएपनि मौसममा सुधार नआएकाले ठुलो हेलिकप्टर लुक्ला तर्फ जान नसकेको जानकारी गराउँदै उनले निजी वायुसेवा कम्पनीहरु फिस्टेलडाइनेस्टी माउन्टेन र सिमि्रक एयरका १० ओटा साना हेलिकप्टरले करिब एकसय जनालाई काठमाडौ ल्याएको बताए । अझै लुक्लामा २ हजार भन्दाबढी पर्यटक अलपत्र अवस्थामा रहेको बताउँदै न्यौपानेले भने ु आपतकालिन अवस्थामा विदेशी पर्यटकको उद्धार गर्न नसक्दा निकै दुःख लागेको छु । ५ दिनसम्म सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकलाई उद्धार गर्न नसक्दा मुलुकको शाख गिरेको बताउँदै उनले अब सरकारले सेना र प्रहरीलाई पनि थप हेलिकप्टरको संख्या बढाउने कार्यमा सहयोग पुर् याउन आग्रह गरे । आपतकालिन उद्धारमा जोखिम मोलेर जान सेनासँग प्रयाप्त हेलिकप्ट भइदिएको भए अहिले लुक्लामा अलपत्र पर्यटकले यस्तो दुःख पाउनु पर्ने थिएन भन्दै उनले अझै मौसम खुल्ने छाँट नदेखिएकाले सयौं पर्यटक दोलखाको जिरी तर्फबाट काठमाडौ आउन थालेको बताए । उनले लुक्ला क्षेत्रको मौसम विगि्ररहेकै अवस्थामा जोखिम मोलेरै भएपनि अहिले निजी हेलिकप्टरले सुर्केबाट प्रति व्यक्ति ४ सय देखि ६ सय अमेरिकी डलरमा अलपत्र पर्यटक ओसारीरहेको बताए ।
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का कोषाध्यक्ष अन्जनकुमार थापाले विगत पाँच दिन देखि सोलुखुम्बुको लुक्लामा अलपत्र पर्यटकको उद्धार कार्यमा व्यवसायी निरन्तर लागिरहेको बताए । उनले हवाई यात्राकालागि अनुकुल मौसम कुरेर ४ दिनसम्म बसेका व्यवसायीले आफ्ना ग्रुपलाई शनिबारदेखि धमाधम पैदल मार्गहुँदै काठमाडौ ल्याउँदै गरेको बताए । मौसम नखुलेकाले उद्धार कार्य थप प्रभावित भएको बताउँदै उनले अहिले लुक्लामा अलपत्र पर्यटकलाई बास र खानाको समेत अभाव भएको जानकारी गराए । उनलॆ साना हेलिकप्टरबाट उद्धार कार्य निरन्तर जारी रहेपनि ठुलो हेलिकप्टर एमआइ-१७ त्यसतर्फ लान नसकिएकाले पर्यटकले सास्ती खेप्नुपरेको बताए ।
बढ्दो चिसोसँगै गत मंगलबार देखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण सोलुखुम्बु क्षेत्रका सबै विमानस्थलमा ओहार-दोहोर गर्ने हवाइ उडान अवरुद्ध भएपछि लुक्लामा अलपत्र परेका पर्यटक काठमाडौ ल्याउन सेनाको एमआइ-१७ हेलिकप्टर लाने तयारी भएपनि मौसममा सुधार नआएकाले उद्धार कार्य ढिलो भएको उनको भनाई छ ।
पदयात्राको अनुकुल मौसम अक्टोबर नोवेक्बरमा सगरमाथा क्षेत्रमा धेरै पर्यटक अलपत्र परेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती पर्यटकलाई उद्धार गर्न निजी व्यवसायीक संस्थाहरु ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान हिमालयन उद्धार संघ नेपाल पर्वतारोहण संघ एनएमए र पर्यटन बोर्डको संयुक्त सहकार्यमा गठित पर्यटन संकट समाधान टोलीले हालसम्म निरन्तर उद्धार प्रयास जारी राखेपनि अझै करिब २ हजार भन्दा बढी पर्यटक लुक्लामा अलपत्र अवस्थामा छन । थापाले सोचेअनुरुप मौसममा सुधार आई ठुलो २४ सिटे एमआइ-१७ हेलिकप्टर परिचालन गर्न सकिएको भए अहिलेसम्म धेरै पर्यटक काठमाडौ आइसक्ने बताए । उनले हाल सानो हेलिकप्टरबाट विरामी अन्तर्राष्ट्रिय उडान छुट्ने पर्यटकलाई विशेष प्राथमिक्ताकासाथ उद्धार गरिरहेको बताए ।
गत वर्षपनि लुक्कलामा यहि मौसममा ३ हजार पर्यटक अलपत्र परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित मौसम पूर्वानुमान शाखाले अझै मौसम अनुकुल हुन केही दिन लाग्ने जनाएको छ । सो शाखाले अहिले लुक्ला क्षेत्रमा भिजिविलिटीको मात्र सुन्य जनाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं प्रवक्ता हरि प्रसाद बस्यालले मौसममा सुधार नआएकाले उद्धार कार्य ढिलो भएको बताए । नेपाली सेनाका प्रवक्ता रविन्द्र क्षेत्रीले लुक्लामा अलपत्र पर्यटकलाई उद्धार गर्न शनिबार दिनभर एउटा जहाज स्ट्ण्डवाई राखेपनि खराव मौसमका कारण सेनाको जहाज त्यसतर्फ जान नसकेको बताए ।


ठमेल क्षेत्रका मसाजमा छापा


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १८ कात्तिक
विगत एक महिना देखि अनुगमन जारी रहेको पर्यटकीय बजार ठमेल क्षेत्रमा शुक्रबार प्रहरीले पुनः छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरी केही मसाज साचालकहरुलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो भने अधिकाँसबाट ठुलो परिणामको कण्डम बरामद गरेको छ । शुक्रबार ठमेल देखि क्षेत्रपाटी चेकसम्मका करिब एक दर्जन बढी मसाज सेन्टरमा छापा मरिएको थियो ।
ठमेल क्षेत्रमा साचालित मसाजले खुलेआम यौन धन्दा गरिरहेको भन्ने जन गुनासो बढेपछि छापा मार्ने क्रममा प्रहरीले केही मसाज सेन्टरमा मदिराका बोत्तल चुरोट र कन्डमका फेला पारेको हो ।
ठमेल पर्यटन विकास परिषद पर्यटक प्रहरी ठमेल र महानगरीय प्रहरी प्रभाग लैनचौर सोह्रखुट्टेबाट अनुगमनमा गएको साचारकर्मी सहितको टोलीले छापा मार्ने क्रममा ठमेल क्षेत्रका केही मसाज साचालकहरुलाई आपक्तिजनक अवस्थामा फेला पारेको हो । अनुगमन टोली पुग्नासाथ मसाज साचालकहरु भ्ागेको प्रहरीले जनाएको छ । सो अनुगमन टोलीले ठमेलका बढी केयर आयुर्वेदिक मसाज मनकामना ट्रेकिङ मसाज सेन्टर लोटस मसाज सेन्टर पशुपति आयुर्वेदिक मसाज पिसमुन मसाज आयुर्वेदिक हिमालय मसाज हिमालयन हर्वल मसाज नेचुरल मसाज स्पा एसियन थाइ स्पा रोज मसाज ए वान हेल्थ स्पा सेन्टर हिमालयन आयुर्वेदिक मसाज र नेचुरल टि्रटमेन्ट मसाज सहित दर्जन भन्दाबढी मसाज सेन्टरमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा कतिपय साचालकहरु भ्ाागेका थिए भने अधिकाँशले दर्ता प्रमाणपत्र नविकरण नै नगरेको र केहीले कत्तैपनि दर्ता नगरेको भेटिएको छ । यसैगरि केहीले मसाज व्यवसाय साचालन सम्बन्धी भएको आचारसंहिता नै पालना नगरेको पाईएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।
प्रिषदका उपाध्यक्ष रामशरण थपलियाले अनुगमनको क्रममा ठमेल क्षेत्रका करिब ६० प्रतिशत व्यवसायीले मसाज व्यवसायलाई मर्यादित रुपमा साचालन गर्न जारी गरेको आचारसंहिता लागु नगरेको पाइएको बताए । उनले छापा मार्नेक्रममा धेरैले मसाज व्यवसाय साचालन गर्दा अपनाउनुपर्ने न्युनतम आधार समेत पुरा नगरेको र दर्ता नै नगरि चलाइरहेको भेटेको बताए । उनले अनुगमनको क्रममा आपक्तिजनक अवस्थामा फेला परेका साचालकलाई कडा कारबाही गरी उनीहरुको मसान आगामी एक साताभित्र बन्द गर्ने चेतावनी समेत दिए ।
यसता कार्यले राज्यलाई बुझाउनुपर्ने राजश्व समेत छलि भइरहेको र आयुर्वेद उपचार पद्धतीबाट पर्यटकलाई शरिरमा मालिस गरेर सेवा दिनुपर्नेमा अधिकाँश व्यवसायीले अर्कै धन्दा गरेको प्रष्ट हुने बताउँदै थपलियाले भने ु ठमेलका करिब ४० प्रतिशत व्यवसायीले मात्र मर्यादित आचार संहिता अनुरुप काम गरेको देखिन्छ ।ु बाँकी ६० प्रतिशतले मसाजका नाममा अनैतिक कार्य गरिरहेका छन ।ु परिषदले हाल व्यवसायीलाई चेतावनी स्वरुप सामान्य कारबाहीमा छाड्ने गरेको बताउँदै उनले भने ुअब मसाजका नाममा अनैतिक कार्य गर्ने व्यवसायीलाई छाडिने छैन।ु
पर्यटक प्रहरी ठमेलका प्रहरी नायब निरीक्षक खेमराज रावलले छापा मार्नेक्रममा ठमेलका कुनैपनि व्यवसायीले मसाज व्यवसाय साचालन गर्न आवस्यक न्युनतम आधार पुरा नगरेको पाइएको बताए । अनुगमनका क्रममा अधिकाँश मसाज गर्ने स्थल फोहोर भट्टि जस्तो र हाव नछिर्ने अँध्यारो भएकाले झट्ट हेर्दा मसाजका नाममा यौन धन्दा भइरहेको जस्तै दृश्य देखिएको बताए ।
नेपाल मसाज व्यवसायी संघका अध्यक्ष कर्ण बहादुर स्याङतानले अनुगमनको क्रममा धेरै मसाज साचालकहरुले अझै आचार संहितामा भएका न्युनतम आधार समेत पालना नगरेको भेटेको बताए ।

अलपत्र पर्यटक उद्धार गर्न सेनाले जहाज नदिएको व्यवसायीको दावी ,सेनाद्धारा अस्वीकार


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १८ कात्तिक
पर्यटन व्यवसायीहरुले खराब मौसमका कारण विगत चार दिन देखि सोलुखुम्बुको तेिाजङ हिलारी विमानस्थलमा अलपत्र परेका पर्यटक उद्धार गर्न सेनाको एमआइ-१७ हेलिकप्टर मागे पनि अहिलेसम्म सेनाले उपलब्ध नगराएको दावी गरेका छन । उनीहरुले जसका कारण लुक्लामा अलपत्र पर्यटकलाई बास र खानाको समेत अभाव भएको बताएका छन । ती व्यवसायीले साना हेलिकप्टरबाट उद्धार कार्य निरन्तर जारी रहेपनि ठुलो हेलिकप्टर एमआइ-१७ दिन सेनाले आनकानी गरेकाले उद्धार कार्य कठिन भएको र पर्यटकले सास्ती खेप्नुपरेको दावी गरेका छन ।
बढ्दो चिसोसँगै गत मंगलबार देखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण सोलुखुम्बु क्षेत्रका सबै विमानस्थलमा ओहार-दोहोर गर्ने हवाइ उडान अवरुद्ध भएपछि लुक्लामा अलपत्र परेका पर्यटक काठमाडौ ल्याउन सरकारसंग एमआइ-१७ हेलिकप्टर मागेपनि हालसम्म नदिएकाले उद्धार कार्य ढिलो भएको उनीहरुको भनाई छ । पदयात्राको अनुकुल मौसम अक्टोबर नोवेक्बरमा सगरमाथा क्षेत्रमा धेरै पर्यटक अलपत्र परेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरुलाई उद्धार गर्न निजी व्यवसायीक संस्थाहरु ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान हिमालयन उद्धार संघ नेपाल पर्वतारोहण संघ एनएमए र पर्यटन बोर्डद्धारा संयुक्त सहकार्यमा गठित पर्यटन संकट समाधान टोलीले हालसम्म निरन्तर उद्धार प्रयास जारी राखेपनि अझै करिब २ हजार भन्दा बढी पर्यटक लुक्लामा अलपत्र अवस्थामा छन । सरकारी सहयोग विना निजी व्यवसायीले गरिरहेको उद्धार प्रयास निकै अपुग भएको देखिन्छ । अहिले निजी कम्पनीद्धारा साचालित साना हेलिकप्टरले केही पर्यटकलाई काठमाडौ ल्याए पनि धेरैले लुक्ला क्षेत्रमा दुःख पाइरहेको हिमालयन उद्धार संघका पूर्व अध्यक्ष विक्रम न्यौपानेले जानकारी गराए । सेनाको हेलिकप्टर माग्दा अझै उपलब्ध नभएको र उद्धार कार्य जारी रहेको जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष न्यौपानेले सेनाको हेलिकप्टर परिचालन गर्ने सबै जिम्मेवारी टानले लिएको बताए । उनले ठुलो २४ सिटे एमआइ-१७ हेलिकप्टर परिचालन गर्दा लाग्ने सम्पूर्ण खर्च टानले दिन्छु भन्दापनि समयमा उपलब्ध नभएकोमा नीजि व्यवसायी दुःखी भएको दावी गरे ।
उनले हवाइ यात्रायात अभावले सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकलाई छिटै काठमाडौ ल्याउन आवस्यक सेनाको ठुलो एमआइ-१७ हेलिकप्टर उपलब्ध गराउन आफुहरुले माग गरेको पत्र अहिले पर्यटन मन्त्रालय हुदै रक्षा मन्त्रालयसम्म पुगिसक्दा पनि सेनाले हेलिकप्टर नदिएकाले उद्धार कार्य कठिन भएको बताए ।
न्यौपानेले सेनाको हेलिकप्टर परिचालन गर्ने सबै तयारी एवं प्रकि्रया पुरा भइसकेकाले सेनासँग कुरा मिल्यो र मौसम अनुकुल भएमा शनिबारदेखि ठुलो हेलिकप्टरबाट उद्धार थालिने बताए । हाल मुलुकमै जम्मा २ ओटामात्र एमआइ-१७ जहाज रहेको जानकारी गराउँदै उनले श्री एयरलाइन्सको एउटा हेलिकप्टर नियमित उडानमा पच्चिम क्षेत्रमै रहेको र सेनासँग पनि एउटा मात्र भएकाले तत्काल उद्धार कार्यमा यस्तो समस्या उत्पन्न भएको बताए ।
संघका अध्यक्ष सन्त सुब्बाले अहिले सानो हेलिकप्टरबाट विरामी अन्तर्राष्ट्रिय उडान छुट्ने पर्यटकलाई विशेष प्राथमिक्ताकासाथ उद्धार गरिरहेको बताए । गत वर्षपनि लुक्कलामा यहि मौसममा ३ हजार पर्यटक अलपत्र परेको जानकारी गराउँदै उनले हाल दैनिक सगरमाथा क्षेत्रको पदयात्राबाट फर्कने ५ सय जना र चारदिन देखि जहाज अभावले गरि लुक्लामा अझै २ हजार बढी पर्यटक अलपत्र अवस्थामा रहेको दावी गरे । अझै मौसम अनुकुल हुन केही दिन लाग्ने बताउँदै सुब्बाले भने ु अहिले लुक्ला क्षेत्रमा भिजिविलिटीको मात्र सुन्य छ ु । टानका कोषाध्यक्ष कुमार थापा र नाट्टोका प्रतिनीधी विक्रम पाण्डेले आपतकालिन उद्धारमा लाग्ने सबै खर्च टानले दिन्छु भन्दापनि सेनाले उपलब्ध गर्न ढिलो गरेको बताए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं प्रवक्ता हरि प्रसाद बस्यालले मन्त्रालयले व्यवसायीको माग बमोजिम सबै प्रकि्रया पुरा गरि सेनाको हेलिकप्टर उपलब्ध गराइदिने पत्र रक्षा मन्त्रालयमा पुर् याइसकेको बताए । उनले मौसम अनुकुल भएपछि सेनाको हेलिकप्टरले उद्धार थाल्ले दावी गरे ।
नेपाली सेनाका प्रवक्ता रविन्द्र क्षेत्रीले लुक्लामा अलपत्र पर्यटकलाई उद्धार गर्न शुक्रबार विहान एउटा जहाज त्यसतर्फ उडेपनि खराव मौसमका कारण पुनः काठमाडौ फर्किएको बताए । मौसम खरावीका कारण लुक्लामा पर्यटकले भोग्नुपरेको समस्याप्रति नेपाली सेना गम्भिर छ भन्दै उनले दिनभर सेनाको हेलिकप्टर स्ट्ण्डवाई राखेको दावी गरे । क्षेत्रीले भने ु मौसममा सुधार आउनासाथ सेनाको जहाज त्यसतर्फ जान्छ ु ।
पदयात्राकालागि वर्षकै सबैभन्दा अनुकुल मौसम मानिने अक्टोबर र नोवेम्बर महिनामा अहिले दैनिक नियमित एवं चाटर्ड गरि करिब ६० देखि ६५ ओटा हवाई उडान हुदै आएको सगरमाथा क्षेत्रको विमानस्थलमा विगत ४ दिन देखि हवाइ उडान प्रभावित भएकाले पर्यटकले सास्ती खेप्नु परेको हो । अहिले उनीहरुलाई लुक्लामा बास पाउन समेत मुस्कील भएको छ । जसका कारण हाल लुक्ला क्षेत्रको जनजीवन समेत प्रभावित भएको छ ।

Thursday, November 3, 2011

इजरायल जान २ लाख ३५ हजार मात्रै


काठमाडौँ , १७ कात्तिक–  एक व्यक्तिबाट आठ लाख रुपैयाँसम्म लिन थालेपछि रोकिएको इजरायलको रोजगारी व्यवस्थित गर्न सरकारले लागत तोक्ने भएको छ । यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीहरूबीच बुधबार भएको छलफलमा २ लाख ३५ हजार रुपैयाँ शुल्क तोक्ने सहमति भएको छ ।
श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले २ हजार ९ सय ७५ अमेरिकी डलर खर्च लिने विषयमा छलफल भएपनि सहमति हुन बाँकी रहेको बताउनुभयो । यसमा सबैको सहमति रहेको म्यानपावर व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले तोकिएको रकमभन्दा बढी पैसा लिनेलाई कारबाही गर्ने सहमति भएको बताउनुभयो ।
यसअघि नेपाली म्यानपावरहरूले जनही ८ लाख रुपैयाँसम्म लिएर इजरायल पठाउने गरेका थिए भने हिब्रु भाषाको जानकारीसमेत कामदार पर्याप्त नहुने समस्या थियो । सन् २००९ बाट रोकिएको इजरायलको रोजगारी सरकारले कुटनीतिक पहल गरि दुई महिना अघि मात्र खुलाएको थियो । इजरायल कामदार पठाउन २ सय ४५ म्यानपावर कम्पनी सूचीकृत भएका छन् ।

अक्टोबरमा पर्यटक ७३ हजार नाघे


काठमाडौं, कार्तिक १७ - अक्टोबर (असोज/कात्तिक) मा हवाई मार्ग भएर आउने पर्यटकको संख्या उच्च वृद्धि भएको छ । यसअघिका कुनै वर्षको अक्टोबरमा नआएको संख्यामा यसपालि विदेशी पाहुना आएका छन् । त्रिभुवन विमान स्थल, अध्ययामन कार्यालयका अनुसार यो महिना ७३ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिए ।
'नेपाली पर्यटनको इतिहासमै यो मौसमको उच्च संख्या हो,' नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले भने, 'यसले नेपाली पर्यटनको छवि बाह्य मुलुकमा सुधारिँदै गएको प्रस्ट पार्छ ।' यसपालिको आगमन सन् २०१० को यही अवधिको तुलनामा १६ दशमलव ८ प्रतिशत बढी हो ।
बंगलादेश, श्रीलंका, मलेसिया, चीन, ताइपेई, फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबाट आउने पाहुना घटे पनि यसले कुल आगमनमा प्रभाव पार्न सकेन । फ्रान्स, बंगलादेश र श्रीलंकाली घट्नुले पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पर्न सक्ने निजी व्यवसायीहरू बताउँछन् । 'यी क्षेत्रमा प्रभावकारी प्रवर्द्धन नहुनु आगमन घट्नुको कारण हो,' गण्डकी टुर्स एन्ड ट्राभलका रामकाजी कोनेले भने, 'अहिलेको वृद्धिले २०११ को लक्ष्य नजिक पुग्न सकिन्छ भन्ने आशा भने जागेको छ ।'
यो वर्षको पहिलो १० महिनामा ४ लाख ४३ हजार १ सय पुगेको छ । सन् २०१० को वर्षभरिको आगमनमा दस महिनाको आगमन ५ हजार संख्याले मात्र कम छ । 'डिसेम्बरसम्म पौने ६ लाख हवाई मार्गबाट मात्र आउलान्,' उनले भने, 'नाकाबाट समेत आउनेको संख्या जोड्दा पर्यटक संख्या ८ लाखको हाराहारीमा पुग्न सक्छ ।'
यो महिना पनि भारतीय र चिनियाँ पर्यटकको आगमन उल्लेख्य छ । भारतबाट अघिल्लो वर्षको तुलनामा २६ दशमलव २ प्रतिशत बढी पर्यटक आएका छन् । अध्यागमनका अनुसार भारतीय पाहुनाको संख्या ९ हजार ७ सय २७ छ । दस महिनामा आउने कुल भारतीयको संख्या भने १ लाख २१ हजार ९ सयभन्दा बढी छ । त्यस्तै १० महिनासम्मको कुल आगमनमा चिनियाँको संख्या ३४ हजार ८ सय नाघेको छ ।
अक्टोबरमा मात्र करिब ५ हजार ४ सय चिनियाँ आएको तथ्यांक छ । यो सन् २०१० को अक्टोबरभन्दा दोब्बर बढी हो ।
यी दुई मुलुक बाहेक बढी पर्यटक आउने मुलुकमा बेलायत, जर्मनी र अमेरिका छ । यहाँबाट क्रमशः ६ हजार २ सय, ६ हजार र ५ हजार ६ सयभन्दा बढी पर्यटक आए । त्यस्तै फ्रान्सबाट ५ हजार ४ सय ३४ र अस्ट्रेलियाबाट २ हजार ५ सय पर्यटक नेपाल आएको अध्यागमनले जनाएको छ ।
'पर्यटन बोर्डमा राजनीति हाबी’
काठमाडौं- पर्यटन वर्ष कार्यान्वनको जिम्मेवारी पाएका पदाधिकारीले नै राजनीति हाबी भएका कारण प्रवर्द्धनको कार्यक्रम प्रभावकारी नभएको आरोप लगाएका छन् । वर्ष सकिन दुई महिना अघि मात्रै पत्रकार सम्मेलन गरी जिम्मेवार अधिकारीको उक्त भनाइ आएको हो ।
सचिवालय राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले पर्यटन बोर्डभित्र राजनीति हाबी भएकाले २०११ को मुख्य काम 'अन्तर्राष्ट्रिय प्रवर्द्धन' हुन नसकेको बताएका हुन् । यसअघि सार्वजनिक खरिद नियमावली अनुसार काम नभएको भन्दै मन्त्रालयले भारत र चीनमा गरिने प्रवर्द्धन गर्न बोलपत्र आह्वान गर्न निर्देशन गरेको थियो ।
बारम्बार आउने अवरोधले बाह्य सञ्चार माध्यम र एजेन्सीमा नेपालको छवि बिग्रने सचिवालय, प्रचारप्रसार समितिका रन्जित आचार्यले बताए ।
सरकारले 'कन्ज्युमर मार्केट' मा प्रवर्द्धनका लागि चालू आर्थिक वर्षको बजेटमा १३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये ६ करोड भारत र ३ करोड चीनका लागि छुट्टयाइएको छ । यी बाहेक अन्य रकम विभिन्न सञ्चार माध्यमद्वारा अन्य बजारमा लगाउने तयारी थियो ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन वर्ष २०११ को कार्यक्रम रोक्न कुनै निर्देशन नदिएको जनाएको छ । 'पर्यटन बोर्डभित्र कुनै एक अधिकारी विरुद्ध उजुरी परेको थियो,' आयोगका प्रवक्ता ईश्वरी पौडेलले भने, 'त्यसैको फाइल मगाएर अनुसन्धान गर्न खोजिएको हो, प्रवर्द्धन कार्यक्रम रोक्न भनिएको छैन ।' उनका अनुसार गलत बुझाइका कारण समस्या उत्पन्न भएको हो । पर्यटन सचिव गणेशराज जोशीले पर्यटन वर्षको सबै कार्यक्रम रोक्न निर्देशन आएको बुझाइका साथ आयोगलाई २०११ का कार्यक्रम सम्बन्ध के गर्ने भनेर पत्र पठाएका थिए । प्रत्युउत्तरमा आयोगले कार्यक्रम रोक्न निर्देशन नदिइएको प्रस्ट पार्दै बुधबार पर्यटन मन्त्रालयमा पत्राचार गरेको छ ।

Tuesday, November 1, 2011

जापानी आरोहीको सगरमाथा मोह


मधुजंग पाण्डे÷राजधानी
काठमाडौं १५ कात्तिक
एक जापानी आरोहीलाई सगरमाथा मोहले तान्यो । बाल्यकाल देखि सुन्दै आएको विश्वको सर्वोच्च शिखर सगरमाथाको महिमा एवं प्राकृतिक सौन्दर्यतालाई थप नजिकबाट नियाल्दै नेपालप्रतिको आत्मीयता बढाउन उनले संसारभर विभिन्न समयमा प्रकाशित सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने अभियान थाले ।
सुविधासम्पन्न विकसित देशमा जन्मीएर पनि नेपालकेा भौगोलिक बनोट र प्राकृति सुन्दरताको मोहमा लठ्ठीएका टोकियो निवासी ४९ बर्षिय जापानी आरोही इसिहारा युचिरोले संसारको छानो सगमाथाको दृश्य अंकित हुलाक टिकट संकलन गर्ने क्रममा निकै सास्ती खेप्नु पर्यो । सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने क्रममा उनले पर्वतारोहणका बेला भेट भएका आरोही देखि सडक पेटिमा खेल्दैगरेका बालबालिकासँग लामो सम्बन्ध कायम गरेका थिए । सोही सम्बन्धकै आधारमा उनीहरुका आफन्तसँग भएका टिकट खरिद गरेर संकलन गरेका हुन ।
संसारका ५० मुलुक भन्दा बढीले विभिन्न समयमा प्रकाशन गरेका टिकट संकलन गर्ने क्रममा निकै सास्ती खेप्नु परेकेा अनुभव सुनाउदै इसिहाराले भने ुकेही ब्यक्तिले हाम्रो देशले प्रकाशन गरेको टिकट किन चाहियो जवाव दिन्थे भने कतिले त सगरमाथा बेचेर खाने भन्दै मलाई गाली समेत गरे ।ु त्यस्ता मुटु चस्कीने बचनरुपी वाणको प्रवाह नगरि आफूले सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने अभियानलाई निरन्तर अगाडि बढाएको उनले कथन छ ।
सुन्दा अचम्म लाग्न सक्छ तर उनले टिकट संकलन कार्यका लागि आफ्नो वितेको एक दशक विताएका छन् । सगरमाथा मोहमा फसेका इशिहारालाई अहिले सगरमाथाको दृश्य अंकित हुलाक टिकट संकलनको अभियानले मात्र सन्तुष्टि मिलेको छैन । शारिरीक रुपले अशक्त झै देखिने उनी अझै नेपालको पर्वतारोहण सम्बन्धी पुस्तक लेख्ने तयारीमा छन् ।
दश बर्ष लगाएर संसारका ५० भन्दाबढी मुऌुकबाट संकलन गरिएका हुलाक टिकटको झोला बोकेर नेपाल आइपुगेका ओरोही इसिहाराले संकलित टिकटहरुका बारेमा सगरमाथाकै देश नेपालबाट संसारभर प्रचार गराउने उदेश्यले मंगलबार नेपाल पर्वतारोहण संघलाई ती टिकट हस्तान्तर गरेका हन् । संघको ३८ ओं वार्षिकोत्सवमा सहभागी हुन उनी गत आइतबार ३० औं पटक काठमाडौ आइपुगेका हुन । उनीसँगै अर्का एक आरोही पनि सँगै आएका छन । जापानी आरोही इसिहाराले प्रदान गरेको सो टिकट पर्वतारोहण संघले पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनीका लागि राख्ने जानाएकेा छ ।
संघका अध्यक्ष जिम्माजाङ्बु शेर्पाले सगरमाथा मोहमा लठ्एिका जापानी आरोहीले संकलन गरी ल्याएको टिकट पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनीका लागि राखिने बताए । उनले विभिन्न मुलुकले विभिन्न समयमा प्रकाशन गरेका सगरमाथाको तस्बीर अंकित यस्ता दुर्लभ हुलाक टिकटलाई अन्तर्राष्ट्रिय संग्रहालयमा राखेर प्रचार गर्न पाउनु नेपालीको लागि गौरवको विषय भएको बताए । यसले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको दावी छ ।
संघका महासचिव दीवशविक्रम शाहले संघका आजिवन सदस्य समेत रहेका जापनी आरोहीले सन् १९५९ मा प्रकाशित ४ पैसा दरको सगरमाथाको तस्वीर अिकंत दुर्लभ टिकट संकलन गरेको देख्दा आफूहरु पनि गौरवान्वित भएकेा बताए । सगरमाथा सहित मुलुकका विभिन्न हिमाल एवं पर्वतीय क्षेत्रको प्रवद्र्धन गर्ने उदेस्यले १ नोवेम्बर १९७३ मा खड्ग विक्रम शाहको अध्यक्षतामा स्थापना भएको संघलाई जापानी आरोहीले प्रदान गरेको सो हुलाक टिकट निकै दुर्लभ भएको बताउँदै उनले भने ु यी टिकटहरु हामी अन्तर्राष्ट्रिय संग्रहायमा आकर्षक ढंगले सजाएर राख्छौ ु ।
जापानी आरोही इसिहाराले नेपाल भारत चीन न्युजिल्यान्ड जापान कोरिया काजकिस्तान लिविया मलेसिया घाना क्यानडा बेलायत इन्डोनेसिया स्पेन लगायतका मुलुकबाट विभिन्न समयमा प्रकाशन भएका करिब एकसय थान सगरमाथाको तस्वीर अंिकत हुलाक टिकट संघको ३८ औ बार्षिकोत्सव समारोहमा सार्वजनिक गरि हस्तान्तरण गरेका हुन । उनले सन् १९५३ देखि २००९ सम्म विभिन्न मुलुकमा प्रकाशन भएका करिब एकसय हुलाक टिकटहरु एकै ठाउमा जम्मा गरेर सगरमाथाको लोकपि्रयता थप संसारभर पुर् याउने उदेस्यले आफुले यस्तो काम गरेको बताए ।
उनले आफ्नो यो अभियान अझ पुरा नभएको बताउदै अबको बाँकी जीवन नेपालको पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा नै खर्च गर्ने दावी समेत गरेका छन । जापान एक्सपिडीसनका सदस्य पनि रहेका इसिहाराले केही वर्षअघि नेपालको मेरापिक हिमालको सफल आरोहण गरेका छन् ।


पर्यटन वर्षका सबै कार्यक्रम रोक्न अख्तियारको निर्देशन



काठमाडौं, कात्तिक १५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'नेपाल पर्यटन वर्ष २०११' का सबै काम कारबाही रोक्न निर्देशन दिएको छ। आयोगमा परेको बेनामे उजुरीका आधारमा अख्तियारले यस्तो निर्देशन दिएको हो।
अख्तियारले पर्यटन वर्षका सबै कार्यक्रम रोक्न नेपाल पर्यटन बोर्डलाई पत्र पठाएपछि तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयनले अख्तियारको निर्देशनबाट अन्योल उत्पन्न भएको भन्दै पुनः निर्देशन दिन अनुरोध गरेको छ।
'बेनामे उजुरीका आधारमा अख्तियारले आफ्नो छानविन नसकिएसम्म थप कारबाही नगर्न पत्र पठाएको छ,' पर्यटन मन्त्रालय स्रोतले सोमबार नागरिकसँग भन्यो, 'त्यसपछि सचिव स्तरीय निर्णयअनुसार यथाशक्य छिटो निर्देशन पाउनका लागि अख्तियारलाई पत्र पठाइएको छ।'
स्रोतका अनुसार अख्तियारको निर्देशनपछि पर्यटन वर्षका अन्य काम कारबाही अघि बढाउने, लुम्बिनीमा गर्न लागिएको पर्यटन वर्ष समापन समारोह कार्यान्वयन तथा भारत र चीनमा प्रचार-प्रसारका लागि गरिएका प्रस्ताव एवं सिएनएन र बिबिसीसमेतका प्रस्ताव सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम गर्ने/गराउने अख्तियारकै निर्देशन कार्यान्वयन गराउनेसम्बन्धमा पुनः चाँडो निर्देशन दिन अनुरोध गरिएको हो।
'उजुरीपछि छानविन पूरा नभएसम्म कुनै काम कारबाही नगर्नू भन्ने अख्तियारको निर्देशन हेर्दा पर्यटन वर्षका सबै कार्यक्रम रोक्नुपर्छ,' स्रोतले भन्यो, 'अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम अन्तिम चरणमा पुगेका छन्, ती अगाडि बढाउने हो वा के गर्ने हो, बुझ्न सकिएन।'
अख्तियारले नै गत साउन ५ मा विदेशी विद्युतीय सञ्चारमाध्यमबाट पर्यटन वर्षको प्रचार-प्रसारका लागि प्राप्त भारत र चीनतर्फका प्रस्ताव तथा सिएनएन र बिबिसीसमेतका प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार गर्न गराउन निर्देशन दिएको थियो।
'अख्तियार आफैंले दिएको निर्देशन कार्यान्वयन नगर्न फेरि आफैं निर्देशन दिएको छ,' स्रोतले भन्यो, 'यसले गर्दा पर्यटन वर्षजस्तो विश्वमा नेपालको पर्यटनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय अभियान धरापमा परेको छ।'
सन् १९९८ मा ५ लाख पर्यटक ल्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिए पनि त्यो वर्ष संख्या पूरा भएको थिएन। एक वर्षपछि १९९९ मा उद्देश्य पूरा भएको थियो। यसपालि पर्यटन वर्ष अभियानमा १० लाख पर्यटक ल्याउने भनिए पनि अर्को वर्ष पूरा हुने सरकार र निजी क्षेत्रले आशा गरेका थिए।
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले अख्तियारको निर्देशनपछि सिएनएन र बिबिसीसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसार रोकिएको बताए।
'काम गर्नुअघि नै भ्रष्टाचार हुन्छ भनेर थाहा पाउने अख्तियार अन्तरयामी हो?, अनि कामै सुरु नभई नगर भन्ने निर्देशन अख्तियारले दिन मिल्छ कि मिल्दैन थाहा भएन,' शाक्यले सोमबार नागरिकसँग भने, 'प्रशासनतन्त्र पनि नतिजाभन्दा आफू जोगिने उपायतिर लागेकाले पर्यटन वर्ष अभियानका गतिविधि रोकिएका हुन्। अझै धेरै काम गर्न बाँकी छ, तर के गर्ने हामी अन्योलमा छौं।'
सरकारले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाँकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना कार्यक्रम कार्यान्वयन समितिको थियो।
यसअघि साउन दोस्रो साता पनि कार्यान्वयन समितिले पर्यटन वर्ष अभियानलाई विदेशमा प्रचार-प्रसार र प्रवर्द्धन गर्न छनोट गरेका विदेशी कम्पनी 'सोचेजस्तो सक्षम' नभएको भन्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो।
गत आर्थिक वर्ष २०६७/०६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष २०६८/०६९ मा रकमान्तर गरिएको थियो। यसपालि थप १२ करोड पनि विनियोजन गरिएको थियो।
कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बेलायतस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) र अमेरिकाको केबुल न्युज नेटवर्क (सिएनएन) तथा भारत र चीनमा प्रचार प्रसार गर्न नेपाल र त्यहाँका ११ कम्पनीले प्रस्ताव हालेका थिए। बिबिसी र सिएनएनको प्रस्ताव लगभग अन्तिम चरणमा पुगे पनि भारत र चीनका लागि कम्पनी छनोट हुन बाँकी थियो।
समितिले भारत र चीनमा प्रचार प्रसार गर्न ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड छुट्ट्याएको थियोे। पर्यटन वर्षमा हवाई मार्ग हुँदै भारतबाट २ लाख ६५ हजार र चीनबाट १ लाख पर्यटक ल्याउने लक्ष्य छ।
'अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्ने काम असाध्यै ढिला भएको थियो,' संयोजक शाक्यले भने, 'त्यसमाथि अख्तियारको निर्देशनले थप अन्योल भएको छ।' उनका अनुसार चीनमा २०१२ जनवरी र भारतमा मार्चदेखि अप्रिलभित्र प्रचार गर्ने योजना छ। बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए। बिबिसीको प्रस्तावलाई २ करोड ५० लाख रुपैयाँमा लगभग स्वीकृतजस्तै गरिएको थियो भने सिएनएनको प्रस्ताव मूल्य घटाउन आग्रह गरिएको थियो। सिएनएनलार्इं डेढ करोडभन्दा बढी नदिने पक्षमा समिति थियो।
समितिका अनुसार बिबिसीको प्रस्तावमा टेलिभिजन, रेडियो, पत्रिका, म्यागाजिन, वेबसाइटमा चार महिनासम्म पर्यटन वर्षको प्रचार प्रसार गर्ने
उल्लेख थियो। उसले अमेरिका, युरोपका केही देश, चीन, हङकङ, एसिया प्रशान्त क्षेत्रीय देशलगायतमा प्रचार गर्ने प्रस्ताव गरेको थियो।
सिएनएनबाट टेलिभिजनमार्फत् अमेरिकामा प्रचार गर्न महँगो हुने भएका कारण उसलाई डिजिटल मिडिया र इन्टरनेट प्रवर्द्धनको प्याकेज दिन भनिएको थियो। त्यसै गरी भारत र चीनमा टेलिभिजन, रेडियो, पत्रिका, होर्डिङ बोर्ड, डिजिटल मिडिया, वेबसाइटलगायतबाट तीन महिनासम्म प्रचार गर्ने कार्यक्रम थियो। यसका लागि भारतका इन्डिया टुडे, जागरण, ट्राइटन, सुरिज, ओम टुरिज्मलगायत र नेपालका कि एड्भरटाइजिङ, त्रिकोण, डिजिटेन्मेन्ट, माइस एडलगायत कम्पनीले प्रस्ताव हालेका थिए।