Thursday, November 3, 2011

इजरायल जान २ लाख ३५ हजार मात्रै


काठमाडौँ , १७ कात्तिक–  एक व्यक्तिबाट आठ लाख रुपैयाँसम्म लिन थालेपछि रोकिएको इजरायलको रोजगारी व्यवस्थित गर्न सरकारले लागत तोक्ने भएको छ । यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीहरूबीच बुधबार भएको छलफलमा २ लाख ३५ हजार रुपैयाँ शुल्क तोक्ने सहमति भएको छ ।
श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले २ हजार ९ सय ७५ अमेरिकी डलर खर्च लिने विषयमा छलफल भएपनि सहमति हुन बाँकी रहेको बताउनुभयो । यसमा सबैको सहमति रहेको म्यानपावर व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले तोकिएको रकमभन्दा बढी पैसा लिनेलाई कारबाही गर्ने सहमति भएको बताउनुभयो ।
यसअघि नेपाली म्यानपावरहरूले जनही ८ लाख रुपैयाँसम्म लिएर इजरायल पठाउने गरेका थिए भने हिब्रु भाषाको जानकारीसमेत कामदार पर्याप्त नहुने समस्या थियो । सन् २००९ बाट रोकिएको इजरायलको रोजगारी सरकारले कुटनीतिक पहल गरि दुई महिना अघि मात्र खुलाएको थियो । इजरायल कामदार पठाउन २ सय ४५ म्यानपावर कम्पनी सूचीकृत भएका छन् ।

No comments:

Post a Comment