Saturday, November 5, 2011

मौसम थप विगि्रएकालॆ उद्धार कार्य प्रभावित, लुक्लामा अलपत्र पर्यटक जिरी तर्फको पैदलयात्रामा




मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १९ कात्तिक
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले शनिबार मौसम थप विगि्रएकाले विगत पाँच दिन देखि सोलुखुम्बुको लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्य प्रभावित भएको बताएका छन ।
उनीहरुले मौसममा सुधार आउने वित्तिकै ठुलो हेलिकप्टरबाट उद्धार थाल्न नेपाली सेनाको एमआइ-१७ हेलिकप्टर दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्डबाइ राखिएपनि मौसममा सुधार नआएकाले लक्ष्य अनुरुपको उद्धार गर्न नसकिएको बताए । हिमालयन उद्धार संघका पूर्व अध्यक्ष विक्रम न्यौपानेले लुक्ला क्षेत्रको मौसम शनिबार विगतका दिन भन्दा पनि थप विगि्रएकाले उद्धार कार्य प्रभावित भएको बताए । सेनाको एमआइ-१७ हेलिकप्टर दिनभर तयारी अवस्थामा राखिएको भएपनि मौसममा सुधार नआएकाले ठुलो हेलिकप्टर लुक्ला तर्फ जान नसकेको जानकारी गराउँदै उनले निजी वायुसेवा कम्पनीहरु फिस्टेलडाइनेस्टी माउन्टेन र सिमि्रक एयरका १० ओटा साना हेलिकप्टरले करिब एकसय जनालाई काठमाडौ ल्याएको बताए । अझै लुक्लामा २ हजार भन्दाबढी पर्यटक अलपत्र अवस्थामा रहेको बताउँदै न्यौपानेले भने ु आपतकालिन अवस्थामा विदेशी पर्यटकको उद्धार गर्न नसक्दा निकै दुःख लागेको छु । ५ दिनसम्म सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकलाई उद्धार गर्न नसक्दा मुलुकको शाख गिरेको बताउँदै उनले अब सरकारले सेना र प्रहरीलाई पनि थप हेलिकप्टरको संख्या बढाउने कार्यमा सहयोग पुर् याउन आग्रह गरे । आपतकालिन उद्धारमा जोखिम मोलेर जान सेनासँग प्रयाप्त हेलिकप्ट भइदिएको भए अहिले लुक्लामा अलपत्र पर्यटकले यस्तो दुःख पाउनु पर्ने थिएन भन्दै उनले अझै मौसम खुल्ने छाँट नदेखिएकाले सयौं पर्यटक दोलखाको जिरी तर्फबाट काठमाडौ आउन थालेको बताए । उनले लुक्ला क्षेत्रको मौसम विगि्ररहेकै अवस्थामा जोखिम मोलेरै भएपनि अहिले निजी हेलिकप्टरले सुर्केबाट प्रति व्यक्ति ४ सय देखि ६ सय अमेरिकी डलरमा अलपत्र पर्यटक ओसारीरहेको बताए ।
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का कोषाध्यक्ष अन्जनकुमार थापाले विगत पाँच दिन देखि सोलुखुम्बुको लुक्लामा अलपत्र पर्यटकको उद्धार कार्यमा व्यवसायी निरन्तर लागिरहेको बताए । उनले हवाई यात्राकालागि अनुकुल मौसम कुरेर ४ दिनसम्म बसेका व्यवसायीले आफ्ना ग्रुपलाई शनिबारदेखि धमाधम पैदल मार्गहुँदै काठमाडौ ल्याउँदै गरेको बताए । मौसम नखुलेकाले उद्धार कार्य थप प्रभावित भएको बताउँदै उनले अहिले लुक्लामा अलपत्र पर्यटकलाई बास र खानाको समेत अभाव भएको जानकारी गराए । उनलॆ साना हेलिकप्टरबाट उद्धार कार्य निरन्तर जारी रहेपनि ठुलो हेलिकप्टर एमआइ-१७ त्यसतर्फ लान नसकिएकाले पर्यटकले सास्ती खेप्नुपरेको बताए ।
बढ्दो चिसोसँगै गत मंगलबार देखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण सोलुखुम्बु क्षेत्रका सबै विमानस्थलमा ओहार-दोहोर गर्ने हवाइ उडान अवरुद्ध भएपछि लुक्लामा अलपत्र परेका पर्यटक काठमाडौ ल्याउन सेनाको एमआइ-१७ हेलिकप्टर लाने तयारी भएपनि मौसममा सुधार नआएकाले उद्धार कार्य ढिलो भएको उनको भनाई छ ।
पदयात्राको अनुकुल मौसम अक्टोबर नोवेक्बरमा सगरमाथा क्षेत्रमा धेरै पर्यटक अलपत्र परेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती पर्यटकलाई उद्धार गर्न निजी व्यवसायीक संस्थाहरु ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान हिमालयन उद्धार संघ नेपाल पर्वतारोहण संघ एनएमए र पर्यटन बोर्डको संयुक्त सहकार्यमा गठित पर्यटन संकट समाधान टोलीले हालसम्म निरन्तर उद्धार प्रयास जारी राखेपनि अझै करिब २ हजार भन्दा बढी पर्यटक लुक्लामा अलपत्र अवस्थामा छन । थापाले सोचेअनुरुप मौसममा सुधार आई ठुलो २४ सिटे एमआइ-१७ हेलिकप्टर परिचालन गर्न सकिएको भए अहिलेसम्म धेरै पर्यटक काठमाडौ आइसक्ने बताए । उनले हाल सानो हेलिकप्टरबाट विरामी अन्तर्राष्ट्रिय उडान छुट्ने पर्यटकलाई विशेष प्राथमिक्ताकासाथ उद्धार गरिरहेको बताए ।
गत वर्षपनि लुक्कलामा यहि मौसममा ३ हजार पर्यटक अलपत्र परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित मौसम पूर्वानुमान शाखाले अझै मौसम अनुकुल हुन केही दिन लाग्ने जनाएको छ । सो शाखाले अहिले लुक्ला क्षेत्रमा भिजिविलिटीको मात्र सुन्य जनाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं प्रवक्ता हरि प्रसाद बस्यालले मौसममा सुधार नआएकाले उद्धार कार्य ढिलो भएको बताए । नेपाली सेनाका प्रवक्ता रविन्द्र क्षेत्रीले लुक्लामा अलपत्र पर्यटकलाई उद्धार गर्न शनिबार दिनभर एउटा जहाज स्ट्ण्डवाई राखेपनि खराव मौसमका कारण सेनाको जहाज त्यसतर्फ जान नसकेको बताए ।


No comments:

Post a Comment