Saturday, November 5, 2011

अलपत्र पर्यटक उद्धार गर्न सेनाले जहाज नदिएको व्यवसायीको दावी ,सेनाद्धारा अस्वीकार


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १८ कात्तिक
पर्यटन व्यवसायीहरुले खराब मौसमका कारण विगत चार दिन देखि सोलुखुम्बुको तेिाजङ हिलारी विमानस्थलमा अलपत्र परेका पर्यटक उद्धार गर्न सेनाको एमआइ-१७ हेलिकप्टर मागे पनि अहिलेसम्म सेनाले उपलब्ध नगराएको दावी गरेका छन । उनीहरुले जसका कारण लुक्लामा अलपत्र पर्यटकलाई बास र खानाको समेत अभाव भएको बताएका छन । ती व्यवसायीले साना हेलिकप्टरबाट उद्धार कार्य निरन्तर जारी रहेपनि ठुलो हेलिकप्टर एमआइ-१७ दिन सेनाले आनकानी गरेकाले उद्धार कार्य कठिन भएको र पर्यटकले सास्ती खेप्नुपरेको दावी गरेका छन ।
बढ्दो चिसोसँगै गत मंगलबार देखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण सोलुखुम्बु क्षेत्रका सबै विमानस्थलमा ओहार-दोहोर गर्ने हवाइ उडान अवरुद्ध भएपछि लुक्लामा अलपत्र परेका पर्यटक काठमाडौ ल्याउन सरकारसंग एमआइ-१७ हेलिकप्टर मागेपनि हालसम्म नदिएकाले उद्धार कार्य ढिलो भएको उनीहरुको भनाई छ । पदयात्राको अनुकुल मौसम अक्टोबर नोवेक्बरमा सगरमाथा क्षेत्रमा धेरै पर्यटक अलपत्र परेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरुलाई उद्धार गर्न निजी व्यवसायीक संस्थाहरु ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान हिमालयन उद्धार संघ नेपाल पर्वतारोहण संघ एनएमए र पर्यटन बोर्डद्धारा संयुक्त सहकार्यमा गठित पर्यटन संकट समाधान टोलीले हालसम्म निरन्तर उद्धार प्रयास जारी राखेपनि अझै करिब २ हजार भन्दा बढी पर्यटक लुक्लामा अलपत्र अवस्थामा छन । सरकारी सहयोग विना निजी व्यवसायीले गरिरहेको उद्धार प्रयास निकै अपुग भएको देखिन्छ । अहिले निजी कम्पनीद्धारा साचालित साना हेलिकप्टरले केही पर्यटकलाई काठमाडौ ल्याए पनि धेरैले लुक्ला क्षेत्रमा दुःख पाइरहेको हिमालयन उद्धार संघका पूर्व अध्यक्ष विक्रम न्यौपानेले जानकारी गराए । सेनाको हेलिकप्टर माग्दा अझै उपलब्ध नभएको र उद्धार कार्य जारी रहेको जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष न्यौपानेले सेनाको हेलिकप्टर परिचालन गर्ने सबै जिम्मेवारी टानले लिएको बताए । उनले ठुलो २४ सिटे एमआइ-१७ हेलिकप्टर परिचालन गर्दा लाग्ने सम्पूर्ण खर्च टानले दिन्छु भन्दापनि समयमा उपलब्ध नभएकोमा नीजि व्यवसायी दुःखी भएको दावी गरे ।
उनले हवाइ यात्रायात अभावले सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकलाई छिटै काठमाडौ ल्याउन आवस्यक सेनाको ठुलो एमआइ-१७ हेलिकप्टर उपलब्ध गराउन आफुहरुले माग गरेको पत्र अहिले पर्यटन मन्त्रालय हुदै रक्षा मन्त्रालयसम्म पुगिसक्दा पनि सेनाले हेलिकप्टर नदिएकाले उद्धार कार्य कठिन भएको बताए ।
न्यौपानेले सेनाको हेलिकप्टर परिचालन गर्ने सबै तयारी एवं प्रकि्रया पुरा भइसकेकाले सेनासँग कुरा मिल्यो र मौसम अनुकुल भएमा शनिबारदेखि ठुलो हेलिकप्टरबाट उद्धार थालिने बताए । हाल मुलुकमै जम्मा २ ओटामात्र एमआइ-१७ जहाज रहेको जानकारी गराउँदै उनले श्री एयरलाइन्सको एउटा हेलिकप्टर नियमित उडानमा पच्चिम क्षेत्रमै रहेको र सेनासँग पनि एउटा मात्र भएकाले तत्काल उद्धार कार्यमा यस्तो समस्या उत्पन्न भएको बताए ।
संघका अध्यक्ष सन्त सुब्बाले अहिले सानो हेलिकप्टरबाट विरामी अन्तर्राष्ट्रिय उडान छुट्ने पर्यटकलाई विशेष प्राथमिक्ताकासाथ उद्धार गरिरहेको बताए । गत वर्षपनि लुक्कलामा यहि मौसममा ३ हजार पर्यटक अलपत्र परेको जानकारी गराउँदै उनले हाल दैनिक सगरमाथा क्षेत्रको पदयात्राबाट फर्कने ५ सय जना र चारदिन देखि जहाज अभावले गरि लुक्लामा अझै २ हजार बढी पर्यटक अलपत्र अवस्थामा रहेको दावी गरे । अझै मौसम अनुकुल हुन केही दिन लाग्ने बताउँदै सुब्बाले भने ु अहिले लुक्ला क्षेत्रमा भिजिविलिटीको मात्र सुन्य छ ु । टानका कोषाध्यक्ष कुमार थापा र नाट्टोका प्रतिनीधी विक्रम पाण्डेले आपतकालिन उद्धारमा लाग्ने सबै खर्च टानले दिन्छु भन्दापनि सेनाले उपलब्ध गर्न ढिलो गरेको बताए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव एवं प्रवक्ता हरि प्रसाद बस्यालले मन्त्रालयले व्यवसायीको माग बमोजिम सबै प्रकि्रया पुरा गरि सेनाको हेलिकप्टर उपलब्ध गराइदिने पत्र रक्षा मन्त्रालयमा पुर् याइसकेको बताए । उनले मौसम अनुकुल भएपछि सेनाको हेलिकप्टरले उद्धार थाल्ले दावी गरे ।
नेपाली सेनाका प्रवक्ता रविन्द्र क्षेत्रीले लुक्लामा अलपत्र पर्यटकलाई उद्धार गर्न शुक्रबार विहान एउटा जहाज त्यसतर्फ उडेपनि खराव मौसमका कारण पुनः काठमाडौ फर्किएको बताए । मौसम खरावीका कारण लुक्लामा पर्यटकले भोग्नुपरेको समस्याप्रति नेपाली सेना गम्भिर छ भन्दै उनले दिनभर सेनाको हेलिकप्टर स्ट्ण्डवाई राखेको दावी गरे । क्षेत्रीले भने ु मौसममा सुधार आउनासाथ सेनाको जहाज त्यसतर्फ जान्छ ु ।
पदयात्राकालागि वर्षकै सबैभन्दा अनुकुल मौसम मानिने अक्टोबर र नोवेम्बर महिनामा अहिले दैनिक नियमित एवं चाटर्ड गरि करिब ६० देखि ६५ ओटा हवाई उडान हुदै आएको सगरमाथा क्षेत्रको विमानस्थलमा विगत ४ दिन देखि हवाइ उडान प्रभावित भएकाले पर्यटकले सास्ती खेप्नु परेको हो । अहिले उनीहरुलाई लुक्लामा बास पाउन समेत मुस्कील भएको छ । जसका कारण हाल लुक्ला क्षेत्रको जनजीवन समेत प्रभावित भएको छ ।

No comments:

Post a Comment