Tuesday, November 1, 2011

जापानी आरोहीको सगरमाथा मोह


मधुजंग पाण्डे÷राजधानी
काठमाडौं १५ कात्तिक
एक जापानी आरोहीलाई सगरमाथा मोहले तान्यो । बाल्यकाल देखि सुन्दै आएको विश्वको सर्वोच्च शिखर सगरमाथाको महिमा एवं प्राकृतिक सौन्दर्यतालाई थप नजिकबाट नियाल्दै नेपालप्रतिको आत्मीयता बढाउन उनले संसारभर विभिन्न समयमा प्रकाशित सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने अभियान थाले ।
सुविधासम्पन्न विकसित देशमा जन्मीएर पनि नेपालकेा भौगोलिक बनोट र प्राकृति सुन्दरताको मोहमा लठ्ठीएका टोकियो निवासी ४९ बर्षिय जापानी आरोही इसिहारा युचिरोले संसारको छानो सगमाथाको दृश्य अंकित हुलाक टिकट संकलन गर्ने क्रममा निकै सास्ती खेप्नु पर्यो । सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने क्रममा उनले पर्वतारोहणका बेला भेट भएका आरोही देखि सडक पेटिमा खेल्दैगरेका बालबालिकासँग लामो सम्बन्ध कायम गरेका थिए । सोही सम्बन्धकै आधारमा उनीहरुका आफन्तसँग भएका टिकट खरिद गरेर संकलन गरेका हुन ।
संसारका ५० मुलुक भन्दा बढीले विभिन्न समयमा प्रकाशन गरेका टिकट संकलन गर्ने क्रममा निकै सास्ती खेप्नु परेकेा अनुभव सुनाउदै इसिहाराले भने ुकेही ब्यक्तिले हाम्रो देशले प्रकाशन गरेको टिकट किन चाहियो जवाव दिन्थे भने कतिले त सगरमाथा बेचेर खाने भन्दै मलाई गाली समेत गरे ।ु त्यस्ता मुटु चस्कीने बचनरुपी वाणको प्रवाह नगरि आफूले सगरमाथाको तस्वीर अंकित हुलाक टिकट संकलन गर्ने अभियानलाई निरन्तर अगाडि बढाएको उनले कथन छ ।
सुन्दा अचम्म लाग्न सक्छ तर उनले टिकट संकलन कार्यका लागि आफ्नो वितेको एक दशक विताएका छन् । सगरमाथा मोहमा फसेका इशिहारालाई अहिले सगरमाथाको दृश्य अंकित हुलाक टिकट संकलनको अभियानले मात्र सन्तुष्टि मिलेको छैन । शारिरीक रुपले अशक्त झै देखिने उनी अझै नेपालको पर्वतारोहण सम्बन्धी पुस्तक लेख्ने तयारीमा छन् ।
दश बर्ष लगाएर संसारका ५० भन्दाबढी मुऌुकबाट संकलन गरिएका हुलाक टिकटको झोला बोकेर नेपाल आइपुगेका ओरोही इसिहाराले संकलित टिकटहरुका बारेमा सगरमाथाकै देश नेपालबाट संसारभर प्रचार गराउने उदेश्यले मंगलबार नेपाल पर्वतारोहण संघलाई ती टिकट हस्तान्तर गरेका हन् । संघको ३८ ओं वार्षिकोत्सवमा सहभागी हुन उनी गत आइतबार ३० औं पटक काठमाडौ आइपुगेका हुन । उनीसँगै अर्का एक आरोही पनि सँगै आएका छन । जापानी आरोही इसिहाराले प्रदान गरेको सो टिकट पर्वतारोहण संघले पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनीका लागि राख्ने जानाएकेा छ ।
संघका अध्यक्ष जिम्माजाङ्बु शेर्पाले सगरमाथा मोहमा लठ्एिका जापानी आरोहीले संकलन गरी ल्याएको टिकट पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनीका लागि राखिने बताए । उनले विभिन्न मुलुकले विभिन्न समयमा प्रकाशन गरेका सगरमाथाको तस्बीर अंकित यस्ता दुर्लभ हुलाक टिकटलाई अन्तर्राष्ट्रिय संग्रहालयमा राखेर प्रचार गर्न पाउनु नेपालीको लागि गौरवको विषय भएको बताए । यसले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको दावी छ ।
संघका महासचिव दीवशविक्रम शाहले संघका आजिवन सदस्य समेत रहेका जापनी आरोहीले सन् १९५९ मा प्रकाशित ४ पैसा दरको सगरमाथाको तस्वीर अिकंत दुर्लभ टिकट संकलन गरेको देख्दा आफूहरु पनि गौरवान्वित भएकेा बताए । सगरमाथा सहित मुलुकका विभिन्न हिमाल एवं पर्वतीय क्षेत्रको प्रवद्र्धन गर्ने उदेस्यले १ नोवेम्बर १९७३ मा खड्ग विक्रम शाहको अध्यक्षतामा स्थापना भएको संघलाई जापानी आरोहीले प्रदान गरेको सो हुलाक टिकट निकै दुर्लभ भएको बताउँदै उनले भने ु यी टिकटहरु हामी अन्तर्राष्ट्रिय संग्रहायमा आकर्षक ढंगले सजाएर राख्छौ ु ।
जापानी आरोही इसिहाराले नेपाल भारत चीन न्युजिल्यान्ड जापान कोरिया काजकिस्तान लिविया मलेसिया घाना क्यानडा बेलायत इन्डोनेसिया स्पेन लगायतका मुलुकबाट विभिन्न समयमा प्रकाशन भएका करिब एकसय थान सगरमाथाको तस्वीर अंिकत हुलाक टिकट संघको ३८ औ बार्षिकोत्सव समारोहमा सार्वजनिक गरि हस्तान्तरण गरेका हुन । उनले सन् १९५३ देखि २००९ सम्म विभिन्न मुलुकमा प्रकाशन भएका करिब एकसय हुलाक टिकटहरु एकै ठाउमा जम्मा गरेर सगरमाथाको लोकपि्रयता थप संसारभर पुर् याउने उदेस्यले आफुले यस्तो काम गरेको बताए ।
उनले आफ्नो यो अभियान अझ पुरा नभएको बताउदै अबको बाँकी जीवन नेपालको पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा नै खर्च गर्ने दावी समेत गरेका छन । जापान एक्सपिडीसनका सदस्य पनि रहेका इसिहाराले केही वर्षअघि नेपालको मेरापिक हिमालको सफल आरोहण गरेका छन् ।


No comments:

Post a Comment