Saturday, November 5, 2011

ठमेल क्षेत्रका मसाजमा छापा


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १८ कात्तिक
विगत एक महिना देखि अनुगमन जारी रहेको पर्यटकीय बजार ठमेल क्षेत्रमा शुक्रबार प्रहरीले पुनः छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरी केही मसाज साचालकहरुलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो भने अधिकाँसबाट ठुलो परिणामको कण्डम बरामद गरेको छ । शुक्रबार ठमेल देखि क्षेत्रपाटी चेकसम्मका करिब एक दर्जन बढी मसाज सेन्टरमा छापा मरिएको थियो ।
ठमेल क्षेत्रमा साचालित मसाजले खुलेआम यौन धन्दा गरिरहेको भन्ने जन गुनासो बढेपछि छापा मार्ने क्रममा प्रहरीले केही मसाज सेन्टरमा मदिराका बोत्तल चुरोट र कन्डमका फेला पारेको हो ।
ठमेल पर्यटन विकास परिषद पर्यटक प्रहरी ठमेल र महानगरीय प्रहरी प्रभाग लैनचौर सोह्रखुट्टेबाट अनुगमनमा गएको साचारकर्मी सहितको टोलीले छापा मार्ने क्रममा ठमेल क्षेत्रका केही मसाज साचालकहरुलाई आपक्तिजनक अवस्थामा फेला पारेको हो । अनुगमन टोली पुग्नासाथ मसाज साचालकहरु भ्ागेको प्रहरीले जनाएको छ । सो अनुगमन टोलीले ठमेलका बढी केयर आयुर्वेदिक मसाज मनकामना ट्रेकिङ मसाज सेन्टर लोटस मसाज सेन्टर पशुपति आयुर्वेदिक मसाज पिसमुन मसाज आयुर्वेदिक हिमालय मसाज हिमालयन हर्वल मसाज नेचुरल मसाज स्पा एसियन थाइ स्पा रोज मसाज ए वान हेल्थ स्पा सेन्टर हिमालयन आयुर्वेदिक मसाज र नेचुरल टि्रटमेन्ट मसाज सहित दर्जन भन्दाबढी मसाज सेन्टरमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा कतिपय साचालकहरु भ्ाागेका थिए भने अधिकाँशले दर्ता प्रमाणपत्र नविकरण नै नगरेको र केहीले कत्तैपनि दर्ता नगरेको भेटिएको छ । यसैगरि केहीले मसाज व्यवसाय साचालन सम्बन्धी भएको आचारसंहिता नै पालना नगरेको पाईएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।
प्रिषदका उपाध्यक्ष रामशरण थपलियाले अनुगमनको क्रममा ठमेल क्षेत्रका करिब ६० प्रतिशत व्यवसायीले मसाज व्यवसायलाई मर्यादित रुपमा साचालन गर्न जारी गरेको आचारसंहिता लागु नगरेको पाइएको बताए । उनले छापा मार्नेक्रममा धेरैले मसाज व्यवसाय साचालन गर्दा अपनाउनुपर्ने न्युनतम आधार समेत पुरा नगरेको र दर्ता नै नगरि चलाइरहेको भेटेको बताए । उनले अनुगमनको क्रममा आपक्तिजनक अवस्थामा फेला परेका साचालकलाई कडा कारबाही गरी उनीहरुको मसान आगामी एक साताभित्र बन्द गर्ने चेतावनी समेत दिए ।
यसता कार्यले राज्यलाई बुझाउनुपर्ने राजश्व समेत छलि भइरहेको र आयुर्वेद उपचार पद्धतीबाट पर्यटकलाई शरिरमा मालिस गरेर सेवा दिनुपर्नेमा अधिकाँश व्यवसायीले अर्कै धन्दा गरेको प्रष्ट हुने बताउँदै थपलियाले भने ु ठमेलका करिब ४० प्रतिशत व्यवसायीले मात्र मर्यादित आचार संहिता अनुरुप काम गरेको देखिन्छ ।ु बाँकी ६० प्रतिशतले मसाजका नाममा अनैतिक कार्य गरिरहेका छन ।ु परिषदले हाल व्यवसायीलाई चेतावनी स्वरुप सामान्य कारबाहीमा छाड्ने गरेको बताउँदै उनले भने ुअब मसाजका नाममा अनैतिक कार्य गर्ने व्यवसायीलाई छाडिने छैन।ु
पर्यटक प्रहरी ठमेलका प्रहरी नायब निरीक्षक खेमराज रावलले छापा मार्नेक्रममा ठमेलका कुनैपनि व्यवसायीले मसाज व्यवसाय साचालन गर्न आवस्यक न्युनतम आधार पुरा नगरेको पाइएको बताए । अनुगमनका क्रममा अधिकाँश मसाज गर्ने स्थल फोहोर भट्टि जस्तो र हाव नछिर्ने अँध्यारो भएकाले झट्ट हेर्दा मसाजका नाममा यौन धन्दा भइरहेको जस्तै दृश्य देखिएको बताए ।
नेपाल मसाज व्यवसायी संघका अध्यक्ष कर्ण बहादुर स्याङतानले अनुगमनको क्रममा धेरै मसाज साचालकहरुले अझै आचार संहितामा भएका न्युनतम आधार समेत पालना नगरेको भेटेको बताए ।

No comments:

Post a Comment