Monday, August 12, 2013

आन्तरिक हवाई भाडा बढ्ने ,अब धनगढी जान १० हजार ५ सय ९०तिर्नुपर्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ साउन
नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेपछि वायुसेवा सन्चालक संघ नेपाल (आयोन) ले आन्तरिक हवाई भाडा बढाएको छ । आयल निगमले गत शनिबार मध्य रातीबाट लागु हुनेगरि हवाइ इन्धनको मुल्य बढाएको थियो । सोही मुल्य बृद्धि पछि निजी वायुसेवा सञ्चालक कम्पनीहरुको छाता संस्था संघले हवाई भाडा बढाउने निर्णय गरेको थियो । संघले आगामी  ३१ साउनदेखि लागु हुनेगरि  हवाई भाडामा समावेश हुने इन्धन वापतको शुल्क बढाउने निर्णय गरेको हो । 
नयाँ बृद्धि भएको भाडा स्वीकृतीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार पत्र पठाइएको संघले जनाएको छ । संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्माले सोमबार विहानै प्राधिकरणमा नयाँ भाडा बृद्धिको जानकारी पत्र दर्ता गरेको बताए । उनले ४८ घण्टाभित्र दर्ता भएको सो पत्रका बारेमा प्राधिकरणले कुनै प्रतिक्रियाको जानकारी दिएन भने स्वत लागु हुने प्रावधान रहेको बताए । हाल इन्धनको मुल्य बृद्धि भएपछि स्वचालित रुपमा हवाई भाडा समायोजन गर्न सकिने प्रावधान अनुरुप संघले यस्तो निणर्य गरेको  जानकारी दिँदै कार्यकारी निर्देशक बर्माले भने, ‘ हामीले पठाएको नयाँ भाडा बृद्धिको विषयमा सरकारले केही निर्देशन दिएको खण्डमा मात्र संघले सोही बमोजिम निणर्य गर्ने छ ’ ।   उनले निजी वायुसेवा कम्पनीले भाडा बढाउँदा प्राधिकरणलाई ४८ घण्टा अघि नै जानकारी गराउनुपर्ने नियम रहेकाले बेलैमा प्राधिकरणलाई जानकारी गराईएको बताए । संघको निर्णय अनुसार अब सबैभन्दा बढी धनगढी रुटमा प्रतियात्रु हवाई भाडा ३ सय ८५ रुपैया“ बुझाउनुपर्ने  हुन्छ । यसैगरि नेपालगञ्जका लागि २ सय ९० रुपैया“, भद्रपुरकालागि २ सय ७५, विराटनगरकालागि  २ सय ३० र भैरहवाका लागि २ सय ५ रुपैया“ इन्धन वापतको शुल्कमा बढ्ने छ । यसैगरि पर्वतीय उडानमा ३ सय ७५ रुपैया“ बढेको उनले जानकारी दिए । न्यूनतम १ सय १० देखि अधिकतम ३ सय ८५ रुपैया“सम्म ङ्खयुल सरचार्ज बढाउने निर्णय भएको जानकारी गराउँदै उनले भने, ‘सबै आन्तरिक वायुसेवाले आगामी बिहीबार देखि नया“ भाडा दरमा उडान भर्ने छन’ । यसअघि  सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैया“सम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा सोही अनुपातमा घटबढ गर्न दिने निर्णय गरेको थियो।  नयाँ बृद्धि भएको भाडा अनुसार पोखरामाकालागि  १ सय ६५, जनकपुरकालागि  १ सय ५०, भरतपुरमा १ सय ३० र सिमराकालागि १ सय १० रुपैया“ बढी भाडा बुझाउनुपर्ने भएको छ ।
संघले बढाएको नया“ भाड दर अनुसार अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ८ सय रुपैया“ लाग्छ ।  यसैगरि सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ५ सय ९० रुपैया“ तिर्नुपर्छ। यी सबै भाडा दर करसहित हुन्। यि सबै भाडा नर्मल नै भएको संघले जनाएको छ।  आगामी बुधबारसम्मका लागि भने सिमरा जान २ हजार ६ सय ९० र धनगढीका लागि १० हजार २ सय ५ रुपैया“ मै उडान गर्न पाइन्छ ।  अब बुद्ध एयरबाट माउन्टेन ङ्खलाइटका लागि प्रति यात्रु ९ हजार ३ सय ६५, काठमाडौबाट भरतपुर जान ३ हजार ३ सय, पोखरा जान  ४ हजार ५ सय ५० र  विराटनगर ओहोरदोहोर गर्न ६ हजार ३ सय ३५ रुपैयाँ तिर्नुपर्छ ।  यसैगरि जनकपुरकालागि ३ हजार ८ सय ५५, तुम्लिङटारकालागि ४ हजार ८ सय ६९, भैरहवा ५ हजार ६ सय २०, नेपालगञ्ज ७ हजार ८ सय ५० र भद्रपुरका लागि ७ हजार २ सय १० रुपैया“ तिर्नुपर्छ। 
प्राधिकरणले २०६७ मा हवाई भाडादर पुनरावलोकन गरी माथिल्लो र तल्लो सिमा दर परिवर्तन गरेयता हरेक वर्È आयल निगमद्धारा हवाई इन्धनको भाउ बृद्धि गरेपछि जहाज उडान मंहगो हुदै गएको छ । आयल निगमले शनिवार आन्तरिक तर्फ हवाई इन्धनको मुल्य १० रुपैया“ बृद्धि गरी प्रतिलिटिर १ सय ३० रुपैया“ पु¥याएको थियो ।  
२०६७ साल अघि धेरै समयको अन्तरालमा मात्र विमान सञ्चालक कम्पनीले भाडा बृद्धि गर्थे । यसै वर्Èदेखी प्राधिकरणले भाडादरबाट इन्धन वापतको शुल्कलाई छुट्टै राखेको हो । अहिले संसोधन गरेर सिमादर परिवर्तन भएपनि इन्धनमा ४ रुपैया“ बृद्धि भएपछि भाडादरमा समायोजन गर्न पाउने व्यवस्था छ । पछिल्लोपटक २०१२ सेप्टेम्बर ५ मा विमानकम्पनीले इन्धन शुल्क बढाएको थियो । विमान सञ्चालक कम्पनीका अनुसार उडान सेवामा कुल सन्चालन खर्चको ५० प्रतिशत इन्धनको शुल्क पर्ने गर्छ । जसमा थोरै मात्र नाफा हुने भएकाले भाडादर बढाउनै पर्ने विमान सञ्चालक व्यवसायीहरुको भनाई छ ।  उनीहरुले दशैंरतिहार र पर्यटकीय सिजनमा मात्र आन्तरिक उडानबाट आम्दानी राम्रो हुनेगरेको र अन्य समय घाटामै जहाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका छन ।   प्राधिकरणले निर्धारण गरेको नया“ सीमा अनुसार विराटनगरका लागि न्युनत हवाई भाडा २ हजार १० रुपैया“ र इन्धन शुल्क १ हजार ८ सय ५० रहेको छ । यसैगरि अधिकतम सीमाअन्तर्गत हवाई भाडा ३ हजार ५ सय ७३ रुपैया“ र इन्धन शुल्क लिन पाउँछन् । यसैगरि भैरहवाका लागि न्युनतम सीमाअन्तर्गत १ हजार ७ सय २३ मा र इन्धन शुल्कबापत १ हजार ६ सय ५० रुपैया“ जोडिने छ । अधिकतम सीमाअन्तर्गत ३ हजार ६३ रुपैयाँमा इन्धन शुल्क जोडेर टिकट बेच्न पाउने अधिकार कम्पनीले पाएका छन् । त्यस्तै नेपालगञ्जका लागि न्यूनतम भाडा २ हजार ७ सय २८ र इन्धन शुल्क २ हजार ३ सय ५०  रुपैया“ र बढीमा ४ हजार ४९ रुपैया“ इन्धन शुल्क लिन पाउने व्यवस्था छ । सोही सीमाभित्र रहेर मात्र हरेक विमान कम्पनीले आङ्खनो कम्पनीको खर्च उठ्ने गरी भाडादरमा परिवर्तन गर्न पाउने प्रावधान छ । यसैगरि काठमाडौबाट पोखराका लागि न्यूनतम १ हजार ३ सय २८ हवाई भाडामा इन्धन मूल्य १ हजार ३ सय ५० रुपैया“ र बढीमा २ हजार ३ सय ६१ रुपैया“मा इन्धनबापतको शुल्क लिन सकिनेछ । सिमराका लागि ९ सय इन्धन शुल्कमा न्यूनतम हवाई भाडा ७ सय ५४ र बढीमा १ हजार ३ सय ४० रुपैया“को सीमा तोकिएको छ ।  आयल निगमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ८ दशमलव ३३ प्रतिशतले वृद्धि गरेपछि निजी वायुसेवा सञ्चालक कम्पनीहरुले पनि करिब त्यति नै प्रतिशतसम्म ङ्खयुल सरचार्ज बढाउने निर्णय गरेका हुन् ।

फेरि उप्कियो विमानस्थलको कालोपत्रे,उडान १ घन्टा ठप्प



मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २७ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिग्रिएका कारण विमानस्थलबाट सञ्चालन हुने सबै हवाई उडान प्रभावित भएको छ । धावनमार्गको कालोपत्रे (पिच) उप्किएका कारण आइतबार दिउँसो करिब एक घन्टा आन्तरिक र बाह्य हवाई उडान ठप्प भएको थियो । दिउँसो २.४० देखि पौने ४ बजेसम्म विमानस्थलबाट सञ्चालन हुने आन्तरिक र बाह्य दुवै हवाई उडान ठप्प भएको थियो । जहाज गुड्नै नसक्ने गरी धावन मार्गको ठाउँ–ठाउँमा उप्किएपछि तत्काल टालेर ३.४५ बजेदेखि बल्ल सबै उडान सुरु भएको थियो ।
सो समय विमानस्थलमा अवतरण हुन आएका केही अन्तर्राष्ट्रिय विमानबीच आकासबाटै अन्यत्र डाइभर्ट भएका थिए भने अधिकांश विमान धेरै समय आकासमै होल्ड गर्न बाध्य भएका थिए । यसैगरी त्यस बेला आन्तरिक उडानतर्फका सबै विमानलाई नजिकैको विमानस्थलमा अवतरण गर्न निर्देशन गरिएको थियो । त्यसबेला एयर इन्डिया, एयर अरेबिया, जेट एयरबेजलगायत करिब आधा दर्जन अन्तर्राष्ट्रिय विमान काठमाडौंमा अवतरण गर्न नपाएपछि अन्यत्र डाइभर्ट भएका थिए । केहीले भने धेरैबेर आकासमै जहाज होल्ड गरेका थिए । सो समय आन्तरिक उडानतर्फ बुद्ध, यतीलगायत विभिन्न कम्पनीका हेलिकोप्टर गरी करिब एक दर्जन उडान प्रभावित भएको थियो ।
शनिबार रातभर परेको भारी वर्षाका कारण अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थलभित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किएपछि मर्मत गर्ने क्रममा केही समय हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेश श्रेष्ठले भारी वर्षाका कारण धावनमार्ग बिग्रिएर मर्मत गर्ने क्रममा एक घन्डा उडान प्रभावित भएको बताए । उनले विमानस्थल भित्रको एक मात्र धावनमार्गको एक मिटर लम्बाईको माथिल्लो एक पत्र पिच उप्किएको देखेपछि सुरक्षाको दृष्टिले एक घन्टा सबै उडान बन्द गरी तत्काल मर्मत कार्य सम्पन्न गरेको बताए ।
हरेक वर्ष वर्षात्को समयमा यस्तै समस्या आइपर्ने जानकारी गराउँदै महाप्रबन्धक श्रेष्ठले राजधानीसँग भने, ‘अहिले हामीसँग अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने एउटा मात्र धावनमार्ग भएकाले बिग्रिएको समय कुनै अर्को विकल्प नभएपछि बाध्यवस केही समय उडान रोक्नु परेको हो ।’ उनले अवतरण र उडान गर्ने क्रममा जहाज धावनमार्गमा गुड्दा केही अप्ठ्यारो पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आपूmहरूले सुरक्षाको दृष्टिले केहीबेर नियमित उडान बन्द गरेर बिग्रिएको धावनमार्ग मर्मत गरेको बताए । उनले मर्मतका बेला अन्य कुनै विकल्प भइदिएको भए नियमित उडान प्रभावित नहुने दाबी गरे । 
आइतबार विमानस्थलको अन्तर्राष्ट्रियतर्फको दक्षिणी भागको धावनमार्गको पिच उप्किएको थियो । त्यसबेला आन्तरिक उडानबाट काठमाडौंतर्फ आउँदै गरेका विभिन्न कम्पनीका जहाजलाई पोखरा र विराटनगर डाइभर्ट गरिएको थियो । एक घन्टाको मर्मत कार्य सकिएपछि विमानस्थलका सबै उडान पूर्ण रूपले सञ्चालनमा आएको उनले जानकारी गराए ।
यसअघि पनि धेरै पटक विमानस्थलमा धावनमार्ग भासिने र राडार मेसिन बिग्रिने समस्या थियो । सोही समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन सकेको छैन ।
 यसअघि गत १८ र २१ साउनमा पनि धावनमार्गको पिज उप्किएर करिब एक घन्टासम्म उडान प्रभावित भएको थियो । भारी वर्षा र त्यसपछि चर्को घामसँगै जहाजको घर्षण एवं भार थेग्न नसकेर धावन मार्गको पिच उप्किएको विमानस्थल कार्यालयले बताउँदै आएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक श्रेष्ठले अहिले दैनिक साढे २ सय जहाज अवतरण र उडान हुने बताए । उनले पर्यटकीय मौसममा साना ठूला गरी दैनिक करिब ४ सय उडान अवतरण हुने जानकारी दिए ।

Sunday, August 11, 2013

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र जहाजलाई चीनको १८ अर्ब

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २२ साउन 
पोखरा Ôेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमलाई ६ जहाज खरिद गर्न चीनले आवश्यक ऋण दिने भएको छ । पोखरामा Ôेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब साढे १५ अर्ब र ६ जहाज खरिद गर्न ३ अर्ब रुपैया“ आवश्यक पर्छ।
यी दुवै परियोजनामा ऋण लगानी गर्न चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंक तयार भएको हो। ऋण लगानीसम्बन्धमा सरकारका उच्च अधिकारीहरु, चिनिया“ एक्जिम बैंकका अधिकारी, काठमाडौंस्थित चिनिया“ दूतावासका अधिकारीबीच मंगलबार छलफल भएको हो । सो छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव रञ्जनकृष्ण अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमन र नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल सहभागी थिए । त्यसैगरी, चिनिया“ एक्जिम बैंककी नायब महाप्रबन्धक लि डानसहितका अधिकारी, चिनिया“ दूतावासका अधिकारी पनि सहभागी थिए।
‘चिनिया“ पÔले विमानस्थल बनाउने र जहाज खरिद गर्ने हाम्रा दुई परियोजनामा आवश्यक ऋण दिन तयार रहेको बताए ’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘यसका लागि चिनिया“ पÔले आगामी पुस १६ भित्र नेपालतर्फको सम्पूर्ण प्रक्रियागत काम पूरा गर्नुपर्ने सर्त राखेको छ।’
उड्डयन प्राधिकरणको लागत अनुमानअनुसारै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ऋण दिन एक्जिम बैंक तयार रहेको ती अधिकारीले बताए। यता आन्तरिक उडानका लागि ६ जहाज खरिद गर्न भने २०६९ कात्तिक १७ मा निगम र चिनिया“ जहाज निर्माता कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) होल्डिङसका उच्च अधिकारीबीच ३ करोड ५० लाख अमेरिकी डलर (त्यसबेलाको ३ अर्ब १ करोड रुपैया“) मा ६ वटा जहाज किन्ने सहमति भएको थियो।
त्यसयता जहाज खरिदमात्र नभई पोखरा विमानस्थलसम्बन्धी सबै काम अगाडि बढ्न सकेको थिएन। पछिल्लो पटक चीन आफैंले यी दुई परियोजनामा चासो दिएपछि फेरि प्रक्रिया अगाडि बढेको हो। चिनिया“ एक्जिम बैंकका अधिकारी यिनै विÈयमा छलफल गर्न केही दिनदेखि काठमाडौंमा बसिरहेका छन्।
विमानस्थल निर्माण गर्न प्राधिकरणले आह्वान गरेको टेन्डरमा सबैभन्दा सस्तो कबोल गरेको चाइना सिएएमसी कम्पनी आधा सस्तोमै विमानस्थल बनाउन यसअघि नै सहमत भइसकेको छ । सुरुमा २८ अर्ब ६ करोड रुपैया“मा विमानस्थल निर्माण गर्ने गरी टेन्डर जितेको सिएएमसीले व्यापक विरोध र दबाबपछि १५ अर्ब २७ करोड २० लाख रुपैया“मा विमानस्थल निर्माण गर्न सहमति जनाएको थियो।
पोखरा विमानस्थल निर्माण गर्न सिएएमसीले गत साता नेपाललाई बुझाएको सम्भाव्यता अध्ययन प्रतिवेदन अहिले प्राधिकरणले अध्ययन गरिरहेको छ। त्यसमा यताबाट आवश्यक संशोधन वा सुझाव राख्नुपर्ने भएका कारण मंगलबार भएको छलफलमा कुनै सहमति भने हुन सकेन।
प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २०६८ चैतमा आह्वान गरेको टेन्डरमा चीनका तीन कम्पनी चाइना सिएएमसी कम्पनी लिमिटेड, चाइना वाटर एन्ड इलेक्ट्रीक कम्पनी र सिनो हाइड्रोमात्र योग्य भएका थिए। तीमध्ये सिएएमसीले सबैभन्दा सस्तो प्रस्ताव गरेको थियो। उसले ३० करोड ५० लाख अमेरिकी डलर (त्यसबेलाको २७ अर्ब रुपैया“) लागतमा सो विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको थियो।
प्राधिकरणले भने १६ करोड ६० लाख डलर (त्यसबेलाको १२ अर्ब रुपैया“) मा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो। प्राधिकरणले आङ्खनै परामर्शदाता कम्पनीबाट गरेको लागत अनुमान १४ करोड ७० लाख डलर (११ अर्ब ७६ करोड रुपैया“) थियो।
अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याजदरमा लिएर विमानस्थल निर्माण गर्न लागेको हो। चिनिया“ एक्जिम बैंकबाट ऋण लिने भएका कारण विमानस्थल बनाउन चिनिया“ ठेकेदार कम्पनीबाहेक अµ सहभागी हुन नपाउने चीनको सर्त थियो।
यता निगमको आन्तरिक उडानका लागि खरिद गर्न लागिएको ६ जहाजमध्ये ५८ सिट Ôमताको ‘एमए–६०’ मोडेलका दुई र १९ सिटयुक्त ‘वाई १२–ई’ मोडेलका चार जहाज हुन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई १२–ई अनुदानमा तथा बा“की एउटा एमए–६० र तीनवटा वाई १२–ई सहुलियत ऋण्ँमा दिन चीन सहमत भइसकेको छ।
चिनिया“ टोलीले ६ जहाजलाई ४ करोड २० लाख डलरभन्दा कममा नदिने अडान लिए पनि निगम अधिकारीहµले भाउ घटाउनैपर्ने अडान लिएपछि चिनिया“ टोली ७० लाख डलर घटेर ३ करोड ५० लाख डलरमा जहाज दिन सहमत भएका थिए।
एमए–६० मोडेलका जहाजलाई माउन्टेन ङ्खलाइटदेखि पोखरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, लगायत सहरी भेगका विमानस्थल तथा वाई १२–ईलाई दुर्गम भेगका उडाउने निगमको योजना छ।
एभिक होल्डिङसले आङ्खना जहाज नेपाली आकासमा उडाउन मिल्नेरनमिल्ने प्राविधिक परीÔण्ँका लागि प्राधिकरणमा निवेदन दिनुपर्छ। प्राधिकरणबाट अनुमति पाएपछि मात्र सरकारले चिनिया“ एक्जिम बैंकस“ग ऋण तथा अनुदान सम्झौता गर्ने बताईएको छ ।

Tuesday, August 6, 2013

अदालतको निणर्यले बोर्डको समस्या थप अन्योलमा

काठमाडौ, २२ साउन–पुनरावेदन अदालत पाटनले नेपाल पर्यटन बोर्डमा सुवास निरौलालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि बोर्डको नयाँ नेतृत्व चयन गर्ने कार्य थप अन्योलमा पर्ने भएको छ । यसअघि पनि धेरैपटक सिइओ छनोट गर्ने कार्य एवं प्रक्रियामा समेत बिबाद हुँदै आएको थियो । सो बिबादको विषयलाई लिएर असन्तुष्ट पक्षहरुले सर्बोच्च अदालतमा समेत मुद्दा हालेका थिए । डेढ वर्षदेखि नेतृत्व बिहिन अवस्थामा रहेको बोर्डको नयाँ सिइओ छनोट प्रक्रियामा भइरहेको ढिलाइका कारण उत्पन्न समस्या समाधानको उपाए स्वरुप गत ३१ असारमा बोर्ड सञ्चालन समितिको बैठकको निणर्य अनुसार निरौलालाई कामु सिइओ नियुक्त गरिएको थियो । त्यस निर्णयको बिरोधमा पनि  असन्तुष्ट व्यक्तिहरुले सञ्चालक समितिको निर्णय कानुन विपरीत भएको दाबी गर्दै दायर गरेको रिटउपर पुनरावेदन अदालतले सो आदेश दिएको थियो । 
निजी क्षेत्रका व्यवसायीहरुले पनि अहिले नयाँ नेतृत्व चयन गर्ने कार्यदेखि बोर्डमा पटक पटक भइरहेका बाधा अवरोधका गतिविधीले नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छान्ने काम थप अन्योलमा परेको बताएका छन । उनीहरुले बोर्डमा भइरहेका यस्ता गतिविधीले नयाँ सिइओ छनोट गर्ने कार्य समेत थप लम्बीने बताएका छन ।  नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा) का प्रथम उपाध्यक्ष मधुसुधन आचार्यले अब बोर्डको काम नियमित तलब भक्ता खाने काम बाहेक अरु केही नहुने बताए । धेरै पटक भइरहेका मुद्दा हाल्ने जस्ता बिबादका कारण आगामी दिनमा बोर्डको दैनिक कार्य सञ्चालनमा समेत प्रभाव गर्ने सम्भावना देखिएको बताउँदै आचार्यले भने, ‘ कामु सिइओ को जिम्मेवारी जसलाई दिएपनि नियमित हुने गतिविधीमा त कुनै बाधा हुने थिएन , अब बोर्डबाट नीतिगत फाइल उडाउने लगायत अन्य प्रशासनिक काम हुनै कठिन छ ’ । 
नयाँ नेतृत्व चयन नभएसम्मकालागि कामुबाटै  तत्कालको समस्या सहजै समाधान हुन्छ भन्नेमा व्यवसायी आशावादी भइरहेको बेलामा अब बोर्डमा थप अन्योल उत्पन्न भएको उनको भनाई छ । उनले बोर्डमा नियमित भइरहेका अवरोधका गतिविधी एवं राजनीतिक हस्तक्षेपका कारण उत्पन्न समस्या समाधान गर्ने उपाए स्वरुप निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुको सामुहीक भेलाले बोर्डको संरचना नै परिवर्तन गर्न जोड दिईरहेको बताए ।  नेपाल पर्वतारोहण संघ ( एनएमए) का अध्यक्ष जिम्बाजाङबु शेर्पाले पनि  पुनरावेदन अदालतको सो निणर्यले बोर्डमा थप समस्या उत्पन्न भएको बताए । उनले यस्तो समस्याको दीर्घकालिन समाधानको उपाए खोज्न केहीदिन अघि निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुबीच भएको व्यवसायीक छलफलले बोर्डको संरचना परिवर्तन परिवर्तन गर्नकालागि पर्यटन मन्त्रालयलाई सोमबार मात्र संरचना परिवर्तन गर्न सुझाव दिएको जानकारी गराए । निजी क्षेत्रको सो सुझाव अनुसार अब सरकारले तत्काल निकास दिनुपर्छ बोर्डलाई नेतृत्वबिहिन अवस्थामा धेरै समय राख्नु हुँदैन भन्दै उनले अब बोर्डका कर्मचारीले तलब खाने बाहेक अरु नितिगत  काम गर्न नसक्ने दावी गरे । उनले टान, नाट्टा, पर्वतारोहण संघ, एचआरए, नारा, पाटा नेपाल च्याप्टर लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धीत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा मन्त्रालयलाई सो सुझाव दिएको जानकारी दिए । उनले अब पर्यटकीय मौसम सुरु हुन लागेकाले सरकार पनि बोर्डको यस्तो अवस्थाप्रति गम्भीर हुनुपर्ने बेला आएको  बताए ।       
विगत लामो समयदेखि नयाँ सिइओ छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समिति बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सो निणर्यको आधारमा  निरौलाले कामु सिइओको जिम्मेवारी लिएका थिए । निरौलाले पाएको सो जिम्मेवारी प्रति असन्तुष्ट रघु विष्टलगायत ५ जनाले बोर्ड सञ्चालक समितिको निर्णय कानुन विपरीत भएको दाबी गर्दै दायर गरेको रिटउपर पुनरावेदन अदालतका न्याधिस सुस्मालता माथेमाको इजलाशले सोमबार सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो  । सो विषयमा अहिलेसम्म संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही प्रतिक्रिया दिएको छैन । २०६८ साल १४ कार्तिकमा तत्कालित सिइओ प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएपछि अहिलेसम्म विवादकै कारण बोर्ड नेतृत्व बिहिन अवस्थामा गुज्रिरहेको छ ।

निरौलालाई कामु दिने निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालतको आदेश

काठमाडौ, २१ साउन  –पुनरावेदन अदालत पाटनले नेपाल पर्यटन बोर्डमा सुवास निरौलालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अदालतका रजिस्टार नृपध्वज निरौलाले सोमबार सो अन्तरिक आदेश दिएको जानकारी दिए ।
विगत लामो समयदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको पर्यटन बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समिति बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सो निणर्यको आधारमा निरौलालाई कामु सिइओको जिम्मेवारी सुम्पीएको थियो । सोही निर्णय अनुसार उनको तलब भक्ता सुविधा  बनाइएर बोर्डबाट रोकिएका काम सञ्चाहन गर्ने प्रयास भएको थियो । अब पुनरावेदन अदालतको सो अन्तरिक आदेशले बोर्डको दैनिक कार्य सञ्चालनको कार्य देखि नयाँ नेतृत्व चयन गर्ने कार्यलाई थप अन्योलमा पुगेको छ । पटक पटक अदालतबाट हुने यस्तो कार्यले बोर्डको नयाँ सिइओ छनोट गर्ने कार्य झन लम्बीने सम्बन्धीत क्षेत्रका सरोकारवालाहरु एवं व्यवसायीहरुले बताएका छन ।  कामु सिइओ भएलगतै निरौलाले २२ जनालाई विभिन्न पदमा नियुत्त गरेको आरोप समेत लागेको  थियो । रघु विष्टलगायत ५ जनाले सञ्चालक समितिको निर्णय कानुन विपरीत भएको दाबी गर्दै दायर गरेको रिटउपर पुनरावेदन अदालतका न्याधिस सुस्मालता माथेमाको इजलाशले सुनुवाईपछि सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो । पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य धुर्बनारायण श्रेष्ठले पनि आफुले पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गरेको भन्ने सुनेको बताए । उनले सो आदेशकाबारेमा सबै नहेरिकन अहिले केही प्रतिक्रिया दिन नसकिने बताए । उनले   पुनरावेदन अदालतको सो अन्तरिम आदेश लगायत धेरै पटक भईरहेका यस्ता गतिविधीले बोर्डको दैनिक कार्य सञ्चालन गर्न नै समस्या हुने अवस्था आएको बताए । नयाँ सिइओ छनोट गर्ने विषयलाई लिएर धेरै पटक भइरहेका यस्ता कार्यले बोर्डलाई निकै कमजोर पार्ने उनको भनाई छ ।  संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले अहिले आफुलाई सो विषयमा केही जानकारी नभएको बताए ।

विदेशी लगानीकर्तालाई मजदुरको धम्की

नागरिकका अनुसार
काठमाडौं,२२ साउन  –  एमाले मजदुर संगठनले पार्टीका उपल्लो तहका नेताको हवाला दिँदै  राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिलाका विदेशी लगानीकर्तालाई 'जे पनि हुन सक्ने' धम्की दिएका छन्। एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन इकाईले मुख्य लगानीकर्ता डेनियल कङलाई इमेल गरी धम्की दिएको हो। क्यासिनो स्रोतका अनुसार ट्रान्सपोर्ट विभागका कर्मचारी नवराज कार्कीले क्यासिनो गाडीको पेट्रोल चोरी गरेको प्रमाणित भएपछि व्यवस्थापनले उनको वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड) रोक्न आदेश दिएको थियो। त्यसैको विरुद्ध उत्रिएका कर्मचारी युनियनका अध्यक्ष दिनेश घिमिरेले कार्कीमािथ लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै लगानीकर्तालाई धम्की दिएका हुन्। उनले युनियनसम्बद्ध मजदुर कार्कीलाई गरिएको कारबाही तत्काल फिर्ता गर्न पनि माग गरेका छन्। 
नेपालको राजनीतिक पार्टीहरूलाई दबाउन खोजे कुनै पनि समयमा जे पनि हुन सक्ने भन्दै युनियन अध्यक्ष घिमिरेले क्यासिनोका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मुख्य लगानीकर्ता कङलाई उनको नेपालभरिको लगानी प्रभावित हुने चेतावनी दिएको उक्त इमेलमा उल्लेख छ।
'अहिले तपाईं के चाहनुहुन्छ? क्यसिनोका निर्देशक बोधविक्रम पाण्डे वा तपाईंको लगानी?,' घिमिरेले धम्कीयुक्त इमेलमा लेखेका छन्, 'तपाईंको प्रतिबद्धता र निर्णयलाई १५ दिन कुर्छु, होइन भने मेरो उपल्लो तहका वरिष्ठ नेताको आदेश पालना गरी उनीहरूको सुझावअनुसार अगाडि बढ्नुपर्छ। सम्भवतः त्यो निर्देशन उपयुक्त हुँदैन।'
क्यासिनोका मलेसियाली लगानीकर्ता कङलाई इमेल गरेर धम्क्याएपछि घटनाले उग्ररूप लिएको हो। इमेलमा घिमिरेले क्यासिनोका निर्देशक पाण्डेलाई १५ दिनभित्र नहटाए 'क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोड इत्यादीलाई बेवास्ता गर्न' उल्लेख गर्दै धम्क्याएका छन्।
'कार्कीलाई कारबाही गरेर तपाईंले निकै ठूलो गल्ती गर्नुभएको छ र त्यसलाई सुधार गर्नुस्,' युनियन अध्यक्ष घिमिरेले प्रमुख कार्यकारी अधिकृत कङलाई लेखेको इमेलमा उल्लेख छ, 'तपाईंसँग अब केवल एकमात्र विकल्प छ। कि क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोडलाई बेवास्ता गर्नुस् वा निर्देशक पाण्डेलाई कामबाट हटाउनुस्।' आफ्नै मजदुरबाट धम्की आएपछि विदेशी लगानीकर्ताले क्यासिनो सांग्रिला नै  बन्द गर्ने चेतावनी दिएका छन्। प्रमुख कार्यकारी अधिकृत कङले क्यासिनो व्यवस्थापनलाई इमेल गरी आवश्यक सावधानी अपनाई धम्कीविरुद्ध प्रहरीमा उजुरी गर्न निर्देशन दिएका छन्।
'हामी धम्कीबाट डराउँदैनौं,' कङले व्यवस्थापनलाई पठाएको इमेलमा उल्लेख छ, 'यदि आवश्यक पर्‍यो भने क्यासिनो नै बन्द गर्छौं।' कङको निर्देशनपछि क्यासिनो व्यवस्थापनले काठमाडौं जिल्ला प्रशासन कार्यालय, बागमती अञ्चल श्रम कार्यालय र श्रम विभागमा धम्कीयुक्त इमेलसहित उजुरी हालेको छ। उक्त धम्कीयुक्त इमेल र कङको निर्देशनको इमेल कपी नागरिकसँग सुरक्षित छ।
'अनियमितता गरेका मजदुरलाई कारबाही गरिएको हो र यो फिर्ता पनि हुँदैन,' क्यासिनो व्यवस्थापनका एक अधिकारीले  भने, 'यदि फिर्ता गर्नैपर्ने अवस्था आयो भने क्यासिनो नै बन्द गर्छौं।'
उता मजदुर युनियनले पनि 'कङलाई पठाएको इमेल र त्यसमा क्यासिनो बन्द गरिदिन्छु भनी फैलाइएको हल्ला झुठो हो र अनावश्यक हल्लाको पछाडि नलाग्न' सम्पूर्ण कर्मचारी–मजदुरलाई आग्रह गरेको सूचना प्रकाशित गरेको थियो।
यसअघि २०६८ पुस दोस्रो साता पनि माओवादी मजदुरको विवादपछि क्यासिनो सांग्रिला बन्द भएको थियो। यो क्यासिनोमा मलेसियाली कम्पनी गोल्ड सोरको सतप्रतिशत (३० करोड रुपैयाँ) लगानी रहेको छ।
काम गरिरहेका मजदुरहरूको 'अनुशासनहीन व्यवहार तथा विकृति र विसंगति झेल्न नसक्ने' भन्दै मलेसियाली कम्पनीले क्यासिनो औपचारिक रूपमा बन्द गर्ने घोषणा गरेको थियो। माओवादी र एमाले निकट मजदुर विवादका कारण बन्द रहेको क्यासिनो सांग्रिला माघ दोस्रो साताबाट पुनः सञ्चालनमा आएको थियो। माओवादी, एमाले र कांग्रेस निकट मजदुरले व्यवस्थापनद्वारा प्रस्तुत सबै १४ सर्त मान्न तयार रहेको भन्दै हस्ताक्षर गरेपछि क्यासिनो पुनः खुलेको थियो।

प्राधिकरणले दोब्बर बढायो ल्याण्डिङ, पार्किङ, ग्राउण्ड ह्याण्डलिङ शुल्क, सेवा बन्द गर्ने एयरलाइन्स अपरेटरको धम्की

काठमाडौं,२२ साउन  – नेपालको अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ, ग्राउण्ड ह्याण्डलिङ र नेभिगेसन यसै महँगो छ, नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यस्तो शुल्क कम गर्ने त परै जाओस्, अन्तराष्ट्रिय विमान कम्पनीलाई थप भार थप्ने गरी बढाउने निर्णय गरेको छ । भाडा बढाउने प्राधिकरणको निर्णयको नेपालमा उडान भर्ने अन्तराष्ट्रि«य विमान कम्पनीले कडा विरोध गरेका छन् ।
प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको रोयल्टी बढाउने सहित विभिन्न दुई दर्जन शीर्षकमा भाडा वृद्धि गरेको छ । नागरिक उडड्यन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ लगायतका शुल्क वृद्धिको प्रस्ताव नेपाल वायु सेवा निगम र अन्य एयरलाइन्सलाई पठाइसकेको छ । जसअनुसार प्राधिकरणले नेपाल वायु सेवा निगमसँग ग्राण्ड ह्याण्डलिङको आम्दानीमा १५ प्रतिशत रोयल्टी मागेको छ । यसअघि यस्तो आम्दानीको दश प्रतिशत रोयल्टी मात्रै बुझाए पुग्थ्यो । नेपालमा थाई एयर र एयर इण्डियाले आफै ग्राउण्ड ह्याण्डलिङ गर्छन भने अन्य विमानका लागि नेपाल वायु सेवा निगमले ह्याण्डलिङ गर्दै आएको छ ।
निगमले अहिले प्रति विमान २४ सयदेखि ३२ सय डलरसम्म ग्राउण्ड ह्याण्डलिङ शुल्क लिन्छ । यस्तो शुल्कको रोयल्टी वापत अहिले दश प्रतिशत नागरिक उडड्यन प्राधिकरणको खातामा जान्छ, अब त्यो हिस्सा नागरिक उडड्यन प्राधिकरणले १५ प्रतिशत पुर्याएको छ ।
बढेको रोयल्टी निगमले पक्कै पनि व्योहोर्ने छैन्, त्यो एयरलाइन्सलाई पास गर्नेछ, त्यसो हुँदा नेपालमा उडान भर्नु अन्तराष्ट्रिय विमान कम्पनीका लागि थप महँगो हुनेछ, एक एयरलाइन्स अपरेटरले भने । पाँच महिना अघि मात्रै पार्किङ, नेभिगेशन र ग्राउण्ड ह्याण्डलिङ लगायत शुल्क महँगो भएको भन्दै गल्फ एयरले आफ्नो नेपाल उडान बन्द गर्यो, प्राधिकरणको यस्तै रवैया रहने हो भने अन्य एयरलाइन्स पनि उडान बन्द गर्न बाध्य हुनुपर्दछ, एक एयरलाइन्सका नेपाल प्रतिनिधीले भने ।
अहिले नेपालमा २७ विमान कम्पनीले दैनिक औषत ४० उडान भर्ने गरेका छन्, यसबाट आर्थिक वर्ष २०६७÷६८ मा नागरिक उडड्यन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको रोयल्टी मात्रै १८ करोड ५० लाख रुपैयाँ प्राप्त गर्यो । यसको अर्थ नेपाल वायु सेवा निगमले मात्रै ग्राउण्ड ह्याण्डलिङ गरेर एक अर्ब ८० करोड रुपैयाँको कारोवार गर्यो ।
प्राधिकरणले सिआईपी कोठा प्रतिव्याक्तिले प्रतिघण्टा प्रयोग गरेवापत दुई सय रुपैयाँबाट बढाएर चार सय रुपैयाँ पुर्याएको छ । त्यसैगरी विमानस्थलमा कार्यालय कोठाको भाडा प्रतिस्क्वायर मिटर पाँच सय रुपैयाँबाट ६० प्रतिशत बढाएर आठ सय रुपैयाँ बनाएको छ । एयरक्राफ्त पार्किङका गर्दा प्रति स्क्वायर मिटर प्रतिमहिनाको भाडा दुई सय रुपैयाँबाट तीन सय पुर्याएको छ, व्यापरिक उद्देश्यका लागि प्रतिस्क्वायर मिटर प्रतिवर्ष भाडा तीन सयबाट शतप्रतिशत बढाएर छ सय रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी प्राधिकरणले ह्यांगर निर्माण क्षेत्र प्रतिस्क्वायर मिटर प्रति महिना १७५ बाट २५० रुपैयाँ, पार्किङ यार्डमा ग्राउण्ड ह्याण्डलिङ साधनको प्रतिस्क्वायर मिटर प्रतिवर्ष तीन सय रुपैयाँबाट दश हजार प्रतिशत बढाएर तीस हजार रुपैयाँ पुर्याएको छ ।
निगमले व्यागेज स्क्रिनिङमा १५ प्रतिशत रोयल्टी, विमान कम्पनीको अतिरिक्त व्यागेज आम्दानीमा १५ प्रतिशत रोयल्टी, एक विमान कम्पनीले अन्य विमान कम्पनीलाई प्रदान गरेको सेवावापतको आम्दानीमा १५ प्रतिशत रोयल्टी, मेट्रोलोजीका लागि प्रति विमान १५ अमेरिकी डलरको शुल्क लगाउने नयाँ प्रावधान पनि थपेको छ ।
इन्टर्नमा आउने विद्यार्थीसँग शुल्क लिने, सेमिनार हल प्रयोग गरेवापत प्रति छ घण्टाको तीन हजार शुल्क लिने निर्णय पनि गरेको छ । त्यसैगरी विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रतिपासको शुल्क पनि ५६५ रुपैयाँबाट बढाएर ११३० रुपैयाँ पुर्याउने निर्णय प्राधिकरणले गरेको छ ।
बहाल शुल्क पनि बढ्यो
प्राधिकरणले अन्तराष्ट्रिय विमान कम्पनीलाई पत्राचार गर्दै टर्मिनल भवनको प्रस्थानतर्फको चेक इन एरियामा विभिन्न प्रयोजनका लागि लिएको कोठाको बहाल प्रतिवर्गमिटर आठ सय रुपैयाँबाट बढाएर १८ सय रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
प्राधिकरणले भाडा १२५ प्रतिशतले बढाएको हो । अहिले औषतमा एक विमान कम्पनीले सय वर्गफिट स्थान प्रयोग गर्छन्, त्यसका लागि कम्पनीले प्रतिवर्ष नेपाल नागरिक उडड्यन प्राधिकरणलाई २१ लाख ६० हजार रुपैयाँ बुझाउनुपर्दछ । यस्तो शुल्क पनि प्राधिकरणलाई अग्रिम बुझाउन पत्राचार गरिएको छ ।
बढेको शुल्कपछि नेपालमा विमान सञ्चालन गर्न नसकिने भन्दै सोमवार बोर्ड अफ एयरलाइन्सको टोली नागरिक उडड्यन प्राधिकरण पुगेको थियो । नेपालमा सेवा सञ्चालन गर्ने २७ वटै विमान कम्पनीका नेपाल प्रमुखले भाडाको वृद्धि पाँच÷दश प्रतिशतले गर्न सुझाएका थिए तर विमानस्थल सञ्चालन गर्ने प्राधिकरणले दश वर्षपछि भाडा बढेको भन्दै त्यसमा पुर्नविचार हुन नसक्ने अडान राखेका थिए ।
६५ लाखको गलपासो
विमान कम्पनीलाई नागरिक उडड्यन प्राधिकरणले ६५ लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने अर्को गलपासो पनि थपिदिएको छ । नेपालमा सेवा सञ्चालन गर्ने किंगफिशर एयरलाइन्सले अनपेक्षित सेवा बन्द गरेर ल्याण्डिङ, पार्किङ र नेभिगेसनको शुल्क नबुझाएपछि प्राधिकरणले सबै अन्तराष्ट्रिय विमान कम्पनीलाई ६५ लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो ।
यस अघि कम्पनीहरुले हरेक १५ दिनमा प्राधिकरणमा उठेको शुल्क बुझाउँदै आएका थिए, अहिले नगद धरौटीबाट रकम काटिंदै जाने र १५ दिनपछि फेरी ६५ लाख रुपैयाँ नगद धरौटी पुर्याउनुपर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थाको समेत विमान कम्पनीले विरोध गर्दै आएका छन् ।