Sunday, August 11, 2013

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र जहाजलाई चीनको १८ अर्ब

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २२ साउन 
पोखरा Ôेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमलाई ६ जहाज खरिद गर्न चीनले आवश्यक ऋण दिने भएको छ । पोखरामा Ôेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब साढे १५ अर्ब र ६ जहाज खरिद गर्न ३ अर्ब रुपैया“ आवश्यक पर्छ।
यी दुवै परियोजनामा ऋण लगानी गर्न चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंक तयार भएको हो। ऋण लगानीसम्बन्धमा सरकारका उच्च अधिकारीहरु, चिनिया“ एक्जिम बैंकका अधिकारी, काठमाडौंस्थित चिनिया“ दूतावासका अधिकारीबीच मंगलबार छलफल भएको हो । सो छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव रञ्जनकृष्ण अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमन र नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल सहभागी थिए । त्यसैगरी, चिनिया“ एक्जिम बैंककी नायब महाप्रबन्धक लि डानसहितका अधिकारी, चिनिया“ दूतावासका अधिकारी पनि सहभागी थिए।
‘चिनिया“ पÔले विमानस्थल बनाउने र जहाज खरिद गर्ने हाम्रा दुई परियोजनामा आवश्यक ऋण दिन तयार रहेको बताए ’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘यसका लागि चिनिया“ पÔले आगामी पुस १६ भित्र नेपालतर्फको सम्पूर्ण प्रक्रियागत काम पूरा गर्नुपर्ने सर्त राखेको छ।’
उड्डयन प्राधिकरणको लागत अनुमानअनुसारै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ऋण दिन एक्जिम बैंक तयार रहेको ती अधिकारीले बताए। यता आन्तरिक उडानका लागि ६ जहाज खरिद गर्न भने २०६९ कात्तिक १७ मा निगम र चिनिया“ जहाज निर्माता कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) होल्डिङसका उच्च अधिकारीबीच ३ करोड ५० लाख अमेरिकी डलर (त्यसबेलाको ३ अर्ब १ करोड रुपैया“) मा ६ वटा जहाज किन्ने सहमति भएको थियो।
त्यसयता जहाज खरिदमात्र नभई पोखरा विमानस्थलसम्बन्धी सबै काम अगाडि बढ्न सकेको थिएन। पछिल्लो पटक चीन आफैंले यी दुई परियोजनामा चासो दिएपछि फेरि प्रक्रिया अगाडि बढेको हो। चिनिया“ एक्जिम बैंकका अधिकारी यिनै विÈयमा छलफल गर्न केही दिनदेखि काठमाडौंमा बसिरहेका छन्।
विमानस्थल निर्माण गर्न प्राधिकरणले आह्वान गरेको टेन्डरमा सबैभन्दा सस्तो कबोल गरेको चाइना सिएएमसी कम्पनी आधा सस्तोमै विमानस्थल बनाउन यसअघि नै सहमत भइसकेको छ । सुरुमा २८ अर्ब ६ करोड रुपैया“मा विमानस्थल निर्माण गर्ने गरी टेन्डर जितेको सिएएमसीले व्यापक विरोध र दबाबपछि १५ अर्ब २७ करोड २० लाख रुपैया“मा विमानस्थल निर्माण गर्न सहमति जनाएको थियो।
पोखरा विमानस्थल निर्माण गर्न सिएएमसीले गत साता नेपाललाई बुझाएको सम्भाव्यता अध्ययन प्रतिवेदन अहिले प्राधिकरणले अध्ययन गरिरहेको छ। त्यसमा यताबाट आवश्यक संशोधन वा सुझाव राख्नुपर्ने भएका कारण मंगलबार भएको छलफलमा कुनै सहमति भने हुन सकेन।
प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २०६८ चैतमा आह्वान गरेको टेन्डरमा चीनका तीन कम्पनी चाइना सिएएमसी कम्पनी लिमिटेड, चाइना वाटर एन्ड इलेक्ट्रीक कम्पनी र सिनो हाइड्रोमात्र योग्य भएका थिए। तीमध्ये सिएएमसीले सबैभन्दा सस्तो प्रस्ताव गरेको थियो। उसले ३० करोड ५० लाख अमेरिकी डलर (त्यसबेलाको २७ अर्ब रुपैया“) लागतमा सो विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको थियो।
प्राधिकरणले भने १६ करोड ६० लाख डलर (त्यसबेलाको १२ अर्ब रुपैया“) मा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो। प्राधिकरणले आङ्खनै परामर्शदाता कम्पनीबाट गरेको लागत अनुमान १४ करोड ७० लाख डलर (११ अर्ब ७६ करोड रुपैया“) थियो।
अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याजदरमा लिएर विमानस्थल निर्माण गर्न लागेको हो। चिनिया“ एक्जिम बैंकबाट ऋण लिने भएका कारण विमानस्थल बनाउन चिनिया“ ठेकेदार कम्पनीबाहेक अµ सहभागी हुन नपाउने चीनको सर्त थियो।
यता निगमको आन्तरिक उडानका लागि खरिद गर्न लागिएको ६ जहाजमध्ये ५८ सिट Ôमताको ‘एमए–६०’ मोडेलका दुई र १९ सिटयुक्त ‘वाई १२–ई’ मोडेलका चार जहाज हुन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई १२–ई अनुदानमा तथा बा“की एउटा एमए–६० र तीनवटा वाई १२–ई सहुलियत ऋण्ँमा दिन चीन सहमत भइसकेको छ।
चिनिया“ टोलीले ६ जहाजलाई ४ करोड २० लाख डलरभन्दा कममा नदिने अडान लिए पनि निगम अधिकारीहµले भाउ घटाउनैपर्ने अडान लिएपछि चिनिया“ टोली ७० लाख डलर घटेर ३ करोड ५० लाख डलरमा जहाज दिन सहमत भएका थिए।
एमए–६० मोडेलका जहाजलाई माउन्टेन ङ्खलाइटदेखि पोखरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, लगायत सहरी भेगका विमानस्थल तथा वाई १२–ईलाई दुर्गम भेगका उडाउने निगमको योजना छ।
एभिक होल्डिङसले आङ्खना जहाज नेपाली आकासमा उडाउन मिल्नेरनमिल्ने प्राविधिक परीÔण्ँका लागि प्राधिकरणमा निवेदन दिनुपर्छ। प्राधिकरणबाट अनुमति पाएपछि मात्र सरकारले चिनिया“ एक्जिम बैंकस“ग ऋण तथा अनुदान सम्झौता गर्ने बताईएको छ ।

No comments:

Post a Comment