Tuesday, August 6, 2013

निरौलालाई कामु दिने निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालतको आदेश

काठमाडौ, २१ साउन  –पुनरावेदन अदालत पाटनले नेपाल पर्यटन बोर्डमा सुवास निरौलालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अदालतका रजिस्टार नृपध्वज निरौलाले सोमबार सो अन्तरिक आदेश दिएको जानकारी दिए ।
विगत लामो समयदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको पर्यटन बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समिति बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सो निणर्यको आधारमा निरौलालाई कामु सिइओको जिम्मेवारी सुम्पीएको थियो । सोही निर्णय अनुसार उनको तलब भक्ता सुविधा  बनाइएर बोर्डबाट रोकिएका काम सञ्चाहन गर्ने प्रयास भएको थियो । अब पुनरावेदन अदालतको सो अन्तरिक आदेशले बोर्डको दैनिक कार्य सञ्चालनको कार्य देखि नयाँ नेतृत्व चयन गर्ने कार्यलाई थप अन्योलमा पुगेको छ । पटक पटक अदालतबाट हुने यस्तो कार्यले बोर्डको नयाँ सिइओ छनोट गर्ने कार्य झन लम्बीने सम्बन्धीत क्षेत्रका सरोकारवालाहरु एवं व्यवसायीहरुले बताएका छन ।  कामु सिइओ भएलगतै निरौलाले २२ जनालाई विभिन्न पदमा नियुत्त गरेको आरोप समेत लागेको  थियो । रघु विष्टलगायत ५ जनाले सञ्चालक समितिको निर्णय कानुन विपरीत भएको दाबी गर्दै दायर गरेको रिटउपर पुनरावेदन अदालतका न्याधिस सुस्मालता माथेमाको इजलाशले सुनुवाईपछि सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो । पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य धुर्बनारायण श्रेष्ठले पनि आफुले पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गरेको भन्ने सुनेको बताए । उनले सो आदेशकाबारेमा सबै नहेरिकन अहिले केही प्रतिक्रिया दिन नसकिने बताए । उनले   पुनरावेदन अदालतको सो अन्तरिम आदेश लगायत धेरै पटक भईरहेका यस्ता गतिविधीले बोर्डको दैनिक कार्य सञ्चालन गर्न नै समस्या हुने अवस्था आएको बताए । नयाँ सिइओ छनोट गर्ने विषयलाई लिएर धेरै पटक भइरहेका यस्ता कार्यले बोर्डलाई निकै कमजोर पार्ने उनको भनाई छ ।  संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले अहिले आफुलाई सो विषयमा केही जानकारी नभएको बताए ।

No comments:

Post a Comment