Monday, August 12, 2013

आन्तरिक हवाई भाडा बढ्ने ,अब धनगढी जान १० हजार ५ सय ९०तिर्नुपर्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ साउन
नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेपछि वायुसेवा सन्चालक संघ नेपाल (आयोन) ले आन्तरिक हवाई भाडा बढाएको छ । आयल निगमले गत शनिबार मध्य रातीबाट लागु हुनेगरि हवाइ इन्धनको मुल्य बढाएको थियो । सोही मुल्य बृद्धि पछि निजी वायुसेवा सञ्चालक कम्पनीहरुको छाता संस्था संघले हवाई भाडा बढाउने निर्णय गरेको थियो । संघले आगामी  ३१ साउनदेखि लागु हुनेगरि  हवाई भाडामा समावेश हुने इन्धन वापतको शुल्क बढाउने निर्णय गरेको हो । 
नयाँ बृद्धि भएको भाडा स्वीकृतीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार पत्र पठाइएको संघले जनाएको छ । संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्माले सोमबार विहानै प्राधिकरणमा नयाँ भाडा बृद्धिको जानकारी पत्र दर्ता गरेको बताए । उनले ४८ घण्टाभित्र दर्ता भएको सो पत्रका बारेमा प्राधिकरणले कुनै प्रतिक्रियाको जानकारी दिएन भने स्वत लागु हुने प्रावधान रहेको बताए । हाल इन्धनको मुल्य बृद्धि भएपछि स्वचालित रुपमा हवाई भाडा समायोजन गर्न सकिने प्रावधान अनुरुप संघले यस्तो निणर्य गरेको  जानकारी दिँदै कार्यकारी निर्देशक बर्माले भने, ‘ हामीले पठाएको नयाँ भाडा बृद्धिको विषयमा सरकारले केही निर्देशन दिएको खण्डमा मात्र संघले सोही बमोजिम निणर्य गर्ने छ ’ ।   उनले निजी वायुसेवा कम्पनीले भाडा बढाउँदा प्राधिकरणलाई ४८ घण्टा अघि नै जानकारी गराउनुपर्ने नियम रहेकाले बेलैमा प्राधिकरणलाई जानकारी गराईएको बताए । संघको निर्णय अनुसार अब सबैभन्दा बढी धनगढी रुटमा प्रतियात्रु हवाई भाडा ३ सय ८५ रुपैया“ बुझाउनुपर्ने  हुन्छ । यसैगरि नेपालगञ्जका लागि २ सय ९० रुपैया“, भद्रपुरकालागि २ सय ७५, विराटनगरकालागि  २ सय ३० र भैरहवाका लागि २ सय ५ रुपैया“ इन्धन वापतको शुल्कमा बढ्ने छ । यसैगरि पर्वतीय उडानमा ३ सय ७५ रुपैया“ बढेको उनले जानकारी दिए । न्यूनतम १ सय १० देखि अधिकतम ३ सय ८५ रुपैया“सम्म ङ्खयुल सरचार्ज बढाउने निर्णय भएको जानकारी गराउँदै उनले भने, ‘सबै आन्तरिक वायुसेवाले आगामी बिहीबार देखि नया“ भाडा दरमा उडान भर्ने छन’ । यसअघि  सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैया“सम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा सोही अनुपातमा घटबढ गर्न दिने निर्णय गरेको थियो।  नयाँ बृद्धि भएको भाडा अनुसार पोखरामाकालागि  १ सय ६५, जनकपुरकालागि  १ सय ५०, भरतपुरमा १ सय ३० र सिमराकालागि १ सय १० रुपैया“ बढी भाडा बुझाउनुपर्ने भएको छ ।
संघले बढाएको नया“ भाड दर अनुसार अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ८ सय रुपैया“ लाग्छ ।  यसैगरि सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ५ सय ९० रुपैया“ तिर्नुपर्छ। यी सबै भाडा दर करसहित हुन्। यि सबै भाडा नर्मल नै भएको संघले जनाएको छ।  आगामी बुधबारसम्मका लागि भने सिमरा जान २ हजार ६ सय ९० र धनगढीका लागि १० हजार २ सय ५ रुपैया“ मै उडान गर्न पाइन्छ ।  अब बुद्ध एयरबाट माउन्टेन ङ्खलाइटका लागि प्रति यात्रु ९ हजार ३ सय ६५, काठमाडौबाट भरतपुर जान ३ हजार ३ सय, पोखरा जान  ४ हजार ५ सय ५० र  विराटनगर ओहोरदोहोर गर्न ६ हजार ३ सय ३५ रुपैयाँ तिर्नुपर्छ ।  यसैगरि जनकपुरकालागि ३ हजार ८ सय ५५, तुम्लिङटारकालागि ४ हजार ८ सय ६९, भैरहवा ५ हजार ६ सय २०, नेपालगञ्ज ७ हजार ८ सय ५० र भद्रपुरका लागि ७ हजार २ सय १० रुपैया“ तिर्नुपर्छ। 
प्राधिकरणले २०६७ मा हवाई भाडादर पुनरावलोकन गरी माथिल्लो र तल्लो सिमा दर परिवर्तन गरेयता हरेक वर्È आयल निगमद्धारा हवाई इन्धनको भाउ बृद्धि गरेपछि जहाज उडान मंहगो हुदै गएको छ । आयल निगमले शनिवार आन्तरिक तर्फ हवाई इन्धनको मुल्य १० रुपैया“ बृद्धि गरी प्रतिलिटिर १ सय ३० रुपैया“ पु¥याएको थियो ।  
२०६७ साल अघि धेरै समयको अन्तरालमा मात्र विमान सञ्चालक कम्पनीले भाडा बृद्धि गर्थे । यसै वर्Èदेखी प्राधिकरणले भाडादरबाट इन्धन वापतको शुल्कलाई छुट्टै राखेको हो । अहिले संसोधन गरेर सिमादर परिवर्तन भएपनि इन्धनमा ४ रुपैया“ बृद्धि भएपछि भाडादरमा समायोजन गर्न पाउने व्यवस्था छ । पछिल्लोपटक २०१२ सेप्टेम्बर ५ मा विमानकम्पनीले इन्धन शुल्क बढाएको थियो । विमान सञ्चालक कम्पनीका अनुसार उडान सेवामा कुल सन्चालन खर्चको ५० प्रतिशत इन्धनको शुल्क पर्ने गर्छ । जसमा थोरै मात्र नाफा हुने भएकाले भाडादर बढाउनै पर्ने विमान सञ्चालक व्यवसायीहरुको भनाई छ ।  उनीहरुले दशैंरतिहार र पर्यटकीय सिजनमा मात्र आन्तरिक उडानबाट आम्दानी राम्रो हुनेगरेको र अन्य समय घाटामै जहाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका छन ।   प्राधिकरणले निर्धारण गरेको नया“ सीमा अनुसार विराटनगरका लागि न्युनत हवाई भाडा २ हजार १० रुपैया“ र इन्धन शुल्क १ हजार ८ सय ५० रहेको छ । यसैगरि अधिकतम सीमाअन्तर्गत हवाई भाडा ३ हजार ५ सय ७३ रुपैया“ र इन्धन शुल्क लिन पाउँछन् । यसैगरि भैरहवाका लागि न्युनतम सीमाअन्तर्गत १ हजार ७ सय २३ मा र इन्धन शुल्कबापत १ हजार ६ सय ५० रुपैया“ जोडिने छ । अधिकतम सीमाअन्तर्गत ३ हजार ६३ रुपैयाँमा इन्धन शुल्क जोडेर टिकट बेच्न पाउने अधिकार कम्पनीले पाएका छन् । त्यस्तै नेपालगञ्जका लागि न्यूनतम भाडा २ हजार ७ सय २८ र इन्धन शुल्क २ हजार ३ सय ५०  रुपैया“ र बढीमा ४ हजार ४९ रुपैया“ इन्धन शुल्क लिन पाउने व्यवस्था छ । सोही सीमाभित्र रहेर मात्र हरेक विमान कम्पनीले आङ्खनो कम्पनीको खर्च उठ्ने गरी भाडादरमा परिवर्तन गर्न पाउने प्रावधान छ । यसैगरि काठमाडौबाट पोखराका लागि न्यूनतम १ हजार ३ सय २८ हवाई भाडामा इन्धन मूल्य १ हजार ३ सय ५० रुपैया“ र बढीमा २ हजार ३ सय ६१ रुपैया“मा इन्धनबापतको शुल्क लिन सकिनेछ । सिमराका लागि ९ सय इन्धन शुल्कमा न्यूनतम हवाई भाडा ७ सय ५४ र बढीमा १ हजार ३ सय ४० रुपैया“को सीमा तोकिएको छ ।  आयल निगमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ८ दशमलव ३३ प्रतिशतले वृद्धि गरेपछि निजी वायुसेवा सञ्चालक कम्पनीहरुले पनि करिब त्यति नै प्रतिशतसम्म ङ्खयुल सरचार्ज बढाउने निर्णय गरेका हुन् ।

No comments:

Post a Comment