Wednesday, August 21, 2013

सामान्य टालटुल गर्दा झन भत्कीयो

काठमाडौ, ५ भदौ– झन्डै ३० करोड रुपैया“ खर्च गरी कालोपत्रे गरिएको त्रिभुवन अन्तर्राष्ट«िय विमानस्थल धावनमार्ग तीन वर्Èमै भत्कीएपछि निर्माणमा संलग्न ठेकेदार कम्पनी र आयोजना कर्मचारी शंकाको घेरामा छन्। निर्माण पूरा भएको चार महिनादेखि नै भत्किन थालेको धावनमार्ग टालटुल गरेर चलाइ“दै आएको थियो। पटकपटक भत्कीनुले चिनिया“ र नेपाली ठेकेदारबाट गुणस्तरहीन काम भएको देखिन्छ ।
चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन कम्पनीले धावनमार्ग कालोपत्रे गरेका हुन् । त्रिभुवन विमानस्थल सञ्चालन निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको निम्ति २९ करोड ६८ लाख ३९ हजार ७ सय ३० रुपैया“ खर्च गरेको थियो । आवश्यकताभन्दा कम सिमेन्ट हालेको, ‘कमसल सिमेन्टका साथमा बालुवा बढी हालेर कालोपत्रे गरेको अनुमान छ,’ विमानस्थल स्रोतले भन्यो, ‘अतिसंवेदनशील भए पनि प्राधिकरणले यसमा हेल्चक्रर्याइ“ गरिरहेको छ।’ अहिलेको कालोपत्रे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगनठन (आइकाओ) को मापदण्डअनुसार नभएको पनि सौतको दाबी छ ।
प्राधिकरणका अधिकारी भने धावनमार्ग भत्किनुको कारण पत्ता लगाउन नसकेको तर्क गरिरहेका छन् । ठेकेदार कम्पनीले प्रयोग गरेका सामग्रीबारे पनि प्राधिकरणले औपचारिक तथ्य सार्वजनिक गरेको छैन।
धावनमार्ग के कारण भत्कीयो र यसमा प्रयोग भएका निर्माण सामग्री कमसल भन्नेबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ,’ प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने, ”अख्तियारले हात हालेपछि हामीले बोल्न मिल्दैन।’ करोडौं खर्च गरेपछि धावनमार्ग बिग्रिनु हु“दैन भन्ने तर्कलाई महानिर्देशक सुमनले ठाडै अस्विकार गरे। ‘यस्ता घटना विकसित देशमा पनि हुन्छन्, नेपालमा मात्र होइन,’ उनले भने, ‘अµ देशका विमानस्थलमा दुइटा धावनमार्ग हुन्छ, एउटा बिग्रिए अर्कोले काम चलाउन पाइन्छ । हाम्रोमा खोइ त्यस्तो?’
तीन वर्Èअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाले धावनमार्ग कालोपत्रे गरेको थियो। त्यसबेला आयोजना प्रमुख प्रेमराज लोहनी थिए।  प्राधिकरणका महानिर्देशक सुमन त्यतिखेर धावनमार्ग भत्कीदा त्रिभुवन विमानस्थलका महाप्रबन्धक थिए। त्यसबेला उनले कार्यभार सम्हालेको दुई महिनामात्र भएको थियो । कालोपत्रे गर्दा विमानस्थल महाप्रबन्धक रहेका दिनेशप्रसाद श्रेष्ठ अहिले त्यही पदमा छन्।
 तत्कालीन सार्वजनिक लेखा समितिले विमानस्थल धावनमार्ग कालोपत्रे गर्दा त्रुटिपूर्ण, अनियमित र गलत कार्य भएको ठहर गर्दै सम्बद्द ठेकेदार, कर्मचारी, पदाधिकारी र परामर्शदातालाई कारबाही गर्न २०६८ असार १६ गते सरकारलाई निर्देशन दिएको थियो ।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्वपूर्ण र संवेदनशील ठाउ“मा गलत र अनियमित तथा कम गुणस्तरीय कार्य गर्दा अन्तर्राष्ट्रिय Ôेत्रमा नेपालको प्रतिष्ठामा आ“च आएको ठहर गर्दै यसमा संलग्न सबैमाथि थप छानबिन र अनुसन्धान गरी कारबाही गर्न र गराउन अख्तियारलाई अनुरोध गर्ने निर्र्णय गरेको थियो । ‘लेखा समितिको निर्देशन कार्यान्वयन नहु“दा अहिले फेरि धावनमार्गको पिच भत्कीन थालेको सम्बद्द स्रोतको दावी छ । त्यसबेला अनियमिततामा संलग्न सबैलाई कारबाही गरी पुनः राम्रोस“ग मर्मत गर्न सकेको भए आहिले विमानस्थलको यो हविगत हुने  थिएन।
विमानस्थल सुधार आयोजनामा नेपालकै जिइओसिई कन्सल्टेन्ट प्रालि प्राधिकरणको परामर्शदाता हो। परियोजना डिजाइन, सुपरीवेÔण लगायत सबै यही कम्पनीको जिम्मेवारीभित्र पर्छ। यसले सिफारिस नगरेसम्म ठेकेदार कम्पनीलाई प्राधिकरणँले रकम भुक्तानी  गर्दैन। ठेकेदारहरु चाइना रेलवे इन्जिनियरिङ र टुन्डी कन्स्ट्रक्सनका प्रतिनिधि सुमन सुवेदीले त्यसबेला लेखा समितिमा कालोपत्रे गरेको एक वर्Èसम्म यस्ता सानातिना समस्या आइरहने बताएका थिए ।
तीन लाख वर्गमिटर Ôेत्रफलमा कालोपत्रे गर्दा सानोतिनो भत्कीनु स्वाभाविक हो। यति Ôेत्रफलमा ०.००३ प्रतिशत भाग भत्कीनु इन्जिनियरिङ नियमअनुसार सामान्य हो, ‘सुवेदीले भनेका थिए, ‘अमेरिका, बेलायत, जापानजस्ता देशमा पनि यस्ता घटना भएका छन्।’ सडक विभागको प्रयोगशालाबाट परीÔण गराइएको बिटुमिन प्रयोग गरी अमेरिका, बेलायत, जापानको गुणस्तरअनुसार कालोपत्रे गरिएको उनको दाबी थियो । कम्पनीका तर्फबाट कमी–कमजोरी भएको भए आङ्खनै खर्चमा पुननिर्माण गर्ने उनले प्रतिबद्दता जनाएका थिए। हामी पनि अनुसन्धान गर्दै छौं। हाम्रो गल्ती नभए प्राधिकरणबाट Ôतिपूति लिन्र्छौं, उनको भनाइ थियो, ”हामीले भ्रष्टाचार र अनियमितता गरेको पुष्टी भए जेल जान तयार छौं।’ धावनमार्ग कालोपत्रे गरेको टुन्डी कन्स्ट्रक्सन सन् १९८४ मा स्थापित ‘क’ वर्गको निर्माण कम्पनी हो। सो कम्पनीका अध्यÔ ऋÈिप्रसाद सुवेदी हुन ्। यसले पाटन अस्पताल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्रिभुवन विश्वविद्यालयको नया“ महिला छात्रावास, जावलाखेलको सेन्ट जेभियर्स कलेज, त्रिवि उच्च शिÔा परियोजना लगायत भवन बनाएको छ । त्यसैगरी विभिन्न राजमार्ग, सडक कालोपत्रे, सि“चाइ आयोजना, नदी नियन्त्रणका निर्माण पनि गरेको छ। दीर्घकालीन समस्या समाधान गर्नुको सट्टा प्राधिकरणका अधिकारी भने धावनमार्गलाई अझै बढी भत्किन नदिन ठूला (वाइड बडी) जहाज ल्याउन नदिने प्रयासमा छन् । एक महिनासम्म ठूला जहाज ल्याउन नदिने उनीहरुको भनाइ छ।
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरण गर्न नदिन आग्रह गर्ने निर्णय प्राधिकरण एक्लैले निणय गर्न पाउ“छ ।  त्रिभुवन विमानस्थल प्राधिकरणको मात्र हो ?’ तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका एक उच्च अधिकारीले प्रश्न गरे, ‘प्राधिकरणले आफूभन्दा माथिल्लो निकायस“ग छलफलै नगरी यति ठूलो निर्णय कसरी गर्न सक्छ? मन्त्रालय वा सरकारको भनाइ चाहि“दैन?’ विमानस्थलका महाप्रबन्धक श्रेष्ठले पहिलेभन्दा उडान चाप अत्यधिक रहेको, डेढ दशकअघि बोइङ ७५७ सम्मका जहाज उडान–अवतरण गर्न मिल्ने गरी धावनमार्ग कालोपत्रे गरिए पनि हाल ७५७ भन्दा दोब्बर ठूला र तौल बढी भएका जहाज आउने गरेका कारण कालोपत्रे उप्कीएको दाबी गरेका थिए। उनका अनुसार काम राम्रो भएन भन्नुभन्दा काम गर्दा आइपर्ने अप्ठ्याराबारे सबैले बुझिदिनुपर्छ। डेढ दशकअघि दिनमा दुई दर्जनजति उडान–अवतरण हुने भए पनि अहिले ६० देखि ७० ओटासम्म हुने गरेको छ । आन्तरिक पनि जोड्ने हो भने दैनिक ३ सयसम्म उडान–अवतरण हुने गर्छ। त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेपछि राति साढे १२ बजे बन्द हुने गर्छ। त्यसपछि साढे ५ घन्टामात्र मर्मत गर्ने समय बा“की हुने भए पनि झरी वा अन्य कारणले ढिलाइ हुने गरेको श्रेष्ठको भनाइ थियो। धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर (१० हजार फिट) र चौडाइ ६० मिटर छ । प्राधिकरणका अनुसार सन् १९९५ मा कालोपत्रे गरिएको झन्डै १६ वर्Èपछि २०१० मा कालोपत्रे गरिएको थियो । विमानस्थल सञ्चालन भएयता तेस्रोपटक कालोपत्रे गरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गलाई प्रत्येक पा“च वर्Èमा एकपल्ट कालोपत्रे गर्नुपर्छ। विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम २०६५ फागुन अन्तिमदेखि सुरु भएको थियो। १७ महिनामा काम सक्ने भनिए पनि झन्डै दुई वर्Èपछि निर्माण पूरा भएको थियो ।

‘ठुला जहाज रोक्नु लज्जास्पद र घातक’

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,४ भदौ
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज (वाइडबढी) अवतरणमा रोक लगाउने सरकारी निणर्य एकदमै लज्जास्पद र घातक भएको बताएका छन । वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु हुनै लाग्दा भएको यस्तो निणर्यले मुलुकको पर्यटन उद्योगमा गम्भिर असर पु¥याउने भन्दै उनीहरुले तिब्र आक्रोस पोखेका छन ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं वायुसेवा सञ्चालक संघ–नेपाल (आयोन)का महासचिव सुमन पाण्डेले सरकारी सो निणर्य मुलुककै लागि लज्जास्पद् भएको बताए । उनले यस निणर्यले अब नेपालको पर्यटकीय छविमा नै दीर्घकालिन असर पर्न सक्ने बताए ।  उनले मुलुकभरका विमानस्थल सञ्चालन र व्यवस्थापनको अख्तियारी प्राप्त तालुकदार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुला जहाजलाई अवतरणमा रोक लगाउँदा पर्न जाने दीर्घकालिन असरको ख्यालै नगरि निणर्य गर्ने कार्य निकै घातक भएको बताए । यस्तो निणर्य गरेकाले मुलुकलाई नै असफल राष्ट्र सावित हुने उनको भनाई छ ।
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अच्चुत गुरागाइँले पनि
विभिन्न देसबाट नेपाल भ्रमणमा आउने वर्षकै उत्कृष्ट मौसम आउनैलाग्दा भएको यस्तो कार्यले मुलुकको पर्यटन क्षेत्र नराम्रोसित प्रभावित हुने बताए ।
  प्राधिकरणको सो निणर्यप्रति नाट्टाको गम्भिर ध्यानाकर्षण भएको छ भन्दै उनले  विमान स्थलको बिग्रेको धावन मार्गको पीचलाई यथाशिघ्र पुर्ननिर्माण गर्नुको सट्टा विभिन्न ठूला जहाजलाई विमानस्थलमा अवतरण गर्न रोक लगाउँदा नेपाल आउने संभावित पर्यटकहरुको भ्रमण कार्यक्रम नै रद्द हुन जाने बताए ।
विमानस्थलमा विग्रेको धावन मार्गको पुनर्निमाण तर्पm लाग्न सम्पूर्ण ट्राभल व्यवसायीले सो मांग गरेको नाट्टाले जनाएको छ ।  उनले अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटन प्रति कुनै नकारात्मक सूचना प्रवाहित हुन नदिन र नेपाल आउने संभाव्य पर्यटकले पनि आप्mनो नेपाल भ्रमणको तालिका रद्द गर्नु पर्ने स्थिति सृजना हुन नदिन नाट्टा लगाएत सम्पूर्ण पर्यटन व्यवसायीको जोडदा।र माग रहेको बताए ।
नेपाल एसोसियसन अफ टुर अप्रेटर्स (नाट्टो) का अध्यक्ष असोक पोखरेलले विज्ञप्ति मार्फत प्राधिकरणले ठुला जहाज अवतरणकालागि लगाईएको प्रतिवन्धले मुलुकको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने बताएका छन । उनले पर्यटकीय मौसम सुरु हुन लागेको बेला भएको यस्तो निणर्यले नेपाल घुम्न यहाँको होटल र आन्तरिक जहाजको टिकट बुकिङको गर्दै रहेका विदेशीलाई नराम्रो असर पर्ने बताए ।   
नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पाले एक्कासी ठुलो जहाज ल्याउन बन्द गर्न खोज्नु नराम्रो भएको बताए । उनले प्राधिकरणको यस्तो निणर्यले पर्यटक आगमन संख्यामा समेत भारी गिरावट आउने बताए ।
ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले पनि पर्यटकीय सिजनको मुखमा उप्कीएको धावन मार्ग मर्मत गर्नुको सट्टा उल्टै अन्तर्राष्ट्रिय ठुला जहाज आउन नदिनु देसकै बेइजती भएको बताए । उनले प्राधिकरणको सो निणर्य निकै गैर जिम्मेवारी पूर्ण कदम भएको बताए । 
 विमानस्थल धावनमार्गको  पिच पटक पटक उप्कीन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाई ठुला जहाज अवतरणमा रोक लगाएको हो ।

Tuesday, August 20, 2013

अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरणमा रोक

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ भदौ
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज (वाइड बडी) अवतरणमा रोक लगाएको छ । विमानस्थल धावनमार्गको पिच धमाधम उप्किएर विमान अवतरण नै प्रभावित हुन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाउँदै अवतरणमा रोक लगाएको हो । विमानस्थलको धावन मार्ग अति जीर्ण भएपछि प्राधिकरणले अन्तिम विकल्प भन्दै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई ठूला जहाज नल्याउन पत्राचार गरिसकेको छ । प्राधिकरणका अनुसार यसै सातादेखि सबै ठूला जहाज धावन मार्ग पूर्ण रूपमा नबनेसम्म अवतरण र उडानमा रोक लगाइने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुकिङ भइसकेकाको उडान भरिसकेपछि सञ्चालनमा पूर्ण रोक लगाइने बताए । ‘बुकिङ भइसकेकाबाहेक आगामी १५ सेप्टेम्बरसम्मका लागि बढी भार भएका बोइङ ७७७ र एयरबस ३३० जस्ता ठूला जहाज नल्याइदिन विदेशी कम्पनीलाई आग्रह गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल उडान भर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई गत शुक्रबार नै पत्र पठाएर यस्तो आग्रह गरिएको हो ।
विदेशी कम्पनीहरूलाई केही समयसम्म साना र मध्यम खालका जहाजबाट मात्र उडान भर्न आग्रह गरेको बताउँदै उनले भने, ‘प्राधिकरणले हाल सञ्चालित बोइङतर्फ ७३७ र एयरबस ३२० सम्मका जहाजबाट मात्र यात्रु ओसार्न सबै विमान कम्पनीलाई निर्देशन गरेको छ ।’ उनले धावन मार्गमा समस्या देखिएकाले मात्र विदेशी विमान कम्पनीलाई सकेसम्म ठूला जहाज अवतरण नगरिदिन आग्रह गरेको बताए । वर्षात्को मौसममा धेरै पटक धावन मार्गको कालोपत्रे (पिच) उप्किने समस्याबाट मुक्त हुनका लागि प्राधिकरणले केही समयका लागि यस्तो उपाय अपनाएको हो ।
यसबीचमा विमानस्थल व्यवस्थापनले धावन मार्ग मर्मत गर्नेछ । सातामै पाँच पटकसम्म धावन मार्गको पिच उप्किएर हैरानी खेप्दै आएको प्राधिकरणले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ठूला जहाज अवतरण नगरिदिन पत्राचार गरेपछि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केही समय ठूला जहाजविहीन हुनेछ । धावन मार्गको भारभन्दा विमानको भार बढी भएका कारण धावन मार्गमा बारम्बार समस्या आएको प्राधिकरणको दाबी छ ।
प्राधिकरणका अनुसार हाल त्रिवि विमानस्थलमा २ सय ९९ टन सम्मका विमान अवतरण गरिरहेका छन् । जबकि, धावन मार्ग र ट्याक्सी वे (क्षणिक पार्किङ) को कुल क्षमताले भने १ सय ९६ टन मात्र धान्न सक्छ । प्राधिकरणको सो निर्णयले हाल नेपालको उडान भर्दै आएका विभिन्न २७ ओटा विमान कम्पनीमध्ये एयर एसिया, कतार एयरलाइन्स, थाई एयरवेज, कोरियन एयर र ड्रागन एयरलगायतका जहाजको उडानलाई असर पर्न सक्ने सरोकारवालाहरू बताउँछन् । धावन मार्ग जीर्ण भई मर्मत गर्ने बहानामा एक्कासि गरिएको प्राधिकरणको सो निर्णयले अब काठमाडौंबाट वैदेशिक रोजगारीमा जानेहरूलाई समेत असर पुग्नेछ । विमानस्थलको धावन मार्ग सन् १९६७ मा निर्माण भएपछि हालसम्म टालटुलमै चल्दै आएको छ । सन् २०१० मा २७ करोड रूपैयाँको लगानीमा पुनर्निर्माण भएकोमा तीन वर्ष पनि टिक्न सकेन ।
विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ धावन मार्गमा पानीको बहाव बढी भएका कारण पटक–पटक समस्या आउने गरेको बताउछन् । करिब ४ दशक पुरानो धावन मार्ग बोइङ ७५७ सम्मको जहाजका लागि बनाइएको थियो । त्यति बेला अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको उडान र अवतरण दैनिक सात÷आठ मात्र हुन्थ्यो । अहिले यस विमानस्थलमा दैनिक करिब ३ सय जहाज ओहोरदोहोर गर्छन्, त्यसैले यस्तो समस्या देखिएको विमानस्थल कार्यालयको भनाइ छ ।

बागमती सिँचाई आयोजना बिरुद्ध अख्तियारमा उजुरी


काठमाडौ, २ भदौ–४० करोडको काम २० करोडमा पनि नपाएपछि बागमती सिँचाई आयोजनाको
निर्माणकालागि ठेक्का हालेको स्वदेशी निर्माण कम्पनी जेडआइइसी– पप्पु
जेभीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ ।
साउदी अरेबिया सरकारको ऋण सहयोगमा निर्माण हुन लागेको वाग्मती सि“चाई
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य सम्पन्न गर्न  आव्हान गरिएको बोलपत्र अनुसार सबैभन्दा कम दर भाउमा
हालिएको टेन्डर अस्वीकृत गरि आवेदन परेका मध्ये सबै भन्दा बढी दरको अर्कै
कम्पनीलाई दिने निर्णय एकदमै त्रुटीपूर्ण रहेको भन्दै  जेडआइइसी– पप्पु
जेभी निर्माण कम्पनीले अख्तियारमा उजुरी हालेको हो ।
निर्माण कार्यको ठेक्का प्रदान गर्ने बेलैमा आयोजनाका प्रमुखले आर्थिक
अनियमितता गरेको भन्दै उसले तत्काल आफु भन्दा १ करोड ८७ लाख ७५ हजार
रुपैयाँ बढीको ईसीआई कन्काई निर्माण कम्पनी छनोट गर्ने निर्णय
पुनरावलोकनका लागि अख्तियारमा उजुरी दिएको बताएको छ । यस कम्पनीले गत
साता अख्तियारमा उजुरी हालेको हो । अहिले अख्तियारले सिँचाई आयोजनासँग जवाफ मागिरहेको छ । आयोजनाले अझै जवाफ पठाएको छैन ।
सो कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार आवेदन परेका मध्ये सबैभन्दा न्युन
दरको कम्पनीलाई दिनुपर्नेमा उच्च दर भाउको कम्पनीलाई दिने निणर्य गर्दा
आयोजनाका  सम्बन्धीत कर्मचारीले ठुलो आर्थिक घोटाला गरेको हुनसक्ने
आरोप समेत लगाएको छ ।  जेडआइइसी– पप्पु जेभी निर्माण कम्पनीका निर्देशक
सुमित रौनियारले आयोजनाको यस बोलपत्र छनोट कार्य चित्तबुझ्दो नभएकाले
आफुले बाध्यबस अख्तियारमा उजुरी हालेको बताए । उनले आयोजनाको यस्तो
गैर कानुनी कार्यप्रति असन्तुष्टी जनाउँदै आफुले सार्वजनिक खरिद अनुगमन
कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रमा पनि उजुरी हालेको बताए ।  आयोजनाको
बोलपत्र छनोट गर्दा आफु निकै अन्याएमा परेको बताउँदै रौनियारले भने, ‘
धेरै पटक सिँचाई विभाग, वागमती सिँचाई आयोजनाको सम्पर्क कार्यालय
जाउलाखेलमा र सिँचाई मन्त्रालयमा निवेदन दिँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया
आएकै छैन’ । उनले के कारणले यस कम्पनीले हालेको बोलपत्र अयोग्य ठहरीएको
हो त्यसको जवाफ पाउँभनी धेरै पटक निवेदन पत्र पठाउँदा पनि आयोजनाले
अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए ।
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य गर्न बोलपत्र आव्हान भए बमोजिम निर्माण  कार्यका लागि भएको पूर्व
योग्यता परीÔामा संयुक्त उपक्रमका जेडआइइसी–पप्पु, चाइना टिवेट महादेव
खिम्ती  र ईसीआई कन्काई निर्माण कम्पनी छनोट भएका थिए । उनीहरुले
बोलपत्रमा कबुल गर्दा सबैभन्दा कम रकम जेडआईईसी–पप्पुले कबोल गरेको
थियो । उसले २० करोड ४६ लाख ६ हजार रुपैया“ कबोल गरेको थियो । दास्रो
कम कबोल गर्ने कम्पनी चाइना टिवेट महोदव खिम्ती थियो । उसले २१ करोड २
लाख ५९ हजार २ सय १७ रुपैया“ कबोल गरेको थियो । सो मध्ये सबैभन्दा बढी
कबोल गर्ने निर्माण कम्पनी इसीआई कन्काई अन्तिम बोलपत्र छनोटमा परेको छ
।  उसले २२ करोड ५६ लाख ५४ हजार सात सय ५४ रुपैया“ कबोल गरेको थियो ।
सामान्य निमय अनुसार सबैभन्दा कम रकम कबोल गर्ने जेड आईईसी–पप्पु जेभीले
ठेक्का पाउनुपर्ने थियो । तर, वाग्मती सि“चाई आयोजनाका प्रमुख रामानन्द
यादवले सबैभन्दा धेरै रकम कबोल गर्ने इसीआई कन्काई जेभीलाई ठेक्का दिएर
केही आर्थिक चलखेल गरि आफुलाई अन्याएमा पारेको रौनियारको गुनासो  छ। आयोजनाको निर्माणको काम  ठेक्का पाउने इसीआई–कन्काईले सबैभन्दा कम
रकम कबोल गर्ने जेडआईइसी–पप्पु जेभी  भन्दा एक करोड ८७ लाख ७५ हजार ७१
रुपैया“ बढी कबोल गरेको देखिन्छ ।
त्यसैले सो ठेक्कामा सार्वजनिक खरिद ऐनको ठाडो उल्लङघन भएको उनको
आरोप छ । जेडआईइसी–पप्पु जेभीको तर्फबाट कम्पनीका निर्देशक रौनियारले
सार्वजनिक खरिद ऐन २०६३को दफा ४७ बमोजिम निर्णय पुनरावलोकन गरी पाऊ“
भनी वाग्मती सि“चाई आयोजना प्रमुख यादव समÔ दिएको निवेदनको अझै पनि
कुनै सुनुवाई नभएको बताएका छन ।  उनले आङ्खनो बोलपत्र अस्वीकृत भएको
कारण खुलाई जानकारी उपलब्ध गराई पाऊ“ भनी हालेको  निवेदनको सुनुवाई
नभएपछि बाध्य भएर अख्तियारमा उजुरी दिएको जानकारी गराए । आयोजना प्रमुखले गरेको यस्तो मनपरीतन्त्र बिरुद्ध आवाज उठाउनु आवस्यक अख्तियार पुगेको उनको दावी छ  ।
वाग्मती सि“चाई आयोजना प्रमुख रामानन्द यादवले भने आफुले यस कार्यमा कुनै आर्थिक अनियमितता नगरेको बताए । उनले पनि सबैभन्दा न्युन बोलपत्र कबोल गर्ने जेडआइइसी– पप्पु जेभीले अख्तियारमा उजुरी हालेको जानकारी भएको र अख्तियारले आयोजनासँग जवाफ मागेको बताए । अहिले आफुहरु आन्तरिक छलफलमा नै छौं भन्दै यादवले भने, ‘ छिट्टै जवाफ पठाउँछौं’ ।‘त्यसपछि अख्तियारले के गर्छ हेरौं ’उनले भने ।  ठेकेदार कम्पनी छनोट गर्ने निणर्य आफु भन्दा माथिबाटै भएको दावी गर्दै उनले केही साता अघि आयोजनाले यदि कसैलाई चित्त बुझेको छौन भने पुनः पुनरावलोकन गर्न सक्नेगरी सार्वजनिक सूचना निकालेको बताए । आयोजना प्रमुख यादवले पनि ठेक्का हाल्ने मध्ये सबैभन्दा कम दरको बोलपत्र कबोल गर्ने निर्माण कम्पनी जेडआइइसी–पप्पु जेभीलाई चित्त नबुझ्नु स्वभाविक नै भएको बताए । 

अख्तियारको अनुगमन टोलीले विमानस्थलको धावनमार्ग निरीक्षण ग¥यो

काठमाडौ, ३० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग लगायत सबै क्षेत्रको निरीक्षण गरेको छ । बर्षाको समय विमानस्थलमा बारम्बार धावनमार्गको कालोपत्रे (पीच ) उप्कीने र भासिने समस्या देखिएपछि विशेष चासो राखेर बिहान पौने १२ बजे विमानस्थल छिरेका आयोगको अनुगमन टोलीले साढे दुई घण्टा लगाएर धेरै पटक विग्रिएको धावन मार्गको सबै विवरण लिएर फर्किएको हो । अख्तियारका सह सचिव विश्वराज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले विमानस्थल भित्र हाल भईरहेका सबै गतिविधीका बारेमा जानकारी लिएर फर्किएको हो । सो अनुगमन टोलिले विमानस्थलका सम्बन्धीत अधिकारी एवं महाप्रवन्धकलाई भेटेर धावनमार्गमा धेरै पटक दोहोरिएको समस्या के कारणले भएको हो, सो बारे बृस्तृत जानकारी लिइ स्थलगत अवलोकन गरेको थियो ।
विमानस्थल कार्यालयका महाप्रवन्धक दिनेश श्रेष्ठले अनुगमनमा आएका अख्तियारको टोलीलाई यहाँको बास्तविक अवस्थाका बारेमा सबै जानकारि दिएर पठाएको बताए । 
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोही घटनाका विÈयमा बुझ्न मंगलबार विमानस्थल व्यवस्थापन कार्यालय र  विमानस्थल सुधार आयोजनाका प्रमुखहरुलाई बोलाएको थियो । त्यसबेला पर्यटनमन्त्री रामकुमार श्रेष्ठ र  सचिव सुशिल घिमिरेलाई दुवै निकायले धावनमार्गको अवस्था र समस्या समाधानका लागि भइरहेका विविध कामबारे जानकारी गराएका थिए ।
हरेक वर्ष बर्षाद्को समय धावनमार्गमा यस्तै समस्या देखिने गरेकाले विमानस्थल व्यस्थापन कार्यालय र सुधार आयोजनाले सम्बन्धित सम्पुर्ण कागजपत्र अख्तियारलाई बुझाईसकेको आयोजनाले जानकारी गराएको छ । सुधार आयोजनाले आगामी दुई महिनाभित्र धावनमार्गको दिर्घकालिन समाधान कसरी गर्नेबारे स्पेनीस कम्पनीले प्रतिवेदन दिने बताएको छ ।
तत्काललाई  लगातार वर्षा भइरहेकाले अस्थायी मर्मत बाहेक अरु काम गर्न नसकिने विमानस्थल कार्यालयले बताउँदै आएको छ ।  एउटै धावनमार्ग भएकाले वर्Èा सकिएपछि पालैसँग कम्पनीले दिएको प्रतिवदेनका आधारमा काम थालिने आयोजनाले जानकारी दिएको छ । सन् १९६५ मा निर्माण भएको र सन् २०१० मा २७ करोड रुपैयाँको लगानीमा पुर्नरनिर्माण भएको धावनमार्ग उप्कीने समस्या अहिले दक्षिणी भागमा बढी देखिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका महाप्रवन्धक श्रेष्ठले सो Ôेत्रमा अन्य भागको तुलनामा पानी बग्ने भाग राम्रो नभएकाले पनि बढी उप्कीने गरेको बताए । पहिले सानो र मध्यम खालका जहाजको मात्र भार थेग्नेगरि  बनाईएको धावनमार्ग विग्रिनुको अर्को कारण अहिले ठुला बोइङ  र एयरबस ३४० जस्ता जहाज एकैपटक अवतरण गर्नुपर्ने बाध्यताले पनि विमानस्थलमा अहिले यो समस्या आइलागेको उनले बताए । 
करिब ४ दशक पुरानो धावनमार्ग बोइङ ७५७ सम्मको जहाजका लागि बनाइएको थियो ।  त्यतिबेला अन्र्तर्राष्ट्रिय उडान गर्ने जहाजको उडान र अवतरणँ दैकि ७÷८ मात्र हुन्थ्यो । अहिले यस विमानस्थलमा दैनिक करिब ३ सय जहाज ओहोर दोहोर गर्दछन त्यसैले यस्तो समस्या देखिएको विमानस्थल  कार्यालयको भनाई छ । आन्तरिक र बाह्य गरी दैनिक करिब ३ सय उडान र अवतरण  हुने विमानस्थलको धावनमार्ग मर्मत तथा निर्माणको जिम्मा पछिल्लो पटक चीनीया“ कम्पनी सिआरइसी र नेपाली टुन्डी कन्स्ट्रक्सनले पाएका थिए । वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ मनाईएको पर्यटन वर्ष २०११ को तयारीकालागि सन् २०१० को मध्यदेखि ठ्याक्कै  एक वर्È लगाएर ती कम्पनीले धावनमार्ग बढाएर कालोपत्रे गरेका थिए । त्यसपछि अहिले एक सातामा ५ पटकसम्म धावनमार्गको पिच उप्कीएको थियो । 

Friday, August 16, 2013

पाँचौ पटक उप्कियो विमानस्थलको कालोपत्रे

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ३२ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको धावन मार्गको कालोपत्रे (पिच) फेरि उप्किएको छ । धावन मार्गको पिच उक्किएकै कारण शुक्रबार एक घन्टा विमानस्थलको सबै उडान अवतरण ठप्प भएको थियो । दिउँसो दुई बजेबाट मर्मतका लागि बन्द गरिएको विमानस्थल ३ बजेपछि मात्र पूर्ण रूपले सञ्चालन गर्ने प्रयास भएको थियो । त्यसको केही समयपछि आएको भारि वर्Èाका कारण पुनः केहीबेर हवाई उडान प्रभावित भएको थियो ।
सो समय अन्तर्राष्ट्रि उडानमा सञ्चालित विभिन्न गन्तव्यबाट आउँदै गरेका केही जहाजलाई बीच आकाशबाटै डाइभर्ट गरिएको थियो भने करिब आधा दर्जन विमान निकैबेर आकाशमा होल्ड गर्न बाध्य भएका थिए । शुक्रबार पनि धावन मार्गको सी र डी इन्टरसेक्सन बीच भागको कालोपत्रे उक्किएको देखिएपछि तत्काल सबै उडान बन्द गरेर मर्मत गरेको विमानस्थल कार्यालयले जनाएको छ ।  १० दिनमा पाँच पटकसम्म भत्किएर धेरै पटक हवाई उडान प्रभावित भएको यस विमानस्थलमा गत आइतबार पनि कालोपत्रे उक्किँदा  ४५ मिनेट उडान ठप्प भएको थियो । नियमित चेकजा“चको क्रममा धावनमार्गको मध्य भागमा सामान्य पिच उक्किएको देखिएपछि आधा घन्टा सबै उडान र अवतरण बन्द गरेर मर्मत गरेको  विमानस्थल कार्यालले जनाएको छ । सो समय चीनको कुन्मिङबाट आउँदै गरेको चाइना इस्टर्न एयरलाइन्स र नया“ दिल्लीबाट आएको जेट एयरवेजलाई धेरै बेर आकाशमै होल्ड गराइएको थियो । यसैगरी भुटानको पारो विमानस्थलबाट आउँदै गरेको डुक एयरको जहाजलाई अन्यन्त्र डाइभर्ट गरिएको थियो । त्यसबेला आन्तरिक उडानतर्फका सबै विमानलाई नजिकैको विमानस्थलमा अवतरण गर्न निर्देशन गरिएको थियो । सो समय आन्तरिक उडानतर्फ बुद्ध, यति, सिम्रिकलगायतका जहाज र विभिन्न कम्पनीका हेलिकोप्टर गरी करिब एक दर्जन उडान प्रभावित भएका  थिए । विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेश श्रेष्ठले नियमित चेकजाँचको क्रममा केही भाग उक्किएको देखिएपछि तत्काल मर्मत गरिएको बताए ।  एउटा मात्र धावनमार्ग भएकाले राम्रोसँग मर्मत गर्ने समय नभएकाले सामान्य रूपमा मात्र गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हरेक वर्ष वर्षाद्को समय यस्तै समस्या आइपर्ने जानकारी गराउँदै महाप्रबन्धक श्रेष्ठले भने, ‘अहिले हामीसँग अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने एउटा मात्र धावन मार्ग भएकाले बिग्रिएको समय कुनै अर्को विकल्प नभएपछि बाध्यवश केही समय उडान रोक्नुपरेको हो ।’ उनले अवतरण र उडान गर्ने क्रममा जहाज धावनमार्गमा गुड्दा केही अप्ठ्यारो पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूहरूले सुरक्षाको दृष्टिले केहीबेर नियमित उडान बन्द गरेर बिग्रिएको धावनमार्ग मर्मत गरेको बताए । विमानस्थलको धावनमार्ग मर्मत गरेको एक साता नबित्दै पुनः अर्को ठाउँमा त्यस्तै समस्या देखिएपछि विमानस्थलका सबै उडान तथा अवतरण प्रभावित भएको हो ।  यसअघि पनि धेरै पटक विमानस्थलमा धावन मार्ग भासिने र राडार मेसिन बिग्रिने समस्या थियो । सोही समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन सकेको छैन । वर्षाको समय विमानस्थलमा बारम्बार धावन मार्गको कालोपत्रे (पिच ) उक्किने र भासिने समस्या देखिएपछि विशेष चासो राखेको अख्तियारको अनुगमन टोलीले गत बुधबार पनि विमानस्थलको धावनमार्ग निरीक्षण गरेर फर्किएको थियो । त्यसबेला अख्तियारका सह सचिव विश्वराज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले विमानस्थलभित्र हाल भइरहेका सबै गतिविधिका बारेमा जानकारी लिएर फर्किएको थियो । सन् १९६५ मा निर्माण भएको र सन् २०१० मा २७ करोड रुपैयाँको लगानीमा पुनर्निर्माण भएको धावनमार्ग उक्किने समस्या अहिले दक्षिणी भागमा बढी देखिएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य गरी दैनिक करिब ३ सय उडान र अवतरण  हुने विमानस्थलको धावन मार्ग मर्मत तथा निर्माणको जिम्मा पछिल्लो पटक चिनिया“ कम्पनी सीआरईसी र नेपाली टुन्डी कन्स्ट्रक्सनले पाएका थिए । वार्षिक १० लाख पर्यटक भिœयाउने अभियानका साथ मनाइएको पर्यटन वर्ष २०११ को तयारीका लागि सन् २०१० को मध्यदेखि ठ्याक्कै  एक वर्È लगाएर ती कम्पनीले धावनमार्ग बढाएर कालोपत्रे गरेका थिए । त्यसपछि अहिले १० दिनमा पाँच पटकभन्दा बढी धावनमार्गको पिच उकिन थालेको छ ।

Tuesday, August 13, 2013

४५ मिनेट जहाज होल्ड गर्दा एकपटकमा ४ लाख ९० हजार घाटा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २९ साउन
विभिन्न कम्पनीका वायुसेवा सञ्चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएको जहाज ४५ मिनेट आकासमा होल्ड गर्नुपर्दा एकपटकमा ४ लाख ९० हजार रुपैयाँसम्मको अनावस्यक घाटा बेहोर्नुपरेको बताएका छन । उनीहरुले अहिले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिग्रिएका कारण दैनिकजसो मर्मत गर्न भन्दै गरिएको उडान अवरोधले ४५ मिनेटसम्म जहाज आकसमै होल्ड गर्नुपर्दा एकपटकमा नै यतिधेरै अनावस्यक घाटा बेहोर्नुपरेको बताएका हुन ।
हरेक वर्ष बर्षाद्को समय अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थल भित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किने र भासिने क्रम बढेपछि मर्मत गर्ने क्रममा आन्तरिक र बाह्य उडान ठप्प हुनुकासाथै विभिन्न गन्तब्यबाट आउँदै गरेका जहाजलाई धेरै समय आकासमै होल्ड गर्नुपरेकाले आफुहरुले अनावस्यक ठुलो घाटा बेहोर्नुपरेको उनीहरुको गुनासो छ ।
वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) का महासचिव एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले विभिन्न गन्तव्यबाट विमानस्थलमा ल्याण्ड गर्न आउँदैगरेको ठुला बोइङ जहाजलाई ४५ मिनेट आकासमा होल्ड गर्दा ४ लाख ९० हजार रुपैयाँ (५ हजार डलर) को थप इन्धन खर्च हुने बताए । यसैगरि आन्तरिक उडानमा सञ्चालित १६ र १७ सिट क्षमताको डोर्नियर जहाज ४५ मिनेटसम्म आकासमा होल्ड गर्नुपर्दा १ लाख १७ हजार ६ सय रुपैयाँ ( १२ सय डलर) बढी खर्च हुने जानकारी गराउँदै पाण्डेले भने, ‘ डाइभर्ट गर्नुपर्दाको खर्च धेरै बढी छ ’ । उनले सो बढी खर्च तोकिएको नियमित समय भन्दा धेरै समय उड्दा इन्धन र अप्रेशन कस्टबापतको भएको बताए । लामो समयसम्म विमानस्थलमा समस्या भएको बेला आन्तरिक उडानमा सञ्चालित अधिकाँश जहाज जुन ठाउँबाट आएको हो सोही तर्फ डाइभर्ट हुने गरेको बताउँदै उनले ठुलो जहाज एकपटक डाइभर्ट हुँदा सास्ती निकै गम्भिर प्रकृतिको हुने जानकारी दिए । अवतरण गर्न आएको जहाज एक्कासी धेरैबेर आकासमै होल्ड गर्नु पर्दाको अवस्था र अन्य ठाउँमा अवतरण गर्न फर्किनुपर्दा बेहोनुपर्ने आर्थिक घाटा भन्दा विमानभित्रका यात्रुले भोग्नुपरेको त्रास थप जटिल हुने उनले बताए ।  उनले विमानस्थलभित्र बारम्बार भइरहने यस्ता उडान प्रभावित हुने घटनाप्रति सम्बन्धीत निकाएले बेलैमा  दिर्घकालिन सुधारको उपाए नअपनाए विभिन्न मुलुकबाट नेपाल उडान भर्न आएका जहाज पुनः उतै जानसक्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलभित्रको यस्ता गतिविधीले आन्तरिक उडान भर्दै आएका विभिन्न कम्पनीका विमानले पनि अनावस्यक धेरै घाटा बेहोदै आइरहेको बताए । 
मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्स को नेपाल स्थित आधिकारीक जिएसए इन्सेन्टीभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यÔ हरिमान लामाले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विग्रिएर पटक पटक जहाज अकासमा होल्ड गर्नु र अन्य ठाउँमा डाइभर्ट गर्नुपर्ने बाध्यात्मक अवस्था एकदमै दुःखद भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित जहाजको उड्ने र अवतरण गर्ने समय निश्चित हुन्छ । जस्तोसुकै परिस्थितीमा पनि उनीहरुले आफ्नो नियमित उडान समय तलमाथी गर्न चाँहदैनन भन्दै उनले विमानस्थलको धावनमार्ग बिग्रिनुसँग मुलुककै प्रतिष्ठा गाँसिएको बताए ।  आइतबार र सोमबार धावन मार्गको कालोपत्रे (पिच) मर्मत गर्ने समय एयर एसियाको विमानलाई कुनै असर नपरेपनि अन्यले भोग्नुपरेको सास्ती एकदमै जटिल भएको बताए । सो समस्या समाधानको  दिर्घकालिन उपाए अपनाउन नागरिक उड्डयन प्राधिकरण र सरकारले तत्काल प्रयास थाल्नुपर्ने उनको भनाई छ । अहिलेसम्म धेरै पटक विमानस्थलमा धावनमार्ग भासिने, कालोपत्रे उप्कीने र राडार मेसिन बिग्रिने लगायतका समस्या समाधान हुनुको सट्टा झन थपिने क्रम जारी छ । त्यस्ता समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन नसकेको उनीहरुको भनाई छ । विमानस्थल कार्यालयले वर्षाका कारण अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थलभित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किएपछि मर्मत गर्ने क्रममा केही समय हवाई उडान प्रभावित भएको बताउँदै आएको छ ।