Tuesday, August 20, 2013

अख्तियारको अनुगमन टोलीले विमानस्थलको धावनमार्ग निरीक्षण ग¥यो

काठमाडौ, ३० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग लगायत सबै क्षेत्रको निरीक्षण गरेको छ । बर्षाको समय विमानस्थलमा बारम्बार धावनमार्गको कालोपत्रे (पीच ) उप्कीने र भासिने समस्या देखिएपछि विशेष चासो राखेर बिहान पौने १२ बजे विमानस्थल छिरेका आयोगको अनुगमन टोलीले साढे दुई घण्टा लगाएर धेरै पटक विग्रिएको धावन मार्गको सबै विवरण लिएर फर्किएको हो । अख्तियारका सह सचिव विश्वराज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले विमानस्थल भित्र हाल भईरहेका सबै गतिविधीका बारेमा जानकारी लिएर फर्किएको हो । सो अनुगमन टोलिले विमानस्थलका सम्बन्धीत अधिकारी एवं महाप्रवन्धकलाई भेटेर धावनमार्गमा धेरै पटक दोहोरिएको समस्या के कारणले भएको हो, सो बारे बृस्तृत जानकारी लिइ स्थलगत अवलोकन गरेको थियो ।
विमानस्थल कार्यालयका महाप्रवन्धक दिनेश श्रेष्ठले अनुगमनमा आएका अख्तियारको टोलीलाई यहाँको बास्तविक अवस्थाका बारेमा सबै जानकारि दिएर पठाएको बताए । 
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोही घटनाका विÈयमा बुझ्न मंगलबार विमानस्थल व्यवस्थापन कार्यालय र  विमानस्थल सुधार आयोजनाका प्रमुखहरुलाई बोलाएको थियो । त्यसबेला पर्यटनमन्त्री रामकुमार श्रेष्ठ र  सचिव सुशिल घिमिरेलाई दुवै निकायले धावनमार्गको अवस्था र समस्या समाधानका लागि भइरहेका विविध कामबारे जानकारी गराएका थिए ।
हरेक वर्ष बर्षाद्को समय धावनमार्गमा यस्तै समस्या देखिने गरेकाले विमानस्थल व्यस्थापन कार्यालय र सुधार आयोजनाले सम्बन्धित सम्पुर्ण कागजपत्र अख्तियारलाई बुझाईसकेको आयोजनाले जानकारी गराएको छ । सुधार आयोजनाले आगामी दुई महिनाभित्र धावनमार्गको दिर्घकालिन समाधान कसरी गर्नेबारे स्पेनीस कम्पनीले प्रतिवेदन दिने बताएको छ ।
तत्काललाई  लगातार वर्षा भइरहेकाले अस्थायी मर्मत बाहेक अरु काम गर्न नसकिने विमानस्थल कार्यालयले बताउँदै आएको छ ।  एउटै धावनमार्ग भएकाले वर्Èा सकिएपछि पालैसँग कम्पनीले दिएको प्रतिवदेनका आधारमा काम थालिने आयोजनाले जानकारी दिएको छ । सन् १९६५ मा निर्माण भएको र सन् २०१० मा २७ करोड रुपैयाँको लगानीमा पुर्नरनिर्माण भएको धावनमार्ग उप्कीने समस्या अहिले दक्षिणी भागमा बढी देखिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका महाप्रवन्धक श्रेष्ठले सो Ôेत्रमा अन्य भागको तुलनामा पानी बग्ने भाग राम्रो नभएकाले पनि बढी उप्कीने गरेको बताए । पहिले सानो र मध्यम खालका जहाजको मात्र भार थेग्नेगरि  बनाईएको धावनमार्ग विग्रिनुको अर्को कारण अहिले ठुला बोइङ  र एयरबस ३४० जस्ता जहाज एकैपटक अवतरण गर्नुपर्ने बाध्यताले पनि विमानस्थलमा अहिले यो समस्या आइलागेको उनले बताए । 
करिब ४ दशक पुरानो धावनमार्ग बोइङ ७५७ सम्मको जहाजका लागि बनाइएको थियो ।  त्यतिबेला अन्र्तर्राष्ट्रिय उडान गर्ने जहाजको उडान र अवतरणँ दैकि ७÷८ मात्र हुन्थ्यो । अहिले यस विमानस्थलमा दैनिक करिब ३ सय जहाज ओहोर दोहोर गर्दछन त्यसैले यस्तो समस्या देखिएको विमानस्थल  कार्यालयको भनाई छ । आन्तरिक र बाह्य गरी दैनिक करिब ३ सय उडान र अवतरण  हुने विमानस्थलको धावनमार्ग मर्मत तथा निर्माणको जिम्मा पछिल्लो पटक चीनीया“ कम्पनी सिआरइसी र नेपाली टुन्डी कन्स्ट्रक्सनले पाएका थिए । वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ मनाईएको पर्यटन वर्ष २०११ को तयारीकालागि सन् २०१० को मध्यदेखि ठ्याक्कै  एक वर्È लगाएर ती कम्पनीले धावनमार्ग बढाएर कालोपत्रे गरेका थिए । त्यसपछि अहिले एक सातामा ५ पटकसम्म धावनमार्गको पिच उप्कीएको थियो । 

No comments:

Post a Comment