Wednesday, August 21, 2013

सामान्य टालटुल गर्दा झन भत्कीयो

काठमाडौ, ५ भदौ– झन्डै ३० करोड रुपैया“ खर्च गरी कालोपत्रे गरिएको त्रिभुवन अन्तर्राष्ट«िय विमानस्थल धावनमार्ग तीन वर्Èमै भत्कीएपछि निर्माणमा संलग्न ठेकेदार कम्पनी र आयोजना कर्मचारी शंकाको घेरामा छन्। निर्माण पूरा भएको चार महिनादेखि नै भत्किन थालेको धावनमार्ग टालटुल गरेर चलाइ“दै आएको थियो। पटकपटक भत्कीनुले चिनिया“ र नेपाली ठेकेदारबाट गुणस्तरहीन काम भएको देखिन्छ ।
चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन कम्पनीले धावनमार्ग कालोपत्रे गरेका हुन् । त्रिभुवन विमानस्थल सञ्चालन निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको निम्ति २९ करोड ६८ लाख ३९ हजार ७ सय ३० रुपैया“ खर्च गरेको थियो । आवश्यकताभन्दा कम सिमेन्ट हालेको, ‘कमसल सिमेन्टका साथमा बालुवा बढी हालेर कालोपत्रे गरेको अनुमान छ,’ विमानस्थल स्रोतले भन्यो, ‘अतिसंवेदनशील भए पनि प्राधिकरणले यसमा हेल्चक्रर्याइ“ गरिरहेको छ।’ अहिलेको कालोपत्रे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगनठन (आइकाओ) को मापदण्डअनुसार नभएको पनि सौतको दाबी छ ।
प्राधिकरणका अधिकारी भने धावनमार्ग भत्किनुको कारण पत्ता लगाउन नसकेको तर्क गरिरहेका छन् । ठेकेदार कम्पनीले प्रयोग गरेका सामग्रीबारे पनि प्राधिकरणले औपचारिक तथ्य सार्वजनिक गरेको छैन।
धावनमार्ग के कारण भत्कीयो र यसमा प्रयोग भएका निर्माण सामग्री कमसल भन्नेबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ,’ प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने, ”अख्तियारले हात हालेपछि हामीले बोल्न मिल्दैन।’ करोडौं खर्च गरेपछि धावनमार्ग बिग्रिनु हु“दैन भन्ने तर्कलाई महानिर्देशक सुमनले ठाडै अस्विकार गरे। ‘यस्ता घटना विकसित देशमा पनि हुन्छन्, नेपालमा मात्र होइन,’ उनले भने, ‘अµ देशका विमानस्थलमा दुइटा धावनमार्ग हुन्छ, एउटा बिग्रिए अर्कोले काम चलाउन पाइन्छ । हाम्रोमा खोइ त्यस्तो?’
तीन वर्Èअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाले धावनमार्ग कालोपत्रे गरेको थियो। त्यसबेला आयोजना प्रमुख प्रेमराज लोहनी थिए।  प्राधिकरणका महानिर्देशक सुमन त्यतिखेर धावनमार्ग भत्कीदा त्रिभुवन विमानस्थलका महाप्रबन्धक थिए। त्यसबेला उनले कार्यभार सम्हालेको दुई महिनामात्र भएको थियो । कालोपत्रे गर्दा विमानस्थल महाप्रबन्धक रहेका दिनेशप्रसाद श्रेष्ठ अहिले त्यही पदमा छन्।
 तत्कालीन सार्वजनिक लेखा समितिले विमानस्थल धावनमार्ग कालोपत्रे गर्दा त्रुटिपूर्ण, अनियमित र गलत कार्य भएको ठहर गर्दै सम्बद्द ठेकेदार, कर्मचारी, पदाधिकारी र परामर्शदातालाई कारबाही गर्न २०६८ असार १६ गते सरकारलाई निर्देशन दिएको थियो ।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्वपूर्ण र संवेदनशील ठाउ“मा गलत र अनियमित तथा कम गुणस्तरीय कार्य गर्दा अन्तर्राष्ट्रिय Ôेत्रमा नेपालको प्रतिष्ठामा आ“च आएको ठहर गर्दै यसमा संलग्न सबैमाथि थप छानबिन र अनुसन्धान गरी कारबाही गर्न र गराउन अख्तियारलाई अनुरोध गर्ने निर्र्णय गरेको थियो । ‘लेखा समितिको निर्देशन कार्यान्वयन नहु“दा अहिले फेरि धावनमार्गको पिच भत्कीन थालेको सम्बद्द स्रोतको दावी छ । त्यसबेला अनियमिततामा संलग्न सबैलाई कारबाही गरी पुनः राम्रोस“ग मर्मत गर्न सकेको भए आहिले विमानस्थलको यो हविगत हुने  थिएन।
विमानस्थल सुधार आयोजनामा नेपालकै जिइओसिई कन्सल्टेन्ट प्रालि प्राधिकरणको परामर्शदाता हो। परियोजना डिजाइन, सुपरीवेÔण लगायत सबै यही कम्पनीको जिम्मेवारीभित्र पर्छ। यसले सिफारिस नगरेसम्म ठेकेदार कम्पनीलाई प्राधिकरणँले रकम भुक्तानी  गर्दैन। ठेकेदारहरु चाइना रेलवे इन्जिनियरिङ र टुन्डी कन्स्ट्रक्सनका प्रतिनिधि सुमन सुवेदीले त्यसबेला लेखा समितिमा कालोपत्रे गरेको एक वर्Èसम्म यस्ता सानातिना समस्या आइरहने बताएका थिए ।
तीन लाख वर्गमिटर Ôेत्रफलमा कालोपत्रे गर्दा सानोतिनो भत्कीनु स्वाभाविक हो। यति Ôेत्रफलमा ०.००३ प्रतिशत भाग भत्कीनु इन्जिनियरिङ नियमअनुसार सामान्य हो, ‘सुवेदीले भनेका थिए, ‘अमेरिका, बेलायत, जापानजस्ता देशमा पनि यस्ता घटना भएका छन्।’ सडक विभागको प्रयोगशालाबाट परीÔण गराइएको बिटुमिन प्रयोग गरी अमेरिका, बेलायत, जापानको गुणस्तरअनुसार कालोपत्रे गरिएको उनको दाबी थियो । कम्पनीका तर्फबाट कमी–कमजोरी भएको भए आङ्खनै खर्चमा पुननिर्माण गर्ने उनले प्रतिबद्दता जनाएका थिए। हामी पनि अनुसन्धान गर्दै छौं। हाम्रो गल्ती नभए प्राधिकरणबाट Ôतिपूति लिन्र्छौं, उनको भनाइ थियो, ”हामीले भ्रष्टाचार र अनियमितता गरेको पुष्टी भए जेल जान तयार छौं।’ धावनमार्ग कालोपत्रे गरेको टुन्डी कन्स्ट्रक्सन सन् १९८४ मा स्थापित ‘क’ वर्गको निर्माण कम्पनी हो। सो कम्पनीका अध्यÔ ऋÈिप्रसाद सुवेदी हुन ्। यसले पाटन अस्पताल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्रिभुवन विश्वविद्यालयको नया“ महिला छात्रावास, जावलाखेलको सेन्ट जेभियर्स कलेज, त्रिवि उच्च शिÔा परियोजना लगायत भवन बनाएको छ । त्यसैगरी विभिन्न राजमार्ग, सडक कालोपत्रे, सि“चाइ आयोजना, नदी नियन्त्रणका निर्माण पनि गरेको छ। दीर्घकालीन समस्या समाधान गर्नुको सट्टा प्राधिकरणका अधिकारी भने धावनमार्गलाई अझै बढी भत्किन नदिन ठूला (वाइड बडी) जहाज ल्याउन नदिने प्रयासमा छन् । एक महिनासम्म ठूला जहाज ल्याउन नदिने उनीहरुको भनाइ छ।
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरण गर्न नदिन आग्रह गर्ने निर्णय प्राधिकरण एक्लैले निणय गर्न पाउ“छ ।  त्रिभुवन विमानस्थल प्राधिकरणको मात्र हो ?’ तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका एक उच्च अधिकारीले प्रश्न गरे, ‘प्राधिकरणले आफूभन्दा माथिल्लो निकायस“ग छलफलै नगरी यति ठूलो निर्णय कसरी गर्न सक्छ? मन्त्रालय वा सरकारको भनाइ चाहि“दैन?’ विमानस्थलका महाप्रबन्धक श्रेष्ठले पहिलेभन्दा उडान चाप अत्यधिक रहेको, डेढ दशकअघि बोइङ ७५७ सम्मका जहाज उडान–अवतरण गर्न मिल्ने गरी धावनमार्ग कालोपत्रे गरिए पनि हाल ७५७ भन्दा दोब्बर ठूला र तौल बढी भएका जहाज आउने गरेका कारण कालोपत्रे उप्कीएको दाबी गरेका थिए। उनका अनुसार काम राम्रो भएन भन्नुभन्दा काम गर्दा आइपर्ने अप्ठ्याराबारे सबैले बुझिदिनुपर्छ। डेढ दशकअघि दिनमा दुई दर्जनजति उडान–अवतरण हुने भए पनि अहिले ६० देखि ७० ओटासम्म हुने गरेको छ । आन्तरिक पनि जोड्ने हो भने दैनिक ३ सयसम्म उडान–अवतरण हुने गर्छ। त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेपछि राति साढे १२ बजे बन्द हुने गर्छ। त्यसपछि साढे ५ घन्टामात्र मर्मत गर्ने समय बा“की हुने भए पनि झरी वा अन्य कारणले ढिलाइ हुने गरेको श्रेष्ठको भनाइ थियो। धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर (१० हजार फिट) र चौडाइ ६० मिटर छ । प्राधिकरणका अनुसार सन् १९९५ मा कालोपत्रे गरिएको झन्डै १६ वर्Èपछि २०१० मा कालोपत्रे गरिएको थियो । विमानस्थल सञ्चालन भएयता तेस्रोपटक कालोपत्रे गरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गलाई प्रत्येक पा“च वर्Èमा एकपल्ट कालोपत्रे गर्नुपर्छ। विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम २०६५ फागुन अन्तिमदेखि सुरु भएको थियो। १७ महिनामा काम सक्ने भनिए पनि झन्डै दुई वर्Èपछि निर्माण पूरा भएको थियो ।

No comments:

Post a Comment