Tuesday, August 20, 2013

बागमती सिँचाई आयोजना बिरुद्ध अख्तियारमा उजुरी


काठमाडौ, २ भदौ–४० करोडको काम २० करोडमा पनि नपाएपछि बागमती सिँचाई आयोजनाको
निर्माणकालागि ठेक्का हालेको स्वदेशी निर्माण कम्पनी जेडआइइसी– पप्पु
जेभीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ ।
साउदी अरेबिया सरकारको ऋण सहयोगमा निर्माण हुन लागेको वाग्मती सि“चाई
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य सम्पन्न गर्न  आव्हान गरिएको बोलपत्र अनुसार सबैभन्दा कम दर भाउमा
हालिएको टेन्डर अस्वीकृत गरि आवेदन परेका मध्ये सबै भन्दा बढी दरको अर्कै
कम्पनीलाई दिने निर्णय एकदमै त्रुटीपूर्ण रहेको भन्दै  जेडआइइसी– पप्पु
जेभी निर्माण कम्पनीले अख्तियारमा उजुरी हालेको हो ।
निर्माण कार्यको ठेक्का प्रदान गर्ने बेलैमा आयोजनाका प्रमुखले आर्थिक
अनियमितता गरेको भन्दै उसले तत्काल आफु भन्दा १ करोड ८७ लाख ७५ हजार
रुपैयाँ बढीको ईसीआई कन्काई निर्माण कम्पनी छनोट गर्ने निर्णय
पुनरावलोकनका लागि अख्तियारमा उजुरी दिएको बताएको छ । यस कम्पनीले गत
साता अख्तियारमा उजुरी हालेको हो । अहिले अख्तियारले सिँचाई आयोजनासँग जवाफ मागिरहेको छ । आयोजनाले अझै जवाफ पठाएको छैन ।
सो कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार आवेदन परेका मध्ये सबैभन्दा न्युन
दरको कम्पनीलाई दिनुपर्नेमा उच्च दर भाउको कम्पनीलाई दिने निणर्य गर्दा
आयोजनाका  सम्बन्धीत कर्मचारीले ठुलो आर्थिक घोटाला गरेको हुनसक्ने
आरोप समेत लगाएको छ ।  जेडआइइसी– पप्पु जेभी निर्माण कम्पनीका निर्देशक
सुमित रौनियारले आयोजनाको यस बोलपत्र छनोट कार्य चित्तबुझ्दो नभएकाले
आफुले बाध्यबस अख्तियारमा उजुरी हालेको बताए । उनले आयोजनाको यस्तो
गैर कानुनी कार्यप्रति असन्तुष्टी जनाउँदै आफुले सार्वजनिक खरिद अनुगमन
कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रमा पनि उजुरी हालेको बताए ।  आयोजनाको
बोलपत्र छनोट गर्दा आफु निकै अन्याएमा परेको बताउँदै रौनियारले भने, ‘
धेरै पटक सिँचाई विभाग, वागमती सिँचाई आयोजनाको सम्पर्क कार्यालय
जाउलाखेलमा र सिँचाई मन्त्रालयमा निवेदन दिँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया
आएकै छैन’ । उनले के कारणले यस कम्पनीले हालेको बोलपत्र अयोग्य ठहरीएको
हो त्यसको जवाफ पाउँभनी धेरै पटक निवेदन पत्र पठाउँदा पनि आयोजनाले
अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए ।
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य गर्न बोलपत्र आव्हान भए बमोजिम निर्माण  कार्यका लागि भएको पूर्व
योग्यता परीÔामा संयुक्त उपक्रमका जेडआइइसी–पप्पु, चाइना टिवेट महादेव
खिम्ती  र ईसीआई कन्काई निर्माण कम्पनी छनोट भएका थिए । उनीहरुले
बोलपत्रमा कबुल गर्दा सबैभन्दा कम रकम जेडआईईसी–पप्पुले कबोल गरेको
थियो । उसले २० करोड ४६ लाख ६ हजार रुपैया“ कबोल गरेको थियो । दास्रो
कम कबोल गर्ने कम्पनी चाइना टिवेट महोदव खिम्ती थियो । उसले २१ करोड २
लाख ५९ हजार २ सय १७ रुपैया“ कबोल गरेको थियो । सो मध्ये सबैभन्दा बढी
कबोल गर्ने निर्माण कम्पनी इसीआई कन्काई अन्तिम बोलपत्र छनोटमा परेको छ
।  उसले २२ करोड ५६ लाख ५४ हजार सात सय ५४ रुपैया“ कबोल गरेको थियो ।
सामान्य निमय अनुसार सबैभन्दा कम रकम कबोल गर्ने जेड आईईसी–पप्पु जेभीले
ठेक्का पाउनुपर्ने थियो । तर, वाग्मती सि“चाई आयोजनाका प्रमुख रामानन्द
यादवले सबैभन्दा धेरै रकम कबोल गर्ने इसीआई कन्काई जेभीलाई ठेक्का दिएर
केही आर्थिक चलखेल गरि आफुलाई अन्याएमा पारेको रौनियारको गुनासो  छ। आयोजनाको निर्माणको काम  ठेक्का पाउने इसीआई–कन्काईले सबैभन्दा कम
रकम कबोल गर्ने जेडआईइसी–पप्पु जेभी  भन्दा एक करोड ८७ लाख ७५ हजार ७१
रुपैया“ बढी कबोल गरेको देखिन्छ ।
त्यसैले सो ठेक्कामा सार्वजनिक खरिद ऐनको ठाडो उल्लङघन भएको उनको
आरोप छ । जेडआईइसी–पप्पु जेभीको तर्फबाट कम्पनीका निर्देशक रौनियारले
सार्वजनिक खरिद ऐन २०६३को दफा ४७ बमोजिम निर्णय पुनरावलोकन गरी पाऊ“
भनी वाग्मती सि“चाई आयोजना प्रमुख यादव समÔ दिएको निवेदनको अझै पनि
कुनै सुनुवाई नभएको बताएका छन ।  उनले आङ्खनो बोलपत्र अस्वीकृत भएको
कारण खुलाई जानकारी उपलब्ध गराई पाऊ“ भनी हालेको  निवेदनको सुनुवाई
नभएपछि बाध्य भएर अख्तियारमा उजुरी दिएको जानकारी गराए । आयोजना प्रमुखले गरेको यस्तो मनपरीतन्त्र बिरुद्ध आवाज उठाउनु आवस्यक अख्तियार पुगेको उनको दावी छ  ।
वाग्मती सि“चाई आयोजना प्रमुख रामानन्द यादवले भने आफुले यस कार्यमा कुनै आर्थिक अनियमितता नगरेको बताए । उनले पनि सबैभन्दा न्युन बोलपत्र कबोल गर्ने जेडआइइसी– पप्पु जेभीले अख्तियारमा उजुरी हालेको जानकारी भएको र अख्तियारले आयोजनासँग जवाफ मागेको बताए । अहिले आफुहरु आन्तरिक छलफलमा नै छौं भन्दै यादवले भने, ‘ छिट्टै जवाफ पठाउँछौं’ ।‘त्यसपछि अख्तियारले के गर्छ हेरौं ’उनले भने ।  ठेकेदार कम्पनी छनोट गर्ने निणर्य आफु भन्दा माथिबाटै भएको दावी गर्दै उनले केही साता अघि आयोजनाले यदि कसैलाई चित्त बुझेको छौन भने पुनः पुनरावलोकन गर्न सक्नेगरी सार्वजनिक सूचना निकालेको बताए । आयोजना प्रमुख यादवले पनि ठेक्का हाल्ने मध्ये सबैभन्दा कम दरको बोलपत्र कबोल गर्ने निर्माण कम्पनी जेडआइइसी–पप्पु जेभीलाई चित्त नबुझ्नु स्वभाविक नै भएको बताए । 

No comments:

Post a Comment