Wednesday, August 21, 2013

‘ठुला जहाज रोक्नु लज्जास्पद र घातक’

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,४ भदौ
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज (वाइडबढी) अवतरणमा रोक लगाउने सरकारी निणर्य एकदमै लज्जास्पद र घातक भएको बताएका छन । वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु हुनै लाग्दा भएको यस्तो निणर्यले मुलुकको पर्यटन उद्योगमा गम्भिर असर पु¥याउने भन्दै उनीहरुले तिब्र आक्रोस पोखेका छन ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं वायुसेवा सञ्चालक संघ–नेपाल (आयोन)का महासचिव सुमन पाण्डेले सरकारी सो निणर्य मुलुककै लागि लज्जास्पद् भएको बताए । उनले यस निणर्यले अब नेपालको पर्यटकीय छविमा नै दीर्घकालिन असर पर्न सक्ने बताए ।  उनले मुलुकभरका विमानस्थल सञ्चालन र व्यवस्थापनको अख्तियारी प्राप्त तालुकदार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुला जहाजलाई अवतरणमा रोक लगाउँदा पर्न जाने दीर्घकालिन असरको ख्यालै नगरि निणर्य गर्ने कार्य निकै घातक भएको बताए । यस्तो निणर्य गरेकाले मुलुकलाई नै असफल राष्ट्र सावित हुने उनको भनाई छ ।
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अच्चुत गुरागाइँले पनि
विभिन्न देसबाट नेपाल भ्रमणमा आउने वर्षकै उत्कृष्ट मौसम आउनैलाग्दा भएको यस्तो कार्यले मुलुकको पर्यटन क्षेत्र नराम्रोसित प्रभावित हुने बताए ।
  प्राधिकरणको सो निणर्यप्रति नाट्टाको गम्भिर ध्यानाकर्षण भएको छ भन्दै उनले  विमान स्थलको बिग्रेको धावन मार्गको पीचलाई यथाशिघ्र पुर्ननिर्माण गर्नुको सट्टा विभिन्न ठूला जहाजलाई विमानस्थलमा अवतरण गर्न रोक लगाउँदा नेपाल आउने संभावित पर्यटकहरुको भ्रमण कार्यक्रम नै रद्द हुन जाने बताए ।
विमानस्थलमा विग्रेको धावन मार्गको पुनर्निमाण तर्पm लाग्न सम्पूर्ण ट्राभल व्यवसायीले सो मांग गरेको नाट्टाले जनाएको छ ।  उनले अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटन प्रति कुनै नकारात्मक सूचना प्रवाहित हुन नदिन र नेपाल आउने संभाव्य पर्यटकले पनि आप्mनो नेपाल भ्रमणको तालिका रद्द गर्नु पर्ने स्थिति सृजना हुन नदिन नाट्टा लगाएत सम्पूर्ण पर्यटन व्यवसायीको जोडदा।र माग रहेको बताए ।
नेपाल एसोसियसन अफ टुर अप्रेटर्स (नाट्टो) का अध्यक्ष असोक पोखरेलले विज्ञप्ति मार्फत प्राधिकरणले ठुला जहाज अवतरणकालागि लगाईएको प्रतिवन्धले मुलुकको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने बताएका छन । उनले पर्यटकीय मौसम सुरु हुन लागेको बेला भएको यस्तो निणर्यले नेपाल घुम्न यहाँको होटल र आन्तरिक जहाजको टिकट बुकिङको गर्दै रहेका विदेशीलाई नराम्रो असर पर्ने बताए ।   
नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पाले एक्कासी ठुलो जहाज ल्याउन बन्द गर्न खोज्नु नराम्रो भएको बताए । उनले प्राधिकरणको यस्तो निणर्यले पर्यटक आगमन संख्यामा समेत भारी गिरावट आउने बताए ।
ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले पनि पर्यटकीय सिजनको मुखमा उप्कीएको धावन मार्ग मर्मत गर्नुको सट्टा उल्टै अन्तर्राष्ट्रिय ठुला जहाज आउन नदिनु देसकै बेइजती भएको बताए । उनले प्राधिकरणको सो निणर्य निकै गैर जिम्मेवारी पूर्ण कदम भएको बताए । 
 विमानस्थल धावनमार्गको  पिच पटक पटक उप्कीन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाई ठुला जहाज अवतरणमा रोक लगाएको हो ।

No comments:

Post a Comment