Friday, August 16, 2013

पाँचौ पटक उप्कियो विमानस्थलको कालोपत्रे

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ३२ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको धावन मार्गको कालोपत्रे (पिच) फेरि उप्किएको छ । धावन मार्गको पिच उक्किएकै कारण शुक्रबार एक घन्टा विमानस्थलको सबै उडान अवतरण ठप्प भएको थियो । दिउँसो दुई बजेबाट मर्मतका लागि बन्द गरिएको विमानस्थल ३ बजेपछि मात्र पूर्ण रूपले सञ्चालन गर्ने प्रयास भएको थियो । त्यसको केही समयपछि आएको भारि वर्Èाका कारण पुनः केहीबेर हवाई उडान प्रभावित भएको थियो ।
सो समय अन्तर्राष्ट्रि उडानमा सञ्चालित विभिन्न गन्तव्यबाट आउँदै गरेका केही जहाजलाई बीच आकाशबाटै डाइभर्ट गरिएको थियो भने करिब आधा दर्जन विमान निकैबेर आकाशमा होल्ड गर्न बाध्य भएका थिए । शुक्रबार पनि धावन मार्गको सी र डी इन्टरसेक्सन बीच भागको कालोपत्रे उक्किएको देखिएपछि तत्काल सबै उडान बन्द गरेर मर्मत गरेको विमानस्थल कार्यालयले जनाएको छ ।  १० दिनमा पाँच पटकसम्म भत्किएर धेरै पटक हवाई उडान प्रभावित भएको यस विमानस्थलमा गत आइतबार पनि कालोपत्रे उक्किँदा  ४५ मिनेट उडान ठप्प भएको थियो । नियमित चेकजा“चको क्रममा धावनमार्गको मध्य भागमा सामान्य पिच उक्किएको देखिएपछि आधा घन्टा सबै उडान र अवतरण बन्द गरेर मर्मत गरेको  विमानस्थल कार्यालले जनाएको छ । सो समय चीनको कुन्मिङबाट आउँदै गरेको चाइना इस्टर्न एयरलाइन्स र नया“ दिल्लीबाट आएको जेट एयरवेजलाई धेरै बेर आकाशमै होल्ड गराइएको थियो । यसैगरी भुटानको पारो विमानस्थलबाट आउँदै गरेको डुक एयरको जहाजलाई अन्यन्त्र डाइभर्ट गरिएको थियो । त्यसबेला आन्तरिक उडानतर्फका सबै विमानलाई नजिकैको विमानस्थलमा अवतरण गर्न निर्देशन गरिएको थियो । सो समय आन्तरिक उडानतर्फ बुद्ध, यति, सिम्रिकलगायतका जहाज र विभिन्न कम्पनीका हेलिकोप्टर गरी करिब एक दर्जन उडान प्रभावित भएका  थिए । विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेश श्रेष्ठले नियमित चेकजाँचको क्रममा केही भाग उक्किएको देखिएपछि तत्काल मर्मत गरिएको बताए ।  एउटा मात्र धावनमार्ग भएकाले राम्रोसँग मर्मत गर्ने समय नभएकाले सामान्य रूपमा मात्र गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हरेक वर्ष वर्षाद्को समय यस्तै समस्या आइपर्ने जानकारी गराउँदै महाप्रबन्धक श्रेष्ठले भने, ‘अहिले हामीसँग अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने एउटा मात्र धावन मार्ग भएकाले बिग्रिएको समय कुनै अर्को विकल्प नभएपछि बाध्यवश केही समय उडान रोक्नुपरेको हो ।’ उनले अवतरण र उडान गर्ने क्रममा जहाज धावनमार्गमा गुड्दा केही अप्ठ्यारो पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूहरूले सुरक्षाको दृष्टिले केहीबेर नियमित उडान बन्द गरेर बिग्रिएको धावनमार्ग मर्मत गरेको बताए । विमानस्थलको धावनमार्ग मर्मत गरेको एक साता नबित्दै पुनः अर्को ठाउँमा त्यस्तै समस्या देखिएपछि विमानस्थलका सबै उडान तथा अवतरण प्रभावित भएको हो ।  यसअघि पनि धेरै पटक विमानस्थलमा धावन मार्ग भासिने र राडार मेसिन बिग्रिने समस्या थियो । सोही समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन सकेको छैन । वर्षाको समय विमानस्थलमा बारम्बार धावन मार्गको कालोपत्रे (पिच ) उक्किने र भासिने समस्या देखिएपछि विशेष चासो राखेको अख्तियारको अनुगमन टोलीले गत बुधबार पनि विमानस्थलको धावनमार्ग निरीक्षण गरेर फर्किएको थियो । त्यसबेला अख्तियारका सह सचिव विश्वराज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले विमानस्थलभित्र हाल भइरहेका सबै गतिविधिका बारेमा जानकारी लिएर फर्किएको थियो । सन् १९६५ मा निर्माण भएको र सन् २०१० मा २७ करोड रुपैयाँको लगानीमा पुनर्निर्माण भएको धावनमार्ग उक्किने समस्या अहिले दक्षिणी भागमा बढी देखिएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य गरी दैनिक करिब ३ सय उडान र अवतरण  हुने विमानस्थलको धावन मार्ग मर्मत तथा निर्माणको जिम्मा पछिल्लो पटक चिनिया“ कम्पनी सीआरईसी र नेपाली टुन्डी कन्स्ट्रक्सनले पाएका थिए । वार्षिक १० लाख पर्यटक भिœयाउने अभियानका साथ मनाइएको पर्यटन वर्ष २०११ को तयारीका लागि सन् २०१० को मध्यदेखि ठ्याक्कै  एक वर्È लगाएर ती कम्पनीले धावनमार्ग बढाएर कालोपत्रे गरेका थिए । त्यसपछि अहिले १० दिनमा पाँच पटकभन्दा बढी धावनमार्गको पिच उकिन थालेको छ ।

No comments:

Post a Comment