Thursday, June 3, 2021

 १६ खर्ब बढिको बजेट आज सार्जजनिक हुँदै 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाकाबीच सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्ने भएको छ । शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट प्रस्तुत गर्ने छन । जसकालागि सिमित फोटो तथा भिडियोकालागि मात्र पत्रकारलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश दिईने अर्थमन्त्रालयले जनाएको छ । 

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले यस्तो जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा ठूलो हल तयार भएकाले त्यहाँबाट आगामी आवको बजेट सार्वजनिक गर्ने तयारी भएको बताए ।

अर्थ मन्त्रालय स्रोतका अनुसार यस्तो संवैधाजिक जटिलता र कोरोना महामारिकाबीच आगामी आवकालागि ल्याइने बजेटको सिलिङ करिब १६ खर्बको हुने छ । संसद् विघटन भएकाले यसपाली सरकारले ‘नीति तथा कार्यक्रम’ भने ल्याउन सकेन । वर्तमान संविधान अनुसार नयाँ बजेट सार्वजनिक हुनुभन्दा कम्तिमा पनि १५ दिनअघि प्रिबेटका बारेमा छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने थियो । तर, सरकारले प्रिबजेट छलफल नै नगरि पुनः संसद् विघटनभएसँगै अध्यादेशमार्फत आगामी आवकालागि बजेट ल्याउँदै छ । 

विगतका वर्षहरुमा दुवै संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने परम्परा रहेकोमा यसपाली संसद् विघटन भएकाले वैकल्पिक उपाय अपनाइएको हो । यस्तो जटिल अवस्थाकाकै कारण यसपाली बजेट भाषण भन्दा एकमहिना अघि ‘नीति तथा कार्यक्रम’ राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलन पनि तोडिएको छ । यसअघि नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो । अहिलेको अवस्थालाई मध्येनजर गर्दै सरकारले बजेट भाषणका अन्य प्रक्रियाहरुमा पनि छाँटकाट गरेको छ । 

वर्तमान संविधानको धारा ११९ को उपधारा (३) अनुसार सरकारले हरेक वर्षको १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने थियो । तर, यसपाली पुनः संसद् विघटन र सत्ता हत्याउनकालागि भईरहेको राजनीनितिक दलका नेताहरुबीचको खिचातानीको प्रभाव मुलुकको बजेटमा परेको छ । 

यसअघि गत ५ पुसमा पनि प्रधानमन्त्री ओलीले पहिलोपटक संसद् विघटन गरेका थिए । तर, गत फागुनमा सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै संसद् ब्युँत्याइदिएको थियो । गत ७ जेठको मध्यराती १२ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद पुनः दोस्रो पटक विघटन गरी आगामी २६ कात्तिक र ३ मंसिरका लागि मध्यावधी निर्वाचनको मिति तोकेकी छिन् । 

नयाँ भेरियन्ट सहित तिब्र रुपमा दोस्रो लहरमा फैलिएको कोरोना महामारिको कहर, दलिय नेताहरुबीच भईरहेको सक्ता हत्याउने गतिविधि र संसद् विघटनपछि उत्पन्न यस्तो जटिलताबीच सरकारले अध्यादेशबाट ल्याउने बजेट कामचलाउ हुनुपर्ने अर्थविद् एवं पूर्वअर्थमन्त्रीहरूले दबाब दिइरहेको बेला सरकारले भने पूर्ण बजेट नै ल्याउन लागेको हो ।

सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेकाले बजेट निर्माण सम्वन्धी संसदीय प्रक्रियाहरु अघि बढ्न पाएनन् । लामो समयदेखि जारि दलिय नेताहरुबीच भईरहेको सक्ता हत्याउने गतिविधिले पनि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा रहेकाले पारित नहुने डरका कारण सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेन र  जसका कारण पूर्ण बजेट सार्वजनिक गर्नुुअघि हुनुपर्ने प्रक्रिया तथा छलफलहरु केही हुनै पाएन । 

यस्तो अप्ठ्यारो अवस्थाकाबीच सरकारले आगामी बजेट निर्वाचन घोषणा भईसकेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागिएको छ । यो बजेट बढी पपुलर खालको हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्ता र श्रमिकको न्युनतम पारिश्रमिक बृद्धि हुने छ भने राष्ट्रसेवक कर्मचारीको तलव पनि केहि बढाइने भएको छ । आगामी बजेट विशेषगरि कोरोनाको महामारि रोकथाम र आर्थिक पुनरुथानसहितको पूर्ण बजेट नै आउने सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ । 

यसपाली निजी क्षेत्र एवं व्यवसायीलाई चिढ्याउने गरी कर नीति तयार नगरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । यसैगरि, करको दायरा बढाउन प्रयास गरिएको छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा महत्वपूर्ण करहरुको दर यथावत राखिएको छ ।  निजी क्षेत्रलाई असर गर्ने आयकर मूल्य अभिवृद्धि कर (भ्याट) को दर यथावत राखिएको छ । बजेटमा राजस्वको सुझाव दिन गठन गरिएको राजस्व परामर्श समितिले प्रतिवेदन बुझाइसकेको थियो ।  समितिले पनि यसपाली महत्वपूर्ण करको दर तल–माथि गर्न नसकिने आधार प्रस्तुत गरेको थियो । समितिले दिएको सुझावकै आधारमा बजेट निर्माण भएको अर्थमन्त्रालय स्रोतको दावी छ । 

राजस्व परामर्श समितिले दिएको सुझाव अनुसार कोभिडको दोस्रो लहर सुरु भएसँगै करको दर तल–माथि गर्न सक्ने अवस्था नभएकाले यो पटक महत्वपूर्ण करको दर यथावत राख्न भनिएको थियो ।  समितिले करका दर यथावत राख्ने आधार समेत प्रस्तुत गरेको थियो । तर, यसपाली घरजग्गा कारोबारमा हुने लाभकर छलीलाई रोक्ने कानुनी व्यवस्था गर्न भने सुझाएको थियो ।  यस्तो सुझाव दिनुअघि राजश्व परामर्श समितिले पनि राजस्वसँग सम्बन्धित बिभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो । 

यो बजेटमा निजी क्षेत्रका सुझावलाई पनि सक्दो समावेश गर्ने प्रयास भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्रालय स्रोतले करको दर सुझावमा राजश्व परामर्श समितिले दक्षिण एसियाली देशका करको दरलाई आधार मानेर सुझाव दिए अनुरु नै आगामी बजेटमा समावेश गरिएको बताएको छ ।

यसअघि पनि विभिन्न समस्याका कारण संसदमा बजेट प्रस्तुत गर्न नपाउने थोरै अर्थमन्त्रीहरुको सूचीमा पौडेल पनि परेका छन् । यसअघि जटिलअवस्थाकाबीच बजेट प्रस्तुत गर्ने पूर्व अर्थमन्त्रीहरुमा डा.रामशरण महत,सुरेन्द्र पाण्डे, भरतमहोन अधिकारी, वर्षमान पुन र महेश आचर्य रहेका छन । २०४६ सालपछिको करिब तीनदशकको संसदीय इतिहासमा विभिन्न पटक गरि करिब ९ पटक भन्दाबढी बजेट अध्यादेश मार्फत प्रस्तुत गरिएको थियो  । वर्तमान संविधान जारी भएपछि भने यो पहिलोपटक हो ।

गत फागुनमा राष्ट्रिय योजना आयोगले सिलिङ पठाएसँगै बजेट निर्माणको काम अर्थमन्त्रालले थालेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय संघ तथा प्रदेशमा बाँडफाँड हुने सशर्त, समपुरक, विशेष अनुदानको सूत्र पठाएको थियो भने सरकारको आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयले राजस्व र करका दर तथा दायराबारे अर्थमन्त्रालयलाई सुझाव प्रस्तुत गरेका थिए । पूर्वसचिव महेश दाहालको संयोजकत्मा गठित राजश्व परामर्श विकास समितिले बजेटमा राजस्वका नयाँ संभावित स्रोतका बारेमा सुझाव सहित प्रतिवेदन बुझाएको थियो । यसैगरी, विषयगत मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगको सिलिङभित्र रहेर बजेट माग गरी अर्थमन्त्रालयसँग छलफल समेत सम्पन्न गरिसकेका थिए । त्यसैगरि, प्रदेशका मुख्यमन्त्रीहरूसँग अन्तरवित्त परिषदमा बजेट सम्बन्धी छलफल गराई आवश्यक सुझावहरू बजेटमा समावेस गर्ने काम सम्पन्न भइसकेका थिए । अहिले सोही अनुरुप बजेट ल्याउने अन्तिम कसरत भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

शनिबार बजेट सार्जजनिक गर्न गत बुधबार अर्थमन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर गरेका थिए । जसकालागि पूर्वअर्थमन्त्रीहरु, पूर्वमुख्यसचिवहरु, पूर्वअर्थसचिवहरु तथा अर्थशास्त्रीहरू, विभिन्न पेशागत संघ–संगठन, दातृ निकायहरूसँग छलफल गरी बजेटको मस्यौदा तयार पारिएको थियो । यसैगरि, राष्ट्रिय योजना आयोगको १५ औं योजना, दीगो विकासका लक्ष्यहरू, सरकारका प्राथमिकतालाई बजेटमा समावेश गरिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । मध्यकालीन खर्च संरचना र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ का अधिनमा रहेर बजेट निर्माण गरिएको मन्त्रालयको दावी छ । 

अर्थमन्त्रालयले तयारपार्ने आर्थिक सर्वेक्षण, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, रातो किताव अर्थात् आयव्ययको विवरण, पंहेलो पुस्तिका अर्थात सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, सेतो पुस्तिका, वैदेशिक सहायता सम्वन्धी आयोजनाहरूको स्रोत पुस्तिका लगायत एक दर्जनभन्दा बढी पुस्तिकाहरू तयार भइसकेका छन् । अहिले अर्थमन्त्री पौडेलले बजेट निर्माणमा राजनीतिक नेतृत्व गरिरहेका छन् । अर्थतन्त्रका ज्ञाता नभएपनि बजेटको आकार, प्राथमिकता र केही महत्वपूर्ण कार्यक्रमहरूमा उनको चासो रहेको स्रोतले बताएको छ । मुलुकको अर्थमन्त्रीका रूपमा यो पौडेलको दोस्रो पटक बजेट प्रस्तुत गर्ने पालो हो । 

नयाँ भेरियन्ट सहित फैलिएको कोरोना नियन्त्रणकालागि आवश्यक सतर्कता अपनाउदै अर्थ मन्त्रालयले विगत एक महिनादेखि बजेट निर्माण कार्यलाई तिब्रता दिएको थियो । जसकालागि अर्थमन्त्री पौडेल सहित बजेट निर्माणमा समलग्न कोरटिम र अर्थमन्त्रालयका कर्मचारीहरू शनिबार पनि कार्यालय पुगिरहेका थिए ।  

संविधानले संसदबिहिन बजेटको कल्पना नै नगरेको अवस्थामा अहिले सरकारले पूर्ण बजेट ल्याउनन नहुने र कामचलाउन मात्रै ल्याउनुपर्ने अर्थविद् एवं सरोकारवालाहरुको तर्क छ । 

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले सरकारले पूर्ण बजेटकै तयारी अनुरुप शनिबार आगामी आवको बजेट आउने बताए । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी बजेटको प्राथमिकता अघिल्लो वर्षको तुलनामा केहि फरक छ । अझै तिब्र रुपमा कोरोना महामारी बढीरहेकोले नियन्त्रण र रोकथाम गर्ने, आर्थिक पुनरुत्थान गर्ने र निर्वाचन घोषणा भइसकेकाले निर्वाचनका लागि बजेट विनियोजन विशेष प्राथमिकतामा रहेको छ । त्यसपछि अन्य प्राथमिकतामा बजेट विनियोजन गरिएको अर्थमन्त्रालय स्रोतको दावी छ । 

अर्थमन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा गत वर्ष ल्याएको ५० अर्ब रुपैयाँको अर्थतन्त्र पुर्नस्थापना कोष जस्तै यो वर्ष अझै ठूलो कोष आउने छ । महामारीले गत वर्षदेखि थलिएका र बढी प्रभावित क्षेत्रलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको छ । 


यसैगरि, आगामी बजेट राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामै आधारित भएर निर्माण गरिएको छ । आयोगले आगामी आवका लागि बजेट तथा स्रोत अनुमानको प्रक्षेपण सहित सरकारलाई करिब १७ खर्ब रुपैयाँ सिलिङको बजेट ल्याउन सुझाएको थियो ।  अहिले राष्ट्रिय योजना आयोगले दिएको सोही सुझावकै वरिपरि रहेर बजेट निर्माण गरिएको अर्थ मन्त्रलय स्रोतको दावी छ ।  

संसद् विघटनपछि उत्पन्न जटिलताकाबीच अध्यादेश मार्फत ल्याइने आगामी बजेटमा राजश्व परामर्श समितिले पनि महत्वपूर्ण करका दर २० प्रतिशतसम्म चलाउन पाइनेगरी सुझाव दिएको छ । अहिले पूर्व निर्वाचन आयुक्तहरुले पनि सरकारलाई आगामी बजेटमा मदताता रिजाउने गरी झट्ट हेर्दा आकर्षक बजेट नल्याउन सुझाव दिएका छन् ।

विपक्षी दलका नेता तथा बिज्ञहरुले पनि हाल सरकारले बजेट संसदमा प्रस्तुत नगरेकाले नयाँ कार्यक्रम नसमेट्न दवाव दिइरहेका छन् । उनीहरुले यसरी संसद विघटन होला र अध्यादेशमार्फत बजेट प्रस्तुत होला भनेर परिकल्पना नगरिएकाले अहिले यस्तो जटिलता उत्पन्न भएको बताएका छन ।  

यसअघि संविधानसभामा पनि यस्तो विषयमा खासै प्रश्नहरु पनि नउठेको भन्दै उनीहरुले सरकारले विगतका नजीर तथा परम्परालाई आधार बनाएर नैतिकता र अनुशासनभित्र रही बजेट प्रस्तुत गर्न सुझाव दिएका छन ।  सरकारले आगामी बजेट मार्फत करका दरहरु परिवर्तन नगरे पनि बृद्धभत्ता ५ हजार पु¥याउने र सरकारी कर्मचारीको तलवभत्ता बढाउने सम्भावना रहेको उनीहरुको भनाई छ । 

सरकारले यो बेला लोकप्रिय कार्यक्रम ल्यायो भने त्यो कार्यान्वयनमा जान्छ, अर्को सरकारले रोक्न सक्दैन । सरकारले सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलव–भत्ता बृद्धि गरिदियो भने त्यो कार्यान्वयनमा जाने भएकाले यसमा गम्भिर बिचार पु¥याउनुपर्ने अर्थविद्हरुको सुझाव छ ।  यस्तो अवस्थाकाबीच अध्यादेश मार्फत बजेट ल्याउँदा त्यसले कानूनी मान्यता पाउन समस्या नहुने कानुनविद्हरुको भनाई छ । अहिले सरकारले संविधान विपरित बजेट ल्यान लागेको भन्दै सर्वोच्च अदालतमा अन्तिरम आदेशको माग गर्दै रिटहरु दर्ता भईरहेका छन । 

– २०४६ सालपछिको करिब तीनदशकको संसदीय इतिहासमा विभिन्न पटक गरि करिब ९ पटक भन्दाबढी बजेट अध्यादेश मार्फत प्रस्तुत गरिएको थियो । वर्तमान संविधान जारी भएपछि भने यो पहिलोपटक हो 

–अर्थमन्त्रालय स्रोतका अनुसार यो बजेटमा गतवर्ष ल्याएको ५० अर्ब रुपैयाँको अर्थतन्त्र पुर्नस्थापना कोष जस्तै अझै ठूलो कोष आउने छ । कोरोना महामारीले गत वर्षदेखि थलिएका र बढी प्रभावित क्षेत्रलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको छ   


 सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना भए उपचार खर्च पाइने 

मृतकका आश्रित परिवारलाई विविध सुविधा

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं


योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना मात्र नभएर अन्य विरामीले पनि औषधि उपचार खर्च पाउने कोषले जनाएको छ । यसैगरी, सूचीकृत श्रमिकको कोरोनाकै कारण मृत्यु भए मृतकका आश्रित परिवारले सुविधा पाउने कोषले जनाएको छ । 

कोषका प्रवक्ता विवेक पन्थीले यस्तो जानकारी गराएका हुन् । उनले कोरोना मात्र नभएर अन्य कारण मृत्यु वरण गरेका श्रमिकको आश्रित परिवारले यस्तो सुविधा पाउने सुविधा सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँदै आएको बताए । 

कोषले अघि सारेका योजनामा पर्ने सबै सेवा सुविधा सूचीकृत कोरोना संक्रमित श्रमिकले पाउने भएकाले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने बताउँदै कोषका प्रवक्ता पन्थीले भने, ‘कोरोना कै कारण श्रमिकको मृत्यु भएमा मृतकको परिवार सुविधा योजनाअन्तर्गतको सुविधा उसको आश्रित परिवारले पाउनेछ ।’

त्यसमा कोषले आश्रित परिवार योजनाअन्तर्गत समावेश गरेका विविध सुविधा उपलब्ध हुने उनले जानकारी दिए । कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । कोरोना संक्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइराखेको कोषले जनाएको छ ।

सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिकले कोरोना भएर घरैमा उपचार गराएको अवस्थामा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी गर्न पाउँछन् । अस्पताल भर्ना भई उपचार गरे वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने कोषले जनाएको छ । 

यस्तोे सुविधा पाउन श्रमिकले कोषमा योगदान गर्न सुरु गरेको तीन महिना पूरा भएको हुनुपर्ने प्रावधान छ । यसैगरी, यो सुविधा योगदान गर्न छाडेको तीन महिना नकटेसम्म लागू हुनेछ । कोरोना संक्रमणकै कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भए खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरण स्वरूप प्रदान गरिनेछ । मृतक योगदानकर्ताका छोराछोरीको हकमा उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिक वृत्ति भरणका रूपमा दिने प्रावधान रहेको छ । यदि एकभन्दा बढी सन्तान भएमा सोही रकम आश्रित परिवारलाई टाउको गनेर दामासाहीले बाँड्ने व्यवस्था छ ।

यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने यस्तो उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिक वृत्तिभरणबापतको सुविधा प्राप्त गर्ने कोषले जनाएको छ ।

यदि मृतक योगदानकर्ता अविवाहित भए उसको आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्य सरकारी क्षेत्रबाट माथि कोषबाट पाउनेभन्दा बढी सुविधा पाउने भए यो सुविधा नपाउने कोषले स्पष्ट पारेको छ । 

यसैगरी, मृतक योगदानकर्ताको हकवालाले अन्तिम संस्कार (काजकिरिया) खर्चबापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । मृतकका हकवालाले यस्तो रकम एकमुष्ठ पाउने कोषले जनाएको छ ।

यसैगरी, कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएको खण्डमा भने उसको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल योगदान रकम एकमुष्ठ प्रदान गरिनेछ । यस्तो सुविधा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को दोस्रो संसोधनमा पनि स्पष्ट उल्लेख गरिएको छ । सोही कार्यविधिअनुसार कोषले यस्तो सुविधा दिने सो कोषले जनाएको छ । 

‘२०७५ सालको ११ मंसिरबाट राष्ट्रिय अभियानको रूपमा सुरू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्र्तगतको सामाजिक सुरक्षा कोषमा अहिलेसम्म कुल १३ हजार ७ सय ८३ वटा रोजगारदाता सूचीकृत भएका छन् । सो संख्या मुलुकभरका सातवटै प्रदेशमा रहेका विभिन्न संस्था र प्रतिष्ठान भएको कोषले जनाएको छ । यसैगरी, हालसम्म  मुलुकभर गरी कुल २ लाख ३ सय ७६ जना योगदानकर्ता श्रमिक सूचीकृत छन् । आवश्यक सबै प्रक्रिया पु¥याएर सूचीकृत भएकामध्ये हालसम्म २ हजार १ सय ६ जना योगदानकर्ता श्रमिक लाभान्वित भएका छन् । 

हालसम्म कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायत विभिन्न सेवा सुविधाअन्तर्गत कुल ७ करोड २९ लाख रुपैयाँ दबी भुक्तानी गरिसकेको बताएको छ । अहिलेसम्म कुल ५ अर्ब ३१ करोड रुपैयाँ योगदान रकम जम्मा भएको मध्ये ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । 

सामाजिक सुरक्षा योजनालाई थप आकर्षित बनाउन अघि बढेको सरकारले यस्तो सेवासँगै हाल योगदानकर्तालाई विभिन्न सुविधा थप गरेको छ । भर्खरै मन्त्रिपरिषद्को बैठकले संशोधित सामाजिक सुरक्षा कोष लगानी कार्यविधि स्वीकृत गरेपछि योगदानकर्ताले पाउने सुविधा अझै थपिएको छ । संशोधित कार्यविधिअनुसार अहिले योगदानकर्ताले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको भन्दा अझ राम्रो विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कर्जा लिन पाउनेछन् । यस्तो सेवामा सहभागी हुने योगदानकर्ताले कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने कोषले जनाएको छ । 

हालसम्म कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायत विभिन्न सेवा सुविधाअन्तर्गत कुल ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ 


 राजनीतिक खिचातानीको प्रभाव बजेटमा 

प्रिबजेट छलफल नगरि अध्यादेश मार्फत ल्याइने बजेटको प्राथमिकता र सिद्धान्त ओझेलमा 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


वर्तमान संविधानको धारा ११९ को उपधारा (३) अनुसार सरकारले हरेक वर्षको १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, यसपाली पुनः संघिय संसद् विघटन र सत्ता हत्याउनकालागि भईरहेको राजनीनितिक दलका नेताहरुबीचको खिचातानीको प्रभाव मुलुकको बजेटमा परेको छ ।  

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याइने नयाँ बजेट सार्वजनिक हुने दिन १५ जेठ आउन अब एकसाता मात्र बाँकी छ । अहिलेको संविधान अनुसार नयाँ बजेट सार्वजनिक हुनुभन्दा कम्तिमा पनि १५ दिनअघि प्रिबेटका बारेमा छलफल हुनुपर्ने थियो । अहिलेसम्म सरकारले प्रिबजेट छलफल नै नगरि पुनः संसद् विघटन गरेको छ । यसअघि गत ५ पुसमा पनि प्रधानमन्त्री ओलीले पहिलोपटक संसद् विघटन गरेका थिए । तर, गत फागुनमा सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै संसद् ब्युँत्याइदिएको थियो ।  

यसले आगामी बजेट अध्यादेश मार्फत वा अन्य कुनै बैकल्पिक बाटोबाट ल्याउने भन्नेबारेमा थप अन्योल बनाईदिएको छ । यस्तो अन्योलकाबीच अध्यादेश मार्फत ल्याइने बजेटले कोरोना महामारिको चपेटामा परेका नागरिकको अपेक्षा पुरा गर्न सक्दैन ।  

संविधानतः अर्थमन्त्रीले हरेक वर्षको १५ जेठमा संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था  छ । तर, शुक्रबार मध्यराती १२ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद पुनः दोस्रो पटक विघटन गरी आगामी २६ कात्तिक  र ३ मंसिरका लागि मध्यावधी निर्वाचनको मिति तोकेकी छिन् । सरकारको यस्तो गतिविधि र संसद् विघटनपछि उत्पन्न राजनीतिक जटिलताले मुलुकको बजेटलाई नै प्रभावित बनाईदिएको छ । 

२०७२ सालको असोजमा संविधानसभाबाट जारी भएको वर्तमान संविधानमा हरेक वर्षको १५ जेठमा संसदमा नैै बजेट पेस गर्ने उल्लेख छ । त्यसबेला यसरी बजेटको मुखैमा संसद विघटन हुन सक्ने परिकल्पना पनि गरिएको थिएन । तर, अहिले संघिय संसद विघटन भएको छ । अब यस्तो अवस्थामा के कस्तो बाटो अपनाएर नयाँ बजेट ल्याउन सकिन्छ भन्नेतर्फ सम्बन्धीत सरोकारवालाहरुले चासो राखेका छन । 

नयाँ भेरियन्ट सहित तिब्र रुपले फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रणका कारण अहिले दैनिक २४६ जनासम्मले ज्यान गुमाईरहेका छन । यसैगरि, संक्रमित हुनेहरुको संख्या पनि दैनिक ८ देखि साढे ९ हजार नागिरहेको छ । अक्सिजन अभावका कारण हजारौं संक्रमित अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन । बढ्दो कोरोना महामारिको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो स्वास्थ्य उपचार सेवा उपलब्ध गराएर सहयोग पु¥याउनुपर्ने सरकार अहिले राजनीतिक खिचातानीमा रुमलिएको छ । 

यस्तो कोरोना महामारिमा राम्रोसँग सरकार चलाउने तर्फ भन्दा जसरी हुन्छ आफ्नो कुर्सी जोगाउने ध्यानमा केन्द्रित प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटन अघि नै कानुनी व्यवस्था अनुसार बजेटको प्राथमिकता र सिद्धान्त संसदमा पेस गर्दै पास गर्न सक्थ्यो । तर, सरकारले त्यो काम गर्न चाहेन । सरकारको कमजोरीका कारण अहिले नयाँ बजेट र नीति तथा कार्यक्रम नै प्रभावित भएको छ । 

यसैगरी, हरेक वर्ष दुबै संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने चलन थियो । अब त्यो अवस्था पनि रहेन । मुलुक सञ्चालनकालागि बजेट एउटा कानुनी दस्तावेज हो ।  शुक्रबार मध्यराती सरकारले संसद विघटन गरेपछि अब अध्यादेश मार्फत नै बजेट ल्याउने हो । ‘निर्वाचन घोषणा गरेपछि पनि संविधानले त यस्तो बजेट ल्याउन वा त्यस्तो नल्याउ भनेको छैन । 

संवैधानिक व्यवस्था अनुसार मुलुकको बजेट त संसदमै पेस हुनुपर्ने हो । तर, अहिले संवैधानिक प्रावाधनलाई छल्ने नियतले गरिएको संसद विघटन नै गलत भएको सम्बन्धीत सरोकारवाला एवं अर्थविद्हरुको भनाई छ । उनीहरुले पुनः संसद् विघटन र राजनीतिक खिचातानीले मुलुकको बजेटमा गम्भिर प्रभाव परेको बताएका छन ।  

पूर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको यो संसद् विघटनको काम सरकारको एकदमै गलत कार्य भएको बताए । उनले अहिलेको सरकारबाट संविधान मिचेर गरिएको यस्तो कामले आगामी बजेटमा धेरै प्रभाव पर्ने बताए । संसद विघटनपछि निर्वाचन घोषणा भइसकेकाले अब सरकारले ल्याउने बजेटमा करको दर तलमाथि गर्न नपाइने बताउँदै पूर्व अर्थसचिव खनालले भने, ‘बजेटमा करको दर परिर्वतन गर्ने अधिकार जनप्रतिनिधि अर्थात् सांसदलाई हुन्छ ।’ उनले अब सांसद पद नै नरहेको अवस्थामा सरकारले ल्याउने बजेटमा करको दर तलमाथि गर्न नपाइने दावी गरे ।  

सरकारले चालू आवको आर्थिक ऐनमा जे छ त्यही अनुसार करकोदर राखेर बजेट ल्याउनुपर्ने अर्थविद् एवं पूर्व अर्थसचिव खनालको दावी छ ।  आगामी बजेटमा करकोदर यथावत रहनुपर्छ भन्दै उनले अब करकोदर बढाउन र घटाउनै नपाइँने प्रावधान रहेको बताए ।  उनले आगामी बजेट मार्फत कर लगाउने अधिकार जनप्रतिनिधिलाई मात्रै हुने जिकिर गरे । यसैगरि, खर्चको प्रस्तावको सन्दर्भमा पनि चालू आवको बजेटमा जति प्रस्ताव भएको छ, त्यो भन्दा बढी गर्न नपाइने खनालको दावी छ । तर, घटाउन भने पाइने उनले जानकारी दिए । 

अर्का पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारीले पनि अकस्मात संसद् विघटन भएका कारण  आगामी बजेट ल्याउने विषयमा कानुनी अड्चन आएको बताए ।  अब सरकारले अध्यादेश मार्फत नै बजेट ल्याउने भन्दै अधिकारीले कोरोना महामारिले अझै मुलुकको अर्थतन्त्र कता जान्छ भनेर अहिले नै एकिन गर्न सक्ने अवस्था नरहेको बताए । यस्तो अवस्थामा सरकारले कोभिड लक्षित र आगामी निर्वाचनको खर्च लक्षित गरेर बजेट ल्याउनु नै उचित हुने बताउँदै अधिकारीले भने, ‘ लोकप्रिय र निर्वाचनलाई भड्काउने गरी बजेट ल्याउन पाउँदैन ।’ 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने आगामी बजेट कोरोना महामारि नियन्त्रण र निर्वाचन लक्षित हुने बताएका छनन । अहिले सरकार यस्तै लक्ष्य अनुरुपको बजेट ल्याउने तयारीमा जुटेको उनको भनाई छ । अध्यादेश मार्फत ल्याईने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा केन्द्रित र निर्वाचन लक्षित नै हुने सम्बन्धीत सरोकारवालाहरु र अर्थविद्हरुको अनुमान छ । 


 अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन क्षेत्रमा धक्का

मधुजंग पाण्डे÷राजधानी

काठमाडौं 


नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै बुधबार ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणको क्रममा रहेका आफ्ना नागरिकलाई पनि उच्च सुरक्षा सचेतना अपनाउन सुझाएको छ । विगत केही दिनयता नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढेर दैनिक ९ हजार ४ सय नाघेको र मृत्युदर पनि उच्चदरले वृद्धि भई दैनिक २ सय २५ जना पुग्न थालेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्तो आग्रह गरेको हो । उसले हाल नेपाललाई लेभल–४ मा अर्थात् भ्रमण नगर्न सुझाव दिने मुलुकको सूचीमा राखेको छ ।

अमेरिकाले बुधबारदेखि आफ्ना नागरिकलाई थप सचेत रहन आग्रह गर्दै जारी गरेको ‘ट्राभल एड्भाइजरी’ले नेपालको पर्यटन क्षेत्रमा थप धक्का पु¥याएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमबाट बच्न नेपाल सरकारले पनि गत २३ वैशाखदेखि नै काठमाडांैबाट हुने सबै नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यसैगरी, गत २० वैशाखदेखि नियमित आन्तरिक हवाई उडान पनि बन्द गरी अहिले स्वास्थ्य सामग्री बोक्ने तथा उद्धार उडान मात्र सञ्चालन गर्न दिएको अवस्था छ ।

यस्तो अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने वातावरण बनाइदिन प्रस्ताव गरेको छ । तर, अमेरिकी दूतावासको यस प्रस्तावको विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै जवाफ नदिएको सो दूतावासले जनाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले ‘ट्राभल एड्भाइजरी’ जारी गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले अब आफ्ना नागरिकलाई चार्टर्ड उडानबाट अमेरिका लैजाने तयारी गरेको छ । दूतावासले बुधबार जारी गरेको सूचनामा नेपाल सरकारसँग चार्टर्ड उडानमा आफ्ना नागरिकलाई लैजान छलफल भइरहेको जनाएको छ ।

दूतावासले नेपाल छाड्न चाहने अमेरिकी नागरिकलाई अनलाइन फारम भर्नसमेत अनुरोध गरेको छ । नेपाल सरकारबाट चार्टर्ड उडानको अनुमति पाएमा थप जानकारी पठाउने दूतावासले जनाएको छ । अमेरिका जान चाहने नागरिकका लागि पीसीआर परीक्षण अनिवार्य रहेको र त्यसको जिम्मा व्यक्ति आफैंले लिनुपर्ने सो दूतावासले आफ्ना नागरिकलाई जानकारी गराएको छ ।

हाल नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएसँगै यसअघि आफ्नो घर फर्किनका लागि नाम दर्ता नगराएका व्यक्तिले आफ्नो नाम दर्ता गराउन पनि दूतावासले आग्रह गरेको छ । आफ्नो प्रस्तावबारेमा अब नेपाल सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकलाई जतिसक्दो छिटो आफ्नो मुलुक फर्काउने विषयमा पनि जानकारी गराउने बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयअन्तर्गतको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले लेभल–४ को भ्रमण सूचना जारी गरेको हो । यसैगरी, अमेरिकाले हाल नेपाल र भारतमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण निकै जोखिमपूर्ण बताएको छ । अमेरिकाले अर्को सूचना जारी नभएसम्म आफ्ना नागरिकलाई सचेत गराउँदै नेपाल भ्रमण नगर्न आग्रह गरिएको बताएको छ ।

अमेरिकाको यस्तो निणर्यले हाल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका र अन्य काम विशेषले नेपालमा रहेका पर्यटकलाई पनि थप सचेत हुन बाध्य बनाएको छ । यसको असर नेपालको पर्यटन क्षेत्र निकै लामो समयसम्म रहने सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटकीय भ्रमणको सुरक्षा अवस्थाबारे ठूलो हलचल हुने बताएका छन् । पर्यटन व्यवसायी तथा सरोकारवालाले गत वर्षदेखि विश्व महामारिका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायी तथा सरोकारवालाका अनुसार कोरोना प्रभावका कारण अहिले मुलुकको पर्यटकीय गतिविधि ठप्प भएको छ । होटल तथा रेस्टुरेन्ट विगत एक वर्षदेखि नै धरासायी भएका थिए । गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भन्दा केही महिनाअघि न्यून संख्यामा होटल तथा रेस्टुरेन्ट खुले पनि पर्यटनसम्बन्धी धेरै क्षेत्र बन्द भएको थियो ।

Wednesday, March 31, 2021

 खराब मौसमले विमानस्थलको उडान प्रभावित

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


खराब मौसमका कारण काठमाडौंको हवाई उडान अझै प्रभावित भइरहेको छ । शुक्रबार बिहानदेखि आकाशमा बाक्लो तुवाँलो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो ।   खराब मौसमका कारण दुई दिनदेखि विमानस्थलको उडान प्रभावित भएसँगै हवाई यात्रु पनि समस्यामा परेका छन् । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य दुवै उडान दैनिक केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार शनिबार बिहान केही अन्तर्राष्ट्रिय उडानका विमान काठमाडांै अवतरण हुन नसकेपछि अन्य विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको थियो भने आन्तरिकतर्फ पनि झन्डै एक दर्जन उडान डिले भएका थिए । दिउँसो ३ बजेपछि भिजिबिलिटीको मात्रा केही बढेसँगै रोकिएको उडान सुरु भएको थियो । विमानस्थलबाट शनिबार बिहान प्रस्थानतर्फ केही उडान भए पनि दिउँसो ३ बजेपछि यान्त्रिक पद्धति (आईएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा भिजिबिलिटी कम भएकाले दिउँसो आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान आईएफआरबाट मात्रै भएको थियो । उनले हवाई सुरक्षाका कारण केही समय विमानस्थलको उडान बन्द गरिएको जानकारी दिए । यसअघि शुक्रबार बिहान केही संख्यामा उडान भए पनि दिउँसो ३ बजेदेखि साँझ साढे ५ बजेसम्म सबै उडान प्रभावित भएका थिए । 

शुक्रबार दिउँसो एक्कासी मौसममा आएको खराबीका कारण विमानस्थलको हवाई उडान साढे दुई घण्टासम्म बन्द गरिएको थियो । विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण विमानस्थलको हवाई उडान केही समय बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । यन्त्रमा आधारित अवतरण प्रणाली जडान भएका विमानले मौसममा केही सुधार भएपछि उडान–अवतरण गर्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।   

खराब मौसमका कारण शुक्रबार तीन बजेदेखि बन्द गरिएको विमानस्थलको हवाई उडान साँझ साढे ५ बजेदेखि सञ्चालनमा आएको थियो । विमानस्थल कार्यालयका अनुसार विमान अवतरणका लागि आन्तरिक उडानका साना जहाजलाई न्यूनतम १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ भने अन्तर्राष्ट्रिय ठूला विमानका लागि २८ सय मिटर भिजिबिलिटीको मात्रा हुनुपर्दछ । आईएफआर (उपकरणको माध्यमबाट हुने उडान तथा अवरतरण) मा पनि भिजिबिलिटीको न्यूनतम ८ सय मिटरसम्म हुनुपर्छ । तर, काठमाडौंमा शुक्रबार र शनिबार त्योभन्दा न्यून भिजिबिलिटी थियो ।  काठमाडौंको आकाशमा प्रदूषणसहितको बाक्लो तुवाँलो फैलिएका कारण हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १० वटा हेलिकोप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले नियमित उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ ३ वटा स्वदेशी वायुसेवा कम्पनीसहित ३० वायुसेवा प्रदायक विमानले दैनिक नियमित व्यावसायिक उडान भर्दै आएका थिए । अहिले कोभिड–१९ महामारीपछि भने अन्तर्राष्ट्रियतर्फ जम्मा १९ वटा वायुसेवा कम्पनीले मात्र उडान भरिरहेका छन् । 

शुक्रबार विभिन्न ४ वटा अन्तर्राष्ट्रिय विमान लामो समय आकाशमै होल्ड गर्न बाध्य भएका  थिए । सो समय हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको विमान, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सको विमानले करिब एक घण्टा आकाशसमै फन्को मार्नुपरेको थियो । भने क्याथे प्यासिफिकको अर्को विमान भारतको दिल्लीतर्फ डाइभर्ट भएको थियो । करिब एक घण्टाभन्दा बढी समय आकाशमा होल्ड गर्न बाध्य भएका हिमालय एयरलाइन्सको विमान, नेपाल वायुसेवाको विमान र एयर इन्डियाको विमानलाई साँझ साढे ५ बजेपछि मात्र काठमाडौं अवतरण गराइएको थियो । यसैगरी, आन्तरिक तर्फका विमान अकाठमाडौंमा अवतरण हुन नसकेपछि अन्यत्र डाइभर्ट भएका थिए । 

शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म र शनिबार दिउँसो त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिबिलिटी जम्मा १ हजार मिटर मात्र रहेको सो कार्यालयले जनाएको छ । आन्तरिक उडान सञ्चालनका लागि आवश्यक भिजिबिलिटीको मात्रा न्यून भएपछि पोखराबाट काठमाडौं आएको यती एयरको विमानलाई जनकपुर पठाइएको थियो । यसैगरी, बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट आएको तीनवटा विमानलाई पनि सो समय जनकपुर विमानस्थलतर्फ नै डाइभर्ट गराइएको थियो । यसैगरी, नेपालगन्जबाट आएको बुद्ध एयरको अर्को विमानलाई भैरहवा विमानस्थलतर्फ नै पठाइएको थियो । त्यसैगरी, चन्द्रगढीबाट आएको सौर्य एयरको विमानलाई पनि सोही विमानस्थलमा फर्काइएको थियो । सो समय धनगढीबाट काठमाडांै आएको श्री एयरको विमानलाई भैरहवा विमानस्थलतर्फ फर्काइएको थियो । एक्कासी वायुप्रदूषण बढेपछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको उडान दिउँसो साढे ५ बजेपछि बिस्तारै सञ्चालनमा आएको थियो ।

विमानस्थल टावर (एटीसी)का अनुसार सो समय काठमाडांैको आकाशमा भिजिबिलिटीको मात्र बढेर १६ सय मिटरभन्दा बढी भएको थियो । भीएफआर उडान तथा अवतरण नभए पनि आईएफआर (उपकरणका माध्यबाट हुने उडान तथा अवरतरण)बाट विस्तारै उडान सुचारु गरिएको थियो ।  

शुक्रबार र शनिबार काठमाडौंको आकाशमा प्रदूषणसहित बाक्लो तुँवालो लागेको थियो  । एक्कासी उपत्यकाको आकाश तुवाँलाले ढाकिएपछि घाम समेत लागेको थिएन । सो समय अन्य दिनको जस्तो हावा पनि चलेको थिएन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको अधिकांशको भनाइ छ । खराब मौसमका कारण विगतका वर्षमा पनि हिउँदको समयमा यस्तै समस्या हुने गरेको भए पनि अहिलेको वर्ष बाक्लो तुवाँलोका कारण दोस्रोपटक हवाई उडान केही समय प्रभावित हुन पुगेको विमानस्थल कार्यालयको दाबी छ । यसअघि गत पुसमा पनि एकदिन यस्तै तुवाँलोले विमानस्थलको उडान प्रभावित भएको थियो । 

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अझै काठमाडांैको आकाशमा बाक्लो तुवाँलो देखिनेक्रम जारी छ ।  


 साढे दुई घण्टा उडान प्रभावित

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


खराव मौसमका कारण करिब साढे दुई घण्टासम्म काठमाडौंको हवाई उडान प्रभावित बन्यो । शुक्रबार दिउँसो एक्कासी मौसमा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान साढे दुई घन्टासम्म बन्द गरिएको थियो । विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण विमानस्थलको हवाई उडान केही समय बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतावबाबु तिवारीले खराव मौसमका कारण केही समय काठमाडौंको हवाई उडान प्रभावित भएको बताए । उनले हवाई सुरक्षाका कारण केही समय विमानस्थलको उडान बन्न गरिएको जानकारी दिए । महाप्रवन्धक तिवारीले साढे ५ बजेबाट भिजिविलिटीमा केही सुधार भएसँगै विमानस्थलको उडान पुनः सुचारु गरिएको बताए । यन्त्रमा आधारित अवतरण प्रणाली जडान भएका विमानले मौसममा केही सुधार भएपछि उडान–अवतरण गर्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।   

खराब मौसमका कारण तीनबजेदेखि बन्द गरिएको विमानस्थलको हवाई उडान साँझ साढे ५ बजेदेखि संचालनमा आएको थियो । विमानस्थल कार्यालयका अनुसार विमान अवतरणका लागि आन्तरिक उडानका साना जहाजलाई न्युन्तम १६ सय मिटर भिजिबिलिटी आवस्यक पर्छ भने अन्तर्राष्ट्रिय ठूला विमानका लागि २८ सय मिटर भिजिबिलिटीको मात्रा हुनुपर्दछ । आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) मा पनि भिजिबिलिटीको न्युनतम ८ सय मिटरसम्म हुनुपर्छ । तर, काठमाडौंमा शुक्रबार दिउँसो त्यो भन्दा न्यून भिजिबिलिटी थियो ।  काठमाडौंको आकाशमा प्रदूषण सहितको बाक्लो तुवाँलो फैलिएका कारण हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार सो समय आन्तरिक उडानतर्फ सबैभन्दा धेरै भरतपुर जाने विमानको उडान डिले भएका थिए  । काठमाडौं–भरतपुर रुटमा बिहीबार समेत केही उडान डिले भएका थिए । अहिले तराई सहित मुलुकका विभिन्न स्थानको जंगलमा लागेको डंडेलो बाट निस्केको धुवाँ हावामा मिसिर यस्तो भएको हो । 

शुक्रबार विभिन्न ४ वटा अन्तर्राष्ट्रिय विमान लामो समय आकाशमै होल्ड गर्न बाध्य भएका  थिए । सो समय हङकङबाट काठमाडौ आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको विमान, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सको विमानले करिब एक घण्टा आकाशसमै फन्को मार्नुपरेको थियो । भने क्याथे प्यासिफिकको अर्को विमान भारतको दिल्ली तर्फ डाइभर्ट भएको थियो । करिब एक घण्टा भन्दा बढी समय आकासमा होल्ड गर्न बाध्य भएका हिमालय एयरलाइन्सको विमान, नेपाल वायुसेवाको विमान र एयर इण्डियाको विमानलाई साँझ साढे ५ बजेपछि मात्र काठमाडौं अवतरण गराईएको थियो । यसैगरि, आन्तरिक तर्फका विमान अकाठमाडौमा अवतरण हुन नसकेपछि अन्यत्र डाइभर्ट भएका थिए । 

एक्कासी आकासमा जम्मा भएको खराव वायुप्रदुषणले विमान उड्नकालागि चाहिने भिजिविलिटी नहुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो ३ देखि ५ वजेसम्म त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलिटि जम्मा एकहजार मिटर मात्र रहेको सो कार्यालयले जनाएको छ । आन्तरिक उडान सञ्चालनकालागि आवस्यक भिजिविलिटिको मात्रा न्युन भएपछि पोखराबाट काठमाडौं आएको यति एयरको विमानलाई जनकपुर पठाइएको थियो । यसैगरि, बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट आएको तीनवटा विमानलाई पनि सो समय जनकपुर विमानस्थल तर्फ नै डाइभर्ट गराईएको थियो । यसैगरि, नेपालगञ्जबाट आएको बुद्ध एयरको अर्को विमानलाई भैरहवा विमानस्थल तर्फ नै पठाइएको थियो । 

त्यसैगरि, चन्द्रगढीबाट आएको सौर्य एयरको विमानलाई पनि सोही विमानस्थलमा फर्काइएको थियो । सो समय धनगढीबाट काठमाडौ आएको श्री एयरको विमानलाई भैरहवा विमानस्थलतर्फ फर्काईएको थियो । एक्कासी वायुप्रदूषण बढेपछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको उडान दिउँसो साढे ५ बजेपछि विस्तारै सञ्चालनमा आएको थियो ।

विमानस्थल टावर (एटिसी) का अनुसार सो समय काठमाडौको आकासमा भिजिबिलिटीको मात्र बढेर १६ सय मिटर भन्दा बढी भएको थियो । भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट विस्तारै उडान सुचारु गरिएको थियो ।  

विमानस्थल बन्द भएको समयमा आन्तरिक उडान तर्फका करिब आधा दर्जन विमान अन्य विमानस्थलमा डाइभर्ट भएका थिए । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा प्रदुषण सहित बाक्लो तुँवालो लागेको थियो  । एक्कासी उपत्यकाको आकाश तुवाँलाले ढाकिएपछि घाम समेत लागेको थिएन । सो समय अन्य दिनको जस्तो हावा पनि चलेको थिएन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको अधिकाँशको भनाई छ । खराब मौसमका कारण विगतका वर्षहरुमा पनि हिउँदको समयमा यस्तै समस्या हुने गरेको भएपनि अहिलेको वर्ष बाक्लो तुवाँलोका कारण पहिलोपटक हवाई उडान केही समय प्रभावित हुन पुगेको विमानस्थल कार्यालयको दावी छ । 


 फेरि २ अर्ब ७३ करोडको राजस्व छली 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 

नक्कली भ्याटबिल प्रयोग गरि राजस्वव छलि गर्ने विभिन्न ९ वटा कम्पनी विरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीहरुबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार रुपैयाँ भन्दा बढी विगो असुल गरि सञ्चालकलाई कैद संजाय माग दावी सहित एकैदिन अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।  

विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न आरजु इन्टरनेशनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक विरेन्द्र राम चमार, एभरेष्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेस कुमार झा, गेरु गणेश इम्पोर्ट एण्ट एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआइसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्कीविरुद्ध मुद्धा दायर गरिएको हो । 

उनीहरुमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरि झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरि राजस्व छलि गरेको भन्दै विभागले दुई अर्ब १७ करोड ३५ लाख १८ हजार १०७ रुपैयाँको विगो दावीसहति मुद्धा दायर गरिएको जनाएको छ । यसैगरि, ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक विरेन्द्र राम चमार चमार सहित पाँचवटा फर्महरुलाइ ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ राजश्व छलिगरेको अभियोगमा मुद्दा दायर गरिएको छ । जसमध्ये चमारलाई मात्र २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ विगो दावी सहति मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । 

त्यसैगरि, विभागले अन्य सञ्चालकहरु हजारा विरुद्ध १० करोड १२ लाख, झा विरुद्ध १० करोड १० लाख, सुरेश विरुद्ध ७ करोड ७९ लाख र कार्की विरुद्ध ४३ लाख रुपैयाँ भन्दा बढी विगो दावी सहति मुद्धा दायर गरिएको विभागले जनाएको छ । यी सबैले नक्कली मुल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) मार्फत राजश्व छलि गरेको विभागको दावी छ । उनीहरुले राजश्व छलिको क्रममा माल वस्तु खरिद तथा आयात नै नगर्ने र झुटा विवरण देखाउने जस्ता काम गरेको विभागको आरोप छ ।